"यो कविता कोही पनि मानिसको जिवनसँग संबन्धित छैन। सवकुरा काल्पनिक हुन। संयोगबस सकैको जिवनमा मिल्न गएमा यो संयोग मात्र हुने छ। कुनै पेसा प्रति नकरात्मक टिप्पणीको लागि नभई, पुर्ण मनोरंजनको लागि मात्र यो लेख लेखिएको कुरा संपुर्ण पाठक महानुभाबहरुलाई जानकारी दिलाउन चाहन्छु"।
-लेखक
कविताको शिर्षक छ, Programmer
-------------------------------------------------------------------------------------------------
प्रोग्रामर (Programmer)
--------------------------------------------------------------------------------------------------
त्यो दिन,
आज त यो Function सकाउनु छ,
सात दिन देखिको यो तगारोलाई जसरी भएनि ढाल्नु छ,
दिनदिनै प्रोग्रेस सोधिरहेको बोसलाई चित्त वुझाउनु छ,
आज त यो Function सकाउनु नै छ।
हिड्दा
सोच्दा सोच्दै बित्यो रात पनि,
अनि २ घण्टा अघि हिडियो अफिसलाई,
त्यो Function आज सकाउनलाई।
Global Variable ले पो हो कि भनेर Local Variable प्रयोग नगरेको नि हैन,
Compile नै नभएको भए पनि, Compiler ले दिन्थ्यो होला Error Line Number,
के भो के भो, जे भए पनि आज यो Function सकाउनु छ।
अफिसवाट घर आउँदा तरकारी किनेर ल्याउनु भन्ने आमाको बोली बिर्षेंथें
आज जसरी भएपनि अनलाईन आउनु, भन्ने प्रियेको म्यासेजलाई बिर्षेथें,
खलासिले “के हो सुन्दैनस्, पैसा ले” भन्दा झस्किएको पिडा पनि बिर्षेथें,
हिड्दा पनि त्यही Function, वसमा पनि त्यहि Function,…
त्यसैले त जसरी भएपनि सकाउनु यो Tension.
त्यही दिन,
बार्ह्र बज्यो, १ बज्यो, Function ले कामै गरेन बा,
कुर्सि फनक्क फर्काएँ अनि हेरें, Senior Programmer, नाम अघिको टाईटललाई,
मुसुक्क हासें, म बरिष्ठ Programmer wow,
फेरी कुर्सि फर्काएँ, वोसको म्यासेज ?
फर्काएँ म्यसेज “यास सर, आई विल फिनिस वाई ५ ओक्लक”
फेरी सोचें, जसरी भएपनि यो Function सकाउँछु आज त।
केहि सिपलागेन, केही गर्दा नि भएन, Function मिल्दै मिलेन,
धन्य बोसले फेरि पनि म्यासेज पठाएनन्,
ओ, तलवको चिठी नि पाईयो, आहा।
गएँ बसपार्क, उही बस उही कंडक्टर झनक्क उठ्यो रिस,
खोले चिठि हेरें Salary Sheet।
म झल्यास्य बिउझिएँ, साईडमा खलासी, हँसिलो अनुहारले मलाई हेर्दै
सोचें आज त भाडा दिसकेँछु,
पछिल्लो सिटतिर खास खुसको आवाज सुनें,‘अफिसले निकालि दिएछ, अनि….’
अरुको कुरा मलाई के खसखस,
म फेरी सोच्न थालें, उहि Function किन मिलेन?
सोचें, साला आज त जसरि पनि यो Function सकाउनु थियो,
कोल्टे फेरें, दु:ख्यो हातमा , यसो हेरें,
स्लाईन पानी बगिरहेको थियो मेरो हात हुँदै................................................................
ha ha ha..nice poem...yeslai lokgeet banauda po daami hunthyo ki..kasailai gauna lagayara tv ma ghankaidiuna..ani majja hunchha ha ha
Nice composition. Let this not happen to anyone.
Amit
Nice to hear interesting things about the profession one is working on. But guyes, hey hey, its not like that. Don't you remember the first text you displayed while programming, "programming is FUN". haha. It implies. Didn't trust?? Try it out.
babal has uthyo,ramro cha keep on going...
ali bujhna garho paryo... kabiji surumai hospital ma ho ki last ma matra? ki kahilai pani haina?
उमेस दाइ,मैले केहि मिलाएँ यस पटक :)