I love writing and reading articles, traveling places, making friends etc...
Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.
Posted by
Nobal Niraula ( नोवल निरौला )Friday, September 12, 2008
भनिन्छ नि, संगितको कुनै भाषा हुन्न। जुनसुकै भाषामा लेखिएको गित होस न, त्यसलाई संगित मिसाएर वजाएपछि जो सुकैको कम्मर मर्किन, मुख चल्न सुरू भई हाल्छ। तर कम्मर मर्काईको मात्रा अनि मुख चलाईको गति उमेर, संक्रिति, अनुभव र वातावरण पिच्छे वेग्लै हुनु स्वाभाविकै हो। मैले पनि यो फ्रेन्च गित सुन्दा यस्तै यस्तै अनुभव गरें। अर्थ नबुझे पनि सुन्नेको जिउ, ओठ भने चल्छ भन्ने कुरामा मलाई कुनै संका छैन।
Posted by
Nobal Niraula ( नोवल निरौला )Saturday, September 6, 2008
- Sept 5, 2008. INT Evry, France.
अगिल्लो बर्षको यहि दिन क्या गजवको थियो। त्यसदिनको बर्णन त मैले 2007 को September को व्लगमा नै उल्लेख गरेको छु। मलाई झलझलती याद आईरहेको छ। त्यो परिचित ठाउँलाई छोड्दै नयाँ अपरिचित ठाउँमा प्रस्थान गर्ने अगिल्लो दिन हर्ष अनि विस्मतमा चुर्लुम्विएको थिएँ म। समय न हो, वर्ष दिन पछि त्यहि समयको त्यही अनुभवको लागि कोही छानिएका छन्। उनीहरुका पनि मेरा जस्तै अनुभवहरु पक्कै छन्। हो त मेरा जुनियर्सहरु आएका छन् आज। ५ जना रहेछन्:Mr. Jagadish (Nepalese), Mr. Siddartha (Nepalese), Miss Sophia (Cambodian), Mr. A (Thai), Mr. Jean (Vietnamese).
गतसाल हामीहरु ६ जना थियौं जसमा ५ जना ICTर १ जना TC को। तर यसपाली २ जना Computer Science का रैछन्। गत साल ६ जना नै केटा, यो पाली ४ जना केटा। अगिल्लो बर्ष आएकाहरु मध्ये हामी ३ जना अहिले सम्म पनि यहाँ नै छौ, वाँकी Asia मा: सिंगापूर (Mr. Linn), थाईल्याण्ड (Mr. Bharat), श्रीलंका (Vijaya) । यि त संख्यात्मक तुलनाहरु हुन्। गुणात्मक हिसावले त त्यहि समय पार गरेर आउने जुनियर्सहरु सिनियर्सहरु भन्दा राम्रा नै हुन्छन् जस्तो लाग्छ मलाई त।
गतसाल हामी आउँदा १ जना सिनियर्स थिए, यसो मुख देखाएर गायव भएका थिए। तर यसपाली हाम्रा जुनियर्सहरु भाग्यमानी परेछन्। हामी ४ जना (Wikum, Tayyab, Siva सहित) ले त्यस्तो एक्लो महसुस गर्न दिएनौ पहिलो दिन। बरु आलु चाम्रे पकाएर खान दियौं। तैयवले रमजानको व्रत लिईरहेको छ यो बेला। सायद उसलाई हतार थियो क्यारे, अलि काँचै निकाल्यो। तै पनि मिठै थियो। Wikum र Sivaले पनि खानेकुरा ल्याएर वातावरणलाई रोमान्चक वनाएका थिए।
रमझम परेको AIT को वातावरण यहाँ छँदै छैन। केही किन्न पाँईदैन भनेर जुनियर्सले सोध्दा ११ बजिसकेको थियो रातको। यहाँका पसलहरु साँझ ६, ७ बजे नै बन्द हुन्छन् जवकि AIT मा २४ घन्टा नै खुला हुन्छन् केही पसलहरु। जुनियर्सहरुले "पाईन्न किन्न" भनेको सुन्दा अचम्म माने होलान्। समय वित्दैजाँदा यस्ता धेरै अचम्महरु देख्नेछन् यो ठाउँमा। AIT वस्दा AIT त्यति राम्रो नलागेको हुन सक्छ कसैलाई, तर जति जति तिनीहरु यहाँ वस्दै जानेछन्, उति उति AIT क्या दामी भन्दै जानेछन्।यसो भनेर मैले यहाँ सार्है झुर भनेको हुँदै हैन। यहाँ यस्ता धेरै कुराहरु छन् जुन AITसंग छैनन्। त्यही भएर यहाँ आउनेहरुले दुवै तिरको भिन्न अनुभवहरु वटुल्छन्, जुन भविस्यको लागि महत्वपूर्ण कुरा हुन जानेछ।
Posted by
Nobal Niraula ( नोवल निरौला )Monday, September 1, 2008
भनिन्छ मान्छे एक्लो कहिले पनि हुन्न जवसम्म उसको हातमा एक पुस्तक हुन्छ। किनकि पुस्तकमा मान्छेले संसार देख्छ, अरु कोहिसंग भलाकुसारी गर्छ। जस्तो कि तपाई अहिले कोहिसंग हुनुहुन्न, यो मेरा अक्षरहरु पढ्दै हुनुहुन्छ। म केहि भनिरहेको छु, तपाई त्यसलाई सुन्दै हुनुहुन्छ। त्यहि भएर म आफ्नो केही समय कसैसंग भलाकुसारि गर्न उसको जीवनी सुन्न अनि उसका भावना वुझ्न उसका क्रितिहरु खोतन्ने गर्छु, विताउने गर्छु। त्यहिक्रममा मैले BP को आत्मकथा सुन्ने मौका पाएँ। मलाई यस अर्थमा पनि रमाईलो लाग्यो कि उनको म्रित्यु भएको बर्ष नै म जन्मिएको रहेछु। मेरा यि आँखाहरुले उनलाई त देख्नपाएनन्, तर उनका क्रितिहरुमार्फत उनले चिन्ने प्रयत्न गर्दैछु।
उनी साहित्यकार मात्र हैन, राजनितिज्ञ पनि थिए। कोहिले त महामानव को उपनाम पनि दिएका थिए उनीलाई। उनि उही विश्विश्वर प्रसाद कोईराला हुन जो नेपालका पहिला निर्वाचित प्रधानमंन्त्री पनि हुन। उनको जन्म सन् 1914 र मरणसन् 1982 मा भएको रहेछ।
उनको जिवनको धेरै समय निर्वासित अवस्थामा र जेलमा नै वित्यो। उनले १८ महिना सम्म प्रधानमंत्रिको कार्यकाल पनि सम्हालेका थिए। हालसालै मैले खगेन्द्र नेपालीको आवाजमा उनको आत्मव्रित्तान्त सुन्ने अवसर पाएँ। एकदम रमाईलो अनि प्रेरणादाई पाएँ। गान्धिवादी रहेछन्। गान्धिलाई मारिनु एक दिन अघि उनले भेटेका रहेछन्, नेपालमा वम पठाउन…..। निकै रोमान्चक ढंगले प्रस्तुत गरेका छन उनले आफ्नो जिवनीलाई।
उनका साहित्यक क्रितिहरुमा: दोषि चस्मा, सुम्निमा, तीन घुम्ति, नरेन्द्रदाई, मोदिनि, हिटलर र यहुदि, वावु-आमा-र-छोरा" पर्दछन्। उनि राजनितिज्ञ भएपनि विस्लेषकहरुले उनको लेखाईमा राजनितिको 'र' सम्मको प्रभाव देख्दैनन् । त्यसैले विश्लेषकहरुको विचारमा उनि जिवनमा दुई भिन्न भिन्न विधामा पाईला राखेर अघाडि वढ्ने एक कुसल व्यक्ति हुन्। उनी रसियन लेखक एन्टन चेकोभ (Anton Chekov) वाट प्रभावित थिए रे। उनले लक्ष्मी प्रसाद देवकोटा र वालक्रिष्ण समलाई नेपालका खराट साहित्यकार, लेखकका रुपमा लिएका रहेछन्।
उनको आत्मव्रित्तान्तलाई मैले संकलन गरेको छु। यदि कसैले सुनेको, पढेको छैन उनको जिवनी भने, मैले संकलन गरेको लिंक क्लिक गरेर सुने हुन्छ। मलाई लाग्छ, उनको जिवनी सुनेपछि जिवनमा केही परिवर्तन भएको महसुस हुनेछ।
Posted by
Nobal Niraula ( नोवल निरौला )Monday, August 18, 2008
बर्तमानमा केही सहजता छाएपनि, विगतमा नेपाल आमा धुरुधुरु रोएकी नै हुन्। आफ्ना संतानले पतिको दिर्घायुको कामना गरेर तिजको व्रत वसिरहँदा, उनको लास आँगनमै पुगेको पनि नेपाल आमाले नियालेकी नै हुन्। आफ्ना संतानसंगै गलामा गला मिसाउँदै छाती पिटिपिटि रोएकी नै हुन् । रुँदा-रुँदा फुलेका आँखाका नानीहरु, जिंग्रिङ परेको जिउ यसका प्रमाण स्वरुप वसिरहेछन्। अझै पनि कहिले कहिले यिनको छातिमा तरंग पैदा हुन्छ, मुटुमा सोला हान्छ जव आफ्नै नेपाली भाईले अर्को नेपालीलाई छिनाउछन्। त्यसैले उनको आँशु रोकिएको लागेपनि मन भने कुँडिएकै छ। मात्र उनले दिनदिनै रुनु पर्दैन, तर रुनु भने परिरहेको छ अझै पनि।
वैरिहरुको आक्रमणलाई आफ्ना संततिले निस्तेज पार्ने क्रममा दिएका बलिदान उनले कहाँ भुल्न सक्छिन् र। उनी हर्षित छिन् ति वलिदान दिने संततिहरुप्रति। तर आफ्नै भूमीमा आफ्नै संतानहरु काटाकाट र मारामार गरेको देख्दा, उनको मुटु छियाछिया भएको छ ।
यस्तै यस्तै भाव समेटिएर लेखिएको कविता आज राखेको छु। 'नेपाल आमाको चिन्ता' मार्फत कवियित्रिले नेपाल आमाको बोलीलाई जस्ताको तस्तै सुनाएकी छिन् । लौ सुनौन त नेपाल आमाले के भन्दिरहिछन्, के सोच्दिरहिछन्, कवियत्रि कै आवाजमा।
राजनितिक घटनावाट कुँडिएका मनहरुलाई आफ्नो तथा आफ्नो देशको भविष्यको चिन्ता लाग्नु स्वाभाविकै हो। तर निराशाजनक सोचाईले के नै भलो पुर्याउँछ र ? त्यसैले पनि होला जुधिरहेका अनि जुधाईएका साँडेहरुको लाप्पा हेर्दा-हेर्दा टट्टाएका आँखाहरु सुन्दर अनि सितल फूलवारी खोज्दछन्, रमाएका भमरा-भमरी देख्न आतुर हुन्छन्। भनिन्छ नि 'कालोरात पछि उज्यालो दिन अवस्य पनि आउँछ र यसरीआउने उज्यालो रोक्न खोज्नु भनेको हत्केलाले घामलाई छेक्न खोज्नु वरावर हो '। त्यसैले त यो लेखमा त्यो उज्यालो, हरियाली प्रस्तुत गर्न खोजिएको छ जुन यस अन्धकाररुपि समयपछि आउनलाई तम्तयार भएर वसेको छ। आउनुहोस् न भित्रै, यो सुन्दर, उज्यालो कल्पनाको फूलवारी आफ्नो स्वागतद्वार खुला गरेर तपाईंलाई नै भेट्न आतुर छ।
शुक्रवार, २३ सेप्टेम्वर सन् २०५० को विहानै डेविड मार्टिनमोर्निंग वाक सकेर चियाको सुर्को लिन कुपन्डोलको एक चिया पसलमा पुग्छ अनि भन्छ, साहुनी एक कप चिया पाउँन। त्यो ईलामको चिया नि फेरी, उसले साहूनी नझुक्कियोस् भनेर फेरि दोहोर्याउँछ। हुन त अंग्रेजी पनि वुझ्छिन् साहूनी तर नेपालीमा वोल्यो भने साहुनी मुस्काउछिन्। त्यसैले अमेरिकन नै भए पनि डेविड नेपालीमा नै कुरा गर्छ त्यो मुस्कान हेर्नलाई। उसो त पढाईपछि जागिर पाउन पनि एकदमै सजिलो हुन्छ यदि नेपाली पनि जानेको छ भने, यसकारण पनि जानेको नेपालीलाई प्रयोग गरिरहन्छ डेविड।
राम्रा कलेज त अमेरिकामा पनि थिए, तर डेविडलाई अमेरिका वस्ने मन नै भएन। कलेज राम्रा भएर पनि जागिर पाउन गार्हो छ, अवसरहरु कम छन्। खैर, नेपालको पढाई सकेर अमेरिकै फर्किनु पर्यो भने पनि केही छैन। त्रिभुवन विश्वविध्यालयमा पढेको सर्टिफिकेट भनेपछि त जागिर सजिलै पाउँछ उसले। पढाईमात्र भएर कहाँ हो र, उसका हजुरवा पहिले नेपालवाटै आएका हुनाले पनि उसलाई नेपाल जाउँ-जाँउ लागेको थियो। उसो त कहाँ सजिलो छ र नेपालको भिषा पाउन, कति जनाको भिषा रिजेक्ट हुन्छ। तर डेविड लक्की पर्यो नेपाली फररर बोल्ने र ईंजिनियरिंग को अध्ययन गर्ने भएकोले पनि सजिलै पायो भिषा। प्राय: २० प्रतिशत आवेदकले मात्र भिषा पाउनेमा समेत परेर नेपाल आउन पाएकोमा गर्व गर्छ डेविड अनि उसको परिवार। नेपालका विश्वविध्यालयको भर्ना स्विक्रिति पाउनु पनि गार्हो छ। फेरी विश्वविध्यालयको स्विक्रिती भएर मात्र कहाँ सजिलो छ र, त्यो भन्दा पनि अझ सार्हो भनेको नेपालको भिषा पाउन किनभने यसका लागि पनि राम्रै पैसा खर्च गर्नुपर्छ अनिदिनुपर्छ कठोर अन्तरवार्ता पनि। त्यही भएर धेरैजना नेपालको भिषा नपाउने कारणले ईन्डियाको भिषा भएपनि लिनेगर्छन्। ईन्डिया र नेपालको सिमाना लगभग खु्ल्ला सरह भएको भएर पनि ईन्डिया सहज रोजाई हुन्छ धेरै जस्तोको। यसकारण पनि डेविडलाई भाग्यशालि ठान्छन् उसका साथीहरुले।
उ नेपाली साथीहरुमाझ भन्ने गर्छ: "अमेरिकामा सडक त छ, तर प्राय: रित्तो हुन्छ। घरघरमा टेलिभिजन छन्, तर मान्छेहरु रेडियो सुन्छन्,विजुलीको पैसा वचाउन। तेल नभए पछि गार्हो हुँदो रहेछ गाडि चल्न। हाम्रो देशमा कोईला त छ, तर प्रशोधन गर्दा एकदम महंगो हुन्छ, त्यही भएर जिवन धान्न गार्हो छ। आणविक शक्ति प्रयोग गरेर विजुली त निकालेको छ, तर १ युनिटको २० डलर तिर्नु पर्छ। त्यसैले घरसम्म आएको विजुलीको स्विचपनि अन गर्दैनन् धेरैजस्तो जनता। नेपालमा जस्तो सस्तो विजुली भए कति रमाईलो हुन्थ्यो हाम्रो देश। यहाँ त जुन ठाउँमा पनि विजुली, जुन घरमा पनि विजुलीवत्ती। प्रक्रितिले कुनै देश दिन्छ भने नेपाल जस्तो दिवोस न। वग्ने पानीलाई छहरावाट झारी विजुली निकालेर संसारलाई वेचेको/बचाएको छ नेपालले…."।
डेविड भन्दै जान्छ- "एकपटक मैले मेरो हजुरवुवाको ब्लग पढेको थिएँ। ४२ वर्ष अघिको लेखेको थियो त्यो। उतिवेला नेपालमा विजुली एकदमै कम निस्केको थियो रे। सत्तामा जान हानाथाप गर्ने नेताहरु, गरिव न गरिव जनताहरु, वेरोजगार युवाहरु, फोहोरका डंगुरहरुको मुख्य स्रोत थियो रे नेपाल। वाग्मती गन्हाएर खपिनसक्नु हुन्थ्यो रे काठमाडौमा। तेल नपाएर सडकहरुमा गाडि नै गुड्थेनन् रे। देखावटि रुपमा स्थानिय नेताहरुले सासन गरेजस्तो लागे पनि भित्रभित्रै त विदेशी राजदुतहरुले गर्थे रे। नियमकानुन ठूलावडालाई लाग्थेन रे अनि सर्वसाधारणलाई एकदम कडाईका साथ लाग्ने गर्थ्यो रे। मागलाई राख्न कार्यालयमा अनि पुरा गर्न सडकमा जानु पर्थ्यो रे। थरिथरिका संगठनले थरिथरिका माग राखेर, सडकमा टायर वालेर वन्द, हडताल गर्ने गरेकोले वर्षका झन्डै आधा दिनहरुमात्र खुल्थे रे। मान्छेहरु वाक्क दिक्क भएर नेपाल वाहिर जान खोज्थे रे। यहि क्रममा मेरो हजुरवुवा पनि वल्ल तल्ल अमेरिका छिर्नु भएको छ अनि त्यहीं हजुरामालाई भेटेर ग्रिनकार्ड लिएर वस्नु भएछ।
म त छक्क छु, त्यो वेला नेपाल त्यस्तो थियो रे भनेर। वा! कसरी संभव भएको होला यत्रो परिवर्तन । उसवेलाका तेलका धनी खाडिका मुलुकहरुले समेत तेल सकिन थालेर नेपालवाट सहयोग पाउँ भनेर चिठिलेखेका छन् रे। ईन्डियाले नेपाललाई थप विजुली दे कि दे भनेर कराएको करायै छ रे। रकम तिर्न वाकी भएपनि विजुलीको आपुर्ति घटाएका छैनन्। अरु कोही भएको भए रोकिदिन्थे विजुली, मनका धनी नेपालीहरु परेर मात्रै…..। छनपनि संसारमा शक्तिशाली छ नेपाल यतिखेर। काठमाडौले विजुली रोकी दियो भने दिल्ली अनि कोलंम्वोका गाडिहरु गुड्दैनन् व्याट्रिको चार्ज सकिएर, वेईजिंगका कलकारखानाहरु ठप्प हुन्छन्, संसारका ठूलाठूला कंपनीहरु टाट पल्लिन्छन्। तिनीहरुका डाटा सेन्टरहरु सवै नेपालमा छन् रे। नेपालले जडिवुटिहरु रोकिदियो भने संसारका कैयौ मान्छे मर्छन् ओखतिमूलो नपाएर। त्यही भएर होला विभिन्न देशका नेपाली दुतावासमा ती देशका नेताहरु दैनिक जसो भेटिरहन्छन्, सहयोगको याचना गरिरहन्छन्। मान्छेहरु आणविक शक्ति भएकादेशहरुलाई शक्तिकेन्द्र भन्ने गर्छन् तर म भने मान्दिन। मेरो देशमा अणुवम छ तर ' के नै काम लाग्दो रहेछ र अणुवम अनि ए के ४७, पड्काउन नमिले पछि'। म त शक्तिकेन्द्र नेपाल जस्ता मुलुकलाई नै भन्छु जसले संसारका मान्छेहरुको जीवन सहज तुल्याईरहेको छ। प्रजातान्त्रिक मुलुकको उत्क्रिष्ठ नमुना नै छ नेपाल। संचारमा त कुरै नगरौ। तर एक कुरा भने उही रहेछ। नेपालको सिमानाका खम्वाहरु त्यो बेला पनि सारिन्दा रहेछन्"। डेविडले यसो भनिरहँदा उसका नेपाली साथिहरुले आँखि भौं माथि सारे र अचम्ममा परेको संकेत दिए, तर उ धारावाहिक रुममै भन्दै गयो : "उतिवेला ति खम्वाहरु रातारात नेपालभित्र सारिन्दा रहेछन् तर अहिले अरुले नै ति खम्वाहरुलाई नेपालवाहिर सारिन्दा रहेछन् काठमाडौको दया पाउन। यस्ता पनि दिन आउने रहेछन् यस संसारमा (उसका नेपाली साथिहरुले आँखी भौं तर झारे, अनि हाँस्न लागे)"।
एक विदेशीले आफ्नो देशको यसरी वयान गरेको सुनेर नेपाली साथीहरु डेविडसंग मख्ख परे। डेविड थप वयान गर्छ: "यहाँ त पूर्व मेचि देखि पस्चिम महाकालीसम्म २ घन्टामा पार गर्न सकिन्छ। कति सम्मको विकास छ वाफ रे वाफ। डाँडा-काँडामा समेत केवलकार पुगेर कति सजिलो। कर्णालीका हरेक गाउँमासमेत केवलकार पुगेको रहेछ, मलाई त अचम्म लाग्यो। मुख्य कुरा सवै केवलकारहरु विजुलीवाट चल्ने नि। कति सस्तो हो भाडा फेरि। अस्ति म रामेछाप गएको थिएँ, किंजाको केवलकार चढेर। उहिले उहिले मान्छेहरु दिनभर लगाएर हिड्ने गर्थे रे त्यो डाँडोमा। भरियाहरुले त ३, ४ दिन नै लाउँथे रे। म त तीन छक्क परें त्यो सुनेर। अहिले त्यस्ता भिर पखेरामा पनि सेकेन्ड नविराई आउने यी केवलकार अनि ईलेक्ट्रिक ट्रेन देखेर म अचम्ममा परेको छु। यस्तो पनि संभव हुँदो रहेछ बा बा। कसरी छेड्न सकेका हुन् ति अजंगका पहाडहरुलाई अनि वनाउन सकेका हुन् यस्ता भौतिक पुर्वाधारहरु!"।
डेविडको एउटा व्लग साईट छ। उसले यहाँ नेपाल घुम्दाका फोटाहरु र आफ्ना लेखहरु राख्ने गर्छ । नेपाल जान मडारिने विश्वभरका मान्छेहरुले उसको ब्लग पढ्छन् अनि मुख मिठ्याउछन् । २४ सेप्टेम्वर सन् २०५० शनिवार परेकोले पनि डेविडले नेपालको वारेमा ईंटरनेटमा थप अध्ययन गर्यो अनि उसले व्लगमा एउटा लेख पोष्ट गर्यो। त्यो व्लगको शिर्षक थियो: "मेरी आमालाई उत्तर"। त्यसलेखको एक अंश यस्तो थियो: "एक पटक मेरी आमा चेल्सी मार्टिनले मलाई एक प्रश्न शोध्नु भएको थियो –'नेपालमा २० करोड मान्छे छन् भन्छन्, कैयौं कम्पनीहरु छन् भन्छन्, तर मलाई पत्यार छैन; कसरी यो सानो देशमा त्यत्रा मान्छे, त्यत्रा कम्पनिका पुर्वाधारहरु अटेका छन्?' मलाई पनि पत्यार थिएन आमा यो डाँडाकाँडाले भरिएको सानो देशमा यत्रो जनसंख्या अनि पुर्वाधारहरु अटाएको। तर आफ्नै आँखाले देखेपछि पत्याउन वाध्य छु। तपाईंले गणित सिकाउँदा भन्नुहुन्यो नि ३० मिटर लंवाई र २० मिटर चौडाई भएको आयतकार ठाउँमा ३० मिटर x २० मिटर को एक घरमात्र वनाउन सकिन्छ भनेर। तर यो सुत्र अपुरो झै लाग्न थालेको छ आमा। नेपालमा त त्यहि ठाउँमा धेरै घरहरु वनाउन सकिदो रहेछ। आधार (Base) त्यही भएपनि पहाडहरुको उचाईले गर्दा खात माथि खात थपेर कैयौ घरहरु वनाईएका रहेछन्। संझिनु न तलैतला परेका घरहरु बनाएर जमिन वचाए जस्तो के त। तर यहाँका पहाडका घरहरु चाँहि सुरक्षाको द्रिष्टिले होला ४ तला भन्दा वेसि नभएका तर धेरै घरहरु के। सिंगार्नै नपर्ने हिमाल, कुँदिएका मनमोहक पहाड, अनि सिंचित तराईले नेपाल क्या सुसज्जित रहेछ। तराईं रोयो भने हिमाल र पहाडले फु्ल्याईहाल्ने रहेछन् अनि पहाड र हिमाल रोए भने तराईले। आफ्ना दु:ख-सुख: कस्तरी साट्न सकेका होलान् यिनिहरुले .. ..."।
व्लग पोष्टगरे लगत्तै उसले धेरै प्रतिक्रियाहरु पायो। नेपालप्रतिको उसको अघाड माया अनि प्रेम देखेर पनि होला नेपाली साथीहरुको निक्कै प्रतिक्रिया आयो त्यो लेखमा। उसले यति धेरै प्रशंसा पायो कि प्रेमिका समेत भेट्टायो त्यो लेखमार्फत। केही दिन पछि डेविडले चेल्सिलाई पत्र लेख्यो: "आमा शनिवार, २०५० कोडिसेम्वर ३ मंसिर महिनामा पनि पर्दो रहेछ। पत्यार नलाग्ला म एक नेपाली चेलीसंग विवाह वन्धनमा वाँधिदै छु भन्दा। जसरी अवसरको खोजिमा मेरा हजुरवुवाले अमेरिकन हजुरामा खोजेर ग्रिनकार्ड पाई अमेरिका वसेका थिए, उसैगरी मैले नेपाली चेलीसंग विवाह गरेर हरियो कार्ड लिएर नेपाल वस्ने निर्णय गरेको छु। अन्यथा नलिनुहोला, केही पनि नौलो हैन मात्र हजुरवुवाको साटो फेरेको हुँ …मात्र फर्किएका दिनहरु… ….।