दाइ तपाई कता जादै हुनुहुन्छ, कतार, दोहा, कुवेत कुन ठाउँ?
केहीछिन उ वोल्दैन, यता उति हेरिरहन्छ। म मनमनै सोच्दछु, म पनि कति मापाको है, देश भनेर के नै जान्थ्यो र। कस्तो मात्तेको रै छ भनेर सोच्यो होला। वोल्नु पो पर्यो जस्तो लाग्यो, अनि सोधें,
भाई तपाई चैं कता तिर नि?
म कतार हिडेको दाई, कामको लागि।
मैले जस्तो उछिट्टेको जवाफ दिएन यस्ले। म कुरा मिलाउन लागें अनि भने:
ए। भाई म त फ्रान्सको लागि हिडेको तपाई कुवेत हुनुहुने रै छ, वरु कुन एयरलाईन पर्यो कुन्नी, यसो अवुधावि सम्म भएपनि संगै हुईन्छ कि?
भैएन छ दाई, म वहराईन हुदै जान्छु। उ उसको टिकट मलाई दिदै भन्छ, यि हेर्नुस त कति घन्टा कुर्नु पर्छ मैले वहराईनमा?
ओ हो, १० घन्टा रै छ, मेरो त जम्मा २ घन्टा।
राम हो र, अघिल्लो पाली जाँदा त सिघै लगेको थियो। यो पाली हतार हतारमा जानु परो अनि सिधै जाने टिकट नै मिलेन। कसरि विताउने होला खै।
वर्ण गहुँगोरो, करिव ५ फिट ५ ईंच उचाई, हल्ला जुंगाको रेखी, अनि मलाई दाई भन्ने भने पछि, करिव २२-२४ वर्षको उ, भरत शाही नामको रै छ। घर म्याग्दै रै छ।
आजै मात्र आएको म्याग्दिवाट, थाहा नै थिएन म जाने। पासपोर्ट देखाउँदै भन्छ, मेरो जम्मा १ हप्ताको भिसा वाकि रै छ अनि अहिले गएन भने पछि गार्हो हुन्छ रे। जान मन त थिएन, तर पैसा वढेको छ भने साथीहरुले अनि एक्कासी जानु पर्यो।
उ विना प्रश्न यथार्थ वताउँदै जान्छ। यस्तो लाग्छ उ आफ्ना कुरा कसैलाई सुनाउन चाहन्छ। भर्खर विहे गर्नु भयो कि के हो, भाइ? मैले सोधें।
अलिक लजायो, हो ३ महिना भो। बरु कसरी थाहा पाउनु भयो?
हा हा, म मनको कुरा बुझ्छु के? ठट्टा गरें मैले। उ मुसुमुसु हाँस्यो। विदेश जाने रहर पनि अनि जान पनि मन नलाग्ने भने पछि, विहे गरेको हुनु पर्छ नि, मैले भने। उस्को मन्द हाँसो अलिक वढ्यो। जुँगा ओठवाट अलिक तेर्सिए।
उसको पासपोर्ट हेरें, भिसा पनि। भिसा पनि अरेविकमा पो रै छ। अंग्रेजि मा केहि नि नहुने रै छ। मिति भने वुझें। १५ दिन वाँकि रै छ, तर उस्ले १ हप्ता भनेको थियो। सोचें राम्रोसंग जान्दैन रहेछ कि के हो पढ्न।
दाइ म पानी किनेर आउँछु, पासपोर्ट अनि झोला यहीं होस है, भन्दै उ गयो। नाई भन्नै मिलेन। खासमा मलाई एयरपोर्ट भित्र कुनै मान्छेको सामानको रेखदेख गर्न मन थिएन तर पनि वाध्यता आईपर्यो। म सोच्न लागें १० मिनेटको भलाकुसारीवाट चिनेको म दाई भनाउदोलाई पासपोर्ट समेत छोडेर २-३ मिनेट लाग्ने ठाउँमा पानी किन्न जाने यो पटमूर्ख नै हुनुपर्छ कि त म पटमुर्ख किनकि अनजानको मान्छेको सामान (जसमा लागुपदार्थ पनि हुन सक्छ) को रेखदेख गर्न हुन्छ भने। आखिरिमा उ नै पटमूर्ख ठहरियो, पानी किनेर आयो अनि सामान जिम्मा लियो।
क्रमश:
0 comments