About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Who is Who

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, December 24, 2007

जिन्दगिमा कति परिक्षा दिईयो कति गनेर साध्य छैन। बर्ष नै गन्ने भएपनि १० बर्षको स्कुल, २ बर्षको I. Sc, ४ बर्षको B. E. 2 बर्षको M.E., कति कति। अझ Entrance देखि Dual degree का परिक्षाहरु अनि Semester System मा भएका परिक्षाहरु गन्ने हो भने सयौं पुग्छन्। हरेक परिक्षामा पास र फेलको कुरा हुन्थ्यो। तर आज यस्तो परीक्षाको घडि आएको छ, जुन प्रिथक छ, जहाँ पास र फेल नहोला, तर पनि उत्तर मिलेन भने फेल भए बरावरको पिडा हुन सक्छ। त्यसैले त मैले मैले मन दरिलो बनाएर बसेको छु ता कि उत्तर नै मिलेन भने पनि चित्त बुझोस।

B. E. को तेस्रो बर्ष ताका प्रज्ञा दिदिको बिहे भएको झलझलति याद छ, जनकपुरको बिवाह मण्डपमा। B.E. सकिए लगत्तै प्रज्ञा दिदी, भिनाजु अनि रिता दिदीसंग बसियो सानेपामा। त्यसको केहि समय पछि रिता दिदिको धुमधाम बिवाह भएको पनि याद छ, पशुपति क्षेत्रको बनकालीमा।
समय यसरी नै अघि बढ्दै थियो, AIT जाने भईयो। १ बर्षको AIT यात्राको विचैमा INT जाने भईयो। यहि समयमा मेरा दुई भान्जा वढे: प्रज्ञा दिदीबाट अनि त्यसको केहि समय पछि रिता दिदीवाट। दु:ख बस भन्नु पर्छ, मैले मेरा भान्जाहरुको नामै बिर्सैं। जे होस, एक जना भान्जा JPअर्को भान्जा BR भनेर नामांकरण गरेको छु। लैंगिक अधिकार बराबर हुनुपर्छ भन्नेहरुलाई पनि चित्त वुझ्छ यो नाम। JP भनेको Janak + Pragya. अनि BR भनेको Bhojraj+Rita। लाग्ला JP को ठाउँमा PJ किन भएन, अनि BR साट्टो किन RB भएन? के गर्नु एउटा त लेख्नै पर्यो क्यारे। यो मुद्दा प्रमुख हैन आजको विषयवस्तुमा।
आज बल्ल फुच्चेहरुको फोटो हेर्न पाएको छु। निकै रमाईलो अनुभुति भै रहेछ।
फोटो: मेरा दुई भान्जा (भान्जा JPअर्को भान्जा BR तर कुन, कुन हो थाहा छैन)
प्रश्न: दुबै जना भान्जाको फोटो दिईएको छ (माथि हेर्नुस)। छुट्याउ: Who is Who?
उतर:
यो यस्तो प्रश्न हो, जसको उत्तर दिने समय सिमा घन्टामा छैन अरु परिक्षामा भए जस्तो जस्त ैकि ३ घन्टा, १ घन्टा आदि-आदि। तर पक्कै पनि जति चाँढो उत्तर मिलायो उति दामी नि।

मामा प्रज्ञा अंटिको वावु त तपाईं जस्तै ह्यान्डम छ- एक दिन सिल्पाले भन्दै थिइन। यो राम्रो हिन्ट हुन सक्छ। सिल्पाले मलाई १ बर्ष अघि जस्तो देखेकी थिइन म त्यै बेलाको को विचार गर्दैछु। म उहि जस्ताको तस्तै, न त मेरो रंग बदलिएको छ, न उ उचाई, बिल्कुल उहि। म फेरि प्रश्न तिर हेर्छु (फोटो तिर), कुन चाहिं म जस्तै ह्यान्डम छ र? फोटोमा दुबैजना ह्यान्डम देखिन्छन्: को भन्दा को कम जस्तरी। त्यसैले यो हिन्टले काम गरेन।

म संग अर्को पनि हिन्ट छ: भान्जा JP २ महिना जतिले जेठो हो "भान्जा BR" भन्दा। मैले यो हिन्ट राम्ररि केलाउनु पर्छ। कुन चाँही कलिलो देखिन्छ त? अँ…..वायाँ (left) को केहि कलिलो देखिन्छ कि झै लाग्यो। फेरि सोचें यो पनि गतिलो हिन्ट हुन सक्छ। १ , २ महिनाको फरक छुट्याउन निकै गार्हो हुन्छ। १ बर्षको फरको को बच्चा भए सजिलै भन्न सकिन्थ्यो। त्यसैले अरु हिन्टहरु केलाउन मन लाग्यो।

प्रश्न जटिल बनाईएको छ, दुबै जनालाई एउटै खालको कपडा लगाई दिएर। नत्र कुन दिदीको मन पर्ने रंग कुन हो भनेर उत्तरको नजिकै जान पाईन्थ्यो। यो कपडाको रंगले पनि काम गरेन। छालाको रंग केलाउन मन लाग्यो। यस अर्थमा "भान्जा BR" दायाँ (Right) तिरको हुन सक्छ। फेरी कता कता पढेको संझे सात पुस्ता देखिको गुण आउछ रे हरेक जना मान्छेमा। आमा तिरको ७ पुस्ता अनि बुवा तिरको ७ गर्दा १४ पुस्ताको गुण के थाहा मलाई। त्यसैले यो हिन्टलाई मैले मानिन।

यदि फररर बोलेको आवाज थियो भने म छुट्याउन सक्थें होला बोलीवाट। किनभने भान्जा JP” ले पुर्वेलि आवाज निकाल्न सक्थे भने "भान्जा BR" ले पस्चिमको। यो पनि संभव भएन।

फोटोलाई फेरी हेरें एक जनाको हात अर्कोको जिउमा। पक्कै पनि सानोहरु छुच्चो हुन्छन्: दि हाल्छन् प्याट्ट, प्याट्ट। यस अर्थमा भान्जा BR left को हुनुपर्छ। यो पनि ठिक भएन। राम्ररी चेतना नआएको वेला को फुच्चे को ठुलो, हान्छन् यत्र तत्र। मेरो यो सोचाईले काम गर्न सक्दैन।

आमा बुवाको अनुहारसँग बच्चाको अनुहार मिलाउन खोज्दैछु। यो नै हुनुपर्छ गतिलो हिन्ट। तर पनि त्यति सजिलो छैन मलाई।

अन्तमा उत्तर त दिनै पर्यो क्यारे मिलोस नमिलोस। माथिका सवैकुरा बिचार गर्छु: शिल्पाको कुरा संझिन्छु, १ महिना नै भए पनि जेठो जेठो हो भन्ने कुरा संझिन्छु, अनि वुवा आमाको अनुहारलाई बच्चासंग मिलाउने कुरा पनि संझिन्छु। सवैकुरा मिलाउँदा दायाँको (Right) को भान्जा JP’ र वायाँ(Left) को भान्जा BR’ हो भन्ने निर्णयमा पुगेको छु।
उत्तर मिलिहालेछ भने म क्या वाठो, नत्र पनि वाठो कसरी? किनभने म डाक्टर हैन ईँजिनियर हो भनौला J। दुवै हातमा लड्डु!! त्यसैले मैले उत्तर पठाउने विचार गरें।

1 Responses to Who is Who

  1. Dai kura sit ma pani ekdamai sahamat 6u.....sarai ramro lekh...kati chado phadiye6 samay biteko thahai bhayen

     

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors