About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Boston मा म

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 22, 2011

यात्रा गर्न मलाई औधिमन पर्छ। मन भएर मात्र यात्रा गर्न सकिन्न । समयलेपनि साथ दिनुपर्दछ। मेरो मनलाई समयले अहिलेसम्म माया गरिहेको छ। फलस्वरुप म यो पाली Boston को यात्रामा निस्केको छु।

ठाउँहरु घुम्दा मलाई त्यहिंवाट छोटो व्लग लेख्न मनलाग्छ। उदारणस्वरुप मैलें Berlin (Germany), London (UK), Prague (Czech Republic ), Bahrain (Bahrain), New Orleans (USA) आदि ठाउँहरुवाट व्लग लेखिसकेको छु। यो Boston भ्रमणमापनि त्यही सिलसिला कायम राख्दैछु।

I. Sc. सकेर पुल्चोक क्याम्पसमा प्रवेसपरीक्षा दिएपछि मेरी दिदी र म वागवजारमा कम्प्युटर वेसिक सिक्न गएको याद आईरहेको छ किनकी त्यो सिकाउने ईन्टिट्युटको नाम Boston नै थियो। त्यहाँ ३ महिना सिकेपछि दिएको सर्टिफिकेट आजसम्म पनि सुरक्षित छ। त्यही वेला नै यो Boston सव्दसँग परिचित थिएँ म। तर धेरै पछिसम्मपनि मलाई यो अमेरिकाको एक शहरको नाम हो भन्ने कुरा थाहा थिएन। आज Boston को समुद्रमा जहाजमा चढ्ने मेला एउटा जहाको नाम देखें। यसको नाम Rita थियो । यो मेरी दिदीको नाम हो।  यसले हामी दिदीभाइ  Boston ईन्टिटुटमा पढ्न गएको कुरा सम्झायो। मैंले फोटो पनि खिचेको छु त्यो जहाजको जुन तल छ :).

यहाँ आउनु अगाडि मैंले Boston को ईतिहास पढें।  यो ठाउँ त्यस्तो ठाउँ रहेछ जहाँवाट American Revolution को सुरुवात भएको रहेछ। यो आन्दोलनले नै व्रिटिसहरुलाई अमेरिकावाट लखेटेको थियो। Boston Tea Party, Boston Massacre आदि चर्चित घटनाहरु वोकेको यो सहरमा MIT  र Harvard जस्ता विस्वविख्यात युनिभर्सिटीहरुपनि छन्। संसारभरवाट छानिएका दिमाखवालाहरुले पढ्ने यी विस्वविध्यालयहरुमा म भौतारीरहँदा निकै कुराहरु संझन पुगें। हालका अमेरिकाका राष्ट्रपति वाराक ओवामाको जीवनकथा पढेको छु मैंले। उनको पारिवारिक स्थिति नाजुक भएपनि उनको दिमाखका कारण  उनले Harvard School of Law मा पढ्न पाएका थिए। यी सवै कारणले मेरो यो सहरप्रति विशेष झुकाव रहेको छ।

अर्को मुख्य कुरा त मेरा पुल्चोक पढ्दाका केहि साथीहरु भाइहरु यहाँ छन्। यो सहर अमेरिकाको एक आईटिको एक सहर पनि मानिन्छ। त्यही भएर पनि अरु ठाउँमा भन्दा मेरा कक्षाका धेरै साथीहरु यो सहरमा काम गर्दछन्। म तिनीहरुसँग वर्षौंपछि भेट्दै छु। मलाई यी सवै कुराहरुले यो भ्रमण निकै रमणीय लाग्दैछ। ठाउँ नै भने कता-कता लन्डनको झझल्को दिने खालको रहेछ, नाम अनि उस्तै सजावटहरुले । आखिर वोस्टन New  England न पर्यो। वाँकि वयान समय भएमा पछि लेख्ने छु । वोस्टन वाट यति नै।

- समाप्त -

सोलुखुम्बु कत्ति रमाईलो

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 15, 2011

धन्यवाद ईन्टरनेट। तिमीले गर्दा म  मख्ख छु । हेरन तिमी नभैदिएको भए म मेरो जन्मेको, हुर्केको र पढेको मेरो प्यारो ठाउँको खवर यति टाढाहुँदा कसरी पढ्न सक्थें होला ? मख्ख छु म। धन्यवाद तिमीलाई।

मेरो सोलुखुम्वुमा एफएमको असर भन्ने मार्मीक भिडियो त मैंले पहिले नै  यहाँ  राखेको थिएँ। आज भने सोलुखुम्वु कत्ति रमाईलो भन्ने गीत राख्दै छु। भर्खरै हेर्न पाएँ यो भिडियो (सोलु अनलाईनवाट) । साच्चै सगरमाथालाई ठडाएर राखेकी सोलु तिम्री निक्कै राम्री छौ।


- समाप्त -

प्रयोगसाला किन ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, May 3, 2011

मान्छेका कल्पना शक्तिका कारणले  नै यो संसार यति राम्रो भएको हो। चरा जस्तो उड्न पाउने कल्पना गर्दा गर्दै हवाईजहाजहरु वनेका हुन्। मार्क जुकरवर्गले कल्पना गरेको कुरा हो नै फेसवुक पनि।

कल्पना गर्ने कुरा वर्तमान परिस्थितिमा पनि भर पर्दछ। कहिलेकाहिँ मलाई पनि कल्पनामा गर्न मन लाग्छ। म वर्तमानलाई नियाल्छु। मेरो २४ घन्टा ईन्टरनेटसँग साईनो छ। वाटो हिड्दा पनि म ईन्टरनेट चलाउन सक्छु। संसारका मान्छेले वात मार्ने ठाउँ हो ईन्टरनेट। त्यहाँ विभिन्न भाषामा राम्रा नराम्रा दुवै वात मारिन्छन्। असल मान्छेले राम्रावातहरु पच्छ्याउन् भने नराम्राहरुले नराम्रै। म कल्पन्छु यदि राम्राकुराहरुलाई एक भाषावाट अर्को भाषामा राख्न सकिने हो भने विभिन्न भाषी नाच्ने आँगन कति रमाईलो हुने थियो। भाषा फरक भएपनि मान्छे आखिर मान्छे त हो, जो खुसिमा रमाउँछ र दु:खमा हाँस्छ । त्यही भएर मलाई अरु भाषामा लेखिएका लेखहरुलाई  नेपाली भाषामा राख्ने एक चौतारी वनाउन मन लाग्यो।

ईन्टरनेटमा यत्र-तत्र भौंतारिरहेका नेपाली पाठकले अरु भाषाका भावना पढ्न पाउदा खुसि नै हुन्छन भन्ने मेरो अनुमान हो। मेरो अनुमानलाई सावित गर्न प्रयोगसालामा (http://prayogsala.blogspot.com) को जन्म भयो। साथीहरुको राम्रो हौसला पाएको छु। केही साथीहरुले फुर्सदको समयमा उल्था गर्दै लेख पठाउन थाल्नु भएको छ। यसवाट म थप उत्साहित वनेको छु। एकले थुकी सुकि, सयले थुकी नदि भने जस्तो है यो पनि। मलाई विस्वास छ समयसँगै यो खहरे, खोला, कोसी हुँदै समुद्रमा परिणत हुनेछ।

- समाप्त -

चिनी-पानी-चिनी को नियम

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, April 30, 2011

उ चिनियाँ केटो हो र मेरो घनिष्ठ साथी वनेको छ यहाँ। त्यसैले उसको चर्चा गर्न मनलाग्छ मलाई। आजसम्म भेटेका मान्छेहरुमा उ जतिको तेज दिमाख भएको कोही पनि छैन भन्दा फरक नपर्ला। कम्प्युटरको गति मापन गरे जस्तै दिमाखको  गति मापन गर्ने हो भने उ सायद सुपरदिमाखवाला मान्छेमा पर्छ। उसका आमावुवा दुवै गणित विषय पढाउने रहेछन्। "मेरो घरमा खाना खाने वेला पनि गणितको कुरा हुन्छ। मलाई गणित एकदमै मन पर्छ"- उसले एकदिन भनेको याद आउँछ। धेरै वयान गर्दिन उसको वरु उसले सिकाएको चिनी-पानी-चिनी नियमको कुरा गर्छु जुन रोचक छ।

X, Y र K तीनवटा नम्वर हुन, X < Y र K धनात्मक हो भने, तलको सम्वन्ध सहि हुन्छ:

 X       X+K
--- < -------
 Y       Y+K

जस्तो X= 4, Y =8, K=2 हुन भने,
X / Y= 4/8 = 0.5
(X+K) / (Y+K) =   (4+2) / (8+2) = 6/10 = 0.6

0.5 < 0.6

साथीले यसलाई चिनी-पानी-चिनीको नियम भनेर पढेको रहेछ। चिनीपानीको घोलमा ( X = चिनीको तौल, X+Y =चिनीपानीको तौल) थप चिनी मिसाउँदा (K जोड्दा)  घोल झन् गुलियो वन्छ ( (X+K)/(Y+K) > (X/Y))।

यो सुत्र धेरै ठाउँमा प्रयोग हुन्छ।  उसले यस्ता धेरै कुरा सिकेको छ, त्यही भएर उसको दिमाख तेज छ।

- समाप्त -

New Orleans वाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, March 7, 2011

March, 07, 2011
 
यो लेख लेखिरहंदा म New Orleans को एउटा Motel मा छु. यात्रा गर्ने सिलसिलामा त्यहींबाट ब्लग लेख्ने मेरो सौख छ. त्यही अनुरुप म यो लेख लेखिरहेको छु. 

Mid - Sem Exam सकिए लगत्तै अचानक यो यात्रा तय भएको थियो. अचानक बनेकै भएपनि यो यात्रा निकै सम्झना लायकको भयो. New Orleans मा आउनुपर्ने समयमै आईएको रहेछ. Mardi Gras Festival परेको समय रहेछ.  यात्राको बिस्तृत बयानपछि लेख्ने छु. अहिलेलाई बहने यति नै.  


- समाप्त -

Mr. Thom को रहर !

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, February 28, 2011

६० को दशकदेखि कम्प्युटर चलाउँदै काम गर्न थालेको उसलाई जागिर नछुटुन्जेल कलेजमा गएर पढ्न फूर्सद मिलेन। अनुभवले गर्दा उसलाई काम गर्न कलेजको डिग्री कमी भएको खासै महसुस भएन। तर अहिले उमेरको कारणले उ जागिरवाट रिटायर्ड भएको छ।

७० वर्ष नाघेको उ जागिरवाट फूर्सद मिलेपछि Undergrad मा पढ्न आएको छ। मेरो टेवल अगाडिको उसको टेवलमा उ रमाईरमाई कम्प्युटरमा होमवोर्क गर्छ। अरु पढेर जागिर खान खोज्छन्। उ भने जागिर सकाएर पढ्न आएको छ। आखिर चाहना नै त ठूलो रहेछ। उसलाई लाग्दो हो उमेर त घडि घुमेर पो वढेको। नत्र यो वुढेसकालमा किन दु:ख गर्नु परेको होला।

जव अल्छि लाग्छ म उसलाई हेर्छु। वुढो रमाईरमाई काम गरिरहेको छ ! मलाई उसलाई वुढो भन्ने उपमा दिएकोमा पस्चाताप लाग्छ। उसलाई Mr. Thom नै भन्नु ठिक लाग्छ। मलाई लाग्न थाल्छ यो Mr. Thom को जस्तै रहर जगाउनु पर्छ  अनि पो केही हुन्छ ! मेरो अल्छि भाग्छ, म काममा फर्किन्छु :)


- समाप्त -

हामी हिसावमा कमजोर !

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, February 15, 2011

मैंले सुन्दै आएको कुरा थियो यो। नेपालीहरु हिसाव अर्थात Math मा कमजोर हुन्छौं। यो समयमा अरुले भनेको कुरा सही हो भन्ने लाग्दै छ। यहाँ नेपालीहरु भन्नाले नेपालमा मात्रै Math सिकेको नेपालीहरु भन्न खोजिएको हो। Math मा राम्रा भएका नेपालीहरु पनि छन् तर तिनीहरुको संख्या एकदम कम छ।

Math मा राम्रो भए ईन्जिनियरिङ्ग , फिजिक्सतिर जाने लहर छ नेपालमा। त्यसलाई आधार मानेर भन्नुपर्दा ईन्जिनियरिङ्गका विध्यार्थीहरु नेपालमा Math मा  जान्नेहरुमै पर्दछन्।  तर धेरै ईन्जिनियर साथीहरु जो वाहिर Math को विषय पढ्छन् उनिहरुले हाम्रो Math राम्रो नभएको कुरा सुनाउँथे। मैंले नेपाल वाहिर Math को विषय अहिलेसम्म लिएको थिईन। तर अहिले पढ्दै छु अनि उनीहरुको भनेको कुरा हो रहेछ जस्तो महसुस गर्दैछु।

मैंले भेटेका विध्यार्थीहरुमा चाईनिज विध्यार्थीहरुको Math एकदम राम्रो पाएको छु। एक जना चाईनिज साथीले मलाई भन्थ्यो GRE Test मा कम्तिमा ७९० / ८०० ल्याएन भने उ चाईनिज हैन भन्ने वुझ्नु भन्ने कुरा एकदम चर्चित छ रे चीनमा। मेरो अनुभवमा हो जस्तो पनि लाग्दैछ।

नेपालीहरु दिमाख नभएका भने हैनन्। नेपालीहरुले Math मा राम्रो गर्न उनीहरुले राम्रो गुरु र वातावरण पाउनु पर्दछ । ईन्जिनियरिङ्गमा Math पढाउने गुरुहरुले हिसाव गर्न त सिकाए तर प्रयोग गर्न सिकाएनन्। सायद उनीहरुलाई समयको अभाव हो या ज्ञानको कमी त्यो त म भन्न सक्दिन तर त्यो नजान्ने हुनाले विध्यार्थीलाई मर्का पर्ने गरेको कुरा चाहिं सहि नै हो। मलाई ईन्जिनियरिङ्ग पढ्दा Math पढाउने एक सरको याद आयो। उनले   आकाश तिर हेर्दै Calculus को एउटा हिसाव यसरी वुझाएका थिए: "हाम्रो विध्यार्थीले यसो माथि हेर्यो त के देख्यो ? हो ईन्फिनिटी (∞) देख्यो" । उनले माथी आकाश हेरेर यो निकै ठूलो कुरा हो भन्ने वुझाउनु थियो किनकी ∞ (सवसे ठूलो अङ्क वा अनन्त) जनाउथ्यो।  उनको यो हिसाव सम्झाउने प्रयास थियो तर वुझाउने थिएन। उनी सम्झाउने कुरामा त सफल रहे किनकी आजसम्म उनले भनेको कुरा मैंले भुलेको छैन तर उनले वुझाउन नै सकेनन्...। यस्तै कारणहरुले गर्दा हाम्रो Math पढाई कमजोर छ भन्ने मेरो ठहर छ।

- समाप्त -

"वौलाउनु भन्दा मर्नु निको" - उसको गलत निर्णय

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, February 8, 2011

कालो वादल आकाशमा मडारीरहेको छ। पूर्वतिरको आकाशमा चट्याई्ग पर्ला जस्तो गरी चम्केको विजुलीको चमक यस्तो भयानक छ कि यसले मेरो दैनिक जीवनलाई थाति राखेर संझनाको कोसेलीको पोको फूकाईदिन्छ। विजुली चम्काई पछिको गड्याङ्गुडुङ्ग साइवर संसार हुँदै मेरो कानमा पर्दछ। म चुपचाप वस्छु, छटपटिन्छु। मनले  प्रश्नमाथि प्रश्न गर्छ  अनि निष्कर्स निकाल्छ: "वौलाउनुभन्दा मर्नु निको" - उसको गलत निर्णय।

आज लेख्न मन थिएन तर पनि लेख्नु परिरहेको छ। उसको गलत निर्णयको वारे लेख्नु नै छ ता कि यस्ता गलत निर्णय नगरिउन जसले घरपरिवार, साथीसँगी, ईस्टमित्र लगायतमा  सहन नसकिने चोट पार्दछ। अनौपचारिक रुपमा उसको पखेरु उडेको केहि घन्टामै थाहाभएको भएपनि 08 February 2011 मा नागरिकन्युजमा छापिएको तलको समाचारनै आधिकारिक रुपमा उसले आत्महत्या गरेको पुस्टिगर्ने माध्यम वन्यो ।


हामी एकै व्याचमा पुल्चौक क्याम्पसमा भर्ना भएका थियौं। उ सिभिल ईन्जिनियर वन्ने सपना पुरा गर्न त्यहाँ आएको थियो म भने कम्प्युटर ईन्जिनियर वन्न। पुल्चौक होस्टेलमा वस्दा देखी हामी नजिकिएका थियौ। २-३ वर्ष हामीहरु एउटै होस्टेलमा वसेका थियौं।

अन्तिमपटक उसँगको भेटको संझना गर्दछु म यो वेला। पुल्चौकको पढाईसकेपछी हाम्रो भेट खासै भएको थिएन। July 25, 2010 तिरको कुरा हो। २ वर्षपछि नेपालमा गएको १० दिन जति भएको थियो। भक्तपुर जडिवुटिमा आफन्तकोमा जाँदै गर्दा कसैले पछाडिवाट 'नोवल' भनेर वोलायो। वोलाउने त्यही रेवती थियो। उ वाईकमा रहेछ। काठमाडौ वाहिरको जिल्लामा सरकारी ईन्जिनियर भएर काम गर्दै रहेछ। अनि १ हप्तालाई ट्रेनिङ्गमा काठमाडौ आएको वेला परेको रहेछ। उमेर पुगेका केटाहरु, विहेको ठट्यौली चल्ने नै भयो। 'अव विहे गर्नु पर्छ' - उसले भनेको थियो। उसँग वाटोमा भएको त्यो जम्काभेट नै मेरो अन्तिम भेट रहेछ।  मलाई के थाहा विहे नै उसको जीवन लैजाने कारण वन्छ भनेर...।

जिउन भनेर धर्तीमा आएपछी जुनसुकै प्राणीले पनि मर्नुपर्दछ। यो ध्रुव सत्य कुरा हो। तर जव मरण अकालमै आईदिन्छ त्यसले ठूलो चोट पुर्याउँछ। भर्भराउँदो उमेरमा आफन्त, ईस्टमित्र, साथी, सँगी सवैलाई चोटपुर्याएर दैवले किन लगिदिन्छन् ? र के यो मरण जायज थियो त ? अहँ कुनै हालतमा पनि थिएन। चित्त नबुझि विहे गर्नुभन्दा विहेको निर्णय गरेकै भएपनि भागेको भए हुन्थ्यो। परिवारको ईज्जतको कुरा सोच्यो होला तर त्यो कुरा ठूलो हुन्थेन। फेरी विहे गरेकै भएपनि कानुनी तरीकाहरु थिए संवन्ध विच्छेदका।  ईन्जिनियरिङ्गका त्यस्ता गार्हा फर्मुला वुझेर भवन, सडक र कूलो वनाउन सक्ने उसले "मर्नु भन्दा वौलाउनु वेस" भन्ने साधारण फर्मूला नवुझेको देख्दा मलाई दु:ख लागेर आउँछ। जे हुनु भैसक्यो। उसको स्वर्गमा वास होस। उसका आफन्त, परिवारजन लगायत सम्पूर्णमा धैर्यधारगर्ने शक्ति दैवले प्रदान गरुन् । हामी एक असल मित्र गुमाउनुपरेकोमा सारै दु:खि छौं। तिमीलाई हार्दिक श्रध्दान्जली रेवती ! 
***

जाँदा जाँदै : अन्जु पन्तले गाएको सान्दर्भिक गितको भिडियो - जिन्दगी यो फूलैफूलको थुँङ्गो हुँदैन, फक्रिने र ओईलाउने टुङ्गो हुँदैन

- समाप्त -

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors