About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

घट्नसक्छ सुन्धाराको सडकमा "Mohammed Bouazizi" काण्ड

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, January 20, 2011

संसारमा कैयौं देशहरु छन् । हरेक देशका आ-आफ्ना सुख दु:खका समाचारहरु दैनिक जसो हुने गर्दछन् । फेरि सवै देशको समाचारमा ध्यान जाँदैन। तर कुनै देशका साथीहरु वनिसकेका छन् भने उनीहरुको देशको समाचार आउँदा पढ्ने रहर जाग्दोरहेछ । यसो गर्दा उनीहरुसँग कुरा गर्ने एक राम्रो माध्यम वन्छ। फ्रान्समा पढ्दाका Advisor र काम गर्दाका साथी Tunisia देशका भएकोले त्यहाँको कुनै समाचार आएमा मेरो ध्यान जाने गर्दछ। र यो पाली त्यहाँको दर्दनाक  समाचार देशभित्र मात्र हैन वाहिर पनि प्रमुख समाचार वनेर आएको छ। यो दर्दनाक समाचारवाट अरु देशहरुले पनि चेतिनु पर्ने वेला आएको छ।

अनलाईन खवरहरुका अनुसार Mohammed Bouazizi Tunisia का सडकमा फलफूल / तरकारी वेचेर आफ्नो र आफ्ना परीवारको जिउपाल्ने एक युवा थिए।  पढाईको डिग्री हुँदाहुँदै पनि वेरोजगारीले गर्दा उनी यो व्यवसायमा वाध्य भएर लागेका थिए। सडकमा यस्तो व्यवसाय गर्न पाईदैन भनेर प्रसासनले उनको तरकारी छरपस्ट पारियो। तरकारी/ फलफूल जोख्ने तुलो खोसियो। अझ महिला अफिसरवाट अरुका अगाडि उनलाई गालामा पिटियो, गाली गलौज गरियो। उनले कि जागिर दे कि त आफ्नो काम गरेर वाँच्न दे भनेर हारगुहार गरे तर प्रसासनले कुनै वास्ता गरेन। अन्तत: केहि सिप नलागी उनले आत्महत्याको प्रयास गरे। डाक्टरहरुको अथक प्रयास असफल भएपछि ४ जनवरी २०११ मा उनको म्रित्यु भयो ।


तस्विर:  Mohammed Bouazizi सरकारी भवन अगाडि आत्महत्याको प्रयास गर्दै (स्रोत: युरो न्युज )

घटना लगत्तै त्यहाँ  प्रदर्शन हुनथाले। Mohammed Bouazizi एकाएक नायक वने । स्वत: स्फूर्त रुपमा उर्लेको जनप्रदर्शनले यस्तो रुप उध्र रुप लियो कि २३ वर्ष देखि राजगर्दै आएका त्यहाँका राष्ट्रपति Zine El Abidine Ben Ali ले सत्ता र देश छाडेर भाग्दै साउदी अरवमा शरणार्थी वनी वस्नु परेको छ। 

आत्महत्या प्रयास गर्नु अगि उनले फेसवुकमा आफ्नी आमालाई सम्वोधन गर्दै लेखेको यो परिच्छेद पढ्दा जो कोहिको पनि आँखा रसाउँछ:  

I’m travelling, mother. Forgive me. Reproach and blame is not going to be helpful. I’m lost and it’s out of my hands. Forgive me if I didn’t do as you told me and disobeyed you. Blame the era in which we live, Don’t blame me. I am now going and I will not be coming back. Notice I haven’t cried and no tears have fallen from my eyes. There is no more room for reproach or blame in the age of treachery in the People’s land. I’m not feeling normal and not in my right state. I’m travelling and I ask who leads the travel to forget.—Mohamed Bouazizi स्रोत Wikipedia.

यो अप्रत्यासित घटना आजसम्म पनि साम्य भएको छैन। अरु देशहरुका लागि यो घटना एक उदाहरण वनेर आएको छ। हाम्रो देशमा पनि वेरोजगारी र महँगी यति धेरै छ कि यसको कुरा गरेर साध्य छैन् । नेताहरुले समयमै यो कुरा नवुझे उनीहरुपनि यसैगरि वडारिनु पर्नेछ भन्ने कुरा यो घटनावाट सिके सवैको भलो हुने थियो। नत्र कुनै दिन सुन्धाराको सडकमा Mohammed Bouazizi काण्ड घट्न सक्छ। हाम्रा नेतागणको वुद्धिमा लागेको विर्को हटोस, यही मेरो कामना।

- समाप्त -

नयाँ वेवसाईट

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, January 18, 2011

धेरै अगाडि देखि वनाउन चाहेको कुरा आज वनाईयो। युनिभर्सिटीको डोमेनमा व्यक्तिगत वेवसाईट वनाईयो।  यसको वेव ठेगाना  http://umdrive.memphis.edu/nbnraula/www/index.html रहेको छ। मेरो फ्रान्समा रहेको वेव ठेगाना http://www-roc.inria.fr/~niraula कायमै छ तर यसमा अहिले मैंले अध्यावधि गर्न मिल्दैन । त्यसैले नयाँ विवरणहरु मेरो नयाँ ठेगानामा मात्र रहने छन्।

- समाप्त -


Nobal Niraula University of Memphis

जिन्दगी यो फूलैफूलको थुँङ्गो हुँदैन, फक्रिने र ओईलाउने टुङ्गो हुँदैन

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, January 8, 2011

शव्दहरु तिनै हुन् जो गाली गर्न प्रयोग गरिन्छन्। शव्दहरु तिनै हुन जो माया प्रकट गर्न प्रयोग गरिन्छन्। त्यसैले शव्द आफैमा मिठो नमिठो हुनै सक्दैन। वरु तिनीहरुको संरचना नै मीठो नमीठो हुने हो। गीतकार राजन राईले सुनेकै शव्दहरुको संरचना मिलाएर एक मार्मीक आधुनिक गीत लेखेका छन्। गायिका अन्जु पन्तको मिठो स्वरले ती संरचना वाचन गर्दा हामी स्रोताहरु ताली वजाउँछौ ।

०००
( जिन्दगी यो फूलै फूलको थुङ्गो हुँदैन ) २
फक्रिने र ओइलाउने टुङ्गो हुँदैन
फूलको थुङ्गो हुँदैन
( जिन्दगी यो फूलै फूलको थुङ्गो हुँदैन ) २

( रोक्दा रोक्दै आँशुहरु कतै पोखिन्छ ) २
(हिड्दा हिड्दै जिन्दगानी कतै ठोकिन्छ)२
जिन्दगी यो सधैँ घामको झुल्को हुँदैन
झुल्किने र अस्ताउने ( टुङ्गो हुँदैन )
 जिन्दगी यो फूलै फूलको थुङ्गो हुँदैन 

कहिलेकाँहि अचानोमा टुक्र्याईन्छ मन
( कहिले हाँस्दै हतकेलामा चढाईन्छ जीवन ) २
(जिन्दगानी सोचेजस्तो मीठो हुँदैन) २
सवै घाउ छाती भित्र (निको हुँदैन) २
 जिन्दगी यो फूलैफूलको थुङ्गो हुँदैन 
०००

- समाप्त -

अँग्रेजी नयाँवर्ष २०११ को हार्दिक शुभकामना

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, January 1, 2011

आज अंग्रेजी नयाँवर्ष २०११ को पहिलो दिन हो। यतिवेला विहानको ८:५२ बजेको छ यहाँ। संसारभरि यो नयाँवर्ष मनाएको कुरा समाचार माध्यम र साथीहरुले फेसवुकमा पोस्टगरेका तस्विरहरुवाट प्रमाणीत हुन्छ। विविसिले धेरै ठाउँका तस्विर राखेको छ। तर मलाई मनपरेको तस्विर भने ओपेराहाउस, सिड्नी, अस्ट्रेलियाको तलको
तस्विर हो।


Picture: The Australian city of Sydney marks the passing of 2010 with its traditional display of fireworks above its most famous landmarks. Source bbc.co.uk

जाँदाजाँदै सवै साथीभाई र ईष्टमित्रमा नयाँवर्षको २०११ को हार्दिक शभकामना !

- समाप्त -

सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, December 31, 2010

भक्तराज आचार्य (Bhakta Raj Acharya ) ले गाएको "सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म" (Sabai behosi nasha piyera, bina piyerai behos chhu ma ) भन्ने गीत मलाई मन पर्ने गीतहरु मै पर्छ। कुनै पनि  गितका शव्दहरु अनौठा हुन्नन् तर यी शव्दहरुलाई खेलाउन सक्नेले मात्र यस्ता गीतहरु लेख्न सक्छन्। यहि कलालाई त सिर्जना भनेको होला।



***
( सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म
अरु निर्दोषी माया भुलेर, ( विना भुलेरै दोषी छु म ) २ ) २

( सपना फुटेर आँशु वनेछ, त्यो आँशु फेरी व्यथा वनेछ )
आँशुका थोपा मोती वनेर, ( उदास मनको कथा भनेछ ) २ 
सवै वेहोसी नसा पिएर

( सुनसान वगरमा आँधी चलेछ, फैलेर आँधी चाहना वनेछ )  २
नअँटेर माया अन्जुली भरेर, ( ढलपल आँखा सागर खुलेछ ) २

( सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म
अरु निर्दोषी माया भुलेर, ( विना भुलेरै दोषी छु म ) २ ) २
***

- समाप्त -

निस्चल र पूजासँगको रमाईलो घुमघाम

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, December 29, 2010

यो हप्ता निस्चल र पूजासँगको घुमघामले निकै आनन्द दिलायो। मनमिल्ने साथीहरुलाई धेरै समय पछि भेट्दा निकै रमाईलो लाग्ने रहेछ। सेमेस्टर सकिएर नयँवर्षको छुट्टीमा उनीहरु मलाई भेट्न Memphis सहरमा आएका थिए। उनीहरुसँग यो सहर घुम्न पाउँदा रमाईलो लागिरहेको थियो।

पूल्चोकमा ४ वर्षसँगै पढेका हामीहरुको यो भेट धेरै हिसावले विशेष थियो। पहिलो त यिनीहरुसँग बि.ई. पास गरेपछिको यो नै पहिलो भेट थियो भनेपनि हुन्छ। वि.ई. पास गरेपछि जागिरे जीवनमा लागिने हुँदा साथीहरुसँग भेटघाट गर्ने अवसर नै कम हुन्छ। उसमाथी म AIT हिडेंपछि भेटघाट र जमघटका अवसर आउँदा पनि भेट हुन सक्ने अवस्था थिएन। पछि पूजा त्यसपछि निस्चल अमेरिका हिडेपछि नेपाल जाँदा भेटघाट गर्न पनि सम्भव थिएन।

दोस्रो यिनीहरुलाई पतिपत्नीको सम्वन्धमा गाँसिसकेपछि पहिलो पाली भेट्दै थिएँ। पढ्ने वेला यो सम्वन्धको कुनै छाँटकाँट नदेख्दा गरिने कुराकानी वेग्लै हुन्थ्यो। उ वेला यिनीहरुले एक आपसमा गर्ने व्यवहार र हाल पति पत्नी हुँदाको व्यवहार त फरक हुने नै भयो। निकै फरक ! यिनै दुई भिन्नताहरुको विचमा रहेर अतितका कुरा सम्झिदै  जिस्किदै हाँसो ठट्टा गर्न पाउँदा निकै रमाईलो लागिरहेको थियो।

तेस्रो, अमेरिकामा मेरा पूल्चोकका साथीहरुसँगको पहिलो भेट नै यिनीहरुसँगवाट सुरु भयो। मेरो फ्रान्स वसाई टुङ्ग्याएर अमेरिका आउनुको कारणहरुलाई यो भेटघाटले समर्थन जनाउँदै थियो। मान्छेलाई उसको समुदाय चाहिन्छ। फ्रान्समा यो वेला अमेरिकाको जस्तो नेपाली समुदाय छैन र पछि हुने सम्भावना पनि कम छ किनकी नेपालीहरुलाई भाषाको कारणले त्यहाँ जान र गएपछि टिक्न गार्हो छ। तर अमेरिकामा त्यो समस्या छैन। चाहियो भने यसैगरी साथीहरुसँग भेटघाट गर्न गार्हो छैन। त्यसैले पनि यो भेटघाट रमाईलो थियो।

यी तीन प्रमुख कारणले गर्दा यो भेट रमणीय रह्यो। समय नै यस्तो चिज हो जो हाम्रो अधिनमा छैन। समयको दौरानमा को कता पुग्छ को कता केही थाहा हुन्न। आज समयले हामीहरुलाई नजिकै पुर्याईदिएको छ त्यसैले त यस्ता रमाईला भेटघाट गर्न पाईएको छ।  यस्ता घुमघाम र भेटघाटले मनलाई चँङ्गा र आनन्दित पनि पारेको छ।

- समाप्त -

उड्दै छौ कि वस्यौ कतै डालीडालीमा

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, December 18, 2010


०००
केटा: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरी, मेरो मनको फूलवारीमा
केटी: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरा, मेरो मनको फूलवारीमा

केटा: खोज्दै छौ कि कहाँ होला यो मिलनको गाउँ
(धर्ती हो कि आकाश होला जुनी मिल्ने ठाउँ ) २
केटी: सक्दै छौ कि सुख-दु:ख साथमा के होला
(विर्सौ कि त प्रिति फूल्ने एउटै छ यो चोला) २
केटा: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरी, मेरो मनको फूलवारीमा
केटी: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरा, मेरो मनको फूलवारीमा

केटा: जति हेर्यो दुनियाँ यो नौलो नौलो झनझन्
(यही घडिमा हरउँछ त्यसै त्यसै तनमन) २
केटी: सकिदैन छुटाउन वरपिपल छायाँ
(अन्जानैमा वस्दो रै छ नसोचेको माया) २
केटा: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरी, मेरो मनको फूलवारीमा
केटी: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरा, मेरो मनको फूलवारीमा
०००
- समाप्त -

नितिकथा - मुसाकी छोरी मुसैलाई

Posted by Nobal Niraula ( नोवल निरौला )

साभार - सेयरवजार

०००
एउटा मुसा निकै बुद्धिमानी रहेछ । उसले आफ्नी छोरी निकै राम्री भएको घमण्डले मुसासँग बिहे नगराई सबैभन्दा शक्तिशालीसँग बिहे गराउने निश्चय गरेछ । उसले संसारका जिवात्माहरुमा को ठुलो भन्ने खोज्दै जाँदा जनावरहरुभन्दा नि माथी सुर्यलाई ठुलो मानेर उसलाई आफ्नो छोरीसँग बिवाह गर्ने प्रस्ताव लगेछ । सूर्यले भनेछ- 'म ठुलो त हुँ तर के गर्नु मलाई पनि पहाडले छेकिदिन्छ' ।

त्यसपछि मुसाले पहाडकहाँ छोरीको बिहे प्रस्ताव लिएर गएछ। पहाडले मुसालाई भनेछ- 'हुन त म सुर्यभन्दा ठुलो हुँ तर के गर्नु मलाई पनि मुसाले छेडिदिन्छ' । पहाडको यस्तो कुराले मुसोलाई सवैभन्दा ठूलो त मुसा नै रहेछ भन्ने थाहा भएछ। अन्तमा मुसाले आफ्नी छोरीलाई मुसैसँग विहे गरिदिने विचार गरेछ।
०००

कथा त सकियो। पढ्नेलाई फूलको माला सुन्नेलाई सुनको माला । यो कथा ईन्टरनेटभरी जाला अनि लोकहरुलाई हामी आफुभित्र भएको शक्ति र क्षमतालाई चिन्न सिकाउला :)

- समाप्त -

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors