नयाँ वर्षको खुसियाली मनाउनै लाग्दा पाएको प्रज्ञा दिदीको म्यासेजले मेरो मनलाई निकै दु:खित वनायो। अकालमा मैले मेरी कान्छी सानीमा (खेम कुमारी दाहाल) लाई गुमाउन वाध्य भएँ।यो जुनीमा मैले मेरी कान्छी सानिमासंग अव कहिल्यै पनि भेट्न पाउने छैन :(
यो काल पनि कस्तो हुने रहेछ, न त रोल नै कुर्ने न त मर्ने दिन नै थाहा दिने। जन्मिने मर्ने एक नियमित प्रक्रिया भएपनि आफ्नोमा शोक पर्दा आफूलाई मात्रै परेको हो कि जस्तो लाग्ने रहेछ। म अनुभव गर्न सक्छु दाइ दिदीहरुलाई परेको चोटको। सानिमालाई चिरआत्माको कामना अनि हार्दिक श्रद्दान्जली ! दाइहरु र दिदीहरु तपाइहरुलाई पनि धैर्यधारण गर्ने शक्तिमिलोस भन्ने कामना!!
जाँदा जाँदै :
---------------------------------------------------------------
भाका , भुल , दया , क्षमा र ममता - सन्तोष जान्दैन त्यो
थुप्रोमा उधिनी मिठो र नमिठो - रोजेर छान्दैन त्यो ।
ईन्द्रै बिन्ती गरुन झुकेर पदमा - त्यो बिन्ती मान्दैन त्यो
आयो टप्प टिप्यो लग्यो मिती पुग्यो - टारेर टर्दैन त्यो ।।

मृत्यु साँच्चै नै पीडादायक हुँदोरहेछ । आफूले नजिकबाट बुझ्न पाइयो भनेमात्र यसको मर्म थाहा पाइँदो रहेछ । मलाई पनि एक वर्ष अगाडि त्यस्तै त्यस्तै भएको थियो । त्यहाँबाट बल्ल मैले मृत्युलाई नजिकबाट नियाल्ने मौका पाएको थिएँ । तपाईँको सानिमाको आत्माले स्वर्गमा बास् गरोस् । हार्दिक श्रद्धाञ्जलि !!
धन्यवाद उजेली। केही शक्ति प्राप्त भएको महसुस भो तपाईको कुरावाट।