About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

पेरिसमा भलिवल

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 17, 2009

१७ मे २००९

धेरै समय पस्चात भलिवल खेल्ने मौका मिल्यो। AIT मा २००७ मा खेलेको भलिवल पछिको खेल  थियो यो। १६ मे को दिन Complexe Sportif Jean Guimier, Rue Chabrol - Courneuve मा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, फ्रान्स (Association des Nepalais et des Personnes d'Origine Nepalaise Residant en France) ले सो प्रतियोगिता आयोजना गरेको थियो।

१ बजे वाट सुरु हुने भएकोले त्यही समयमा पुग्ने गरि हिडेको थिएँ। Stade de France हुँदै RER B La courneue-Auber Villiers मा रोकिए पस्चात २४९ को वस लिएर Station Jean Mermoz-Henri Barbusse मा पुगियो। त्यसपछि निर्मल अर्याल दाइको सहयोगमा हलमा पुगियो।

समयसँगै निकै जना को जमघट भयो। भलिवल खेल्ने टिमको वनाईएको घोषणा पनि भयो।म पनि एउटा टिममा परेछु :)। को कस्तो खेल्छ, केहि थाहा नहुँदै वनेको हाम्रो टिम गजवकै थियो :)।जम्मा ६ टिम वनेका थिए। यसरी हेर्दा ३६ जना त खेलाडि मात्र थिए त्यहाँ। सवैजनाको गन्ति गर्ने हो भने  करिव ८० - ९० जनाको सहभागिता थियो। धेरै समय पछि नेपालीहरु बिच घुलमिल गर्न पाउँदा रमाईलो भै रहेको थियो।

  1. नेपाली एकता समाज टिम
  2. नेपाली फ्रेन्च आर्मी टिम
  3. साउदि अरव आर्मी टिम
  4. Courneuve टिम
  5. हाम्रो वेनामे टिम
  6. अर्को एक टिम

पहिलो खेल हाम्रो टिम र साउदि अरव आर्मी टिम को पर्यो। पहिलो खेल उनिहरुले जिते (15 -17 ),दोस्रो खेल हामीले (१५ - ५ ) र अन्तिम खेल उनीहरुले (१५ - १७ )। खेल नेपाली चलन अनुसार (जुन टिटि काउन्ट जस्तो न भई, १५ मा हुने गर्छ) मा खेलिएको थियो। जे होस हारे पनि निकै गार्हो गरी जितेका थिए जित्ने ले। तेस्रो गेममा हाम्रो ११ हुँदा उनिहरुको ४ थियो, तर हाम्रो दुर्भाग्य, उनिहरुले हराए । नक आउट खेल भएकोले हारसंगै हामी वाहिरीयौ।

दोस्रो गेम नेपाली फ्रेन्च आर्मी (नेपाली जो फ्रेन्च आर्मी हुन) र नेपाली एकता समाज को टिम रहेको थियो। यि दुई टिम विचको खेल अत्यन्त रोचको थियो। यस्तो लाग्थ्यो यो खेल फाईनल खेल हो। मलाई के लाग्छ भने यो दुई मध्ये जस्ले जित्छ उसले उपाधि हात पार्छ। जे होस हेर्नेको लागि पनि यो खेल एकदम रोचक थियो । आर्मीका खेलाडि हरु हेर्दै ज्यान परेका र छरिता थिए भने नेपाली एकता समाजको टिम धेरै पहिले देखी तयारी गरिरहेको तथा राम्रो थियो। गुरूंगहरुको टिम हो यो, कोही भनिरहेका थिए ।

तेस्रो खेल Courneuve टिम र वाँकिरहेको अर्को टिमको थियो । यो खेल रोचक थिएन।  Courneuve टिम, हाम्रो हाराहारीको होला, ले अर्को नाममात्रको टिमलाई १-१५ र ४ -१५ को सोझो खेलमा हराएको थियो।

१७ तारिखमा हुने खेलवाट माथिका तीन विजयि टिम मध्ये एकले उपाधि हात पार्ने छ। खेल हो जे पनि हुन सक्छ, तर नेपाली एकता टिम उपाधिको दावेदार ठानेको छु।

यसरी पेरिसमा पहिलो पाली भलिवल खेलियो। खेलमा हारजित हुन्छ नै, यो एक हारजितको लागि भन्दा पनि नेपालीहरको जमघट एवं एकताको लागी आयोजित खेल थियो।  खेलका केही तस्विरहरु तल छन्:

तस्विर: Courneuve की कोही ठूली मान्छे उद्घाटन गर्दै, साथमा निर्मलदाइ

तस्विर: NRNA

तस्विर: होमनाथ अर्याल र NRNA का अध्यक्ष

तस्विर:  खेलको नियमको जानकारी गराउँदै

तस्विर: नियमलाई ध्यानपुर्वक सुन्दै :)

तस्विर:  हाम्रो Ad Hoc Team

तस्विर:  हामीलाई हराउने साउदी अरव आर्मिका दाईहरु (कोर्टवाहिर)

तस्विर:  नेपाली एकता समाजका खेलाडिहरु (उपाधीका दावेदार, दायाँ)

तस्विर:  नेपाली फ्रेन्च आर्मीको टिम राम्रो खेल वावजुद नेपाली एकता टिमसँग पराजित

तस्विर:  Courneuve को टिम जसलाई हामीले Trial Game मा हराएका थियौं (सर्माजीको टिम)

तस्विर: Courneuve को टिम सँग भिड्दै अर्को टिम

तस्विर: के भयो हँ?

तस्विर: खेलाडि तथा दर्शक

तस्विर: दर्शक महिलाहरु

गीत: पागल वनाईदेउ

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, May 15, 2009

१५ मे २००९ | © नोवल

पागल वनाईदेउ
--------------------
पागल वनाई देऊ
सत्यतामा वाँच्न सक्छु,
देखेका सारा कुरा
निर्धक्क खोल्न सक्छु॥

म रुन सक्छु त्यतिखेर,
जव वल्छन् मान्छे झैं दाउरा
म कराउन सक्छु त्यतिखेर,
जव वन्छन् लासका खटिया
संभव छ जीउन यसरी,
जव वन्नेछु म पागल
तव मात्र हुन्छ मेरो यो
जलेको मन शीतल॥

भुक्दछन् कुकुरहरु यहाँ
न्यानो खाटमा वसी,
मुठार्छन् जुँगा म्याउँहरु
छत आँगनीमा रमी, 
तर पाउँदैन मान्छे यहाँ,
पेटी रातको शिरानी
पागल वनाईदेउ
मानवता वुझ्न सक्छु,
भरिएको गुजी जालो
मनवाट फाल्न सक्छु॥

म चाहन्न वस्न कसैपनि,
वनी अन्धो आँखा देख्तै,
म चाहन्न वाँच्न कसैगरि,
वनी वैरो कान सुन्दै
पागल वनाई देऊ
सत्यतामा वाँच्न सक्छु,
देखेका सारा कुरा
निर्धक्क वक्न सक्छु 
सुनेका सारा कुरा,
निर्धक्क खोल्न सक्छु
पागल वनाईदेउ,
मानवता वुझ्न सक्छु
पागल वनाईदेउ॥

***

यात्रा: भेनिसको संझना

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, May 1, 2009

भन्छन् "जिन्दगी एक यात्रा" हो। फेरी "जिन्दगी भित्र पनि यात्राहरु" हुन्छन्। त्यसैले "यात्रा भित्र धेरै यात्राहरु"  हुन्छन् तर सवै यात्राहरुको संझना भने हुँदैन। आज कुरा गर्नलागेको यात्रा एक त्यस्तो यात्रा जुन सायदै भुलिएला जिन्दगी भर।

कुरा गत वर्षको हो । हामी ईटाली भ्रमणमा निस्केका थियौं। हुनपनि हामीले ईटालीको सिर देखी पुछार सम्मका चर्चित सहरहरुलाई समेटेका थियौं।  Milan, Rome, Pisa, र Venice  घुमेका थियौ।  

व्यक्तिगत रुपमा  भन्नु पर्दा Rome र Venice जति Milan र Pisa  राम्रो लागेन। हेर्ने नजर आ-आफ्ना हुन नि कसो?। संझिन पनि सजिलो छ Venice घुमेको दिन। अझ त्यो २००७ को अन्तिम रात त विर्षन लायकको छैन। नयाँवर्षको सुरुवात त झन के विर्षनु, ... , संझनाको पोको समयसँगै फूक्दै जानेछ :) । आज भने  भेनिसको संझना स्वरुप यो नोट लेख्दैछु। 

भेनिसको वारेमा, Wikipedia वा अरु कुनै ठाउँमा लामा लामा लेखहरु नै हुन्छन्। सारांसमा भन्नु पर्दा भेनिस एउटा Archipelago हो जुन 18 islands मिलेर बनेको छ (रे)। यो Canal को लागि पनि प्रख्यात छ। त्यहाँ  झन्डै 150 canals छन् (रे) । 

यातायातको कुरा गर्नु पर्दा  Waterbus र Gondola कुरा नगरी रहन सकिन्न। हामीले Gondola भने चढेनौ महँगो थियो क्यारे। पेरिसमा रहँदा Metro (Sub-way) को Map  हेरिन्थ्यो भने त्यहाँ Waterbus को - एक छुट्टै अनुभव थियो हामीहरुलाई। Thailand को जस्तो Sandy Beach भने थिएनन् त्यहाँ वरु समुद्र र क्यानलवाट सिंधै उठेका घरहरु। त्यसैले पनि Venice र थाईल्यान्डका Islands हरुमा प्रिथकता थियो।

Islands का रंगिन घरहरु हेर्दै र पोज पोजमा फोटो खिच्दै दिनभर जलयात्रामा हामी रमायौ। यो ठाउँमा त "यो हिन्दि फ्लिमको सुटिंग भएको, हामी पनि खिच्चौन ....." - साथीहरु भन्दै थिए। साँच्चै नै भेनिस एक रमणिय ठाउँ  रहेछ भन्ने कुरा अनुभववाट थाहा पाईयो।   केही झलकहरु यहाँ राखेको छु।

तस्विर: Grand Canal सायद



तस्विर: पख है, म ईटालीको झन्डा समाउछु

तस्विर: ३ देशमा रहेका ४ जनाको हाम्रो दलवल

तस्विर: Prajwalan र Abha

तस्विर: Islands का रंगिन घरहरु अघाडि तस्विर खिचाउँदै भरत सर

तस्विर: Prajwalan र म

तस्विर: Abha & Bharat

तस्विर: तस्विर आँफै वोल्छ

तस्विर: धेरै पोज मध्येको एक पोज :)

तस्विर: Canal माथिको एक पुल

तस्विर: क्यानल र समुद्रवाट सिधै ठडिएका घरहर

तस्विर: क्यानल र समुद्रवाट सिधै ठडिएका घरहर

संदर्भ: उ जन्मिदै छे, आफ्नै ईतिहास वदल्ने छे

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, April 13, 2009

उ जन्मिदै छे रे - मैले भर्खरै थाहा पाएँ। वाटो भरी ढोली पिटिएको रहेछ; लोकहरु भनिरहेका रहेछन् "उ जन्मिदैछे ! उ जन्मिदैछे !! उ जन्मिदैछे!!!" । चउरभरी छरिएका टपरीहरुले भोजसकिएको वा हुँदै गरेको संकेत गरिरहेको छ। लाग्छ सवैले उसैको व्यग्र प्रतिक्षा गरिरहेका छन्।

वाटो हिड्दा मनले सोच्दै थियो: "को हुन उनी, जसकालागि जन्मनु अघि नै लोकहरु कोक्रो तयार पारेर पर्खिवस्छन्?; हप्तौ अघाडि देखि खुसियाली मनाउँदै भोजहरु गर्छन् ?" । केहि कदम अघि पु्ग्न नपाउँदै अर्को उस्तै द्रिष्य देख्न पाईन्छ। त्यहाँ पनि मानिसहरु गलामा गला जोड्दै भनिरहेका छन्: "अरु जे भएपनि उ आउँदैछे, हाम्रा दु:ख दशा हरेर जानेछे"

भन्छन् "लोकले जे भन्छ त्यहि त सत्य हो" । तर खै मन "भनाउँदो सत्य" लाई मान्न तैयार छैन। उसका परिवारको इतिहासले सोच्न वाध्य पारिरहेछ। "उसकी दिदीहरु" आउँदा पनि यस्तै भोजभतेर अनि खुसियाली थियो, लोकहरु उसै भन्थे। तर खै त तिनिहरुले दु:ख हरेर लगे? अहँ, सिन्को पनि भाँचेनन्। वरु मारकाट, कुटपिट, अपहरण, आरोप - प्रत्यारोप र अंशवण्डा जस्ता झै-झगडाको विऊ छरेर गए।

हुन त सवै छोराछोरी एकै ड्यागका मूला हुन्नन् । हेरौ यो पटकको मूला कुन ड्याँगको पर्ने छ। लोकहरु उनलाई "आफ्नो दु:ख हरेर लगिदिने संजिवनी वुटि संझिरहेकाछन्"। तर आफूलाई लोकहरुको हैन वरू उनको आफ्नै सु-स्वास्थ्यको कामना गर्न मनलागिरहेको छ र भन्न मनलागिरहेछ: "तिमी जन्मिदैछौ रे भोलि, सकुशल जन्मनु। तिम्रो हरेक दिनहरु सुखमय रहुन्। तिम्रा दिदीहरुले वनाएको तितो इतिहास वदल्न सक"। म अगि वढ्न खोज्दै छु र भन्दै छु: "उ जन्मदै छे, आफ्नै ईतिहास वदल्ने छे"।

मनोरञ्जन: पाल्सीमा नोट

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, April 11, 2009

नोट: यो लेख पाल्सिमा लेखिएको छ :D.

नासोमा ईदी नई आदिरहुगंस साल्पिमा लोवेको दाय काओ हछ। लैमे सिर्विएकी तस्जो गालेको छ, तरनपि हम रप्यरास दर्गैछु। यो नै रेमो साल्पिमा खेलेको हपिलो टोन हो।

जाअ रेधै छपि म टोन खेल्दैछु। जिहोजाअ किनै माक अभेर लोहा, लैमे खेल्न पनाएको। रेफी नुक माक नुक मयसमा नर्गुछर्प नन्भेरुको त लैमे झुवेको नै नुछी :)।

छन्भन् यनाँसर्व गाल्नै गालेको हछ। रत लमाई यनाँ नुकै नौरक नैछ। नुहत यो सिवेदमा सवेर नपि सेदको वसै वुसिधा र जम्मा निल जोख्नु कुत गंसत दुँहैन तर नपि गिवतका मराईला णक्षरहुको द्यात नाउने छैर। रेफी लमाई दिदिले नन्भुदुहैईथोकि योलापिको सदैंनपि किनै घआडि रछे। हेजोस लैमे योलापि यनाँसर्व नई रउ ढाचवर्परहुको जम्मा निल पनाउने सिन्तित र्याप हछ।

तन्यमा वसै फाअन्त, थासीआभी नई थासी गैसि रहुआली रेधै रेधै वुशामाकना निद हाचन्छु। यनाँसर्वले विजनमा रेधै रेधै रहियली आलिईदोस तैह!

कसियो !
वोनल

हाँसो ठट्टा: गलत ऐकिक नियम

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, April 4, 2009

स्कूल पढ्दा नै जानेको कुरा हो अंक गणित (Arithmetic) को ऐकिक नियम (Unitary Method). "१ दर्जन कलमको मोल रु १२ भए १ कलमको मोल कति?" जस्ता प्रश्नहरुको समाधान ऐकिक नियमको प्रयोग गरेर समाधान गरिन्थ्यो। खप्पिस नै थिईयो लौ हिसाव गर्न चाहिँ - मनमनै सोचेरै उत्तर भनिन्थ्यो उ बेला।

आज उस्तै एउटा समस्यालाई हल गर्नु थियो। प्रश्न साधारण: "३ जना मान्छेलाई ३ गिलास चामल लाग्छ भने १ जनालाई कति लाग्छ?"। यो हिसाव गर्नु थियो मलाई, किनकी २ जना भाइहरु छैनन् आजकल।

उही पुरानो दिमाखले मनमनै हल गरेर उत्तर यस्तो निकाल्यो: "१ गिलास"। यसैवमोजिम खाना तयार गरियो। उहि चामल, उही गिलास, उही भाँडो, तर पनि १ जनालाई १ गिलासले त भ्याउँदै भ्याएन नि। त्यसैले ऐकिक नियम फेल खायो यहाँ । जे होस, मान्छे(हरु)ले राम्रैसँग डाईटिङ् गरेका रैछन् भन्ने कुराको आभास चाहिँ राम्ररी नै भयो आज। भोलि भने ऐकिक नियम लगाउँदिन बा.... :D.

फर्किएको खुशी

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, March 25, 2009

माईसंसारको एक फोटोको लागि रचिएको हो यो कविता। फोटोमा एकजोडि परेवा चुच्चो मिलाउँदै रमेको देखिन्छ।

"फर्किएको खुशी"
———————————
है पियारी !
गोली र वारुदमा रुमल्लिएको वेला
तिमी र म,
शान्ति फर्काउन
सँगै उडेका हैनौ ?

तिनीहरुका मन कुँडिएको समय!
भाईचाराको नारा भुलेको दशक
दानवताको विचार मौलाएको वखत
शान्त मैदान रणभूमी वनेको क्षण
हिजो झै लागिरहेछ साथी !

शान्ति!
नफर्किने गरी
पोईलागई भन्नेहरु
जिव्रो टोक्दैछन् आज !
गौतमवुद्धको देशलाई
मारकाटको देश भनेर
गिल्ला गर्नेहरु
फर्किदैको शान्ति देखेर
छट्पटाईरहेछन् !

है पियार !
गुणहरुवाट लखेटिएको
मुटुमा छुरा डविएको
अपहरण र कुद्रिष्टि मौलाएको
वाझ र शिकारीहरुसँग जुधेको
हिजो झै लागिरहेछ !
धन्न यो भूमीमा
तिम्रो र हाम्रो पुकारले
फेरीपनि शान्तिको ध्वनी
गुन्जिनै लागेको छ।

युद्दको धङधङी वाकी नै भएपनि
हल्काफूल्का घटना घटेतापनि
जानुपर्छ नाच्न, दोहोरी खेल्न
पहिलेका रोदिघरहरुमा ।
रम्नुपर्छ आफ्नै घर आँगनीमा
अतितका प्रतिशोधहरु विर्षिएर ।
भुलाउनुपर्छ विगतका पिडाहरु
भाईचाराको गीत गाएर ।
वसिरहन्छ तव पो
आउँदै गरेको शान्ती
युगौ युग सम्म
आफ्नै मात्रीभूमीमा !

काले!
मेरा पियार!
किन लजाउँछौ हो अझै?
मुस्काईदेउन उसैगरि,
जसरी मुस्काउथ्यौ उवेला ।
मर्काईदेउन कम्मर उसैगरि,
जसरी मर्काउथ्यौ उवेला ।
गाऔन गीत उसैगरी,
जसरी गाउँथ्यौं उवेला ।
देउ तिम्रो चुच्चो !
लेउ मेरो चुच्चो !
लौ भन त,
पहिलो पल्ट,
तिम्रो र मेरो आँखा
जुधेको कुन ठाउँ ?

काली!
मेरी पियारी !
उही पशुपतिमा
धन्य पशुपति !
आज फेरी
शान्तिका साथ
उही गुडँमा फर्केर
उही आँगनीमा रम्दै
मेरी पियारीसंग
मिलाउँदैछु चुच्चो
असफल वैरीहरुलाई,
गिज्याउँदै र खवरदारी गर्दै !!
असफल वैरीहरुलाई,
गिज्याउँदै र खवरदारी गर्दै !!
***

AIT Special (6): KHUN SUE को त्यो दिन

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, March 15, 2009

स्रोत: My Facebook Notes

AIT मा रहँदा प्राय: गईरहने रेस्टुरेन्टको नाम हो KHUN SUE । शुरुमा त KHUNSUE एकै शव्द झै लागेको थियो, तर पछि थाहा पाईयो कि यो त खुन र शु मिलेर पो वनेको रहेछ। AIT का शुरुका दिनहरुमा त्यति गैईन्थेन बरु पछि विस्तारै विस्तारै जाने क्रम वढेको थियो। एक पटक नेपाली समाजको पार्टीवाट उभ्रेको वासी भात खुवाएको निउँमा 'छ भाई' को ईंडियनवालाको रेस्टुरेन्टमा काम गर्ने नेपाली मूलकी म्यानमारकी दिदीसंग झगडा पर्यो। त्यसपछि हामी त्यसको रेस्टुरेन्टमा जानै छोडेका थियौ। पछि त नगई सुख नै थिएन। तर पनि सुनजको रिस निकै लामो समय सम्म रहिरह्यो। यसको कारणले गर्दा पनि KHUN SUE मा जाने क्रम वढेको थियो। उसो त नेपाली नयाँ वर्षको पार्टिको दिन खून शु मा 'केक' छ्यापाछ्याप पछिको भागाभागको स्थिती आएको दिन भूल्न त कहाँ सकिन्छ र, तर आज कुरा गर्न लागेको दिन चाँहि अलिक भिन्नै किसिमको दिन को हो।

शायद, शनिवारको दिन थियो त्यो। त्यसैले खुन शु मा गएर खानु पर्छ भन्ने सल्लाह भयो। यस वमोजिम हामी करिव रातको ८-९ बजे तिर साईकल हल्लाउँदै हिड्यौ (शैलेश दाइको चुईकिने साईकल Ha ha ha). मेरो टर्वोको पछि विष्णु वसेको थियो। वैक, भियतनामी रेस्टुरेन्ट, अनि त्यसपछिको अँध्यारोवाटो, पुल हुँदै हामी खुन शु मा पुगेका थियौ।

उसै त लामखुट्टेको विगविगी भएको AIT उसमाथि पानी नजिकैको रेस्टुरेन्ट भएकाले लामखुट्टेहरु मित लगाउन थालिसकेका थिए। खुन शु को पंखाले उनीहरुलाई मितेरी लगाउन केही वाधा पुर्याईरहेको थियो। टि भि मा फूटवल आईरहेको थियो। मैले कुन म्याच थियो भन्ने त भुले, तर हाम्रो नजर त्यो रोचक खेलमा परिरहेको थियो ।

सदाझैं तोमयम सुप, कोकोनट सुप, भात, माछा, कोकाकोला आदि अडर भएको थियो। खेलेर होला सवैजना साथिहरु थकित देखिन्थे। हामीले फूटबल हेर्दै खाना खाएका थियौ।

फर्किने वेला भईसकेको थियो। सुनजले खुन शू की मोटिसंग विल माग्दै थियो। "ओ, आज यती धेरै ?" उसले छक्कपर्दे सोधेको थियो।

" भाईहरु LAOS को हो ? " -उसले सोधेकी थिई।

" हैन, किन र ? LAOS को जस्तै लाग्छ र ?"-सुनजले भन्यो।

"त्यसो त हैन, तर आज तिमीहरु LAOS को झै लाग्यो" - उसले वोली।

" हैन हामी LAOS को, हामी त नेपाली हौ। तर तपाईले कसरी LAOS को भनेर भन्नुभएको ?" -सुनज वोल्दै थियो।

"LAOS का हरुले धेरै भात खान्छन्, आज तिमीहरुले उनीहरुको भन्दा पनि धेरै खायौ "-उसले हाँस्दै भनी।

"हा हा हा हा हा, ए केटा हो आज कति खाईएछ यार...."- सुनजले भन्यो।

हामी पनि पेट सुम्सुम्याउँदै, हाँस्दै निस्कियौ।

रेस्टुरेन्टवालाहरुले धेरै खाने ग्राहक पाउनु त गर्वको कुरा हो। त्यसैले तिनीहरुले नै 'कति खाएको' ? भन्नु पक्कै पनि सामान्य घटना थिएन। सधै गईराख्ने भएकोले उसले हाम्रो अनुहार सजिलै चिन्थी। यो घटना पस्चात जव जव हामी उसकोमा जान्थौ, तव तव उ हामीलाई देखेर ङिँच्च हाँस्थी। उसको हाँसो पस्चात हामी संझन्थ्यौं त्यही क्षण: " हामी LAOS को हैनौ, नेपाली हौ" । सायद उसले सोची होली LAOS वाट आउनेले भन्दा वढी त नेपालीहरुले खाने रहेछन्। तर उसलाई के थाहा हामी कति भोकाएका थियौ त्यो दिन भनेर, कसो शैलेश दाई ;) ?

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors