About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

गीत: केही आधुनिक गीतहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, November 11, 2009

अनवरत गित सुन्ने क्रममा सुनेका यि आधुनिक गीत निकै राम्रा छन् :

  1. उठ उठ, उठेनौ भने अरुले कुल्चि दिन्छ
  2. सडकको छेउमा वसी रुँदै छु म एउटा,
    मलाई पनि देखि देउन सव्लाई दैख्ने देउता
अनि निकै नै राम्रो गित चाँहि यहाँ:
गित "सिरियस" भएपनि यस्को संगित, भाका अनि शव्द सवैपक्ष राम्रा छन्भावनालाई यस्ता शव्दहरुमा ढाल्न सक्ने मान्छेको खुविको प्रसंसा गर्नैपर्छ। यस्तो लेख्न सक्ने दिन कहिले आउने हो कुन्नि ;)
----------------------------------------
{
(तिमी फूल्यौ कतै, म फूलें कतै) २
(जहाँ फूलेपनि, हाम्रो सुगन्ध मिल्दो रहेछ) २
} २

{
जसलाई म चाहें, त्यो पाउन सकिन;
जसलाई म पाएँ, त्यो चाहना हैन
} २
(जिउन जीवनसँग संझौता गर्दा) २,
(नचाहेनी विष पिउनु पर्दोरहेछ) २
(तिमी झर्यौ कतै, म झरें कतै) २
(जहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ)२
तिमी फूल्यौ कतै, म फूलें कतै
जहाँ फूलेपनि, हाम्रो सुगन्ध मिल्दो रहेछ

{
संगै जिउने मर्ने संकल्प थियो,
खै कल्ले हो हाम्लाई दुईकिनारा वनायो
} २
(अतितलाई संझी, नरोईरनु तिमी) २
(जति रोएनी भुल्नु त पर्दो रहेछ) २

(तिमी रोयौ कतै, म रोएँ पनि कतै) २
(जहाँ रोएपनि, हाम्रो आँशु त मिल्दो रहेछ) २
(तिमी फूल्यौ कतै, म फूले कतै) २
(जहाँ फूलेपनि, हाम्रो सुगन्ध मिल्दो रहेछ) २
----------------------------------------

विचार: एक मार्मीक लेख

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, November 10, 2009

जव म एउटा English Article (यहाँ उपलव्ध छ) पढ्दै थिएँ, मलाई वेस्मारी हाँसो उठ्यो, केही वेर हाँसे पनि। लेखमा भनिएको छ: When a student was asked what was taught in the class, he replied: “Chapter 4.”। अर्थात एक विध्यार्थीलाई "कक्षामा के पढ्यौ वावु" ? भनेर सोध्धा "पाठ चार" भनेछ । विचरा निर्दोष उ, जे पढ्यो त्यही भन्यो । जे भन्यो सही भन्यो।

केही वेरको हाँसो पछि मैले त्यो लेख पढेर सकाएँ। वास्तवमा त्यो लेख एक प्रकासित लेखको वारेमा दिईएको विचार रहेछ। मैले त्यो लेख पनि पढें। लेखमा एक वच्चाले उसकी आमालाई आफ्ना चाहना व्यक्त गरेको छ। लेख निकै नै मार्मीक छ। लेखले मलाई केही छाप छोडेको छ नै। फूर्सद भएको दिन म यसवारे आफ्नो विचार राख्ने नै छु। फूर्सदमा यो लेख पढ्दा लाभ नै होला जस्तो लाग्छ।

गित: केही नेपाली गीतहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, October 31, 2009

थाहा छैन कसले लेखेको हो, कसले गाएको हो, नेपाली एफ एममा वजेका केही रमाईला नेपाली आधुनिक गितका हरफहरु:
"अपुरो छु म आधा कविता, हेरी वस्छु आफ्नै रमिता" - "आवो आवो यादहरु हो, आवो; म निदाएको छैन, कोट्ले फेर्दै छु"

अपडेट: आज (May 1, 2010) यो गीत फेला पर्यो :)
Song: Aao Yaad Haru
Singer: Jagdish Samal
Audio: Times Music
Lyrics: Eknaryan Bhandari
Composer: Suresh Adhikari
Direction: Navaraj Acharya


"कोहिले 'चाँदि' राम्रो भन्छन्, कोहिले 'सुन' राम्रो भन्छन्। {तिम्रो मुहार नदेख्नेले मात्रै}२, 'जून' राम्रो भन्छन्, आहा 'जून' राम्रो भन्छन्। कोहिले 'चाँदि' राम्रो भन्छन्।"

"जिन्दगी खोला जस्तै वगिरहेछ"


(जिन्दगी खोला जस्तै वगिरहेछ) २
अत्रिप्त प्यास लिई,
पुग्ने कुनै ठाउँ छैन,
वासको आश लिइ,
यो,,, चुपचाप,
वगिरहेछ, वगिरहेछ, वगिरहेछ ।
जिन्दगी खोला जस्तै वगिरहेछ ।

जो रात भरि, विहानीको, आशमा वग्यो,
वालुवाको, गर्भ भित्र, प्यासमा वग्यो,
हतारमा वग्यो, यो,,, जोसमा वग्यो,
(चट्टानमा, ठोकिएर, होसमा वग्यो) २
जिन्दगी खोला जस्तै वगिरहेछ ।

यो धारमा, भेलमा, वाढीमा वग्यो
विषलाग्ने, काँडामा, झाडिमा वग्यो;
विरहमा वग्यो, यो,,, तरङ्गमा वग्यो
(मरुभूमिको तापको सँगमा वग्यो)२
(जिन्दगी खोला जस्तै वगिरहेछ)२,
अत्रिप्त प्यास लिई,
पुग्ने कुनै ठाउँ छैन।
वासको, आश लिइ, यो,,, चुपचाप,
वगिरहेछ, वगिरहेछ, वगिरहेछ।
जिन्दगी खोला जस्तै वगिरहेछ) २
***

संझना: खल्लो तिहार - २००९

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, October 15, 2009

जति जति भाइटिकाको दिन नजिकिन्छ उती उती यो मनमा खल्लो पनको आभास आउँछ। स्वदेशमै भएका वा विदेसिएका दाजुभाई जसले आफ्ना दिदीबहिनीहरुसँग टिका लगाउन पाउँदैनन्, तिनीहरुले पनि यस्तै महसुस गरिरहेका होलान्....। अर्को तर्फ दिदी-बहिनीहरु जो आफ्ना दाजुभाईहरुसँग टाढिएका छन् , तिनीहरुलाई पनि यो तिहार खल्लो नै लाग्दैछ भन्ने मेरो ठम्याई छ। एकै ड्याँङका हामीहरुको व्यथा यो कबिता मार्फत ...

खल्लो तिहार - २००९
--------------------------------------------------
मखमली फूल्दा मार्सिधान झुल्दा --[This line is copied froom a nepali song...]
दिदीहरु आए होलान्,
घरभरी दाजु-भाई नदेख्दा
आँशु बहाउँदै होलान्

ओखर दाना, मखमली माला
संझिँदै वस्दैछु,
रँगिन टिका विनाको निधार
कल्पिँदै रुँदै छु

के गर्नु दिदी कर्मको लेखा
यस्तै नै रहेछ,
यो वर्ष तिम्ले
नेको माला
यत्तै कै सुक्ने छ

नरोई वस भाईटिका आउँदा,
खुसी भै विताउ,
एकसाल त कसो नफिर्लान भनि
आशामै रमाउ,
एकसाल त कसो नआउलान भनि
मनलाई बुझाउ !!
--------------------------------------------------

यात्रा: London मा म

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, October 9, 2009

यि शब्दहरु Type गरिरहँदा म Westfield Shopping Center, लण्डनको Apple Show Room मा छु । Amit Joshi दाइलाइ भेट्ने योजना छ, यहाँ। मेरो लण्डन भ्रमण रमाइलो हुदै छ। मैले London कुन बेला घुमेको थिए भनेर सम्झिन पनि सजिलो हुने भएको छ किनकि London को train station बाहिर निस्किनासाथ Lite भन्ने Free newspaper मा American President Barak Obama लाइ 2009 को Nobel Peace Prize दिने घोसणा गरेको खबर पढेको छु। म आफैलाई पनि अनौठो लाग्दैछ ...।

लण्डन आएको २ दिन भएको छ। Museum हरु नै घुमे अहिलेसम्म। Science Museum मा आजको दिन पुरै बिताएँ - कस्तो रमाइलो लागिरहेको छ। सबै अनुभब त अहिलेको छोटो समयमा लेख्न सक्दिन। यो blog ले मलाई मेरो पहिलो लण्डन भ्रमणको सम्झना दिलाउने छ भनेर नै यो लेख लेखेको हुँ ।आजलाई बिदा ।

संझना: दशैं - २००९

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, September 29, 2009

फ्रान्स आएको २ बर्ष १ महिना भएपनि दशैं भने ३ ओटा आईसकेछन् । पहिलो दशैं अर्थात दशैं-२००७ मा भरत सर र म मात्र नेपाली थियौं। आएको लगत्तै दशैं परेको हुनाले र यहाँका नेपालीहरुसंगको चिनापरिचय हुन नसकेकोले हाम्रो दशैं केवल एक साधारण दिन जसरी वितेको थियो। मैंले टिका त लगाउनु हुन्थेन त्यो वेला, तर पनि रमझम गर्न पनि पाईएन। त्यो दिन साधारण दिन भएपनि विर्षन नसक्नुको थियो किनकि फ्रान्समा भएको ट्रेनको हड्ताल र निकोलास साकोर्जी (फ्रेन्च प्रेसिडेन्ट) को पारपाचुके कान्डले त्यो समयमा तहल्का मच्चाएको थियो। त्यही हड्तालको कारणले गर्दा हाम्रो नेपालीहरुसंग मिलेर दशैं मनाउने सपना चकनाचुर भएको थियो। यो वेलाको रोचक घटना यहाँ पढ्न सकिन्छ

२००८ को दशैंमा म लगायत २ जना नेपाली भाईहरु (सिद्दार्थ र जगदिस) थियौं। त्यो पालीको दशैं निकै रमाईलो भयो । नेपालीहरुको कार्यक्रममा गएर गित गाएपछि (यहाँ हेर्न सकिन्छ) भने हाम्रो उनीहरुसँगको संवन्ध वढेको थियो। विशेस कुरा त हामीले टिका लगाएका थियौं । यस्तो टिका जहाँ भाईहरुका व्याचका AIT का साथिहरु Adisorn, Sophea र Chan ले पनि टिका लगाएका थिए। निकै रमाईलो भएको थियो।

हिजो २८ सेप्टेम्वर २००९ सोमवार, दशमीको दिन। यहि दिनमा अफिसको एक महत्वपूर्ण काम सकाउनु थियो। फलस्वरुप २६ सेप्टेम्वर शनिवार भएपनि काम गरियो अनि त्यसको वेलुका भाई-वहिनी (शिर्षा र श्रध्दा) वसेको ठाउँमा (Evry) मा गईयो अनि बहिनीहरुले पकाएको डिनरमा खाईयो (धेरै धेरै धन्यवाद) । मेरा पुराना ईन्डियन सँगीहरुको (जानकी र रमिया) हरुसँग साटासाट गरेर खाएको डिनरले साँच्चै नै दशैंको भोजको तिर्सना केही हद सम्म भएपनि मेटेको थियो । २७ सेप्टेम्वरमा रविन्द्र दाई (Evry मा नेपाली रेस्टुरेन्ट चलाउने दाई) हरुको मा हामी पाँच जना नै गएका थियौ। रविन्द्र दाई, सपना भाउजु, कमल दाई, मुना दिदीलगायतकाहरुसँग रमाईयो। पुराना, नयाँ, नेपाली, हिन्दी गीत गायौं। वहिनीहरुले पनि डान्स गरेका थिए।

हिजो दशमिको दिन विहान ८ वजे सम्ममा हामीले टिका लगाईसकेका थियौं। खासमा नेपालको साईत समय पनि त्यही विचमा पर्दछ । साईतमा पार्न नभइ मलाई हतार भएका कारण यो संजोग परेको थियो। भाइहरु U3 मा वस्ने भएकोले बहिनीहरु पनि त्यतै आए। म त सव से ठूलो मान्छे परेछु। सवलाई टिका लगाईदिएँ। निकै रमाईलो महसुस भयो। समग्रमा यो दशैं पनि रमाईलो नै भयो। हामी ५ नेपाली वाहेक Namal, Fon, Adisorn पनि सामेल भएका थिए। यसरि यो दशैंपनि अन्तराष्टि्य दशैं वन्न पुग्यो । मलाई थाहा छ, अर्को वर्षको दशै निकै भिन्नै किसिमको हुने छ किनकि हामीको को कहाँ पुगेका हुनेछौ। जे होस व्यस्तताका वावजुद पनि यो पालीको दशैं रमाईलो नै गरि मनाईयो। फेरी पनि सवैजनालाई विजया दशमीको हार्दिक शुभ-कामना । अहिलेलाई भने दशैं-२००९ का केही झलकहरु:

तस्विर: टिका लगाएर पछि प्रसाद खान जाने क्रममा :)

तस्विर: माईलो, कान्छो र जेठो

सम्झना: September 6 2007 को

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, September 6, 2009

आज September 6 2009 ठिक 2 वर्ष अघाडीको सम्झना आइरहेको छ ( त्यो दिनको विवरण यहाँ ) हामीहरु 5 जना Classmate हरु लगायत हाराहारीमा 10 जनाको समूह Thailand बाट France को लागि 6 तारिख को दिन Etihad Airlines बाट Paris सहरमा आएका थियौ Asian Institute of Technology बाट छानिएर आएका हामीहरुमा छुट्टै जोस, आशा अनि उत्सुक्ताहरु थिए

देश छोडेको तीन वर्ष भै सकेको छ र यी तीन बर्ष मध्ये 67 % समय France मा बितिसकेको छ उसो त Thailand को 1 बर्से बसाई कम रमाइलो थिएन, तर यहाँ पनि नरमाइलो भने छैन पक्कैहो आफ्ना आफ्ना गुण र दोषहरु त भै जान्छन नि तर जता बस्यो उतै को माया लाग्ने प्राकितिक नियम नै मेरो लागि पनि लागु हुदै छ जस्तो महसुस हुदै छ

2008 मा Jagadish Ghimire र Shiddartha Bhandari लगायतका Juniors हरुको आगमन पश्चात रमाइलो माथि झन रमाइलो थपिदियो र भर्खरै आएका Sirsha Bhattarai Sraddha Adikari लगायतका Juniors हरुपनि उतिकै रमाइला होलान भन्ने आशा गर्न सकिन्छ

मेरा क्लासका 6 जना साथीहरु मध्ये 3 जना यहीं नै छौ 2 जना PhD गर्दैछन् बाँकि तीन जना मध्ये 1 जना Canada मा PhD गर्दै , अर्का 1 जना Singapore मा job गर्दै र अर्को एक जना Thailand मा Job गर्दै छन् यसरि हेर्दा कोइ पनि आफ्नो देशमा फर्केर कम गरेको देखिन्दैन

जे सुकै होस् September 6 2007 ले हामीहरु सबैलाई एक किसिमको ढोका खोलिदिएको छ French Government ले Full scholarship दिएर हामीलाई यो अवसर दिएकोमा मुरी मुरी धन्यवाद !

हाँसो ठट्टा : हाम्रा बिशेषता

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, September 3, 2009

दु:खि कुरा - भन्नेले 1A भन्यो। सुन्नेले 2A सुन्यो अनि 3A पारेर अर्कोलाई सुनायो। सुन्नेले 4A सुन्यो, 5A पारेर अर्कोलाई सुनायो। यो क्रम जारी रह्यो र केहि छिन मै उसैको कानमा 10A आइपुग्यो। अनुसन्धानबाट उसले थाहा पायो कि यो त हाम्रो बिशेषता पो रहेछ। नराम्रो कुरालाई बढाउने त हाम्रो एक पहिचान पो रहेछ :)

सुखी कुरा - भन्नेले A भन्यो। सुन्नेले A/2 सुन्यो अनि A/3 पारेर अर्कोलाई सुनायो। सुन्नेले A/4 सुन्यो, A/5 पारेर अर्कोलाई सुनायो। यो क्रम जारी रह्यो र धेरै दिन पछि आज उसैको कानमा A/10 आइपुग्यो। अनुसन्धानबाट उसले थाहा पायो कि यो त हाम्रो बिशेषता पो रहेछ। राम्रो कुरा, प्रशंसा गर्ने कुरालाई लुकाई दिने त हाम्रो एक पहिचान पो रहेछ :).

निस्कर्ष: हाम्रो समाजमा तिता कुराहरुको गति तिव्र र प्रभाब व्यापक हुने र मिठा कुराहरु को गति सुस्त र प्रभाव सिमित हुने गर्दछ। यिनै हाम्रा प्रमुख बिशेषताहरु हुन् । :D

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors