उ जन्मिदै छे रे - मैले भर्खरै थाहा पाएँ। वाटो भरी ढोली पिटिएको रहेछ; लोकहरु भनिरहेका रहेछन् "उ जन्मिदैछे ! उ जन्मिदैछे !! उ जन्मिदैछे!!!" । चउरभरी छरिएका टपरीहरुले भोजसकिएको वा हुँदै गरेको संकेत गरिरहेको छ। लाग्छ सवैले उसैको व्यग्र प्रतिक्षा गरिरहेका छन्।
वाटो हिड्दा मनले सोच्दै थियो: "को हुन उनी, जसकालागि जन्मनु अघि नै लोकहरु कोक्रो तयार पारेर पर्खिवस्छन्?; हप्तौ अघाडि देखि खुसियाली मनाउँदै भोजहरु गर्छन् ?" । केहि कदम अघि पु्ग्न नपाउँदै अर्को उस्तै द्रिष्य देख्न पाईन्छ। त्यहाँ पनि मानिसहरु गलामा गला जोड्दै भनिरहेका छन्: "अरु जे भएपनि उ आउँदैछे, हाम्रा दु:ख दशा हरेर जानेछे"।
भन्छन् "लोकले जे भन्छ त्यहि त सत्य हो" । तर खै मन "भनाउँदो सत्य" लाई मान्न तैयार छैन। उसका परिवारको इतिहासले सोच्न वाध्य पारिरहेछ। "उसकी दिदीहरु" आउँदा पनि यस्तै भोजभतेर अनि खुसियाली थियो, लोकहरु उसै भन्थे। तर खै त तिनिहरुले दु:ख हरेर लगे? अहँ, सिन्को पनि भाँचेनन्। वरु मारकाट, कुटपिट, अपहरण, आरोप - प्रत्यारोप र अंशवण्डा जस्ता झै-झगडाको विऊ छरेर गए।
हुन त सवै छोराछोरी एकै ड्यागका मूला हुन्नन् । हेरौ यो पटकको मूला कुन ड्याँगको पर्ने छ। लोकहरु उनलाई "आफ्नो दु:ख हरेर लगिदिने संजिवनी वुटि संझिरहेकाछन्"। तर आफूलाई लोकहरुको हैन वरू उनको आफ्नै सु-स्वास्थ्यको कामना गर्न मनलागिरहेको छ र भन्न मनलागिरहेछ: "तिमी जन्मिदैछौ रे भोलि, सकुशल जन्मनु। तिम्रो हरेक दिनहरु सुखमय रहुन्। तिम्रा दिदीहरुले वनाएको तितो इतिहास वदल्न सक"। म अगि वढ्न खोज्दै छु र भन्दै छु: "उ जन्मदै छे, आफ्नै ईतिहास वदल्ने छे"।
संदर्भ: उ जन्मिदै छे, आफ्नै ईतिहास वदल्ने छे
नासोमा ईदी नई आदिरहुगंस साल्पिमा लोवेको दाय काओ हछ। लैमे सिर्विएकी तस्जो गालेको छ, तरनपि हम रप्यरास दर्गैछु। यो नै रेमो साल्पिमा खेलेको हपिलो टोन हो।
जाअ रेधै छपि म टोन खेल्दैछु। जिहोजाअ किनै माक अभेर लोहा, लैमे खेल्न पनाएको। रेफी नुक माक नुक मयसमा नर्गुछर्प नन्भेरुको त लैमे झुवेको नै नुछी :)।
छन्भन् यनाँसर्व गाल्नै गालेको हछ। रत लमाई यनाँ नुकै नौरक नैछ। नुहत यो सिवेदमा सवेर नपि सेदको वसै वुसिधा र जम्मा निल जोख्नु कुत गंसत दुँहैन तर नपि गिवतका मराईला णक्षरहुको द्यात नाउने छैर। रेफी लमाई दिदिले नन्भुदुहैईथोकि योलापिको सदैंनपि किनै घआडि रछे। हेजोस लैमे योलापि यनाँसर्व नई रउ ढाचवर्परहुको जम्मा निल पनाउने सिन्तित र्याप हछ।
तन्यमा वसै फाअन्त, थासीआभी नई थासी गैसि रहुआली रेधै रेधै वुशामाकना निद हाचन्छु। यनाँसर्वले विजनमा रेधै रेधै रहियली आलिईदोस तैह!
कसियो !
वोनल
आज उस्तै एउटा समस्यालाई हल गर्नु थियो। प्रश्न साधारण: "३ जना मान्छेलाई ३ गिलास चामल लाग्छ भने १ जनालाई कति लाग्छ?"। यो हिसाव गर्नु थियो मलाई, किनकी २ जना भाइहरु छैनन् आजकल।
उही पुरानो दिमाखले मनमनै हल गरेर उत्तर यस्तो निकाल्यो: "१ गिलास"। यसैवमोजिम खाना तयार गरियो। उहि चामल, उही गिलास, उही भाँडो, तर पनि १ जनालाई १ गिलासले त भ्याउँदै भ्याएन नि। त्यसैले ऐकिक नियम फेल खायो यहाँ । जे होस, मान्छे(हरु)ले राम्रैसँग डाईटिङ् गरेका रैछन् भन्ने कुराको आभास चाहिँ राम्ररी नै भयो आज। भोलि भने ऐकिक नियम लगाउँदिन बा.... :D.
माईसंसारको एक फोटोको लागि रचिएको हो यो कविता। फोटोमा एकजोडि परेवा चुच्चो मिलाउँदै रमेको देखिन्छ।
"फर्किएको खुशी"
———————————
है पियारी !
गोली र वारुदमा रुमल्लिएको वेला
तिमी र म,
शान्ति फर्काउन
सँगै उडेका हैनौ ?
तिनीहरुका मन कुँडिएको समय!
भाईचाराको नारा भुलेको दशक
दानवताको विचार मौलाएको वखत
शान्त मैदान रणभूमी वनेको क्षण
हिजो झै लागिरहेछ साथी !
शान्ति!
नफर्किने गरी
पोईलागई भन्नेहरु
जिव्रो टोक्दैछन् आज !
गौतमवुद्धको देशलाई
मारकाटको देश भनेर
गिल्ला गर्नेहरु
फर्किदैको शान्ति देखेर
छट्पटाईरहेछन् !
है पियार !
गुणहरुवाट लखेटिएको
मुटुमा छुरा डविएको
अपहरण र कुद्रिष्टि मौलाएको
वाझ र शिकारीहरुसँग जुधेको
हिजो झै लागिरहेछ !
धन्न यो भूमीमा
तिम्रो र हाम्रो पुकारले
फेरीपनि शान्तिको ध्वनी
गुन्जिनै लागेको छ।
युद्दको धङधङी वाकी नै भएपनि
हल्काफूल्का घटना घटेतापनि
जानुपर्छ नाच्न, दोहोरी खेल्न
पहिलेका रोदिघरहरुमा ।
रम्नुपर्छ आफ्नै घर आँगनीमा
अतितका प्रतिशोधहरु विर्षिएर ।
भुलाउनुपर्छ विगतका पिडाहरु
भाईचाराको गीत गाएर ।
वसिरहन्छ तव पो
आउँदै गरेको शान्ती
युगौ युग सम्म
आफ्नै मात्रीभूमीमा !
काले!
मेरा पियार!
किन लजाउँछौ हो अझै?
मुस्काईदेउन उसैगरि,
जसरी मुस्काउथ्यौ उवेला ।
मर्काईदेउन कम्मर उसैगरि,
जसरी मर्काउथ्यौ उवेला ।
गाऔन गीत उसैगरी,
जसरी गाउँथ्यौं उवेला ।
देउ तिम्रो चुच्चो !
लेउ मेरो चुच्चो !
लौ भन त,
पहिलो पल्ट,
तिम्रो र मेरो आँखा
जुधेको कुन ठाउँ ?
काली!
मेरी पियारी !
उही पशुपतिमा
धन्य पशुपति !
आज फेरी
शान्तिका साथ
उही गुडँमा फर्केर
उही आँगनीमा रम्दै
मेरी पियारीसंग
मिलाउँदैछु चुच्चो
असफल वैरीहरुलाई,
गिज्याउँदै र खवरदारी गर्दै !!
असफल वैरीहरुलाई,
गिज्याउँदै र खवरदारी गर्दै !!
***
AIT Special (6): KHUN SUE को त्यो दिन
AIT मा रहँदा प्राय: गईरहने रेस्टुरेन्टको नाम हो KHUN SUE । शुरुमा त KHUNSUE एकै शव्द झै लागेको थियो, तर पछि थाहा पाईयो कि यो त खुन र शु मिलेर पो वनेको रहेछ। AIT का शुरुका दिनहरुमा त्यति गैईन्थेन बरु पछि विस्तारै विस्तारै जाने क्रम वढेको थियो। एक पटक नेपाली समाजको पार्टीवाट उभ्रेको वासी भात खुवाएको निउँमा 'छ भाई' को ईंडियनवालाको रेस्टुरेन्टमा काम गर्ने नेपाली मूलकी म्यानमारकी दिदीसंग झगडा पर्यो। त्यसपछि हामी त्यसको रेस्टुरेन्टमा जानै छोडेका थियौ। पछि त नगई सुख नै थिएन। तर पनि सुनजको रिस निकै लामो समय सम्म रहिरह्यो। यसको कारणले गर्दा पनि KHUN SUE मा जाने क्रम वढेको थियो। उसो त नेपाली नयाँ वर्षको पार्टिको दिन खून शु मा 'केक' छ्यापाछ्याप पछिको भागाभागको स्थिती आएको दिन भूल्न त कहाँ सकिन्छ र, तर आज कुरा गर्न लागेको दिन चाँहि अलिक भिन्नै किसिमको दिन को हो।
शायद, शनिवारको दिन थियो त्यो। त्यसैले खुन शु मा गएर खानु पर्छ भन्ने सल्लाह भयो। यस वमोजिम हामी करिव रातको ८-९ बजे तिर साईकल हल्लाउँदै हिड्यौ (शैलेश दाइको चुईकिने साईकल Ha ha ha). मेरो टर्वोको पछि विष्णु वसेको थियो। वैक, भियतनामी रेस्टुरेन्ट, अनि त्यसपछिको अँध्यारोवाटो, पुल हुँदै हामी खुन शु मा पुगेका थियौ।
उसै त लामखुट्टेको विगविगी भएको AIT उसमाथि पानी नजिकैको रेस्टुरेन्ट भएकाले लामखुट्टेहरु मित लगाउन थालिसकेका थिए। खुन शु को पंखाले उनीहरुलाई मितेरी लगाउन केही वाधा पुर्याईरहेको थियो। टि भि मा फूटवल आईरहेको थियो। मैले कुन म्याच थियो भन्ने त भुले, तर हाम्रो नजर त्यो रोचक खेलमा परिरहेको थियो ।
सदाझैं तोमयम सुप, कोकोनट सुप, भात, माछा, कोकाकोला आदि अडर भएको थियो। खेलेर होला सवैजना साथिहरु थकित देखिन्थे। हामीले फूटबल हेर्दै खाना खाएका थियौ।
फर्किने वेला भईसकेको थियो। सुनजले खुन शू की मोटिसंग विल माग्दै थियो। "ओ, आज यती धेरै ?" उसले छक्कपर्दे सोधेको थियो।
" भाईहरु LAOS को हो ? " -उसले सोधेकी थिई।
" हैन, किन र ? LAOS को जस्तै लाग्छ र ?"-सुनजले भन्यो।
"त्यसो त हैन, तर आज तिमीहरु LAOS को झै लाग्यो" - उसले वोली।
" हैन हामी LAOS को, हामी त नेपाली हौ। तर तपाईले कसरी LAOS को भनेर भन्नुभएको ?" -सुनज वोल्दै थियो।
"LAOS का हरुले धेरै भात खान्छन्, आज तिमीहरुले उनीहरुको भन्दा पनि धेरै खायौ "-उसले हाँस्दै भनी।
"हा हा हा हा हा, ए केटा हो आज कति खाईएछ यार...."- सुनजले भन्यो।
हामी पनि पेट सुम्सुम्याउँदै, हाँस्दै निस्कियौ।
रेस्टुरेन्टवालाहरुले धेरै खाने ग्राहक पाउनु त गर्वको कुरा हो। त्यसैले तिनीहरुले नै 'कति खाएको' ? भन्नु पक्कै पनि सामान्य घटना थिएन। सधै गईराख्ने भएकोले उसले हाम्रो अनुहार सजिलै चिन्थी। यो घटना पस्चात जव जव हामी उसकोमा जान्थौ, तव तव उ हामीलाई देखेर ङिँच्च हाँस्थी। उसको हाँसो पस्चात हामी संझन्थ्यौं त्यही क्षण: " हामी LAOS को हैनौ, नेपाली हौ" । सायद उसले सोची होली LAOS वाट आउनेले भन्दा वढी त नेपालीहरुले खाने रहेछन्। तर उसलाई के थाहा हामी कति भोकाएका थियौ त्यो दिन भनेर, कसो शैलेश दाई ;) ?
दिन त्यहि १३ फेव्रुवरी २००९ को शुक्रवारको हो। सदा झैं समयमा नै अफिस जान निस्केको के मात्र थिएँ, चकित परें। रात भरि हिउँ पो परेको रहेछ। हिउँले वाटो सेताम्मे पारेको थियो। तै पनि म विस्तार विस्तार अफिस लागें सदा झै।
पहिलो पालि हिउँ पर्दा कस्तो रमाईलो लागेको थियो। क्या सुन्दर वातावरण झैं लाग्थ्यो। हिउँलाई लात्तले हिर्काउँदै अघिवढ्दा निकै रमाईलो लागेको थियो। पेरिस सहरको विरलै आउँने हिउँमा रम्न पाउँनु पनि एक अवसर हो भन्छन्। त्यै भएर पनि म रमाईलो मानिरहेको थिएँ उ वेला। मलाई याद छ, गत साल जम्मा १ रात हिउँ परेको थियो, त्यै पनि धेरै पातलो। धेरै अनुभव गर्न पाईएको थिएन। तर यो वर्षको हिउँ पराईमा यो हिउँ पराई तेस्रो थियो। त्यसैले म मा त्यती कौतुहलता अनि उत्सुकता थिएन वरु किन वेकार परेछ भन्ने भावना आईरहेको थियो।
मेरो यात्रा Evry, Juvisy, Massy Palaesieu, हुँदै Orsay सम्म विना अवरोध पुग्यो। तर त्यहाँ वस थिएन। हिउँ पर्दाको सिधा असर वसमा नै पर्छ। वस नलिईकन हिडेर जाँदा त्यहै १५ मिनेट को समय हो। तर हिड्दा मैले एक पहाड काट्नु पर्छ, भयानक उकालो। दोस्रो पालिको हिउँ परेको समयमा एक साथी (Wile;Tunisian) सँग जाँदा, वाटोमा उ चिप्लिएको कुरा मैले भुल्न सकिन। उकालो पनि यस्तो उकालो छ , अझ हिउँ परे पछि को कुरै नगरौ। त्यसैले मैले वस कुर्ने विचार गरें।
मेरो अफिस अगाडि रोकिने वस आउने छाटकाँट गरेन। मैले अलि नजिक हुँदै जाने वस लिने निर्णय गरें। सवै वस नचलेको हुनाले यात्रीहरुको भिड थियो। ड्राईभरले अघाडिको मात्र ढोका खोल्नु पर्ने हो, तर आज पछाडि को ढोका खोलेर उस्ले भिडलाई घटाउन चाह्यो। उसलाइ आज पैसा कमाउनु छैन बरु छ त हिउपेरेर अलपत्रिएका यात्रिहरुको उध्दार। म पनि चढें पछाडिको ढोकावाट। उहि वस नंवर भएपनि (262.02) फरको वाटो गरि जान्थ्यो यो वस। तर केही नजिक हुन्थ्यो अफिस वाट (जम्मा ५ मिनेट मात्र हिड्नु पर्थ्यो)।
वस अगि वढ्धै थियो। मैले सोचे जस्तो गरि यो वस रोकिएन। आज त्यो ५ मिनेट नजिकको स्टेसनमा रोकिएन। वढिरह्यो अगाडि अगाडि। मैले ड्राईभरलाई सोध्ने मौका छैन किनकि बसमा पाईला राख्न सम्म पाएको छु। मरोस कतै त रोक्लानी मैले चुपचाप रहनु वेस ठाने। आखिरिमा यो एक ठाउँमा त रोकियो तर ठाउँको अत्तो पत्तो छैन। म के अनुमान लाउन सक्छु भने यो वस मेरो अफिसको १० मिनेटको हारा हारिमा हुनु पर्छ। त्यही सोचेर म उत्रिएँ एक अपिरचित ठाउँमा।
म दोधारमा परें, बरु फेरि विपरित दिशामा जाने वस लिएर फेरी पुरानै वस स्टेसनमा जाने कि सोध्दै अगाडि वढ्ने। मलाई यो अफिसमा यही समयमा पुग्नु पर्छ भन्ने कुनै वाध्यता छैन। त्यसैले मैले दोस्रो उपाए लिएँ। वस वाट उत्रिना साथ कोहि मान्छेलाई सोधें, उसले यतावाट जाउँ, अलिक टाढा नै छ भनेर भन्यो। आज मैले मेरो फ्रेन्चको परीक्षा जस्तो लागि रहेको थियो जसलाई प्रयोग गरेर मैले मेरो अफिस खोज्नु थियो। वास्तवमा अफिस पत्ता लगाउनु ठुलो कुरा हैन यदि Map थियो भने। तर म जहिल्यै उहि वाटो हिड्ने हुनाले त्यो वोकेको थिईन। त्यसैले यो मेरो लागि एक परीक्षा नै थियो।
वस स्टेसनमा पो केहि मान्छेहरु थिए र सोधें तर दोवाटो निर पुग्दा त कोही पनि नभेटिने। कमै मात्र मान्छेहरु हिड्छन वाटोमा अझ हिउँ परेको वेला को निस्किओस वाहिर ? यसैले गर्दा मेरो परीक्षा जटिल वन्दै गईरहेको थियो। दोवाटोमा मान्छेहरुलाई कुर्नु र सोध्नु नै एक मात्र विकल्प थियो। फेरी सवै भेटिएका मान्छेहरुले मैले जाने ठाउँ नचिन्ने। परीक्षा थप जटिल वन्यो।
मेरो फ्रेन्चले त काम गर्यो तर पनि हिउँले गर्दा गार्हो वनायो। मेरा अफिस नजिकका Landmark हरु पनि आज त्यस्ता थिएनन्। जताततै हिउँ नै हिउँ, जे पनि सेतो। त्यसैले Landmark हरु आज काम गरिरहेका थिएनन्। वाटोको चोकमा राखेका Information हरुलाई पनि हिउँले ढपक्क ढाकेको थियो, सवै छोपिएको थियो।
एक दोवाटोमा ५ मिनेट सम्म पनि कोहि नदेख्दा मैले आफै एक वाटो रोज्ने निर्णय लिएँ। तर पछि मैले कोहि भेटेर सोध्दा त्यो गलत वाटो परेछ। रोकिई सकेको हिउँमा म पेन्डुलम जस्तो बनेर हिड्दा अलिकति ग्लानी त भयो तर मज्जा पनि आईरहेको थियो। हिउँपरेको वातावरणले म मा चिसो जगाईदिएको थिएन। म तातो ज्याकेट, गम्छा, टोपी, पञ्जामा सजिएको थिएँ। वरु हल्का गर्मी पो अनुभव गरेको थिएँ। समस्या चाँहि खुटाको थियो। जुत्ता भित्र हिउँ पसे जस्तो महसुस गरिरहेको थिएँ।
मेरा पाईला अगाडि वढ्दै थिए। ति वाटोमा भेटिने मान्छेका हातहरु मेरा लागि कम्पास थिए। जे होस म मेरो लक्षमा विस्तारै भए पनि अगाडि वढिरहेको थिएँ, कुनै ढरको भावना थिएन। वरु वरिपरिका द्रिष्यले मन रमाईरहेको थियो। म जंगलको विचवाट एक्लो यात्री अगाडि वढिरहेको थिएँ। शिशिरका ति रुखहरुमा वास्तविक पातहरु थिएनन् तर हिउँले गर्दा हरेक रुखमा सेता नयाँ पात पलाएका झैं देखिन्थे। क्या सुन्दर द्रिष्य वा! मैले यि द्रिष्यलाई आँखामा मात्र राख्न सकें किनकी साथमा आज क्यामेरा थिएन। यस्तो हुन्छ भन्ने थियो भने त म लिएर आउँथे नि...।
म रम्दै अगाडि वढिरहेको थिएँ। कसैले नहिडेको हिउँमा हिड्दाको मज्जा वेल्लै भयो। मेरा पाईलाहरुले डोवहरु वनाईउँदै हिडे। म सदा भन्दा ३० मिनेट ढिला अफिस पुगे। १५ मिनेट हिडेर पुग्ने ठाउँमा वस लिएर ३० मिनेट हिड्नु पर्दा पनि किंचित लाज लागेको थिएन किनकि मैले ति मनोरम द्रिष्यलाई आँखामा कैद गर्न पाएको थिएँ, अनि लटरपटरको फ्रेन्चलाई प्रयोग गरेर म मेरो लक्षमा पुग्न सफल भएको थिएँ।
अफिसमा गएर सदा झै विविसि हेरें, आज त १३ ( नराम्रो नंवर मान्ने रहेछन् पस्चिमा मुलुकमा) तारिखको दिन अझ शुक्रवार परे पछि त झनै नराम्रो हुन्छ रे। आज मेरो लागि यहि भएको हो त? तर म यसलाई नराम्रो भन्दा पनि राम्रो भन्न रुचाउँछु। विविसि सुनेको के थिएँ Murphy Law को घोषणा भएको आज ६० औं वर्ष हो भन्ने थाहा पाएँ। Murphy Law ले भन्छ: "Anything that can go wrong, will go wrong." अर्थात कुनै कुरा नराम्रो हुने संभावना छ भने त्यो हुन्छ नै। आजको मेरो अनुभवलाई मैले Murphy Law मा यसरि मिलाएँ: हिउँ परेपछि वस नआउने संभावना छ भने त्यो आउँदैन। वस नआए पछिका घटनाहरुमा मज्जा आए पनि आज मेरोलागि Murphy Law लागु भएको नै थियो; मेरो वस आएको थिएन। आज Murphy जिउँदै थियो भने म भन्ने थिएँ तिम्रो Law सहि रहेछ :) !!!!!!!!!
क्या शव्दहरु: तिमीले सोध्यौ संचै छौ भनी
लोचन भट्टराईले गाएको यो गीतको गीतकारको नाम थाहा भएन। थोरै शव्दमा कस्तो भाव पोख्न सकेको होला वा ! मान्नै पर्छ गीतकारलाई :)
तिमीले सोध्यौ संचै छौ भनी, म संचो भै हालें २
विरामीको यो विच्छौनावाट उठेर गै हालें
तिमीले सोध्यौ संचै छौ भनी, म संचो भै हालें
औषधि भन्दा संझना तिम्रो संकट छ रगतमा २
यतिको गहिरो मायालाई वुझ्ने को छ र जगतमा
तिमीले सोध्यौ संचै छौ भनी, म संचो भै हालें
न वाच्न सक्छु न मर्न सक्छु एकलै वसेर २
के गर्यौ तिमीले यसरी मेरो जीवनमा पसेर
तिमीले सोध्यौ संचै छौ भनी, म संचो भै हालें
यो काल पनि कस्तो हुने रहेछ, न त रोल नै कुर्ने न त मर्ने दिन नै थाहा दिने। जन्मिने मर्ने एक नियमित प्रक्रिया भएपनि आफ्नोमा शोक पर्दा आफूलाई मात्रै परेको हो कि जस्तो लाग्ने रहेछ। म अनुभव गर्न सक्छु दाइ दिदीहरुलाई परेको चोटको। सानिमालाई चिरआत्माको कामना अनि हार्दिक श्रद्दान्जली ! दाइहरु र दिदीहरु तपाइहरुलाई पनि धैर्यधारण गर्ने शक्तिमिलोस भन्ने कामना!!
जाँदा जाँदै :
---------------------------------------------------------------
भाका , भुल , दया , क्षमा र ममता - सन्तोष जान्दैन त्यो
थुप्रोमा उधिनी मिठो र नमिठो - रोजेर छान्दैन त्यो ।
ईन्द्रै बिन्ती गरुन झुकेर पदमा - त्यो बिन्ती मान्दैन त्यो
आयो टप्प टिप्यो लग्यो मिती पुग्यो - टारेर टर्दैन त्यो ।।
---------------------------------------------------------------
