अहिले म अमेरीकाको दोस्रो सानो राज्य, डेलावेर (Delaware, DE) वाट यो व्लग लेख्दै छु। डेलावेर अमेरिकाको पूर्वमा पर्दछ। खासगरी म यो राज्यको Wilmington भन्ने सहरमा वसेरको छु यतिखेर जुन यस राज्यको उत्तर दिशामा पर्दछ। यो ठाउँको नाम अंग्रेजी उपन्यासकार De La Warr को नामवाट आएको रहेछ। डेलावेर राज्य Delmarva पेनिन्सुला (Peninsula) को एक भाग हो। पेनिन्सुला भनेको ३ तिर समुन्द्र र एकातिर जमीन भएको भू-भाग हो। अमेरिकाको संविधानलाई स्विकार्ने पहिलो राज्य भएकोले यो राज्यलाई अमेरिकाको "पहिलो राज्य" पनि भनिने रहेछ।
