२०१० को मे २९ र ३० तारिखमा नेपाली सांस्कृतिक गृह फ्रान्सले प्यारिसमा आयोजना गरेको सातौं नेपाली महोत्सव हेर्ने मौका पाईयो। फ्रान्समा वस्ने नेपालीले कार्यक्रम गर्न र विदेशीहरुलाई नेपालवारे अध्यायन गर्न नेपालकै वातावरण दिलाउने गरी आफ्नै घर वनाउने उदेश्यले सन २००२ मा सुरु भएको रहेछ यो कार्यक्रम। वास्तवमै निकै नै रमाईलो भयो। मैंले सोचे भन्दा धेरै नै राम्रो कार्यक्रम हुने रहेछ। यो देखेपछि गतसाल यो कार्यक्रम छुटेकोमा पछुतो पनि लाग्यो। यदि यस्तो नेपाल महोत्सव हुने जान्दो हुँ त मेरा विदेशी साथीहरुलाई पनि वोलाउने थिएँ। वास्तवमा मैंले २ दिन फ्रान्समा छु जस्तो महसुस नै गरिन। मलाई नेपालकै कुनै मेला भैरहेको ठाउँमा छु झै भैरहेको थियो। कुरा पनि नेपालीमा गर्न पाईने, सजावट पनि उस्तै, राती पनि नेपालीहरुमाझ नै विताईयो। नेपाली सरसामानहरु पसलपसलमा वेच्न राखेका। आहा, कस्तो रमाईलो थियो। अझ नेपाली खाना पनि किन्न पाईने रहेछ। म:म: र सेल खायौं। नेपाली खाना खान पाउँदा मन निकै हर्षित थियो। खासमा दोस्रो दिनको म:म: भने पहिलो दिनको तुलनामा कमै मिठो रहेको ठहर सिद्दु र मैंले गर्यौ, लसुन नै वढी :)
रमाईलो लागेको पक्ष न्रित्यको पनि हो। वच्चाहरु एक से एक ! वा कस्तो नाच्न सकेका ! निता श्रेष्ठ दिदीले सिकाउनु भएको रहेछ। यस्तो देख्दा त आफूलाई पनि वच्चा वनेर नाच्न मन लाग्यो। उसो त ठूलाको नाच पनि वेजोडको थियो। मलाई छोरी दिने कोही छ? भन्ने गीतले खुस हँसायो। पहिला नसुनेको गीत रहेछ यो। आफूले भने गतिलो दर्शक भएर वेलावेलामा कम्मर हल्लाउँदै चित्त वुझाईयो । सवै नाच्ने भए भने त दर्शकको कमी हुन्छ नि (चित्त वुझाउने वाटो :P ) ।
सुकर्म ग्रुपले वजाएको सारंगी, सितार र तवलापनि निकै आनन्ददायक थियो। यो ग्रुपमा ३ जना हुँनुहुँदो रहेछ: श्याम नेपाली (सारंङ्गिमा), अर्को एकजनाको नाम याद भएन ( सितारमा ) र प्रोमद उपाध्याय (तवलामा)। प्रमोद उपाध्याय त्यो रातको संझनाले मलाई सताउँछ सधैं भन्ने गीतका गायक पनि हुन्।फोटो खिचियो उनीसँग। नेपाल भ्रमण वर्ष-२०११ को प्रचार प्रसार गर्न नेपाल सरकारले यो टोलीलाई युरोपमा कार्यक्रमहरु गर्न पठाएको रहेछ।
श्याम श्रेठ्ठ पनि उनका पेन्टिङ्ग राखेर वसेका थिए। उनको ग्यालरीमा जाँदा पाटनको क्रिष्ण मन्दिर छेउछाउ छु की झैं लागेको थियो।
नेपालमा हुँदा जात्राको त्यति ज्ञान थिएन। उही देखेको सुनेको मात्र। यहाँ त मच्छिन्द्रनाथको जात्रामा रथ नै तानियो । कुमारीको टोली अगाडि-अगाडि हामी रथवालाको टोली पछाडि-पछाडि। हैंसे-होस्टे, हैंसे-होस्टे, हैंसे-होस्टे, हा हा... भन्दै तान्नु पर्ने रहेछ। रमाईलो भयो। यसको भिडियो तल हेर्न सकिन्छ।
समग्रमा भन्नु पर्दा, विदेशमा रहे पनि नेपालीले आफ्नो रितीरिवाजलाई भुन्न सक्दैनन्। जति विदेशिन्छ मान्छे उति देशको माया लाग्ने रहेछ। नजिक हुँदा यसको महत्व नवुझिने रहेछ। जति टाढा, उति माया गाढा !
कार्यक्रमका केही झलकहरु :
भिडियो: कुमारी र मच्छिन्द्रको रथ यात्रा
- समाप्त -
hoina sabai nepali karyakarma utai garera nepal birsane ho ki kya ho?photo herda ta nepal mai ho ki jastai lageko.kati ramro ho malai pani tetai aauna man lagyo k garne hola?
2 din matrai birsiyo kina ki tyhin nai sano Nepal thiyo. Aru din ta kahan birsinu ni. जति टाढा, उति माया गाढा. Yeta auna ta pilen chadhe pugigo ni, puryaidi janchha :)