कुनैताका विश्वेस्वरप्रसाद कोईरालाको आत्माव्रित्तान्त सुनेको थिएँ। वालककालमा उनीले वनारसमा अध्यायन गरेका थिए रे। उनी पढाईमा र वहसमा निकै राम्रा थिए रे। वनारसमा अध्यायन गर्दा एक महानुभावले प्रश्न गरेछन् - "तिमीलाई अँग्रेजी वोल्न आउँछ (डु यु स्पिक ईंलिस) " ? जवाफमा विपिले "मलाई अरु अङ्ग्रेजी आउँदैन वनारसको अङ्ग्रेजी मात्र आउँछ" भनेका थिए रे। महानुभावले हाँस्दै भनेका थिए रे - "अँग्रेजी जहाँको भएपनि एउटै त हो"। विपिले यो सन्दर्भ आफ्नो आत्माव्रित्तान्तमा राखेर रमाईलो वनाउन खोजेका देखिन्छन् । सवैवालक जस्तै आफूपनि सानासाना कुराहरुपनि ख्याल नगरेर निस्वार्थ रुपमा जवाफ दिएको थिएँ भनेर देखाउन खोजेका होलान्। उनले अँग्रेजी भाषा अन्तराष्ट्रिय भाषा भएकोले वनारसी होस या वेलायती एउटै हो भन्ने महानुभावको कुरालाई स्विकारेको देखिन्छ।
अमेरिकी वातावरणमा घुलमिल हुन यहाँ आउने कोहिपनि नवजनलाई केही समयसम्म सघर्ष गर्नु नै पर्दछ। सङ्घर्षको क्रममा नौला, रोचक घटना घट्ने गर्दछन् । यो यस्तै रोचक कथा हो। हाम्रो आफ्नै कथा हो :) । एक पटक एउटा अफिसमा फोन गर्दाको कुरा हो। एक महिलाले फोन उठाईन। हामीले उक्त अफिसलाई आफ्नो समस्या प्रस्तुत गर्यौं। उनले केहि वेर पस्चात - " Do you speak English ? In which language are you comfortable with ? I can ask for translator...." (तिमीहरु अँग्रेजी वोल्न सक्छौ ? तिमीहरु कुन भाषामा दख्खल छौ ? म अनुवादक वोलाउँछु) भनेर सुनाउँदा हामीले फोन राखेर मरिमरी हाँसेका थियौ।
हाम्रो अँग्रेजी उसले नवुझेकोमा नरमाईलोपनि लागिरहेको थियो। हाम्रो दक्षिण-एसियाको लवज विशेष खालको छ। सायद उ हामीले वोल्ने अँग्रेजी लवजसँग परिचित थिईन। त्यो वेला विपिले सानामा दिएको उत्तर नै सहि थियो जस्तो लागेको थियो। वनारसमा वोल्ने अँग्रेजी दक्षिण-एसियालीले वोल्ने अँग्रेजीको प्रतिनिधि उदाहरण नै हो। वालककालमा उनले वनारसी अँग्रेजी मात्र आउँछ भनेर उनले जे भनेका थिए वास्तवमा उनले सही भनेका थिए तर उनले त्यो यथार्थलाई राम्ररी नकेलाई अँग्रेजी अन्तराष्ट्रिय भाषा भएकोले सवैतिर एकै हो भन्ने कुरालाई स्विकारेको देखिन्छ।
हालसालैको कुरा हो। साथीको मोवाईमा भुलवस एकमान्छेले फोन गरेछ। के के भन्दो रहेछ उनले वुझ्न सकेनछन् र मलाई फोन हस्तान्तरण गरे । मैले वुझ्ने प्रयास गरें। वुझेका केही शव्दले उसको कुरा अनुमानमात्र लगाउन सकें। तर गाँठीकुरा मैले पनि वुझ्न सकिन र फोन साथीलाई फिर्ता दिएँ। साथीले उसलाई प्रतिप्रश्न गरे। उनको प्रश्न यस्तो थियो : "डु यु स्पिक ईंलिस ?" :D :D हा हा हा। हत्तपत्त उसले फोन राख्यो। साटो फेरेकोमा हामीलाई भने एक किसिमको खुसी भनौ या आत्मासन्तुस्टि मिलीरहेको थियो :)))))))
November महिनाको अन्तिम विहिवार Thanksgiving day पर्ने रहेछ। त्यसको भोलिपल्टको शुक्रवारलाई 'Black Friday' भन्दा रहेछन्। व्यापार व्यवसाय गर्नेहरुले यी अवसरहरुमा किनमेल गर्दा निकै ठूलो छुट दिने रहेछन्।
अमेरिकन र क्यानेडियनले मुख्यगरि मनाउने रहेछन Thanksgiving । तर Thanksgiving को दिन भने फरक फरक हुने रहेछ। विशेषगरि Thanks (धन्यवाद) दिने गरिदो रहेछ यो दिन। साथीभाइ, परिवारसँग वसेर Turkey (कुखुराको एक जात) खाने चलन रहेछ।
Thanksgiving को ऐतिहासिक महत्व पनि रहेछ। सन १६२० को जाडोको मौसममा धार्मिक यात्रीहरु (Pilgrim) अमेरिकाको Massachussets मा आउँदा सार्है खराव मौसमले गर्दा उनिहरु विरामी परेछन्। केहिको त ज्यान पनि गएछ। रैथाने अमेरिकन (Native Americans) हरुले तिनिहरुलाई कसरी माछा मार्ने , कसरी खेतीपाती गर्ने र वाँच्ने भनेर सिकाएछन्। पछि यसैको वदलामा यात्रीहरुले अमेरिकनहरुलाई वोलाएर खानपिन गराई थ्याङ्स दिने गर्ने चलन वसाएछन। त्यसै चलनको परिस्क्रितरुप रुप नै आजको Thanksgiving day रहेछ।
यो विशेष दिनको अवसरमा सहयोग गर्नुहुने सवैलाई मेरो तर्फवाट Happy Thanksgiving। विहिवार, शुक्रवार पनि विदा परेकोले लगातार ४ दिन कलेज जानु पर्दैन। त्यसैले Thanks to Thanksgiving :)
यस्तो पनि हुँदो रै छ जिन्दगीमा कैले कैले
Apartment वाट Computer Science Department जाने वाटोमा हरेक दिन मखमली फूलेको देख्दा कतै तिहार आउँदै त छैन भन्ने आभास हुन्थ्यो। नभन्दै नेपाली क्यालेन्डर पल्टाएर हेर्दा तिहार आउनै लागेको रहेछ। त्यसपछि हरेकपाली मैंले ति फूलहरु देख्दा मेरा दिदीहरुको संझना आउँथ्यो। दिदीहरु साथै भैदिएको भए University मा फूलेका यी मखमली फूलहरुको उपयोग गरिन्थ्यो होला। म कलेज जाँदा यस्तै-यस्तै सोचिरहन्थें।
म तिहारको वेलामा यो ठाउँमा फोटो खिच्छु भनेर मनमनै सोचिरहन्थें । मेरो भित्री चाहना यस्तो थियो- फोटोमा म हुनेछु, पछाडी यो ढकमक्क फूलेको मखमली हुनेछ अनि फोटोको टाईटल लेख्ने छु- "भाइटिकाको मौसम छ, कलेज भित्रै यि मखमली फूलेका छन्, तरपनि कुनै रौनकता छैन..."।
समय वित्दै गयो। "भाईटिका पर्सि छ। आज जसरी पनि मैंले फोटो खिच्नुपर्छ"- उही वाटो हुँदै प्रोफेसरसँगको मिटिंङ्गमा जाँदा म सोच्दै थिएँ। म हतारमा थिएँ। मेरो फोटोलिदिनलाई नजिकै मेरा साथीहरु पनि थिएनन्। मिटिङ्ग पछि साथिसँग आएर म खिच्छु भनेर म मिटिङ्गमा हिडें।
करिव ४ घन्टा पछि म मेरो साथिलिएर फोटो खिच्न पुगें। तर............ अफसोच फूलहरु थिएनन्। साथी भन्दै थियो- "फूलहरु यही फूलेका थिए र? अर्को तिर होला। भवनहरु उस्तै छन्, तिमी झुक्कियौ होला "। हामीले नजीकैको क्षेत्र केलायौं तर अहँ फूल छैनन्। म भन्छु यहिँ थिए फूल। तर अहिले फूल भएको कुनै संकेत छैन त्यहाँ। त्यसैले साथीले भन्न लाग्यो, "तिमी सपना देख्दै हिड्दो रैछौ कि क्या हो"। तव मैले मेरो IPhone वाट विहान आउँदा खिचेको फोटो देखाएँ। जुन यस्तो थियो:
४ घण्टाको फरकमा यति ठूलो परिवर्तन ? राम्रा फूलहरु "आजै" किन निमोठ्न परेको हो तिनीहरुलाई ? फेरी भाइटिका मनाउने देश भए एउटा कुरा, निसानी नै केही नराखी किन उखेल्न सकेका हुन ? - म मनमनै प्रश्न माथि प्रश्न तेर्साउँदै थिए। मेरो साथी चकित परेर मलाई हेर्दै थियो भने म अपुरो चाहनाको अमिलो स्वाद मन नपरिकन चाख्न वाध्य थिएँ....।
(वहारसँगै उड्यो मन किन थाम्दैन) २
(पलपल तिम्रो याद आयो)२ यो मन मान्दैन
वहारसँगै उड्यो मन किन थाम्दैन ?
चाँदनी रातमा जुनको किरणमा तिमी आई
न्यानो स्पर्स देउ
संगीतको मधुरो सरगम वनी
जीवनमा राग नयाँ सजाउ
(पलपल तिम्रो याद आयो)२ यो मन मान्दैन
वहारसँगै उड्यो मन किन थाम्दैन ?
सागर झैं गहिरो नदि झैं कलकल तिम्रो माया
वग्यो प्रित वनी
हरियाली मौसम रिमझीम वर्षा भै आयो
वसन्त रितु वनी
(पलपल तिम्रो याद आयो)२ यो मन मान्दैन
वहारसँगै उड्यो मन किन थाम्दैन ?
***
जीवनमा मान्छेले अलिअलि असत्य वोलेकै हुन्छन् जस्तो लाग्छ । कतिको सत्य र कतिको असत्य वोल्ने भन्ने कुरा नितान्त व्यक्तिगत विचार हुन्। सधैं असत्य वोल्दा आप्नो विस्वास घट्न सक्छ भने सधैं सत्य वोल्दापनि अप्ठेरोमा पर्न सकिन्छ। सत्यकुरा सुरुमा तिता हुन सक्छन् । तर सत्य वोल्नुका धेरै फाईदाहरुपनि छन् । तलको अंग्रेजीको वाक्यले एक महत्वपूर्ण फाईदाको कुरा गर्छ:
Always Tell The Truth, So You Don't Have To Remember What You Said.
अर्थात सधैं सही वोल्ने गरिएमा के वोलेको थिएँ भनेर सम्झिरहनु पर्दैन रे। अर्थात गलत वोल्नेहरुले कुन मान्छेसँग के वोलेको थिँए भनेर सम्झीराख्नु पर्यो नत्र गलत वोलेको कुरा थाहा भईजान्छ। मलाई निकै राम्रो लाग्छ यो उक्ति। वोलेको वोली र हानेको गोली फर्काउन सकिन्न। त्यसैले सधैं सहि वोल्ने वानी गर्नु राम्रो । म त सकेसम्म सत्य नै वोल्ने गर्दछु, यसैमा मज्जा छ :)).
आमा वुवा वन्नेहरु, कतिको सचेत हुनुहुन्छ ?
दिनानुदिन संसारमा नयाँ प्रविधिका विकास भईरहेका छन् जसले गर्दा जीवनशैलीमा धेरै परिवर्तन आउन थालेका छन्। आफ्ना वुवाआमा त के थोरै वर्षको फरकमा जन्मिएका दाजुदिदीहरुको जीवनशैली र आफ्नो जीवनशैलीमा नै निकै भिन्नताहरु पाउन कठिन पर्दैन। यसको प्रमूख कारणहरुमा ईन्टरनेटको पनि ठूलो भुमिका रहि आएको छ। यतिखेर ईन्टरनेटको संजालले संसारलाई फनक्कै वेरेको छ। को टाढा र को नजीक भन्ने तुलना हटाउँदै छ। आफ्ना सूचना साथीसँगीहरुसँग साट्न अव चेलीले तिज-तिहारमा पर्खीवस्नु पर्दैन। फोन र ईन्टरनेटको पहुँच हुनेहरुलाई आफ्ना कुराहरु सहजै साटासाट गर्न कति पनि गार्हो पर्दैन। सोसियल नेटवर्क जस्तै फेसवुक मार्फत सुचना साटासाट गर्न सजिलै सकिन्छ। पस्चिममा मुलुकहरुमा ईन्टरनेटको प्रयोग अझ व्यापक मात्रामा हुन्छ। किनमेल, रोजगारी, गफगाफ आदिको लागि ईन्टरनेट नभई हुँदैन । मान्छेहरु ईन्टरनेटमा यति धेरै भर पर्दछन् कि एक दिन मात्र यसको प्रयोग गर्न नपाउने हो भने उनीहरुमा छटपटी सुरुहुन्छ।
एक वच्चाले आमा वुवावाट उसको नामरुपी परिचय पाउँछ। उ जीवनभर त्यही परिचयको सहायतामा चिनिन्छ। मान्छेको वुवाआमासँगको सम्वन्धको पहिलो पुल नै उसको नाम हो। अवको जमानामा वुवाआमा वन्नेहरुले छोराछोरीको नाम मात्र हैन ईमेल एड्रेस पनि राखिदिने चलन वढेको छ भनेर अनुसन्धानहरुले देखाउन थालेका छन् (१)। पस्चिमा देशका ईन्टरनेटमा पहुँचहुने आमाहरुलाई सोधेर सेक्युरिटी कम्पनी AVG ले निकै रमाईला तथ्यहरु प्रस्तुत गरेको छ। केही रोचक तथ्यहरुलाई यहाँ वुँदागत गरिएको छ:
क ) २३ % आमाहरुले आफू गर्भवती भएको प्रमाण अनलाईन राखेर साथीभाइलाई सुचित गर्दछन्
ख ) ७० % भन्दा वढी आमाहरुले आफ्नो वच्चाको तस्विरहरु ईन्टरनेटमा राखेर साथीभाईसँग साट्दछन्
ग ) ७ % वच्चाहरुले जन्मेको दिन नै ईमेल एड्रेस पाउँछन्
घ ) औसतमा ६ महिनाको समय भित्र ८१ % वच्चाहरुको सुचना ईंन्टरनेटमा राखिन्छ
ङ ) ३३ % वच्चाहरुको तस्विर जन्मेको समयवाट राखेको पाईन्छ
सावधान
पक्कै पनि अहिलेको समय निकै फरक छ। छोराछोरीका पुराना तस्विर हेर्न अव दराजमा राखेको पुरानो एल्वम खोजीराख्न पर्दैन, अनलाईन (जस्तै फेसवुकमा ) राखिएका तस्विरहरुमा वर्षौं पछि गएपनि पुग्छ। तर आमावुवा वन्नेहरुले विचारै नगरी आफ्ना वच्चाहरुको तस्विर जथाभावी अनलाईन राख्ने गर्दछन। अनलाईन तस्विर राख्नु नराम्रो पक्कै हैन तर राखिएका एल्वमहरु कसलाई हेर्न दिने र कसलाई नदिने भन्ने कुरा महत्वपूर्ण हुन आँउछ । अपलोड गरिएका तस्विरहरुको सुरक्षा विचार गर्नुहोस । ईन्टरनेट राम्रा मान्छेहरुले मात्र हैन नराम्रा मान्छेहरुले पनि चलाउँछन। विचार गर्नुस त तपाईको वच्चाको तस्विर अस्लिल तस्विर वनाउन प्रयोग भयो भने तपाईलाई कस्तो महसुस हुन्छ ? सहजै उपलव्ध तस्विरले वच्चा अपहरणकारीलाई पनि सहायता गर्न सक्दछ। धेरै जस्तो वुवाआमा वन्नेहरुले यी कुराको विचार गरेको पाईन्न। अझ जन्मेको वच्चाले ठूलो भएपछि आफ्नो सुचना आमावुवाले राखिदिएको जस्तो किसिमले नभैदिएको भए हुने भन्ने गुनासो गर्न सक्छ। त्यसैले यो जमानामा वुवा-आमा वन्नेहरुले यस्तो सुचनाका सुरक्षा नितिहरुसँग जानकार भईरहनु अत्यन्त जरुरी छ।
स्रोत:
१. AVG Blog
पढाउने काम मेरो लागि नौलो हैन। SLC दिनेवेला सहपाठीलाई, B.E. मा होस्टेल वसेकोवेला क्वाटरमा वस्नेसरहरुका छोराछोरीलाई अनि B.E. पछि कान्तिपुर ईन्जिनियरिङ्ग कलेज धापाखेलमा पढाईयो। आजफेरी धेरैवर्षपछि पढाईयो। विगतका अनुभव भएपनि आजको पढाउने काम कस्तो हुने होला भन्ने कौतुहलता थियो किनकी आज अम्रिकन विध्यार्थीहरुलाई पढाउनु थियो। विगतमा सवै पढाउने काम नेपाली माध्यममा हुन्थ्यो तर आजकोमा अंग्रेजी माध्यममा उसमाथी अमेरिकनहरुलाई पढाउनु थियो। कतै विध्यार्थीले सोधेको प्रश्न नबुझ्ने त हैन भन्ने हल्का डर भने थियो किनकी उनीहरुको मात्रीभाषा र उनीहरुको वोल्ने लवजमा म उनीहरुजतिकै पोख्त हुनै सक्दिन।
प्रोफेसर शहरवाहिर जानुपरेकोलेपनि मलाई यो क्लास लिन लगाएको थियो। Operating System को ल्यावमा पढाउनु थियो, रमाइलै गरि वित्यो। खासमा पढाईसकेपछि निकै संन्तुष्ठी मिल्यो, अनुभव वढ्यो अनि आत्माविस्वास पनि । पढाउने काममा रहर पो जाग्न थाल्यो :)। "मैंले PhD गर्दा कहिले प्रोफेसरले मलाई पढाउन पठाउछ र सिकौं जस्तो हुन्थ्यो मलाई, त्यही भएर तिमीले यो अवसरलाई उपयोग गर्नपर्छ" - मेरो प्रोफेसरले मलाई भन्दै थियो। मलाई पनि मेरो प्रस्तुतिकरणमा सुधारल्याउन र अनुभव वटुल्न यो सहयोगी सिद्द हुन्छ जस्तो लागेको छ। जे भएपनि खैरेका छोराछोरीलाई पढाउने अवसर पाईयो आज। वरु तिनीहरुले कस्तो महसुस गरे मेरो पढाउने तरिका बारे भन्ने कुरा प्रोफेसरले अर्को क्लासमा सोधेर मलाई जवाफ दिने नै छन् । तर राम्रो नै पढायो भन्ने जवाफ दिनेछन् भन्ने कुरामा मलाई आशा छ :)) । अर्को क्लास १ महिना पछि छ, अव त झनै सजिलो हुन्छ किनकी त्यो पहिलो क्लास जस्तो नौलो हुने छैन।

