उ जन्मिदै छे रे - मैले भर्खरै थाहा पाएँ। वाटो भरी ढोली पिटिएको रहेछ; लोकहरु भनिरहेका रहेछन् "उ जन्मिदैछे ! उ जन्मिदैछे !! उ जन्मिदैछे!!!" । चउरभरी छरिएका टपरीहरुले भोजसकिएको वा हुँदै गरेको संकेत गरिरहेको छ। लाग्छ सवैले उसैको व्यग्र प्रतिक्षा गरिरहेका छन्।
वाटो हिड्दा मनले सोच्दै थियो: "को हुन उनी, जसकालागि जन्मनु अघि नै लोकहरु कोक्रो तयार पारेर पर्खिवस्छन्?; हप्तौ अघाडि देखि खुसियाली मनाउँदै भोजहरु गर्छन् ?" । केहि कदम अघि पु्ग्न नपाउँदै अर्को उस्तै द्रिष्य देख्न पाईन्छ। त्यहाँ पनि मानिसहरु गलामा गला जोड्दै भनिरहेका छन्: "अरु जे भएपनि उ आउँदैछे, हाम्रा दु:ख दशा हरेर जानेछे"।
भन्छन् "लोकले जे भन्छ त्यहि त सत्य हो" । तर खै मन "भनाउँदो सत्य" लाई मान्न तैयार छैन। उसका परिवारको इतिहासले सोच्न वाध्य पारिरहेछ। "उसकी दिदीहरु" आउँदा पनि यस्तै भोजभतेर अनि खुसियाली थियो, लोकहरु उसै भन्थे। तर खै त तिनिहरुले दु:ख हरेर लगे? अहँ, सिन्को पनि भाँचेनन्। वरु मारकाट, कुटपिट, अपहरण, आरोप - प्रत्यारोप र अंशवण्डा जस्ता झै-झगडाको विऊ छरेर गए।
हुन त सवै छोराछोरी एकै ड्यागका मूला हुन्नन् । हेरौ यो पटकको मूला कुन ड्याँगको पर्ने छ। लोकहरु उनलाई "आफ्नो दु:ख हरेर लगिदिने संजिवनी वुटि संझिरहेकाछन्"। तर आफूलाई लोकहरुको हैन वरू उनको आफ्नै सु-स्वास्थ्यको कामना गर्न मनलागिरहेको छ र भन्न मनलागिरहेछ: "तिमी जन्मिदैछौ रे भोलि, सकुशल जन्मनु। तिम्रो हरेक दिनहरु सुखमय रहुन्। तिम्रा दिदीहरुले वनाएको तितो इतिहास वदल्न सक"। म अगि वढ्न खोज्दै छु र भन्दै छु: "उ जन्मदै छे, आफ्नै ईतिहास वदल्ने छे"।
संदर्भ: उ जन्मिदै छे, आफ्नै ईतिहास वदल्ने छे
Posted by
Nobal Niraula ( नोवल निरौला )
Monday, April 13, 2009
पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को हार्दिक शुभकामना