About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

कथा: अरुको कुरा मात्र पत्याउँदा

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, September 13, 2011

कुनै गाउँमा बाबु छोरा बस्थे। तिनले एउटा गधा पालेका थिए। एक दिन बाबु छोरा अलिक टाढाको गाउँमा लाग्ने मेलामा जाने भएछन्। छोरो कलिलो उमेरको र बाबु अलिक पाको। गधालाई एक्लै घरमा छोड्न नमिल्ने भएकाले संगै लिएर हिँडेछन्।

बाबुछोरा गधालाई आलोपालो डोर्‍याउँदै हिडीरहेका थिए। केही बेरपछि एक जना बटुवाले भनेछ : के हो गधा डोर्‍याएर आफुहरू पैदलै पो हिंडेका छन् त। कस्ता मूर्ख? बाबुलाई लाग्यो, कुरा सही नै हो। छोरो थाक्यो पनि होला। छोरालाई गधामा चढाएर बाबु पैदल हिँड्न थाले। बाटो लागे। केही बेरपछि अर्को बटुवाले भनेछ : हेर कस्तो जमाना! लाजै नभएको रहेछ यो छोरो त! बुढो बाबुलाई हिंडाएर तन्देरी छोरो गधामा चडेको छ। छोरोलाई पनि लाग्यो ­ गाउँलेले ठिकै भन्यो। बाबु छोराले सल्लाह गरे बरु दुवै जना गधामा चढे कसैले केही भन्न्न पाउने छैनन्। तर, भन्नेले त भनिहाले ­ हेर कस्ता अधर्मी बाबुछोरा! मरन्च्याँसे गधामा बाबुछोरै चढेर हिंडेका। बाबुछोरा दुवैलाई लाग्यो कुरा सही नै हो। बरु हामी नै यस गधालाई बोकेर हिडौँ। बाबुछोराले सकिनसकी गधा बोकेको देखेपछि बटुवाहरू मरीमरी हाँस्न थाले ।

आफू विचार नगर्ने अरूका कुरामा बहकिने बाबुछोराले अन्त्यमा निधो गरे यो गधालाई नै भिरबाट फालिदिएपछि कसैले केही भन्न पाउने छैन। आत्मविश्वासको कमजोरीले क्षति गर्छ भन्ने कुरा यो कथाले वोलेको छ।

स्रोत:  आशाको दियो कि जुनकिरी ?

- समाप्त -

नआउ जून कोठामा राती मसँग लाडिन

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, August 4, 2011

आज एक मनछुने गीत राख्दैछु। मलाई अर्थ वोक्ने शव्दहरु भएका गीत मन पर्दछन् ।  ति गीतहरु संयोग र वियोग दुवैका हुन्छन।

सन्दर्भ: अत्यन्त सुन्दर जून राती कोठामा आएर माया गर भन्दछिन् । तर अरु कसैलाई दिईसकेको मन सुन्दर जूनलाई यो गीत सुनाउँछ :

गायक: माणिकरत्न


शव्दहरु:
नआउ जून कोठामा राती मसँग लाडिन
कसैको भैसकेको मन सक्दैन वाँडिन

सुकेली राम्री सुकोमारी छौ, तिमीमा छ जवानी
तर दिउँ कसरी कसैको नासो म्वाईको निसानी
हुर्कन्न माया छातीमा रोपी मुस्कानले गोडेर
स्वर्गमै जाउ मलाई यहाँ पच्छ्याउन छोडेर
नजीक सर्दै-सर्दै नआउ मँसँग टाँसिन

उजेली वन्दै अधेरी वन्दै लुकामारी खेलेर
नखोज भाँड्न मनको शान्ति निर्लज्ज चलेर
म स्वास पनि उनकै फेर्छु विउझँदा निदाउँदा 
प्रेमको हत्या कसरी गरुँ तिमीले फकाउँदा
सरापले तिम्रो पिरती मेरो सक्दैन नासिन
नआउ जून कोठामा राती मसँग लाडिन
***



- समाप्त -

झोला (अडियो कथा) - क्रिष्ण धारावासीको एक उत्क्रिष्ठ कथा

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, July 31, 2011

क्रिष्ण धारावासीको  झोला भन्ने कथा निकै राम्रो छ भनेर साथीहरुले सुनाएका थिए। कस्तो रहेछ त भनेर मैंले आज सुनें। साथीहरुले भनेजस्तै कथा निकै नै मार्मिक रहेछ। त्यसैले मेरो फूलवारीमा पनि उक्त कथालाई राख्ने जमर्को गर्दैछु। तलको लिंकमा क्लिक गरेर यो कथा सुन्न सकिन्छ। यसको अवधि करीव ५० मिनेटको रहेको छ। यो कथा सुन्दा मेरा आँखा रसाए। सायद तपाईंहरुलाई पनि यस्तै हुनेछ। त्यसैले एक्लै भएको वेला सुनेको राम्रो । नत्र साथीभाइले जिस्काउलान्। म  यो कथाको वयान गर्दिन नत्र तपाईंहरुलाई तलको अडियो सुन्दा रमाईलो नहुनसक्छ। यतिमात्र भन्छु, एक नचिनेको मान्छेले छाडेको झोला भित्रको कुरा छ यसमा। कम्प्युटर तथा मोवाईलमा तलको अडियो वज्नुपर्छ भन्ने मेरो अनुमान रहेको छ।

अडियो: झोला
अवधि: करीव ५० मिनेट



नोट: यो अडियो HTML5 support गर्ने Browser हरुमा मात्र खुल्छ। यदि माथीको अडियो तपाईंकोमा वजाउन मिलेन भने यो लिङ्कमा गई सुन्नुहोस।

- समाप्त -

Chicago bata mobile blog

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, July 11, 2011

Yati bela ma greyhound bus ma chhu. 3 dine Chicago ko yatra sakera Memphis pharkidai chhu. ghumne Kram ma tyhin bata blog lekhne mero bani chha. ma ahile iPhone bata type gardai chhu. mobile bata Nepali ma type garna milena. tyhi bhayera yo roman ma lekhna badhya chhu. Tara ramailo lagdai chha kina ki bus batai blog lekheko yo mero pahilo anubhab ho.

Chicago ramailo sahar rahechha. public transport ni ramro. sangai padheko Sathi ra senior dai Sanga pani Bhet bhayo.

Notre Dame university ma ek Jana sathilai puryauna pain gaiyo. tyo college pani ramro rahechha.

mobile ko battery 50% baki chha. Night bus bhayekole sutnu ni chha. tesaile ahile lai bye.

- समाप्त -

आई एम सरी

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, July 3, 2011

धेरै अगाडि लेखेको कथा हो "आई एम सरी" । कसरी धेरै जन माझ पुगेको टेक्नोलोजीको दुरुपयोग हुन सक्छ भन्ने कुरा देखाउनु मेरो मूल धेय थियो।  म यस कथा मार्फत धेरै पाठकहरुमा चेतना छर्न चाहन्थें ।  त्यही भएर यो समयमा धेरै नेपालीले हेर्ने व्लग माईसंसार डट कम मा यो कथा पठाएको थिएँ। पढ्नुहोस त्यहाँ प्रकासित मेरो कथा: आई एम सरी  ।

- समाप्त -

विशेष ट्यांकर

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, June 19, 2011

तल देखाएको ट्यांकर एक विशेष ट्यांकर हो। यो तस्विर हैन वरु किवोर्डवाट लेख्नमिल्ने अक्षरहरुको संगालोलाई मिलाएको मात्र हो।
……(\_/)
……( ‘_’)
…./”"”"”"”"”"”"\======░ ▒▓▓█D
/”"”"”"”"”"”"”"”"”"”\
\_@_@_@_@_@_



माथिको ट्यांकर वनाउन  ७७ वटा अक्षरहरुको प्रयोग भएको छ। प्रयोग भएका अक्षरहरुलाई लहरै राख्दा तलको जस्तो देखिन्छ :

……(\_/)……( ‘_’)…./”"”"”"”"”"”"\======░ ▒▓▓█D/”"”"”"”"”"”"”"”"”"”\\_@_@_@_@_@_

- समाप्त -

मन्त्रीज्यू नसके नेपालीमा वोल्नुन, यो त अति भएन र ?

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, June 14, 2011

स्वास्थ्य राज्यमन्त्री धर्मसिला चापागाँईले सम्युक्त राष्ट्रसंघको  High Level Meeting on AIDS, 94th plenary meeting New York, 8-10 June 2011 मा दिएको भाषणको भिडियो हो यो। अन्तिम चरणमा भाषण परिवर्तन गर्नुभयो कि के हो, अङ्ग्रेजी वोल्न गार्हो भएको प्रस्टै देखिन्छ मन्त्रीज्यूलाई । नसके अनुवादक राखेर नेपालीमा वोल्देको भए के जान्थ्यो र। अंग्रेजी मै राम्रो वोल्न मन भए, अंग्रेजीको उच्चारण नेपालीमै लेखेर वोले पनि केही हुन्थेन होला वरु। सकिन नसकी पनि अङ्ग्रेजीमा नै गरेको वोल्ने प्रयासलाई त मान्नु नै पर्ने हो तर यो आफ्नै देशमा गरेको भए उत्तम हुने थियो, UN मा पर्यो, अलिक हजम नहुने के सुन्दा पनि ... :))

नोट: भिडियो वजाउन 2/3 पाली प्रयास गर्नुहोस, पहिलो पाली नै नखुल्न सक्छ....

अनुरोध: हामी नेपालीहरुको यस्तो वेईज्यती पटकपटक हुनवाट रोक्न यो भिडियोलाई  धेरै भन्दा धेरै नेपालीहरुसामु पुर्याउन ...



- समाप्त -

यो फोटो हो भिडियो हैन

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, May 30, 2011


स्रोत र थप तस्विरहरुphotographyru.inf

तस्विरमा पनि भिडियोको जस्तै वस्तुहरुको गति राख्न सकिन्छ। कम्प्युटरमा राखिने तस्विरहरुवारे केही ज्ञान छ भने GIF तस्विरमा तस्विरका वस्तुहरुलाई यस्तो किसिमको चलायमान गति दिन सकिन्छ। Jamie Beck ले  यहाँ  राखेका राखेका उत्क्रिष्ट तस्विरहरु मध्येका दुई तस्विर हुन। पुरानो जमानामा यी प्रविधिहरु भैदिएको भए हाम्रा पुर्खाहरुको चलायमान तस्विर हेर्न सकिन्थ्यो। हाम्रा सन्तानहरुले भने हाम्रा तस्विर र भिडियो मार्फत यी अवसर पाउनेछन् ।


- समाप्त -

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors