About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

मानव र गल्ती

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, April 28, 2010

नारायण गोपालले गाएको "गल्ति हजार हुन्छन् यहाँ होस हराएको वेला" भन्ने निकै चर्चित गीत हो । गीतमा भने अनुसार होश हराएको वेला हजार गल्ति हुन्छन । त्यसमा कुनै दुविधा छैन । तर होसमा हुँदा पनि गल्ती हुन्छन् यहाँ। त्यसैले त भनिएको होला "To err is human, to forgive divine"। यसको अर्थ - सवै मानिसले गल्ति गर्छन् त्यही भएर कसैले गल्ति गरेको छ भने माफ गरिदिनु राम्रो। आईन्सटाईन भन्छन् - "Anyone who has never made a mistake has never tried anything new"। अर्थात कोहीले गल्ति गरेको छैन भन्छ भने उसले नयाँ कुरा गर्न प्रयास नै गरेको छैन भनेर वुझ्नुपर्छ। गल्ति सम्वन्धि थप केहि रमाईला भनाईहरु:

Experience is the name everyone gives to their mistakes.
If you live long enough, you'll make mistakes. But if you learn from them, you'll  be a better person~Bill Clinton
Never interrupt your enemy when he is making a mistake~Napoleon Bonaparte

नेपोलियन वोनापार्टको कुरा रमाईलो लाग्यो। शत्रुले गल्ति गर्दै छ भने उसलाई नरोक्नु रे। आखिर नेपोलियन फ्रान्सका चर्चित कुसल लडाकु नेता न परे। उनको भनाईको अर्थलाई केलाउदा यो निष्कर्ष निकाल्न सकिन्छ: कोहि सत्रुले तँ गल्ति गर्दैछस भनेर सम्झाउँछ भने उ वुद्धिहिन शत्रु हो। र यो कुरा वुझेको कसैले तैंले गल्ति गर्दैछस् भन्छ भने उ सच्चा साथी हो।   


गल्ती हजार हुन्छन् यहाँ होश हराएको बेला
एक्लै तिमी नआउ म मातिएको बेला, म मातिएको बेला

मेरा यी हातहरुले कही घात गर्न सक्छ
अनि प्यार गर्दा गर्दै पापपनि गर्न सक्छ
रुपको के मुल्य हुन्छ म पशु भएको बेला
एक्लै तिमी नआउ म मातिएको बेला, म मातिएको बेला

कहीं धर्म गर्ने निहुँमा बलिदान हुन नपाओस्
सम्पूर्ण अंग बाहेक अत्याचार हुन नपाओस्
मेरा कामनाहरुले मलाई हराई दिन्छ
तिमी भन्दा तिम्रो यौवन कही मन् पराईदिन्छ
रक्षक मलाई नसम्झ राक्षस भएको बेला
एक्लै तिमी नआउ म मातिएको बेला, म मातिएको बेला
***

- समाप्त -

पालो वहिनीहरुको

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, April 25, 2010

सायद समय नै यस्तो कुरा होला जस्लाई आजको दिनसम्म मानवले रोक्न सकेको छैन। त्यसैले होला उनीहरुको विदाई हुने दिन पनि रोकिएन र आएरै छाड्यो। हो, आज वहिनीहरु फर्केका छन् । यो वेला उनीहरु  फ्रान्सको आकाशमा उडिरहेको कतार एयरवेजको प्लेन मार्फत थाईल्याण्डको गन्तव्य पहिल्याउँदैछन् ।

निकै स्मरणीय छन् उनीहरुसँग विताएका समयहरु। निकै घटना-परिघटनाहरु, स्वागत-विदाईहरु र चाढ-पर्वहरुमा विताएका क्षणहरुले यो वसाईलाई अझ स्मरणीय वनाईदिएको छ। जीवनमा सायदै विर्सन सकिएलान् यी सुन्दर क्षणहरु। विदाई गर्नु अगिल्लो दिनको पारिलो घाममा फोटो खिच्दै पसलहरु चहार्न जाँदाको समयपनि स्मरणीय नै छ । यो वेला निकै सुन्दर वन्दै छ यो ठाउँ किनकी रुखहरुमा हरियाली छाउँदै छ, फूलवारी रङ्गीचङ्गी फूलहरु फूल्न थालेका छन् । तर वहिनीहरु गएपछि खल्लो भने पक्कै लाग्छ नै । 

वहिनीहरुको विदाई किनमेल
तस्विर: विदाई हुने अगिल्लो दिन, Evry Center मा 'Chicken Tikka' खाँदै। वाँयावाट क्रमश: म, श्रद्दा, रभि र शिर्षा :)

हिजो खानपिन, गफगाफ र प्याकिंग गरेर नै रात वित्यो लगभग। अनि विहानै Charles de Gaulle Airport तिर हतारिँदै लागियो र उनीहरुलाई विदाई गरियो । उनीहरुलाई विदाई गर्न साथ दिएको थियो प्यारो भाइ रभिले। 

मलाई राम्रोसँग याद छ उनीहरु फ्रान्स आएको पहिलो दिन। अरु नेपाली दाइहरुपनि थिए स्वागत गर्न वसेका। तर आठ महिनापछिको उनीहरुको विदाइ गर्न भने म मात्र वाँकिरहें। यस अर्थमा उनीहरु भाग्यमानी नै रहेछन् , अन्तिम दिनसम्म पनि कोही दाइ पाए र आफू पनि भाग्यमानी नै परियो किनकी धेरै समयसम्म उनीहरुसँग सुख-दु:खका कुराकानी गर्न पाईयो। आशा गर्हौं उनीहरुको यहाँको वसाई पनि उनीहरुले सोचेजस्तै रमाईलो गरी वित्यो।

अन्तमा, उनीहरुलाई AIT को मास्टर्स थेसिसको सफलताको कामना। अहिलेलाई नै भने शुभ-यात्रा !

जाँदा-जाँदै :
1. Good relations are hard to make; once you make, no one can break. 
2. Ravi said, "Now I am * * * * * * ". :) )) ))) )))) ))))) 

- समाप्त -

मनछुने भिडियोहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, April 23, 2010

यो हप्ता २ भिडियोहरुले मेरो मन खिचे। निकै मार्मिक र अर्थराख्ने यी भिडियोहरुले मेरो विगत सम्झाईदिए। केही प्रेरणा अनि जोस अझ थपिदिए। यी दुई भिडियोहरु र यसप्रतिको मेरो विष्लेषण यो लेखमा प्रस्तुत गरिएको छ।

क) भिडियो एक - Trailer for Babies
Facebook र Web भरि छरिएको यो भिडियो भर्खरै रिलिज भएको Tomas Balmes को "Babies" Documentary को Trailer हो। संसारका ४ ठाउँका ( Mongolia, Namibia,San Francisco र Tokyo) वच्चाहरुका सुरुका दिनहरुको जीवनशैलि देखाईएको छ। वच्चा कसलाई राम्रो नलाग्ला र ! उनीहरुको भाग्य भने जन्मेको ठाउँ र परिवारमा निकै भर पर्दछ। यो Trailer वाट अनुमान लाउन कति पनि गार्हो पर्दैन यो फिल्मले निकै राम्रो संदेश दिने कुरामा।

यो भिडियोले मेरो विगत सम्झाईदियो। म सोच्दछु म पनि एक वच्चा थिएँ कुनै वेला। मेरो पनि आफ्नै परिवेस थियो, मेरो आफ्नै कहानी थियो...। यस्ता अनेक कुरा मेरो मनमा खेल्छन्। 

ख) भिडियो दुई -सोलु एफएम

गाउँ छाडेको दशक वितिसकेको छ । पेशाले गर्दा उता जाने अवसर पनि मिल्दैन। 'भदौमा आँखा फुटेको गोरुले जहिले पनि हरियो देख्छ' भने झै मेरो दिमाखमा मेरो गाउँको कल्पना उही मैले देखेको वेलाको आउँछ। पिछडिएको समाज, सुचनावाट वन्चित समाज, खानलाउनमै समय विताउन वाध्य समाज...। द्वन्दले गर्दा विकास ठप्प भएको र भएका संरचनाहरु पनि ध्वस्त भएको कुरालाई प्रमाण मान्ने हो भने मेरो कल्पना जायज ठहरिन्छ।

शान्ति सम्झौता गलत्तै संचार क्षेत्रमा नेपाले फड्को मार्यो। सोलुवासिले पनि चेतना पाए र एफ-एमको सुरुवात गरे :


विजुली र सडक नपुगेको ठाउँमा व्याट्रि र रेडियो भने सजिलै पाईन्छ । भिडियोमा भने जस्तै सोलुमा एफएमले फोनको समेत काम गर्छ। मानिसहरु यसमा मख्छ पर्दछन्, रमाउँछन् ।

यि दुवै भिडियोले मेरो मन छोएको छ। म उही सोलुको एक वच्चा थिएँ, जहाँवाट मैले संसार देखेँ, पढ्न सिकें र SLC सकाएँ । आज मैंले सुचना प्रविधिको विषयमा केही जान्ने अवसर पाएको छु। अनुमान लगाउन गार्हो नपर्ला कतिको संघर्ष गर्नुपर्ने हुन्छ यी अवसरहरु पाउँन। यसअर्थमा म आफूलाई भाग्यमानी ठान्छु। म मेरो औकातले भ्याएसम्म मेरो सोलु र समग्रदेशलाई सुचना प्रविधिको क्षेत्रमा सघाउने छु नै । तर केही थप अध्यायनको जरुरी छ । अध्यायनको जरुरी यस अर्थमा पनि छ कि अर्को सोलुवासी यो अवसर पाउन वर्षौं कुर्नुपर्नेपनि हुनसक्छ...। मलाई सोलु र नेपाल सगरमाथा जस्ता प्राक्रितिक संरचनाहरुले मात्र नभई त्यहाँका दिमाखहरुवाट पनि चिनियोस भन्ने लाग्दछ। मेरो कल्पना विपनामा परिणत हुने दिन कहिले आउने हो कुन्नि ?
- समाप्त -

आमालाई सन्देश

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, April 14, 2010

आज फेरी आमाको मुखहेर्ने दिन आएको छ। सुचनाप्रविधिको यो युगमा संसारको जुनै कुनामा वसेपनि कुराकानी गर्न गार्हो नहुने ईन्टरनेट, फोन र मोवाईल जस्ता प्रविधिका विकास भएका छन्। तर म जस्ता धेरै नेपालीहरु अझपनि यस्तो सुविधा उपयोग गर्नवाट वन्चित नै छौं। गाउँकी मेरी आमालाई जन्मदिएको, हुर्काएको, र वढाएपढाएवापत यो दिनमा धन्यवाद दिन नपाउँदा नमिठो अनुभव भैरहेछ। यो हाम्रो दुर्भाग्य हो। दोषकसैलाई दिन चाहन्न।

मेरी आमासँग फोनमा वोलेर धन्यवाद दिने भाग्य यो वर्षपनि मिलेन। त्यसैले यी शव्दहरु मेरी आमा जसले मलाई यो धर्तिमा जन्मदिएर यो परिस्थितिसम्म पुग्नसक्ने वनाएकी छिन, प्रति समर्पण गर्दछु र भन्न चाहन्छु तिमी एक महान आमा हौ जसले आफू पढ्न नजानेपनि यसको महत्व वुझेर सन्तानहरुलाई पढाएकी छौ, आफू नखाएरपनि सन्तानहरुलाई खुवाएकी छौ। वोल्न नपाएपनि मलाई थाहा छ आजको दिन तिमीले गर्व गर्नसक्ने छोराछोरी वनुन भनेर आशिर्वाद दिईरहेकी छौ। म त्यसैको लागि यो राजमार्गमा दौडिदै छु र  तिम्रो आशिर्वाद लाग्छ भन्ने आशामा छु। पढ्ने अवसर पाएपनि तिम्रालागि लेखेको यो लेख तिमी पढ्न सक्दिनौ। तर म कुनै दिन पढेर सुनाउने छु। पर्खिवस... ♥ you mum !

- समाप्त -

उ आएको छ

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, April 13, 2010

हो उ आएको छ,
वोतल लिएका हुलहरुको,
हुर्हुर र साईसुई आवाजहरुसँगै
फुसफुसे वास्नादार लाग्ने,
चुरोटे धुवाँहरुसँगै
मस्किँदै, उड्दै र घुम्दै,
हाँस्दै, नाँच्दै र गाउँदै
आएको छ उ।

हो उ आएको छ,
रेडियो र टिभिका तरङ्गहरुमा
झ्याली पिट्दै र पिटाउँदै,
पत्रिका र व्लगका पन्नाहरुमा,
लेखिंदै, पोखिंदै र उम्लिदै
फेसवुकका स्ट्याटसहरुमा,
लाईक र कमेन्टका प्रतिक्षाहरुगर्दै
फोन र मोवाईल सञ्जालहरुका,
एसएमएस र कलहरुमा लठ्ठिदै
महल र शहरका कुनाकुनामा
पार्टि र भोजका निमन्त्रणा साट्दै
पटेका र वेलुनहरुका,
आवाजहरुमा गर्झिंदै
थरिथरिका ईमेलका
ईनवक्सहरुमा भरिंदै
आएको छ उ।

आउनु पर्दथ्यो उ,
झुपडिका टुकिहरुमापनि
छाउनु पर्दथ्यो उ,
भोकाएको पेटहरुमापनि,
पुग्नु पर्दथ्यो उ,
डाँडाकाँडा र खोचहरुमापनि
नाँच्नु पर्दथ्यो उ,
सुस्ताएका खोलाहरुमापनि
आउनु पर्दथ्यो उ,
अईठने उकालाहरुमापनि
झुल्कनु पर्दथ्यो उ,
चहराहेका घाउहरुमापनि

'नआउनु भन्दा आएको ठिक'
'आएको भन्दा नआएको ठिक'
'आएर के नै गर्छ र खै ?'
कतै आशाको दियो वालेको छ
कतै निरासाको डोव खोपेको छ
कतै अविस्वासको जरा गडेकै छ
अरुले जे सुकै भनुन्,
मेरोमा उ आएको छ
आशाको किरण ल्याएको छ
अनि भन्न मन लागेको छ
नयाँ बर्ष २०६७ को शुभकामना !
नयाँ बर्ष २०६७ को शुभकामना !!
Happy New Year 2067 !!!
***
- समाप्त -

IBM

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, April 9, 2010

आज फेरी पुष्टी भएको छ - अन्तिम समयसम्म पनि हरेष खानु हुन्न भन्ने कुराको। मेरो एक AIT Junior ले फर्किने दिन आउँदासम्म Internship नपाउने जस्तो भैराखेको थियो। Company Internship को वारेमा धेरै कुरा हुन्थे मसँग किनकी Senior हरुमा म मात्र यसको अनुभव लिन सक्ने एक भाग्यमानी थिएँ :) धेरै सुझावहरु दिएको थिएँ, सम्झाएको थिएँ। आफ्नै उदाहरण दिँदै हरेष नखान सुझाव दिन्थें। नडराई अन्तिम समयसम्म प्रयास गर्दै जा भनेर सम्झाईरहन्थें। 

उफ, आज खुसीको दिन आएको छ। उसले IBM मा काम गर्ने अवसर पाएकी छे। IBM, Google, Yahoo! र MicroSoft जस्ता कम्पनीमा काम गर्न पाउनु Computer Science को Student को ठूलो अवसर हो। Cambodian हो उ। मलाई दाइ भन्छे, म उसलाई वैनी। त्यसैले Sengly वहिनीलाई धेरै धेरै वधाई !

अनि जाँदा जाँदै अंग्रेजीको सान्दर्भिक अनि चर्चित quote:
"He who loses money, loses much; He who loses a friend, loses much more, He who loses faith, loses all" - Eleanor Roosevelt.


- समाप्त -

मृत्युपछि रहने अनलाईन सूचनाहरु र अपनाउनुपर्ने सजगता

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, April 3, 2010

धेरै समयपछि MySansar.com को लागि एक लेख लेखेको थिएँ। यो पालिको लेख सूचना मूलक थियो। मान्छे मरेपछि उसका अनलाईन सूचनाहरु के हुने होलान् भन्ने कौतुहलता मेटाउनु यसको मूख्य उदेश्य थियो। लेखको वास्तविक शीर्षक "मृत्युपछि रहने अनलाईन सूचनाहरु र अपनाउनुपर्ने सजगता" भन्ने थियो तर प्रकासित हुँदा "म मरे पनि मेरो सूचना..." नाममा प्रकासित भयो। धेरै साथिभाईहरुले, च्याट, फेसवुक र कमेन्टवाट हौसला दिनु भएको छ। त्यै भएर म झनै उत्ताहित छु अरु लेख लेख्नलाई। रुचिको विषयमा अरुले उत्साह थपिदिँदा निकै मिठो अनुभूति हुँन्छ।

भन्ने नै हो भने त लेख लेखेर देखिने फाईदा केहि छैन। एक लेख लेख्न पहिले त विषय छान्नु पर्यो। दोस्रो लेख्नको लागि सामग्रिको अध्यायन गर्नु पर्यो । अनि लेखलाई राम्रो पार्न शीर्षक, उदाहरण, लेखन शैलि र निष्कर्षको विचार पनि गर्नुपर्ने हुन्छ। लेख लेखिसकेपछी र प्रकासन गर्न पठाउनु अघि २-४ पालि पढ्नु र सुधार गर्नु आवस्यक हुन्छ । यसरी हेर्दा आफ्नो दैनिक कामको अलवा लेख लेख्नु समयको वर्वादि लाग्न सक्छ । तर राम्रो प्रस्तुती गर्न सक्ने खुवि वनाउन र सूचना साट्नको लागि यो अत्यन्त जरुरी छ। अझ संसारभरिका मान्छेले पढ्न सक्ने भएकोले साथीभाइहरुले पढेर यो मेरो साथीको लेख, यो मेरो भतिजको लेख, मेरो भाइको आदि आदि भन्छन् र सम्झिन्छन्। मेरा पहिलेका लेखहरुले गर्दा १५ बर्षसम्म  अत्तोपत्तो नभएका गाउँका दाईहरुसँग भेट गराएको छ। त्यसैले पनि मलाइ सन्तुष्टि दिन्छ।  यो लेख प्रकासित गर्नु अगाडि महेश र अंकितलाई पढ्न दिएर सुझाव लिएको थिएँ। सहयोगको लागि उनीहरुलाई धेरै धन्यवाद।

लेख MySansar.com मा पढ्न सकिन्छ। सजिलोको लागि मैले यहाँ पनि राखेको छु ।


- समाप्त -

Yahoo!

Posted by Nobal Niraula ( नोवल निरौला )

उ मेरो सहपाठी। ४ वर्षसँगै पढेको। तर चिनजान भने B.E. Entrance पढ्दा देखिको । Entrance तयारी गर्ने ठाउँमा नै हामी नजिकिईसकेका थियौ किनकी हामी राम्रो गर्नेहरुमा पर्दथ्यौं र पछि Entrance मा पनि राम्रो गर्नेहरुमा परेकोले सँगै पढ्न पायौं। B.E. पछि अवसरको खोजीमा आ-आफ्नो वाटो लाग्यौं। उ कतै पुग्यो म कतै।

२ महिना पछि च्याट हुँदै छ। हालसालै उसले Yahoo! मा जागिरको अवसर पाएको कुरा वताउँदा मलाई एकदम खुसी लागेर आयो।त्यसैको तयारीमा उ हराएको रहेछ धेरै समय। खासमा मैले काम गर्ने Research Lab मा Yahoo! र Microsoft Research का मान्छेहरु आएर Research Findings को Presentation दिईराख्छन्। यस्तो देख्दा म पनि एकदिन यस्तै वन्नेछु भनेर मनमनै कल्पना गर्छु। यो त्यति सहज लक्ष्य पक्कै हैन तर नसकिने पनि  हैन। खाँचो छ त केवल मेहेनतको ! April fool हो भनेर उसको कुरा नपत्याउने कारण पनि छैन किनकि April २ भैसकेको छ उसको ठाउँमा पनि :) ।

हुन त कुन जागिर राम्रो कुन नराम्रो भन्ने कुरा निरपेक्ष कुरा नभई सापेक्ष कुरा हो । अर्थात त्यही जागिर कसैको लागि साधारण लाग्न सक्छ भने कसैको लागि निकै ठूलो। मेरो नजरमा यो एकदमै ठूलो अवसर हो किनकि त्यो प्रतिष्ठित कम्पनीमा काम गर्ने मैंले चिनेको कोही पनि नेपाली छैन। यो समयमा Yahoo! मा Computer Engineer को जागिर पाउँनु निकै गर्व कै कुरा हो। त्यसमाथि नेपाली अनि आफ्नै साथीले पाउँदा अझ खुसि लाग्ने नै भयो। उसलाई झन कस्तो लागिरहेको होला, म कल्पनासम्म गर्न सक्छु।

च्याटको क्रममा उ भन्दै जान्छ:   
i am happy .. son of illiterate parents got to work in one of the largest companies

मलाई एकदम घत लाग्छ यो कुराले अनि नेल्सन मन्डेलाको भनाईको याद आउँछ:
"Education is the great engine of personal development. It is through education that the daughter of a peasant can become a doctor, that the son of a mineworker can become the head of the mine, that a child of farmworkers can become the president of a great nation. It is what we make out of what we have, not what we are given, that separates one person from another." -Nelson Mandela

यो भनाईले निकै अर्थ दिन्छ। एउटा अर्थ के भने शिक्षा यस्तो चिज हो जसले गरिव किसानको छोरीलाई डाक्टर वनाईदिन सक्छ र मजदुरको छोरालाई मिलको मालिक वनाईदिन सक्छ...। यहाँ ठिक यस्तै भएको महसुस भैरहेको छ मलाई। एक अनपढ नेपालीको छोरालाई Yahoo! जस्तो प्रतिष्ठित कम्पनीमा Engineer वनाईदिएको छ शिक्षाले।Puran लाई धेरै-धेरै वधाई अनि सफलताको कामना !

- समाप्त -

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors