About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

खोलाको आवाज

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, January 28, 2010

खोलाको आवाज: "माथि गाउँभरी पानीको हाहाकार छ, गाउँतल चिच्चाउँदै म वग्छु। कसैले वुझ्न सक्दैनन् मेरो आवाज। उनीहरु म सुसेल्दै र रमाउँदै वगेको ठान्छन् । तिनीहरुलाई के थाहा यो मेरो सुसेली हैन चिच्चाहट हो। हो चिच्चाहट, जसले जन्मथलोमा उपयोगीकाम नगरी वहिरहनुपरेको छ। म सुसेली र चिच्चाहट छुट्याउन सक्ने राजनेताको आशमा वर्षौदेखि छट्पटाउँदै वगिरहेंछु वगिरहेंछु...."

Ambika दिदीको कमेन्ट :):
खोला आफैमा सुन्दर छ, जता बगे पनि कोही न कोहीलाई दिन सक्ने उसको खुबी छ. सुसेली र चिच्याहट छुट्याउन नसक्ने राजनेताका बिचमा आफ्नो उपयोगिता देखाउन नपाएकोमा धेरै बिस्मात नगर्नु नै बेस खोलाले / तर मन त हो खोलाको कहाँ मान्छ र, तीस प्रतिसत आफ्नो छ्यमता कम भैरहेको छ मात्र बिबसतामा

- समाप्त -

के फूल फूल्यो खोली तिरैमा

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, January 26, 2010

हरिदेवी कोईरालाको यो गीत मलाई मनपर्छ । गितको भाका अनि मादलुको ताल निक्कै राम्रो छ ।


Lyrics:

{के फूल फूल्यो खोलि तिरैमा, टपक्कै टिपेर लाउँला शिरैमा}२

के सन्देश वोकि ल्यायौ

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, January 16, 2010

मलाई मन पर्ने अर्को एक गित: के सन्देश वोकि ल्यायौ, हे वादल, आकाश छोपी । लाहुरेको भूमिकामा रहेर कुमार सानुले गाएका छन यो गित। एक लाहुरेले घरमा के भईरहेको होला भनेर कल्पना गर्दै गाएको गित हो यो। आफू लाहुरे नभएपनि कथाहरु, ब्यथाहरु मिल्छन्। शव्दहरु, संगित र स्वर निकै राम्रा छन्।

YouTube भिडियो यहाँ:



Lyrics:
----------------
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी
परदेशीको गाउँघरमा (केहि विपत्ति पर्यो कि ) २
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी

फर्फराउँछ आँखा आज, चर्चराउँछ छाती
माया मार्यो लाहुरेले भन्दा होलान् साथी
हो हो हो हो हो हो हो हो हो
गुराँसको थुँगा जस्ति मेरी मनकी रानी
रुँदैछिन कि पधेरीमा हुँदै पानी पानी
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी

(ओछ्यानै पो परिन् कि त दमकी रोगी आमा
वावा छन् कि विपत्तिमा आँङमा छैन घाम) 2
हो हो हो हो हो हो हो हो हो
भद्रकाली, दक्षिणकाली, मनकामना माई
रक्षा गर्नु सधैं भरी छोराछोरीलाई
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी
परदेशीको गाउँघरमा (केहि विपत्ति पर्यो कि ) २
के सन्देश वोकी ल्यायौ, हे वादल, आकाश छोपी


- समाप्त -

छुट्नै मन छैन मलाई

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, January 15, 2010

रेडियो सगरमाथावाट आउने संगीत आकाशमा कार्यक्रममा सुनेको यो नेपाली गजललाई निरा रानाभाटले गाउनु भएको हो । भर्खरै निकालिएको 'सम्भावना' गजल संग्रहको एक गजल रहेछ यो (हेर्नुहोस यहाँ)। मलाई निकै मनपर्यो र म विस्वस्त छु की यो गजल निकै चर्चित हुनेछ ।गजल :

लेखन: डा. क्रिष्णहरि वराल
गायन: निरा रानाभाट
एल्वम: संभावना

{छुट्नै मन छैन मलाइ, कति छिटो वित्यो समये} 3
कस्तो हुन्थ्यो होला जिन्दगी, यदि कुनै वन्धन नभए
छुट्नै मन छैन मलाइ, कति छिटो वित्यो समये

{तिमीले दिए दुख्खै पनि, मेरोलागि माया वन्छ } 2
{मेरो लागि माया वन्छ}
कसरी पो वित्ला यो जीवन, तिम्रो मिठो मायै नरहे
कस्तो हुन्थ्यो होला जिन्दगी, यदि कुनै वन्धन नभए
छुट्नै मन छैन मलाइ, कति छिटो वित्यो समये

एकै पल भेट्न पनि, फेरि कति कुर्नु पर्ला
{फेरि कति कुर्नु पर्ला}
कति खुसि हुन्थ्यो होला मन, समय यो वहँदै नबहे
कस्तो हुन्थ्यो होला जिन्दगी, यदि कुनै बन्धन नभए
{छुट्नै मन छैन मलाइ, कति छिटो वित्यो समये}


- समाप्त -

विदेशी मुक्का

Posted by Nobal Niraula ( नोवल निरौला )

सदा झैं १३ जनवरी २०१० को ९ बजे म कोठावाट निस्केर अफिस हिडेको थिएँ। हप्तादिन अगि परेको हिउँ अझपनि विलिनसकेको हुनाले वाटोमा हिड्न पनि मुस्किल भैरहेको थियो। चिप्लिइएला भनेर म वाटोमा ख्यालगरेर हिड्दै थिएँ।

१ मिनेट पनि भएको थिएन कोठावाट हिडेको। एक्कासी मेरो ध्यान कुनै फ्रेन्च आवाजले खिच्यो। तिर आउँदै गरेको मान्छेले केही ठूलो स्वरमा मलाई केही भन्दै थियो। जव हामीहरु नजिकियौं उसले फेरी केही वोल्यो। मैले वुझ्न नसकेकोले 'पाखदों' भने। उसले मुक्का पो तेर्सायो ! एक्कासी आएको झिंगा धपाउन हात आँफै चलेजस्तै मेरा हात उसको मुक्कासँग प्रतिकार गर्ने आफसेआफ अघिसरे। उसको साधारण मुक्का प्रहार मेरो हातले मात्र हल्का अनुभव गर्न पायो। म वाटोमा सरासर अगि वढें, उ उसको वाटो लाग्यो।

हिड्यो शिद्दु

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, January 3, 2010


२००९ को अन्तिम दिन (Dec 31, 2009) काभ्रेपलान्चोक जिल्ला, ठोकर्पा गाविसको शिद्दार्थ भन्डारी प्यारिसवाट क्यानाडा प्रस्थान गर्यो। चिनजान पुल्चोक पढ्दा देखिको भएपनि AIT गएदेखि घनिष्ठता वढेको थियो। उसमाथि Telecom SudParis, France मा आएदेखि मित्रता झाँगियो।

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors