About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Advisors संगका भलाकुसारीहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, December 19, 2007


गुरुब्रम्हा गुरुर्विष्णु: गुरुर्देवो महेश्र्वर्:
गुरु:साक्षात परब्रम्ह तस्मै श्री गुरवे नम्:

माथिको श्लोक सवैले देखे, पढे वा सुनेको हुनुपर्छ। नत्र पनि केही छैन। यो स्लोकले गुरुको बबाल बखान गरेको छ नि। जस्तै कि गुरु ब्रम्हा हुन रे, बिष्णुहुन् रे के रे के रे

यसो सोच्नुस त तपाईं गुरु कसलाई भन्नुहुन्छ? उहि त हो, हुरुरुरु कक्षामा लग्ने अनि ढोका थुनेर पढाउने गुरु हुन; जसले पढायो उहि गुरुहुन्; आदि-आदि। यस अर्थमा जति बिषय हामिले पढ्यौं उति जना गुरु। तर अलि हैन जस्तो लाग्ला, किनकि २ बिषय एउटै गुरुले पढाउन सक्छन। कुरा यसो पनि त हो, एकै बिषयमा धेरै गुरुहरु नि हुन्छन्। त्यसैले सालाखाला १ बिषय १ गुरु भन्नेको होला।

मलाई लाग्छ, माथि भने जस्तो सजिलो छैन गुरुको संख्या गन्नलाई। मलाई त लाग्छ, गुरु ति हुन जसले सत्मार्गमा हिड्न सिकाएका छन्। यस अर्थमा बुवा, आमा गुरु, दाई दिदी गुरु, पढ्न नजाने पनि त्यो अप्ठेरो जिबनमा गतिलो सुझाव दिने हर्के दाई गुरु…..। हो, पक्कै पनि। त्यसैले मेरो गुरुको परिभाषा ठिक छ भन्न सक्छु। ढोका थुनेर, हाजिर लिएर घन्टौं फलाक्नेलाई म गुरु भन्दिन। हुनसक्छ यसो गरेकाहरुको कुराले मेरो मगजमा नयाँ-नयाँ कल्पना सक्ति वढाईदिएका छन्, यदि कसैले गरेका छन् भने म मान्न तैयार छु, र मानेको पनि छु।

कुरामा अलिक नजिक्यौं: थेसिसले पेलिएको बेला आफ्नो थेसिस कमिटिमा रहेकाहरुलाई गुरु भन्ने कि नभन्ने उसो भए? तिम्रो Advisor कस्तो छ भनेर मैले कसैलाई सोधें भने तलको मध्ये एक उत्तर पक्कै आउँछ: मैंले गरेको केही देख्दैन, फलानाको जस्तो एड्भाईजर मेरो भए कस्तो हुन्थ्यो, कत्ति पेल्छ मलाई, मेरो लागि समय छैन उ संग, केहि सिकाउने हैन सव आफैं गर्नु पर्छ, मेरो जुनियर्सलाई म यो Advisor लिन कहिल्यै पनि भन्दिन,नाम मात्रको छ, ठिकै छ खासै पेल्दैन, दामी छ यार, Student को कुरा वुझ्छ, सहयोगि छ, आदि-आदि। मेरो उत्तर पनि यही भित्र छ, तर भन्न चाहन्न अहिलेनै।

थेसिस कमिटिका ३ जना Advisors मध्ये २ जनासंगको गंभिर छलफल पछि केही फल मिलेको अनुभग गरेको छु, यो हप्ता यानेको २००७ को १९ तारिखको दिन। INT AIT का दुवै Advisor हरु सँगै बसेर आफ्नो थेसिसवारे छलफल गर्न पाउँदा त निक्कै रमाईलो लाग्ने रहेछ, तर Challenging पनि। साथिहरुले Video Conferencing को लागि छु्ट्याएको समयको टुक्रामा समेत दुबै तर्फका Advisors हरुसंग कुरा गर्न सकेनन्। मेरो भाग्य भनौं या के भनौं, दुवैलाई संगै राखेर घन्टौं कुरा गर्न पाईयो। चर्काचर्कि वादविवाद गरियो। चर्का-चर्कि यस मानेमा कि, Logic हरुका वाँणले प्रहार गर्ने न कि भौतिक अस्रले। यो छलफलवाट ठोस निर्णयमा पुगिएको छ अहिले।

फोटो: मेरा दुई Advisor हरु : Dr. Anis (Left), Prof. Kanchana (Right) [Prof. Kanchana (AIT), Computer Science Department, Director of INTERLAB. Dr. Anis खुंखार ग्याता OLSR MANET का। OLSR Protocol बनाउनमा यिनको पनि देन छ]

फोटो: AIT को Advisor संग तस्बिर खिचाउँदै (१९ डिसेम्बर,२००७)


फोटो: INT को Advisor संग तस्बिर खिचाउँदै (१९ डिसेम्बर,२००७)

यिनै मार्गदर्शकहरुका आधारमा मेरो अनुसंधानले मुर्तरुप खोजिरहेछ। कहिले काहिं पूर्व जान खोज्छ यो धार, कहिले पस्चिम। तर यिनिहरुको क्षत्रछायाँ र निर्देशन बिच पाहिला बढाईरहेको छ मेरो थेसिसले। म आत्तिन्छु, यि संझाउछन् यस्तै हुन्छ अनुसंधानमा। म मातिन्छु, फेरी संझाउछन् यस्तै हुन्छ अनुसंधानमा। यो संसार भर अरुले नगरेको काम गर्नु पर्दा पक्कै पनि सजिलो हुन्न नै, तर यिनिहरुको मार्ग दर्शनले यो थेसिस रुपि जहाजले दिशा पक्डेको महसुस गरेको भान भैरहेछ। थाहा छैन महासागरको कुन ठाउँमा गएर ठोक्किने हो यो जहाज। सव भर पर्नेछ यि कम्पासहरुमा अनि कम्पास हेर्दै हिड्ने चालकमा। त्यसैले त कम्पासको मुल्यांकन गरिहान्नु अनुचित हुन्छ, यात्रा टुंगिनु अघि नै...।

| edit post

2 comments

  1. Mahesh Says:
  2. We met Prof. Kanchana few years back in kathmandu while she was here to present in advanced networking symposium in Pulchowk Campus along with some high level professionals in the field of networking.

     
  3. Yes Mahesh, you are right. I had seen her first time in that symposium.
    Nobal.

     

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors