About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

नरमाईलो 'दशैं २०६४'

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, October 21, 2007

21 Oct. 2007 (Evry,France)
विहानै उठेको छु, आकाशमा अध्यारो नै देखिन्छ ८ बजे पनि। यसो संझे, गतबर्ष म के गर्दै थिए यो समयमा भनेर। ओ हो म त टिका थाप्दै पो थिएँ है। कहाँको त्यो समय कहाँको यो अन्धकारमय विहानी तुलना गर्नै सकिन्न। दुताबासले दशैंको लागि नबोलाएको पनि हैन। तल छ नि जस्ताको तस्तै ईमेल:
-------------------------------------------------------------------------------------------
On the occasion of Dashain, your are invited to a reception hosted by Mr Arun Prasad DHITAL, Chargé d'Affaires a.i. of the Embassy, in the honour of Hon'ble Pradip NEPAL, Minister of Education and Sports of Nepal, on Friday 19th October from 7.00 hrs p.m. at BUDHA restaurant, 9 boulevard du Montparnasse, 75006 Paris.

Embassy of Nepal
Paris
-------------------------------------------------------------------------------------------
अक्टोवर १८ को दिन यसरी ईमेल लेख्नु पर्यो:

We heard that the strike on transportation systems e.g. Train, Metro and Bus in Paris will continue on 19th Oct, too. Since we are on Evry and we don't have private vehicles, we can not attend the program. Therefore, if the news is correct and the program is postponed, please let us know.

With Best Regards,
Nobal
Evry
------------------------------------------------------------------------------------------------
हो नि, Paris मा पनि हड्ताल हुने रै छ। युरोपमा यस्तो होला भन्ने सोचेको पनि थिईन, तर यो चलन त यिनिहरुले पो सिकाएका हुन कि के हो हामीलाई, सबै अरुको चलन पछ्याउने बानि छ हाम्रो तिर। पेन्सन पाउन अझ धेरै समय काम गर्नुपर्ने नियम वनाएकाले हडताल गरेका रै छन् । यिनिहरुलाई दशैंको मुखमा के हडताल गर्नु परेको नि। पापै लाग्ने भो। ए साँच्चि यिनिहरु त दशैं मनाउनन्नि है, म पनि…. । अक्टोबर १८ मा हडताल गरे ठिकै थियो, १९ मा चाँहि किन लम्व्याउन परेको नि। म त पिटिदिन्थें, सक्ने भा। अक्टोबर १९ मा Rugby म्याच थियो फ्रान्सको (Semi-Final), त्यहि भएर हल्का Train चलाए। हामीलाई Risk लिन मन लागेन। जान त जाँउला, तर फर्किन पाईएन भने (राती ९-१० बजे फर्किनु पर्ने हुन्थ्यो)। मरोस् , छोडिदऊ भनेर गैएन। पछि फल थाहा पाईयो, फ्रान्सले हारे छ, Argentina संग। खुच्चिंग भनौ कि जस्तो लागेको थियो, तर सोचें यो १९ त हामी नेपालीको लागि नरमाईलो दिन हो नि । संझनुस् त माघ १९ ? त्यसैले मैले खुच्चिङ्ग भनिन।
२० अक्टोबरमा २००७ मा के भयो?
पढ्नुस सानो अंश, काफि अंश (बिबिसी वाट):-“French trains resume after strike”
सेट, हुनु भयो नि। यो बन्द त हामीलाई पो रै छ। नेपाल बन्द गर्नु पर्ला जस्तो छ, बिरोध स्वरुप।
२१ अक्टोबर २००७ मा के भयो?
हो, आज २१ अक्टोबर २००७, टिका थाप्ने दिन। लेख्दै गर्दा ८: १५ भएको छ बिहानको। ७:३५ ( १२:३५ थाई टाईम) मा संगिता दिदिलाई फोन लगाएको थिएँ। किनभने, यो समयमा गत बर्ष टिका थाप्दै थियौं हामी। यसपाली पनि त्यस्तै होला भनेको, फोनले जहिले पनि घ्यार घ्यार आवाज निकालेको ले सोध्नै पाईन। हुन त म टिका लगाउँदिन थिएँ यो पालि, त्यहाँ भएको भए पनि। तर रमाईलो गुमाईयो।
जाँदा-जाँदै
यो हामीलाई मात्रैको पिडा हैन, साथ दिए फ्रान्सका राष्ट्रप्रति निकोलस साकोर्जिले। लऊ, कसरी राष्ट्रप्रतिले साथ दिए यो दशैंमा ? जान्ने हो? ल पढ्नुस विविसिको हेडलाईन:
“French president and wife divorce” - 18 October 2007
French President Nicolas Sarkozy and his wife of 11 years, Cecilia, have divorced "by mutual consent", according to a statement from the Elysee Palace.

११ बर्ष पछिको दाम्पत्य जीवनमा यसरी टुक्रियो। सकेजति प्रयास गरेका थिए रे नछुट्टिन। छोरा समेत रहेछ। विचरा President, तिम्लाई त्यत्रो पिर पर्यो हामीलाई पनि पिर। फ्रान्समा तिमी पहिरो राष्ट्रप्रति रहेछौ नि जसले राष्ट्रप्रतिकालमा बिछोडको पिडा भोग्नु परेछ। आऊ साटौं दुख:, तर संझिनु न म ह्विस्कि चाँहि खान्ननि। के थाहा, तिमीले रेलमा भएको हडताललाई Headline हुनवाट रोक्नलाई यो समयमा छोडपत्र त गरेको हैनउ? हाम्रा राजनेता भनाउदाहरु जस्ता चतुर त छैनौ होला। मैले यो दशैं राम्रोसंग मनाउन पाईन तिम्रो देशमा। कुनै रौनक छर्न दिएनौ यार। त्यसैले तिमिलाई हल्का सजाय यसरी :

तस्विर(स्रोत: विविसी): President साप, तिम्रो जोडि फुट्यो, साथ छुट्यो। मेरो दशैं छुट्यो, नरमाईलो गरि बित्यो् । आऊ साटौं पिर संगै। कि म नै आउँ तिम्रो अफिसमा? किनकी रेल चलेको छ नि आज भोलि। संझेऊ हैन? म ह्विस्कि खान्न नि- Cheers गरौँला कोकको ग्लासले नै भएपनि।

म गेस गर्न सक्छु प्रेसिडेन्ट, यो तिम्रो पिडा मेरो भन्दा पनि गहिरो छ। त्यसैले मैले फिर्ता लिन्छु यो सजाय। तर बिचार गर्नु, यो देशमा यस्तो हड्ताल नहोस फेरी फेरी। तिम्रो कार्यकाल सफल होस। मेरो दशैं त अर्को पाली पनि आउछ, तर तिम्री Cecilia? अहँ छाटकाट छैन। नरुनु यस्तै हो। तिमी पनि खोज अर्कि कुनै, न्युयोर्कवाली। हिम्मत हार्नु हुन्न नि। लौ त Au revoir.

लघुकथा: विदेश

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, October 17, 2007

आमा आमा “म कोरिया जान पाउने भएँ”, विवेकले कोरियामा पढ्नको लागि पूर्ण छात्रव्रित्ति पाएलगत्तै फोन गर्दै भन्यो। धनकुटाको एक गरिव किसानको छोरो विवेक एक मेहनति केटो थियो। विना पैसा यसरी पढ्न पाउनु सार्है गर्वको कुरा थियो। सवै साथिहरुले वधाई दिइसकेका थिए, सार्है राम्रो भयो भनेर।
किनभने निशु:ल्क अध्यायनको मौका पाउनु वेजोडको विषय थियो, अझ विवेकलाई!

फोन सकेपछि विवेक निक्कै चिन्तित देखियो। उसको हँसिलो अनुहारमा एक्कासि परिवर्तन आउनु सार्है रहस्यमय थियो। हिजो मात्र आमालाई छिमेकीको फोनमा वोलाएको अनि कुरा गरेको र सवै ठिकै छ भनेर सुनाउदै थियो। के भन्नुभयो तिम्रो आमाले र तिमी यति चिन्तित भएको ? गजुरेल ले सोधिहाल्यो।

केहि वेर त केही उत्तर दिएन। तर गजुरेलले पटक पटक कर गरेको हुनाले उसले सुनायो। “क्यानडा, अमेरिका जान, के को कोरिया” भन्नु भयो यार। “तल्लाघरे काल्दाईको छोरा अमेरिका गएको २ बर्समै घरवनाएको, अनि हर्केकी छोरी क्यानडा गएर उतै वस्न अनुमति पाएको उदाहरण नै काफी थियो ममिलाई”…विवेकले भन्दै गयो।

यस्तो मौका छ विवेकलाई तर पनि खुसी हुनै पाउदैन। उसको आमाले भन्नु वेठिक? अहँ हैन। विवेक वेठिक? त्यो पनि हैन। आखिर के वेठिक त? कहाँको पूर्ण छात्रव्रिति कहाँको 'असम्भव सरहको अमेरिका, क्यानडा..' ? वेला-वेला संझन्छु “क्यानडा, अमेरिका जान के को कोरिया…”। एक अनुत्तरित प्रश्न…..

कुरा दशैं-2006 को

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, October 3, 2007

October 2, 2006 को कुरा हो यो। AIT मा आएपछिको पहिलो दशैं। मेरो जिवनको पहिलो दशै, जसमा म मेरो आमा-बुबा दिदी-दाईहरुसंग संगै थिईन। धेरै साथीहरुको कथा पनि यस्तै थियो। विदेसवाट पनि दशैं भनेर आउँछन् घरमा, हामी भने बिदेशिएका थियौ। रहर मात्र हैन वाध्यताले पनि हामी बिदेसिएका थियौं, उच्च शिक्षाको लागि।

Welcome Show लगत्तै AIT को पढाईको चाप महसुस गरियो। धमाधम चलेको पढाई, Assignments हरुको ताँतिको कारणले, चाड-पर्व को ख्याल नै थिएन। यस्तो लाग्थ्यो, AIT बास्तवमै Assignment Institute of Technology (म त A project Institute of Technology भन्न रुचाउँछु) हो।

नेपाली समाज, NRN Thailand अनि नेपाली दुतावासको संयुक्त कार्यक्रमले दशैं आएको झझल्को दियो। Thailand मा नेपालीसमाज नै ठुलो संगठन थियो। यसकारणले दशैंको कार्यक्रम AIT मा मनाउने गरिएको थियो। मेरो मादलमा अग्नि नेपाल दाईले “घुमाईमा घुमाई घुमबन्ने दाजु, लौ लौ लौ हजुर…” र “बिछोडको बेला, नसकी खप्न दसैको वेलामा…” बोलको गित पनि गाउनु भएको थियो। भाईवहिनीहरुको नाच पनि बेजोडको थियो। Tog-of-War,फुटबलको निकै खेलको पनि मज्जा लिईयो। अरु दिन फुर्सद नहुने हुनाले दशैंको ठिक अघील्लो Week-End मा आयोजना गरिएको थियो, सो कार्यक्रम।

कसरी लगाईयो त टिका?
अलिकति वसाईको कुरा गरौ। भरत, बिष्णु र म Village 30 B र शैलेस, सुनज र प्रतिक Village 29 B मा बस्थ्यौं, त्यो बेला। 29 B मा हामी 8 जना ( 6 + निपेन्द्र + प्रबल) संगै खाना खान्थ्यौ, खुनले खाना पकाउथिन्।

दशमीको दिन सम्म पनि टिका लगाउने छाँटकाट थिएन। विहान करिव १० बजेको हुँदो हो, शैलेस, सुनजसंग टिका लगाउने कुरा भयो। अनि रंग, दही र टिका को जोरजाम गरियो। प्लेटमा टिका केही क्षणमै तयार भयो।

टिका लगाउन सुरु भयो। टिका लगाउने कार्यक्रमको धेरैजनालाई थाहा भईसकेछ। पछि सवैजस्तो जुनियर्सहरु जम्मा भईसकेको भान हुन्थ्यो। भरतसर हामी मध्ये सिनियर भएकोले हामीहरुले उहाँवाट टिका लगायौं सुरुमा, पछि त जुन जेठो आयो उसको हातबाट टिका लगाउने काम भयो। उर्मीला दिदी आएपछि दिदीको हातको टिका लगाईयो। विना तयारी, विना सुचना एक्कासी सवैजसो जुनियर्सको जमघट हुँदा उल्लासमय भएको थियो, Village 29 B मा। यसवाट पनि प्रस्टहुन्छ दशैं कस्तो चाड हो भनेर--टिका लगाउन सवै स्वस्फुर्त जम्मा हुन्छन् र आशिर्वाद थाप्छन्। पछि रोवोटदाई, प्रकाशदाई आइपछि झन् रमाईलो थपियो। प्रकाशदाई सवैभन्दा जेष्ठ भएकोले सवैले उहाँको हातवाट पनि टिका थापियो।

टिका लगाउँदा श्लोक त भन्नु पर्यो नै, पुर्खाले चलाएको चलन। सवैले प्रयास गरे। मलाई पनि सुरुमा त गार्हो भएको थियो, तर २/3 पटकको प्रयासपछि राम्ररी नै आए जस्तो लाग्यो। उर्मिला दिदीले अरुलाई टिका लगाईदिंदा मैंले श्लोक पढेको थिए यसरी:

आयु द्रोणसुते, श्रीयं दशरथे, शत्रुक्षयंराघवे
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।
सौर्यं शान्तनवे, बलं हलधरे सत्यं च कुन्तिसुते
विज्ञानं विदुरे भवतु भवतां,कीर्तिश्च नारायणे ।।
अनि :
“जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी” भन्ने श्लोक पनि थाहा थियो, तर पुरा आएन। मलाई थाहा थियो यो प्राय: गरेर महिलालाई टिका लगाईदिंदा भन्ने गरिन्छ। त्यसैले पुरुषहरुलाई लगाउँदा भन्ने गरिने भएपनि मैले महिलालाई टिका लगाउँदा पनि त्यही दोहोर्याईरहें “आयु द्रोणसुते…” किनभने महिलालाई लगाउँदा पनि त्यो श्लोक भनेको मैंले विगतबाट सिकेको थिएँ। तलका फोटा हेर्दा अहिले पनि त्यो क्षणको ताजै भएको जस्तो लाग्छ।

फोटो: जेठो दाई (प्रकाश)वाट टिका थाप्दै उर्मीला दिदी

फोटो: भाग्यमानी भएस् "उर्मिला दिदीको हातवाट टिका थाप्दै"

फोटो: टिका पछी भात खादै

फोटो: क्लास सुरु हुन आट्यो दाई, छिटो छिटो खाउँ

फोटो: "दशैं आयो" अनि "गयो" तर यो संझना "आउछ मात्र"

आभाले रुहाईन्
दशैंको टिका लगाउने काम चल्दै थियो उर्मिला दिदीको हातबाट। एकपछि अर्को टिका थाप्दै थिए। उता प्रकाश दाई चाहिं घरमा फोन गर्न लाग्नु भएको थियो। भाउजू अनि छोरी संग टिकाको कुरा हुदै थियो। जहाँसम्म याद छ मोवाईल Handsfree mode मा राखिइको थियो किनकी सवैले प्रस्टसंग सुन्न सक्थे वार्तालाप। यत्तिकैमा आभाको पाली आयो। टिकाथापुन्जेल त ठिकै थियो, तर सकिना साथ भक्कानिन थालिन् आभा वैध। काठमाडौंमा घर भएकोले पनि उनलाई घर छोड्नु परेको थिएन होला सायद। यत्रो ठुलो दशैंमा कहिल्यै घर छोड्नु परेकोले पनि, हुनसक्छ। प्रकासदाईको छोरीसंगको वार्तालापले पनि उनलाई घरको याद वढाइको हुन सक्छ। सवैका आँखा रसाईसकेका थिए उनलाई देखेर। एकाएक सुन्सान भएको थियो,मुलघर। मलाई चाँहि त्यति सार्हो भएको थिएन किनभने मैले घर छोडेको एक दशक बितिसकेको थियो। परिवारको कोही पनि सदस्य नहुँदा भने निकै खल्लो लागेको थियो।


टिका लगाईसके पछि के भयो?
रोवोटदाइ संजयदाइहरु आउदै हुनुहुन्थ्यो। हामीहरु (केही) टिका लगाउना साथ हतार-हतार गरेर खाना खान वसेका थियौं, किनभने Presentation दिनु थियो (माथिको फोटोमा पनि देखिन्छ नि)। दशैंमा १ महिना बिदा हुन्थ्यो नि नेपालमा , तर यहाँ १ घन्टा पनि विदा पाईएन। १ बजे Siva र मैले KMIR को presentation दिनु थियो Prof. Peter Haddawy लाई। दशैंको दिन, टिका लगाएपछि मामाघर गईन्थ्यो (पैसा पनि पाईने, मिठो-मिठो खान पाइने ओ हो) तर यहाँ टिका लगाउन साथ Presentation...दिक्क लाग्ने।

First मा Presentation दिन गइयो। सुरु मैले गर्नु थियो। सवै ट्वाल्ल परेर हेरिरहेका थिए मेरो निधारमा, किनभने थाइहरुलाई टिका लगाउने चलन एकदम नौलो रहेछ । मैले यसरी सुरु गरेको थिएँ Presentation: “Today is the greatest day in our culture, called Vijaya Dashami. So, “Happy Vijayadashmi”… We put Tika in our forehead like I have right now….”। …"Today, I’m going to present the Bays Net that we have designed which predicts the possible reason(s) responsible for making the computer fail to boot properly"…. । Presentation पछि कतिले यसरी सोध्दै थिए Rice with red color ? ..


जाँदा-जाँदै

'दसैं आयो, खाउँला-पिउँला, कहाँ पाउँला? चोरी ल्याउँला । धत् पापी, छुट्टै बसौंला !' भनेर साना-साना नानीहरुले औला भाँचेर वस्ने गरेको झ-झल्को मेरो आँखा अघाडि घुमिरहेको छ। मिठो खान र राम्रो लाउन दशैं कुरिरहेका हुन्छन् कैयौं नेपालीहरु, यो वास्तविकता हो। आसा गर्हौं कि नेपालीले यो दशैंमा कम्तिमा पनि शान्तिपुर्ण तरिकाले मिठो-मिठो खान पाउन्।

मलाई थाहा छ, यो पाली म लगायत धेरैले टिका थाप्नु हुन्न किनकी हामीहरु मध्ये कतिले हजुरामा, हजुरवुवा, आमा, बुवा अनि आफन्त गुमाएका छौं। तर शुभकामना साट्दा भने फरक नपर्ला। त्यसैले जहाँ भएपनि, जसरी वसेको भएपनि, संपुर्ण आफन्त, ईस्ट-मित्र अनि नेपालीलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना।

Seniors को यादमा

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, September 29, 2007

किन यो लेख?
सिनियर्सहरुसँगका दिनहरु अबिस्मरणिय नै भए। नेपाली समाजले पनि धेरै सघाएको छ senior सँग घुलमिल हुन। आप्ना Field of Study का सिनियर्सहरुको सहयोग हामी सवैले अनुभव गरेका छौ। जुनियर्स नआँउदा र सिनियर्स गएपछिको AIT सार्है खल्लो थियो। त्यहिवेलामा नै याद आएको थियो, यो लेख लेख्नलाई। INT को अनुभबले आगोमा धिउ थप्न मध्दत गर्यो र यो लेखले जीबन पायो।

Seniors को यादमा
"Don't believe your seniors" September 5, 2007 मा भएको TC-ICT welcome program मा Prof. Ahmed भन्दैहुनुहुन्थ्यो। जुनियर्सलाई नौलो लाग्यो होला, तर हामीलाई नौलो थिएन किनभने हामीले अघिल्लो बर्ष नै सुनिसकेका थियौं।

प्रोफेसरले भनेको कुरा पनि ठिकै होला, तर मेरो यसमा केही असहमति छ। Seniors को भुमिका कतिको हुँदो रै छ भन्नेकुरा यहाँ (INT, France) मा आउँदा थाहा पाईयो। कहाँ खाने, कहाँ किन्ने देखि कैयन कुराहरु थाहा पाउन धेरै गाह्रो भयो। कतिपयकुराहरु हामीले seniors संग (अर्चना दिदी र शतिसदाई) धेरै कुरा सोधिसकेका थियौ। तर कतिकुरा यस्ता हुँदा रैछन् जुन नपुगिकन थाहा नै नहुने.....। यतिसम्मकी फोनकसरी गर्ने भन्ने थाहा पाउन १ हप्ता लाग्यो हामीलाई। AIT पुगेको दिन ओहो..., केहीको चिन्ता थिएन। यहाँ पुगेको दिन के खाने, कहाँ खाने भनेर सुनाउने मान्छै पनि थिएन। AIT पुगेको भोलीपल्ट नै Future park घुमाउन लगेको दिन अनि यहाँ पुगेको दिन, कत्ति फरक कत्ति । यो उदाहरण नै काफी होला seniors को आवस्यकतालाई।

प्रोफेसरको पनि आफ्नै चिन्ता हुन सक्छन्। जस्तै कि एउटा senior ले राम्रो Grade पाएन भने त्यो सरको Course नलिनु भन्ने गर्छन् senior ले भन्ने उदाहरण प्रोफेसरको हुन सक्छ। यसरी हेर्दा जुनियर्सले आफैं विचार गर्नुपनि पर्छ। राम्रो सुझाव दिने सिनियर हुन साह्रै गारो छ। यस्तो लाग्छ हाम्रा seniors ले यो शिक्षा पाईसकेका थिए।

“आफुभन्दा अग्रजको कुरा सुन्नु, भनेको मान्नु” भन्ने चलन त हाम्रो समाजमा छ नि। वास्तबमा सिनियरले यो कुरालाई लिएर हासो ठट्टि गर्छन्। जस्तो कि एक जना Seniors (नाम खुलाउनै नपर्ला) ले रक्सिको ग्लास दिएर “पिय, ठुला-बडाले भनेको मान्नु पर्छ” भनेको मलाइ याद छ। उसो त आफुले के गर्ने के नगर्ने भन्ने कुरा आफुमा भर पर्छ नि। यहि कारणले पनि प्रोफेसर अहमदले सो कुरा ऊठाउनु भएको होला।

एउटा गम्भिर प्रस्न छ यहाँ । Seniors कस्लाई भन्ने। Bachelor मा Class-mate यहाँ सिनियर, म मान्दिन भन्ने पनि एकातिर, छ। एक रोचक प्रसँग सुनाऊछु यहाँ। नेपाली समाजको President हो यो रोबोट भन्ने, यहि सुनियो हामी AIT पुगेको दिन एक अग्रजको मुखबाट। त्यसैले हामीहरु Robert लाई दाई भन्न थाल्यौं। हेर्दापनि ज्यान परेको, दाई भन्न सुहाउने (म त अझपनि भन्छु)। करीव २ महिना पछी मेरो एक Class-mate यसो भन्दै थिए: साले त्यो रोबोटलाई, दाई भन्थें। पछि चिनजान गर्दै गएको त मेरो साथीको भाई पर्ने पो रै छ, हा हा हा…। हुन पनि हो नि, अब प्रकाशगुप्ता (class-mate) ले रोबोटलाई सिनियर भएकैले दाई भन्ने त? कहाँछोरीको बाऊ भइसकेका प्रकाश दाई कताको अबिवाहित रोबोट! हुन त अविवाहित पनि छोराछोरी भइसकेकाको दाई हुन सक्छ, तर यहाँचाँही यस्तो हैन।

अर्को रोचक प्रसंग पनि सुनाउन मन लाग्यो। मैले दिदी भनेर बोलाउने सिनियरलाई मेरो Bachelor को साथीले प्रेम प्रस्ताव राख्यो। भलै सुरु भएन, छुट्टै कुरा। केहीकुरा सिक्न सकिन्छ यी उदाहरणबाट। सिनियर भन्ने वित्तिकै दाई-दिदी भनिहान्नु हुन्ननी!!

त्यसैले यहाँ सिनियर्सको परिभाषा दिनु जरुरी हुन्छ। यो लेखमा सिनियर्स त्यसलाई मानिएको छ, जो हामी भन्दा कम्तिमा एक सेमेस्टरले अघाडि छन्। यस अर्थमा रोबोट प्रकाशदाईको समेत सिनियर हुन्। त्यसैले सिनियर्सले कम्तिमा एक T-shirt बढी फटाईसकेका हुन्छन्। भन्नुको मतलव, वातावरण (शैक्षीक,रोमान्स,रोजगारी आदि-आदि) लाई वुझीसकेका हुन्छन् सिनियर्सले । हो, यस्ता कुराहरु सजिलैसंग सोध्न सकिन्छ। विशेष गरि सुरु सुरुका दिनमा यी कुराहरुको निक्कै महत्व हुन्छ।

सिनियर-संगको भिडन्त
AIT पुगेको केहिदिनमै सिनियर र जुनियर्स विच ठुलो भिडन्त भयो। को को थिए त भिडन्तमा संलग्नहरु भन्ने जान्नको लागि त केहि क्षण कुर्नैपर्ने हुन्छ। बरु भिडन्तमा हात हालाहालको थिएन, बरु खुट्टा हालाहालको। त्यै पनि नियममा वाँदिएर। हो नि फुटवल म्याच भएको थियो, हामी सिनियर र जुनियर्स बिच। हामी निलो जर्सिमा सजिएका थियौं उनीहरु रातो जर्सीमा।

फोटो: भिडन्तहुनु केही अघि तस्बिर खिचाउँदै , (रातो ड्रेसमा हाम्रा सिनियर्स, निलो ड्रेसमा हामी) (Football Ground,AIT August ,2006)

Vishnu Pandey समेत खेलाडि भएको टिमलाई त कसो नहराऊँला लाग्यो हामीलाई। तर थाईल्याण्डको मल लागिसकेको थियो सिनियर्सलाई, अनि Home Ground को अनुभव पनि थियो। तै पनि ३ गोल मात्र हान्न सकेका थिए, किनकि हामीले डटेर खेलेका थियौं।

जहाँसम्म मलाई याद छ, जम्मा ३ पटक भिडन्त भयो फुटबल मैदानमा हामी र हाम्रा सिनियर्स बिच। दोस्रो पटकको असफलता पस्चात हामीले हाम्रो रणनितिमा परिवर्तन गर्यौ। अन्तत: तेस्रो पटकको प्रयासमा हामीले सिनियर्सलाई नराम्ररी पराजित गर्न सकेका थियौं। जुनियर्ससँगको हराई पक्कै नरमाईलो हुन्छ होला। बरु सिनियर्सले हराउँदा त्यतिसारो नरमाइलो हुन्न। खै कस्तो लागेको थियो हाम्रा सिनियर्सलाई, त्यो त उहाँहरुलाईनै सोध्नु पर्ला।

धेरैछन् seniors संगका कुरा, लेखेर सकिन्न। senior हरुलाई संझिनु पर्दा Graduation Day को याद पहिलो नंवरमा आउँछ। Graduation Day को दिन , ओ हो। म कहिले Graduate हुँला जस्तो लाग्ने। सव हसिँला। कतिको त बुबा-आमा , Girl /Boy Friend, Husband, Brothers, Sisters पनि सँगै। सार्है लोभलाग्दो द्रिस्य थियो त्यो। AIT को Graduation को ड्रेस कालो, गोरो, खैरे, अग्लो, होचो, पुड्के सवलाई सुहाउने रै छ। त्यसैले यहाँ सकेसम्म हाम्रा सिनियर्सहरुलाई त्यहि ड्रेसमा राख्ने प्रयास गरिएको छ।



तस्बिर: हाम्रा senior हरु। अन्तिमका ३ जना दिदीहरु चाहिँ हाम्रा seniors का पनि seniors। त्यसैले हाम्रा पनि seniors :) . धेरै समय खर्चिनु पर्यो यो फोटोहरु मिलाउन। अन्तत: मैले गरि छाडें।

May 24, 2007 को दिन Graduation day थियो, हाम्रा सिनियर्सको। त्यहीवेला खिचेको यो तस्बिर सारै मनमोहक छ। "सयथरी बिचार एउटै ड्रेस"! बधाई Graduates हरुलाई।

तस्बिर: "को भन्दा को कम" है?

Graduation को ड्रेसको छुट्टै मज्जानि। खुसियालीको दिन थप तस्बिर खिचाउँदै हाम्रा सिनियर्सहरु। AIT को कुना कुनामा समेत गएर फोटो खिचे। AIT का अन्तिम क्षणहरुलाई फोटोमा उतार्ने तम्मिएका हाम्रा सिनियर्स। जे भएपनि, जस्तो भएपनि, सवै AIT Students (Masters) को एउटै चाहना, Graduation!!!

तस्बिर: Graduation को ड्रेसको छुट्टै पहिचान!

Graduation मा आमा-बुवाहरु, दाजु-भाईहरु, श्रीमान्-श्रीमती लाई बोलाउने चलन रहेछ। बिदेस घुम्न पनि पाईने, छोरा छोरीको ग्राजुएसन पनि हेर्न पाईने भएकोले उनिहरुलाई पनि मज्जा। आफ्नो बुवा-आमा, दाजु-भाई, श्रीमान् आदि बोलाउँदाको छुट्टैमज्जा बोलाउनेलाई पनि।

फोटो: खुसीयाली मनाउँदै "हाम्रा सिनियर्सहरु"। कसैका बुबा, आमा, कसैका दाजु्‍-भाई, कसैका श्रीमान् सहित (24/05/2007)

समग्रमा, सिनियर्सले धेरै कुरामा सघाएका थिए, आसा छ सघाउने पनि छन्।कति सिनियर्स सँग त घन्टौं कुरा गरिन्थ्यो, च्याटमा समेत। अहिले सव कथाजस्ता भएका छन्। केही सिनियर्ससँग त अझ पनि कुरा हुन्छन् तर धेरै जनालाई “मिस” गरेको अनुभव छ। मलाई लाग्छ यस्ता यादहरु उहाँहरुलाई पनि आइरहेको होला। जुन ठाउँमा रहे पनि सिनियर्सले जुनियर्सलाई बिर्सने छैनन् भन्ने कुरा हामीलाई लागेको छ। अन्तमा: संपुर्ण सिनियर्सलाई अनि विशेष:गरी मेरा घनिस्ठ दिदीहरु र दाईहरुको सुखद तथा उज्ज्वल भविस्यको कामना!!!


Note: If I have missed some seniors in picture, pls remind me. I know, I don't have a picture of Krishna dai from ICT. Hope I'll get it soon.

चढ्नै हैन आफैँले बनाएको प्लेनमा?

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, September 23, 2007

समाचार खोज्दै जाँदा यो समाचार पढ्न पाएँ। औधि खुसि लाग्यो। तपाईंहरुलाई पनि राम्रै लाग्ला। -भाईहरुलाई "सफलताको कामना"!

Young engineers building light aircraft
BY BABURAM KHAREL
LALITPUR, Sept 23 - Young Nepali engineers are building an ultra-light aircraft, which they intend to test fly before Tihar.

After nearly two years of research and documentation, the Light Aircraft "Danfe" Fabrication Group, a research group of twelve students of Pulchowk Engineering Campus, is nearing the realization of its dream.

"Following our dream to build a light aircraft and kick-start aeronautical development in the country, we have nearly completed essential requirements to build the ultra-light aircraft," said Bikash Parajuli, 24, a mechanical engineer, from Pokhara. "We are planning to conduct the fist test flight before Tihar festival."

The design and dimensions of the aircraft are based on a project report on the aircraft prepared by 2059-batch students of Bachelor in Mechanical Engineering, Pulchowk Campus.

Read more....
(http://www.kantipuronline.com/kolnews.php?&nid=123368)

यात्रा: AIT,Thailand देखि INT,France सम्मको

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, September 12, 2007

09/09/2007,
INT, Evry, France

Juniors लाई स्वागत गरेको दिन (5th September, 2007) करीव २१:१५ बजे म ICT-TC Department वाट मेरो कोठा फर्कें (कार्यक्रम छोडेर) किनकी मैले सामान प्याकिंग गर्न बाँकि नै थियो। Student Exchange Program for Dual Degree अन्तर्गत हामी ६ जना: Nobal (Nepal, ICT), Bharat (Nepal, ICT), Linn (Myamar, ICT), Sivasothy (Srilanka, ICT), Vijayalan (Srilanka, ICT), Tayyab( Pakistan, TC) INT, Evry France को लागी Select भएका थियौं। तर Tayyab को Visa आईनसकेकोले हामी ५ जना मात्र जाँदै थियौं।

मेरा AIT मा छोड्ने सामानहरु संगिता दिदीकोमा राख्नु थियो। ललिता, मुक्ता र संगिता Welcome सकिएपछी करिव २२:३० बजे आउनुभयो। यतिकैमा सलोनी र भिष्नु-दाई पनि आउनु भयो। वास्तवमा भिष्नु-दाईको पुरानो कोठा थियो म बसेको जहाँ उहाँले करिव १ बर्ष बिताउनु भयेको थियो। मैले यो भन्नुमा केही दम छ। F-38 को ढोका अलिक सारो छ, भिष्नुदाईले सजिलै संग खोल्नु भयो, अरु भएको भए छऊ भनेर वोलाउँथे। संगिता दिदीहरुले मेरा AIT मा छोड्ने सामानहरु लैजानु भयो। मेरो AIT को F-38 कोठा अब खालि सरह भयो किनभने Luggage मात्र थियो। यस्तो लाग्थ्यो म भर्खर AIT आएको छु।

दिदीहरु (सुनज, उर्मिला, अनुभुति, प्रतिक, विष्णु, प्रिना) भरत सरकोमा हुनु हुन्थ्यो। म पनि गएँ। कुराकानी भयो। फर्किदा करिव ०:०० भएको थियो क्यारे। प्रिना र म चाँही निस्कियौं किनकी हाम्रो Dorm नजिकै थियो। जुनियर्सहरु (सुजाता,सपना,क्रिति) हरु रहेछन्, 108 पसलमा। Thu, Myanmar को साथी, पनि रै छ। जुसहरु खाईयो, गफ गरियो। करिव १ बजेको थियो क्यारे छुट्टिदा। मलाई एक्कासि संजिल दाइको याद आयो। प्रिनाले फोन लगाइ। दाई अफिसमै हुनु हुदो रैछ यति राति पनि। “म आउदैछु त्यतै”, संजिलदाईले भन्नुभयो। केही छिनमै सुनज, भरत, उर्मिला दिदी अनि विष्नु आइपुगे। गफगाफ गरेर छुट्टिदा झन्डै बिहानको २ बजेको थियो होला। चार वजे हिड्नु पर्ने , नसुति बिताउँ रात कि जस्तो लाग्यो तर १ घन्टा जति सुते पनि केही लाभ होला भनेर मा सुतें।

बिहानको ३:२० मा घडि करायो, म उठें। बाँकि सामान प्याक गरें। संगिता दिदीले फोन गर्नु भएको थियो करीब बिहानको ३:३० तिर। सुनज र प्रतिक-दाई सामान गाडिसम्म पुर्याउन मेरो कोठामा आउनुभयो। म १०८ पसलको अघि पुग्दा सबै साथीहरु आईसकेका रैछन्। दिदीहरु, निपेन्द्र पनि रैछन्। बिहानको ४:१० मा AIT को गाडि गुड्य Suvarnabhumi Airport को लागी। छुटिनु पर्दा सारै नरमाईलो लाग्यो।

1. Suvarnabhumi -to- Abu Dhabi

6th September, 2007 को दिन Suvarnabhumi Airport मा
हामी AIT का एउटै क्लासका साथिहरु
फोटोमा ५ जना साथिहरु देखिन्छौ। वास्तवमा जम्मा ६ जनाले Scholarship पाएका थियौ। तर पाकिस्तानी साथी (Tayyab) को Visa समयमा नआएकोले हामी ५ जना मात्र आयौं त्यो दिन। Tayyab Telecom को Student हो। यसरी हेर्दा हामी ICT का साथीहरु मात्र छौ यो तस्बिरमा।

केही समय पछिको पर्खाईपछी हामी Etihad Airline, United Arab Emirates (UAE) को राष्ट्रिय ध्वजावहक प्लेन, चढेर हामी Abu Dhabi तर्फ उड्यौ। प्लेनमा धेरै सुबिधा रैछन् जस्तै फोन गर्न, इन्टरनेट चलाउन, हरेक सिटमा भिडियो हेर्न पाईने आदि-आदि। प्लेनमा 9 सिट रैछन्,निकै ठुलो। करीव ६ घण्टा लाग्ने रहेछ, Abu Dhabi पुग्न। म करीब ३ घण्टा निदाएँ होला।

पछिल्लो सिटमा भरत र लिन, अघिल्लोमा म र सोत्ति
(Suvarnabhumi-to- Abu Dhabi), 6th September, 2007
आकाशवाट हेरेको आधारमा भन्नु पर्दा Abu Dhabi मरुभुमि जस्तो देखिने। म संझन्छु..धेरै नेपालीहरु काम गर्न आउछन् यहाँ। कसरी काम गर्छन् होला, मैले ईराकमा मरेका नेपाली सँझे, ..। तलको चित्रले बोल्छन् मेरा कुरा।

Abu Dhabi प्लेनवाट। समथर रहेछ, समुद्र नजिकै भएपनि धप-धप बलेको जस्तो देखेँ।
6th September, 2007


Abu Dhabi Airport मा फोटो खिचाउँदै।बायाँबाट लिन, सोत्ति र म।
6th September, 2007
करिब २ घन्टाको Transit थियो Abu Dhabi मा। Abu Dhabi को Airport निकै सानो रै छ। सायद Suvarnabhumi Airport देखेर होला यो सानोलागेको। सानो भएपनि नौलो लाग्यो मलाई। किनभने यो Airport Football को जस्तो Pattern मा रैछ। माथीको चित्रमा देखिन्छ नि हैन Hexagon. Abu Dhabi Airport मा Free Internet रै छ। हामीले करिव १० मिनेट चलाउन पायौं। ललिता, ऋचा संग च्याट गरें त्यो समयमा। रमाईलो लाग्यो, ईन्टरनेट चलाउँदा। सार्है भोक लाग्यो, Airport मा। खाना हेर्यौ अनि पैसा पनि। पैसा साट्ने ठाउँमा गएर डलरमा हेरेको त सार्है महँगो रै छ। भरत सरले दालमोठ निकाल्नु भयो। खाईयो। तर….सार्है पिरो। पानी त खानु नै पर्यो। Linn पानी किन्न गयो, किनकी ऊ संग खुद्रा डलर रैछ। पानी ल्यायो। पैसा कति थाहा छ?...अम्..१ डलर, जसलाई १० भाट पर्छ थाईल्याण्डमा। पिरो मेटाउन अली-अली मात्र खायौं,घाटी भिजायौं।

२. Abu Dhabi –to-Paris

Etihad Airlines कै प्लेन चढीयो यो पाली पनि। यो प्लेन अलि सानो रैछ पहिलेको भन्दा, जम्मा सिटहरु ७ Rows भएको तर Video Screen निकै राम्रो Quality को। Air hostess (परिचारीका) ले सुरुमै हामीहरुलाई हँसाई। निकै रोमान्टिक रैछन् सबै। थाइल्यान्डवाट उडेको प्लेन भन्दा निकै कम मान्छे। सिटहरु पनि निकै खाली। मुख्यकुरा के भने Air hostess हरु सवैजस्तो खैरे, एउटिलाई सोत्तिले सोधिहाल्यो, Australian रै छे। धेरै Response गर्ने। मागेको कुरा (खानेकुरा, कपडा) तुरुन्तै ल्याईदिने। थाइल्यान्डबाट आएको प्लेनका परिचारीकाले तेत्ति राम्रो Response नगरेको Feeling केटाहरुले बताए।
करीब ६ घण्टा पछी हामी Charles de Gulle Airport, Paris मा पुग्यौं। फोटो क्लिक् क्लिक्…

Charles de Gulle Airport मा हामी फोटो खिचाउँदै
वायाँबाट क्रमश: Thirapon, Vijaya, Sothy, Bharat, Nobal
6th September, 2007

Charles de Gulle Airport,Paris बाहिर हामी फोटि खिचाउँदै
बाँयावाट क्रमश: Sothy, Linn, Thirapon, Nobal
6th September, 2007
रमाईलो कुरा सुनाउँ। जव हामी Charles de Gulle Airport, Paris को वाहिर निस्कयौं, भरत सर ले Centre National des Euvres Universitaires et Scholaires ( CNOUS ) को झन्डालिएर बसेकी आइमाईलाई बोन्जु (शुभदिन फ्रेन्चमा) भन्नुभयो, किनकी हामीलाई लिन CNOUS को मान्छे आउँछ भनिएको थियो। त्यसपछी त्यो आईमाईले भरतसरसँग कुरा गर्न थाली। म पनि कुरा सुन्न गएँ। ओ, त्यसले त फे्न्चमा पो कुरा गरेकी रैछ। भरत सर अलमल्ल पो परिराख्नु भएको रै छ। सायद भरतसरले बोन्जु भनेकोले उसले फ्रेन्च बोल्न थालेकी हो। मैले “ज पाख्ले अ पु फँसे” भनेपछी मात्र बल्ल अँग्रजि बोल्न थाली। थोरै जान्नुनि कहिले काँही …खै के उखान छ नि, मैंले त्यही सम्झें। बाहिर जाडो भयो त्यही भएर हामी भ्यानमा चढ्यौ । थाईल्याण्डमा वाहिर गर्मी, Taxi भित्र चिसो हुन्छ। यो नै पहिलो फरक पायौं, हामीले। Management का Student हरू अर्कै भ्यानमा चडे किनकी तिनिहरुको कलेज छुट्टै थियो,हामीहरु छुट्टियौं। भ्यान Institute National des Telecommunication (INT) तिर जाँदै थियो मैले एक प्रश्न सोधें Linn लाई: हामी करीव १२ घण्टा उड्यौं तर पनि जहिल्यै उज्यालोमात्र देख्यौं, किन? उसले उत्तर दिन सकेन, मैले पनि उत्तर दिईन, सोच्नलाई भनें।

यसरी हाम्रो यात्रा सकियो। नयाँ ठाउँमा आइएको छ, नयाँ अनुभव पाईएको छ। यो तर्फहेर्ने हो भने रमाईलो लाग्छ। तर साथी-सँगीलाई छोडेर आउँदा नरमाईलो लागेको छ। यात्राको क्रममा चौतारीमा भेटेका मान्छेलाई छोड्नु परे जस्तै मैले घनिष्ट मित्रहरुलाई छोडेर आएको छु, मेरो नयाँकोठामा गीत वजिरहेको छ: “यात्रा रहेछ जीन्दगी….”. साच्चिकै म यात्री……...।
Note:If you want to comment on the article (s) but getting problem with Thai or other languages, please do following actions before commenting:
1. Click here or go to https://www.blogger.com/language.g
2. Select English
3. Save Setting by clicking Save Button, then go to the post and try to comment again.
If you are getting problem again, please inform me

पाठ नै सिकाउने अनुभव: "व्यथा फ्रान्सको"

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, September 1, 2007

तपाईंलाई एउटा प्रस्न। मान्छेहरु किन कविता लेख्छन्? सोच्नुस त १ मिनेट। हो, धेरै कारणहरु हुन्छन्। यहाँ, एक जना साथी कबि बनेका छन्। तपाईंले सोच्नु भएको कारणले यि साथी कबि बनेका हुन् त? पत्ता लगाउनुस्।

**********
कल्पना गर्नुस त, कसैले तपाईलाई Scholarship दियो । नयाँ ठाउँ जान पाईने, नयाँ अनुभव लिन पाईने, सिक्न पाईने आदि-आदि, कति खुसिका दिन है। घरमा भन्नुहुन्छ; साथि माझ त केही दिनमै फैलिन्छ; ओ तँ त अव जाने भईस है…. आदि-आदि। घरमा पनि मेरो छोरा (छोरी), भाई (दाई), भान्जो (भान्जी) आदि-आदि, जान पाउने भएछ रे …भनेर खबर फैलिन्छ।

अब जानको लागि यो यो Document बनाउ भनेर खबर आउछ। सबै Documents हरु बनाउदै जानुहुन्छ। तर एक्कासी तपाई केहि झिनो कारणबस जान पाउनुहुन्न। अव के गर्ने? सबलाई थाहा छ, जाने भन्ने कुरा। अम् …फेरी भन्न सुरु गर्नु हुन्छ-- म त जान नपाउने भएँ।मान्छेहरुले पत्याउनै गार्हो। आफु माथिको सवै बिस्वास नै धरासायी बनाउने यस्ता तिता अनुभवबाट केहि त सिक्नु पर्छ हामीले।

मेरो कथा त हैन, तर मेरो निकट साथिको कथा हो, ब्यथा हो। ऊ आजकल कबि बनेको छ। त्यो पनि हिन्दीमा लेख्ने। मलाइ त अलिक कमै आउछ हिन्दी। सायरी पढ्दा यस्तो लाग्छ, उ त महाकबि हो । लौ पढ्नुस् उसको मार्मीक सायरी।
=================================================
कबिको नाम: "कालेकेटो"
(AIT को कालीदास)
.
YAHA BHANIYEKA SABAI KURA KALPANIK HUN
KASAI KO JIVANI SAGA MILNA GAYEMA TYO SAMYOG
MATRA HUNE CHA…HAI
……………………………………..................................
France jane diyenau
Ulto ruga ra khoki diyau
Yo bechara ko jindagima
Kina yetro dhoka diyau
……………………………………..................................

Uha france kya dosti nibhaye
Raat ko bade bade sapane dikhayi
Yoar subhako bholi
Tu chal mai aayyee.

……………………………………..................................

Hey france teri yad
yad bhankar rahegayi
jo sapane tune dikhaye
sare pani me bhagaye.

……………………………………..................................

Maine usko bhola usne usko bhola
Ke dekh uoo france ja raha hai
Par jab maine bhola ki mai nahi ja raha hu
Tyo usne usko bhola ya jhut bholta hai

Dekh france tune yak sacche adame ko jhuta bhanadiya
Dhobi ka kutta na ghar ka na ghat ka banadiya.
……………………………………..................................

Kitne sapne dekhe thae
Kitne sapne dekhe thae
David ki bahan ke sath france ghumne ka
Sapana tuta
David ke bahan ka sath chuta
Yare Nepoli( utako advisor hai) tyo kyau nikla
Jhuta jhuta jhuta.
……………………………………..................................
How did you feel, how to solve such problems,..., Please drop your comment:
Note:
If you want to comment on the article (s) but getting problem with Thai language, please do following actions before commenting:
1. Click
here or go to https://www.blogger.com/language.g
2. Select English
3. Save Setting by clicking Save Button, then go to the post and try to comment again.
If you are getting problem again, please inform me...
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍

हार्दिक श्रद्धान्जली (२०६४ साउन ३१ )

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, August 18, 2007

(२०६४ साउन ३१ )
16 Aug 2007 को दिन बिहानै 8.00 बजे F-38 (AIT, Thailand) को ढोका ढक्-ढक् बज्छ। सुत्ने उठ्ने समय नै परिबर्तन भएको छ, म AIT आएदेखि। त्यो दिन Special Study को Presentation थियो। त्यसैको तयारी गरेर सुत्दा विहानको ४ बजेको थियो। आँखा मिच्दै म ढोका खोल्छु। भरत सर, हरियो टि-सर्टमा, कोठामा प्रबेस गर्नु भयो। म त तुरुन्तै सुत्न खाटमा पल्टिए किनकि ४ घन्टा सुतेर निद्रानै पुग्दैन। भरतसरको अनुहार नै हेरिन मैले सुरुमा, निद्राले। भरत सरले मसिनो स्बर निकालेर कुरा गर्न थाले पछि मैले केहि भएको महसुस गरिहालें। उहाँको अनुहार हेरें। निन्याउरो,…। आँखा तानेर बुझ्न खोजें। सुनन …. उसको ममी…हिजो रे…. ..। मेरो सब निद्रा गायब। तुरुन्तै उठें। सबैकुरा भन्नु भयो। म तीन छक्क परें।……..हुन्छ, म सकेको सहयोग गर्छु,। दुवै निस्कियौ कोठाबाट।

दिनभर नरमाईलो भयो। उसले गुमायो ममीलाइ.. सधैंलाई। मैले Tribhuvan International Airport मा ऊसंगै खिचेको फोटो (तल छ यो) हेरें, हामी AIT आँउदा खिचेको। रातो टिका.....। उसको जिवनमा त्यो टिका नै उसको ममिले लगाएको अन्तिम टिका भयो, सायद। मेरो आँखा अघाडि मेरी आमाको झल्झल्ति चलचित्र आउन थाल्यो। म मेरी आमालाई भन्न थालें: आमा….जन्मदाता….राम्रोसँग बस्नु है। म फर्किन धेरै छैन अब। हाम्रो भेट चाँढै हुन्छ……….।

फोटो: हामी, AIT को लागि प्रस्थान गर्नु केहि अघि तस्बिर खिचाउदै
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल , काठमाडौ, नेपाल
(11, August 2006 , 7:15 a.m ;KTM,Nepal)

मेरो Presentation सकेर भेट्न गएँ। सबैजना जम्मा भएर कुरा गर्दै रैछन्। कुरा ममीको हैन , अर्कै अर्कै, सायद उस्लाई याद नआओस भनेर होला। मैले पनि कुरा निकालीन बरु अरु कुरामा नै कुरा थपेर समय बितायौं। भोलिपल्टको Thai Airlines को टिकट काटेको रहेछ। सुनज, उर्मिला दिदी, अनुभुति, प्रतिक दाइ, विस्नु, भरत सर, विरेन्द्र दाइ, प्रसन्ना, सपना दिदीहरु सबैजना त्यो दिन धेरै बेर कुरा गरेर साथ दियौं, शैलेशलाई। उर्मिला दिदीसंग जहिले पनि ठट्टाको कुरा हुने भए पनि त्यो दिन त्यस्तो भएन। सवैको अनुहारमा चमक पटक्कै थिएन। सबै सिरियस थियौं। यो मानिस बिचको संबन्ध पनि कस्तो हुने। कहाँ-कहाँको मानिसहरु हामी, कतिपटक रत्नपार्कमा जम्काभेट भएको थियो होला, काठमाडौमा हुँदा। कस्लाईको के को मतलब त्यो बेला। तर यहाँ संबन्ध कति गाढा। सुख: दु:खमा साथदिंदा , निक्कै भरोसा मिन्ने रहेछ। संबन्धको जालो बुझेर बुझी नसक्नु छ।

म वेलुका कोठामा फर्कें। संगिता दिदीसँग च्याट गरें, यो तलको कविता पनि पढ्न लगाएँ, त्यो कुराको थाहा नदिई, किनकि हामीले थाहा नदिउँ अरुलाई केहिदिन भनेर सल्लाह गरेका थियौं आपसमा। दिदीले पढ्दै जानु भयो। तिम्रो कविता हे हे रे। यो मातरी भनेको के हो रे पो अझ। म त त्यतिपनि थाहा छैन, भन्न लागेको थिएँ। फेरि सोचें यो अलिक कमै चल्ने नेपाली शब्द हो। दिदिले पुरै कविता पढेर नि थाहा पाउनु भएको थिएन। मैले अन्तमा कबिताको शीर्षक दिएँ। दिदिको आवाज नै लरबरायो। ला हो र?......


यो पोष्ट गर्दाको समयमा उ बरखी बारिरहेको छ, काठमाडौमा। के गर्नु भाविले लेखेको लेखा अनुसार चल्नु पर्ने। भविस्यबाणी पुग्ने भए कति योजना गर्न मिल्थ्यो होला। जे भयो, भयो। काललाई टारेर टर्दैन नै। आऊछ, टिप्छ, लैजान्छ। को? कहाँ? कुनदिन? कसरि?...कुनै कुराको ठेगान छैन। त्यसैले जतिदिन बाच्नु छ, राम्रैसँग बाचौं। हामी मर्ने निस्चित छ। यसकारण समयलाई यस्तरि सदुपयोग गरौं कि मरे पनि आफ्नो योगदान, नाम अमर रहोस् ।

साथी तिमीमा धैर्य-धारणको शक्ति मिलोस्। परलोक हुनु भएको तिम्रो आमालाई हार्दीक श्रद्धान्जली। यसैको संझनामा मेरो कविता तिमिलाई……

------------------------------------------------- ------------------------------------------
भन्न म सक्दिन सिधा, नभन्दानि खटपटी
थाहाछैन सहन्थें कसरि, भन्छु यस्तै हो भनि।
दु:खलागेर आउछ, उठ्छ रिस पनि अति
मन बुझाउने एउटै बाटो, जिन्दगिको चक्रनि॥

पुरा याद आयो मलाई, मेरो बाल्यकालको पनि
खेलेको, घुमेको, चकचकहरु, सबै यहाँ झल्झली।
तिम्रोनि थ्यो होला यस्तै, होलान् अझै पलहरु
थाल बिर्सन मित्र, यस्तै रहेछ भनि॥

कति संझना होलान्, होला कति छट्पटि
भक्कानो छुटेको देख्दा, रुन्छ यो मन अति।
नमान दु:ख है साथि, गुमेकोमा मातरी
सक्दैनौं दिनलाई अरु, मात्र हार्दिक श्रद्धान्जली॥
सक्दैनौं दिनलाई अरु,मात्र हार्दिक श्रद्धान्जली॥
----------------------------------------------------------------------------------------------
Note: If you want to comment but getting problem with Thai language, please do following actions before commenting :
1. Click here or go to https://www.blogger.com/language.g
2. Select English
3. Save Setting by clicking Save Button

Then go to the post and try to comment again. If you are getting problem again, please inform me...

----------------------------------------------------------------------------------------------

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors