यात्रा सुरुगर्नु अगि मैले नेपाली उपन्यासका पुस्तकहरु किनेको देख्दा म आफैलाई कतै नेपाली साहित्यमा अनुसन्धान गर्न गैरहेको त छैन जस्तो लागेको थियो। हुनपनि मैले यति धेरै नेपाली साहित्यका किताब किनेको यो नै पहिलो अवसर थियो। मैले धेरै जस्तो बी. पी. कोइरालाका किताबहरू किनेको छु। जस्तो की मोदिआईन, तीन घुम्ती, नरेन्द्रदाई आदि। मैले बी. पी. को आत्मवृतान्त इन्टरनेटबाट सुनेको छु। उनी एक महान राजनीतिज्ञ मात्र नभएर कुसल साहित्यकार पनि थिए। उनले एउटा खुट्टा साहित्यमा र अर्को खुट्टा राजनीतिमा राखेर अगाडीबढेका थिए। सुनेको छु उनका लेखरचनामा राजनीतिको कुनै प्रभाव छैन। मोदिआईन उपन्यासमा पनि मैले यो कुरा पाएँ। यसरी दुवै विधामा सफल हुन सकेका व्यक्तित्वबाट म प्रभावित भएको छु। कम्प्युटर र साहित्य दुबैविधामा सफल हुन पाए कस्तो रमाइलो हुन्थ्यो होला :))
संसार अचम्मको छ। मान्छे मरेर गएपनि उसका कृतिहरु रहिरंछां। उसका कृतिहरु पढ्दा लाग्छ उ जिवितै छ। अर्थात् राम्रा कृति छोड्नु संसारमा वाचिरहनु हो। म जन्मिनु अगी नै बितेका बी. पी. को मोदिआईन उपन्यास पढ्दा मैले यहि महसुस गरें। मोदिआइन मिठाई पसलेकी बुढीलाई भन्छन क्यारे। लेखकले आफुलाइ बालकको रुपमा राख्छन। उनि उनका परम्हितैसी मिसिरजीसंग दरभंगा जान्छन। त्यहाँ उनीहरु मोदीको घरमा बस्छन। मोदिआइनले बालकलाई नजिकैको हडाहा पोखरी कसरि बन्यो भन्ने कहानी भन्दै सुताउछिन। कौरव र पाण्डवको लडाइहुँदा मरेका मान्छेहरुलाई चील बोकेर ल्याउदा खसेका हाडखोड निकाल्दा वनेको हुन्छ त्यो हडाहा पोखरी। त्यो लडाइको कहानी एकदम मार्मिक किसिमले बयान गरिएको छ यो उपन्यासमा।
काठमाडौँबाट यात्रा सुरु गरे लगत्तै पढ्न सुरुगरेको यो उपन्यास Memphis मा पुग्दासम्म सकियो। छोटो भएपनि यात्रा भर लाग्यो सकाउन। यसरी मोदिआईन मसंगै विभिन्न नाकामा मेरो passport प्रयोग गर्दै पुगिन अमेरिका।
- समाप्त -
ठमेलको एक Gift पसलमा पसे लगत्तै उसले भन्यो - "हेल्लो सर, गुड आफ्टरनुन्"। यसपाली मैंले नेपालीमा वोल्ने चेष्टा गरिन र भनें - "गुड आफ्टरनुन्"। अगिल्लो पसलमा पनि यसैगरी अंग्रजीमा भन्दा मैंले म नेपाली हो भाई भनेर सुरुमै वताएको थिएँ। तर यसपाली केही वेर झुक्याउँ भनेर मैंले उसलाई अंग्रेजी मै वोलेको थिएँ। मेरा आँखा नजीकैका वुद्धको मुर्ति तिर वढिरहँदा उसले भनेको थियो - "दिस इज लाफिङ्ग वुद्द सर "। "ओ या, बट ईट ईज डर्टि ...."- मैंले यसै गरि जवाफ दिएँ। "नो सर, ईट ईज विकाउज अफ डस्ट। आई विल क्लिन ईन फ्रन्ट अफ यु, ईट विल साईन..." - उसले भन्यो। "ओ के"- मैंले जवाफ दिएँ। उसले केही वेर धुलो पुछेपछि मैंले सोधें - "हाउ मच ?" । "जस्ट २००० सर"- उसले जवाफ दियो। यसैगरि उसँग भलाकुसारी हुँदै गयो अनि विचमा मैंले उसलाई भने - "भाइ म नेपाली हो ... :) "। उ पनि मरिमरि हाँस्न लाग्यो र म पनि। "अग्लोअग्लो अनि गोरो देखेर नेपाली हैन भन्ठाने दाइ सरी ..."- उ भन्दै थियो। मैंले पनि उसलाई झुक्कउन यसो गरेको भनेर भनें - उ अझै हाँस्दै थियो।
यसरी ठमेलमा म पर्यटक वन्न पुगें । हुन त म एक पर्यटक नै थिएँ - आन्तरिक पर्यटक। तर भाषा भने अँग्रेजी परेकोले अलिक अप्ठेरो लाग्यो मलाई । म सोच्छु कतै म वास्तविक विदेशी पर्यटक त वन्दै छुईन ? म झस्कन्छु, अनि सोच्दछु अहँ, म त्यस्तो वन्न चाहन्न...।
आज 'सपनाको साबिति' नाम गरेको नाटक गुरुकूलमा गएर हेरियो। पुरानो वानेस्वरमा रहेछ गुरुकुल। रेडियो र पत्रिकाहरुमा सुनिरहने भएपनि मैंले गुरुकुलमा गएर नाटक यस अघि कहिल्यै हेरेको थिईन। यस अर्थमा पनि यो विशेष रह्यो। अझ मेरा प्यारा भान्जाभान्जी र वहिनीहरुपनि साथै रहँदा अर्कै किसिमको रमाईलो भयो।
पहिलो पल्ट टिभि हेर्दा मलाई अनौठो अनुभव भएको थियो। त्यो टिभिमा पर्दाहरु परिवर्तन भएको कुरा म वुझ्थिन। किन सट्टसट्ट नयाँनयाँ द्रिष्य आएको होला भनेर म अल्मलिन्थें नवुझुन्जेलसम्म। सानैदेखि टिभि हेरेको मानिसले यो अनुभव लिन सकेका हुन्न रहेछन्। आज यो नाटक हेर्दा पनि यस्तै अनौठो महसुस भयो। टिभिमा जस्तो सट्ट पर्दा परिवर्तन हुन्न नाटकमा। फिल्म सुटिङ्ग हुँदा जस्तो पटकपटक अभिनय गर्न मिल्दैन नाटकमा। त्यसैले नाटकमा अभिनय गर्न सक्नु एकदम गार्हो काम हो। यो अनुभव हेर्न भएपनि हामीहरु गुरुकुलमा एकपल्ट जानुपर्छ जस्तो लाग्छ ।
नारायण गोपालले गाएको यो गित निकै मार्मिक छ र सान्दर्भिक पनि छ यो साउनको महिनामा। ईन्टरनेटमा यो गितका शव्दहरु कतै फेला नपरेकोले सुन्दै लेख्दै गरेको छु। सवै सहि रुपमा उत्रेको नहुन सक्छ :
साउन महिनाको आठघन्टे लोडसेडिङ् को वावजुद यो कहानी नलेखि रहन सकिन म :D
---
भर्खर कै कुरा हो यो। म भेटघाटको सिलसिलामा एक साथीको घरमा वस्न गएको थिएँ। उसकी ७ बर्षकी भतिजी रहिछिन्। त्यसैले उनी मेरी पनि भतिजी नै परिन। सानीसानी चन्चले, केटाकेटीको त्यस्तै त हुन।
केटाकेटीहरुसँग कुरागर्न मलाई मन निकै मनपर्छ। उसमाथि यी भतिजी आँफै कुरा गर्न तम्सिने खालकी मज्जाकी रहिछिन। "अङ्कल जस्तै हुनुहुँदो रहेछ अङ्कलको साथी पनि" - उनले लोडसेडिङ्ग भएको बेलामा पुग्दा यही भनिन् :)। हुन त केटाकेटीका आँखा तिखै हुन्छन् त्यसैले यार्सागुम्वा टिप्न केटाकेटीलाई लगिन्छ ता कि उनीहरुले सजिलै देख्दछन्। मैंले यसैगरी सोचें उ वेला तर पक्कै पनि अङ्कल र अङ्कलको साथी उस्तै थिएनन्। त्यसैले सानी भतिजीले पहिले पनि भन्दै आएको कुरा सुनाए झैं लाग्यो।
विहानै भतिजीका वास्तविक अङ्कल प्रविण (परिवर्तित नाम :D) वाहिर गएको वेला पारेर सानी भतिजी कोठामा पसिन। उनले मलाई पनि अँकल भन्न थालिसकेकी थिईन यो वेलासम्म। उनले मलाई वाचा वधाईन यसरी: "अङ्कल तपाईंसँग म एक कुरा गर्न आएकी तर मेरो प्रविण अङ्कललाई नभन्नु है त ?"। मैले सहमति जनाएँ। अनि उनले सुरु गरिन गोप्य कुरा सुनाउन:
प्रविणकी भतिजी - अङ्कलको वर्थ डे मा अङ्कलले कति ठूलो केक ल्याउँछु भन्नु भ'को थियो तर थाहा छ के भो?।
म - छैन भन न के भयो?
प्रविणकी भतिजी - वर्थडेको दिन त अंकले चोकोफन ल्याएर त्यहि काट्नु भयो।
म - हो र ?
प्रविणकी भतिजी- हो नि । अङ्कल कस्तो कन्जुस हुनुहुन्छ। मेरो वर्थडेमा कत्रो केक काटेको उहाँकोमा त तेस्तो। पैसा नभएर हैन के, अङ्कल सार्है कन्जुस हुनुहुन्छ.........।
म- हाहाहाहाहाहा :))))))))))))))))))))))))))))))))))) :D:D:D:D:D:D:D:D
म यति सुनेपछि हाँस्न थालेँ। पेट मिचिमिची हाँसे। भन्छन् वच्चाहरु निस्चल हुन्छन रे अनि जे छ त्यही नलुकाई भन्छन् रे । सायद यी भतिजीले पनि प्रविण अङ्कलको रामकहानी जस्ताको तस्तै सुनाईन् :D । प्रविण अङ्कलको आगमन पस्चात मैंले उनलाई यो कुरा सुनाएँ। हामी मरीमरी हाँस्यौ। मैंले भतिजीसँग गरेको प्रविण अङ्कललाई नभन्नु भन्ने वाचा तोडेँ :(. त्यसैले आई एम सरी भतिजी ! आज तिमीले माफ नदिए पनि तिमी ठूली वुझ्न सक्ने भएपछि यो व्लग देख्यौ भने तिमीले मलाई माफ गरिदिने छौ भन्ने आश छ। हुन त मैंले भतिजीलाई तिम्रो अङ्कललाई सुनाएँ भनेर प्रविण अङ्कल भएकै वखतमा सुनाएको थिएँ। उनले के भो त भएकै कुरा भनेको भनेर सुनाउँदा हामी अझ मरीमरी हास्यौं।
विचरा भतिजीमात्र यस्ती हैनन्। मलाई मेरो वाल्यकालको यस्तै कहानी वुवाआमाले मलाई सुनाउँदाको क्षणको याद आयो। यी भतिजीले त के नै गरिन र मेरो कहानी सम्झिल्याउँदा अझ वढि हाँस्न मन लाग्छ आजसम्म पनि। म त यो वेलापनि सुनाउँन सक्दिन मेरो त्यो कहानी, सार्है नै विजोक पारेको रहेछु मेरा आमा वुवालाई। त्यसैले ढिलै भए पनि मेरा वुवा आमालाई त्यो वेला पारेको अप्ठेरोको लागि 'आई एम सरी' भन्न चाहन्छु :)))))
भेटघाटको क्रममा पुल्चोक क्याम्पसबाट नख्खिपोट जानु छ। १४ नंवरको माईक्रो लाग्छ भन्ने सूचना मसँग छ। पुल्चोक क्याम्पसको गेटवाट निस्कने बितिकै १४ नंवरको माईक्रो लिन मिल्छ। उतिवेला यो नंवर गरेको माईक्रो लगनखेल मात्र जान्थ्यो। अहिलेको काठमाडौ भिडम्भिडको छ। त्यही भएर होला माईक्रो, बस, टेम्पो र अन्य सवारी साधनको चाप बढेको। काठमाडौको जुनसुकै ठाउँमा जानु परे पनि अव वढिमा २ वटा सवारी लिए पुग्ने रहेछ: एक रत्नपार्क वा वसपार्क आउने अनि त्यहाँवाट जताको पनि गाडि लाग्ने।
१४ नंवरको माईक्रो रोकाउने र उक्तठाउँमा जान्छ कि जाँदैन भनेर सोध्ने क्रममा हुन्छु म। उक्त नंवर लेखेको सवै माईक्रो मेरो पुग्ने ठाउँसम्म नपुग्ने रहेछन्। नजीकै माईक्रो कुरेर वसेका एक भाइसँगको सोधपुछवाट उक्त कुरा थाहा पाउछु। त्यो भाइपनि मजाने ठाउँसम्म नै जाने रहेछन्। कुराकानी गर्दै गयौं। आर्किटेक्चर प्रथमवर्षमा पढ्ने रहेछन्। कहिल्यै नचिनेको भएपनि एउटै क्याम्पस पढेको हुनाले कुरा गर्न सजिलो भयो। निकै कुराहरु भए माईक्रोमा पनि।
झर्ने वेला भाईले मेरो पैसा पनि दिएछन्। मलाई निकै अप्ठेरो महसुस भयो। त्यसैले मैंले मेरो भाडा जवरजस्ति उनीलाई फिर्ता गरें। यो घटना ठूलो पक्कै हैन तर यो घटनाले मलाई निकै छाप छोडेको छ। संसारका दर्जन देश घुमेको मेरो अनुभवमा कतै पनि मैंले यतिको सहयोगी भावना पाएको छैन। एकै छिनको छोटो परिचयको आधारमा उनले मलाई त्यति आत्मिय ठानेछन्। यो उनको मात्र वानी हैन उनले त नेपाली भावनाको प्रतिनिधित्व गरे झैं लाग्दछ। यसलाई पुष्टि गर्ने मेरा अन्य घटनाहरु छन् तर समय अभावले म आज प्रस्तुत गर्न सक्दिन। यि घटनाहरुको आधारमा मलाई भन्न मनलाग्छ: जतिसुकैको दु:खमा वाँचेका किन नहोऔं र हामी नेपाली, हामी सत्कार दिन निकै अघाडि छौं, सवैलाई माया गर्छौं। त्यसैले त हामी नेपाली हौ, विस्वका अन्य मानव भन्दा निकै प्रिथक ! त्यसैले नेपालीहुनुमा मलाई गर्व छ ।
सरकारी कार्यालयहरुमा चाहिने भन्दा वढी मान्छे राख्ने गरेको आरोप लाग्ने गरेको पाइन्छ। राजनीतिक नियुक्ति र अस्थिर सरकार यसो हुनुका प्रमुख कारणहरुमा पर्दछन। सरकारी तथा अर्धसरकारी संस्थामा काम गर्ने साथीहरुले पनि खुलस्तरुपमा यो कुरा स्विकारे।काम धेरै गर्नु नपर्ने तर सुरक्षित हुने हुनाले सरकारी जागिर पाउँन मेहेनत भने निकै गर्नुपर्दछ।
अफिस समय त टेन-टु-फाईभ (१०-५) हो सरकारी अफिसको। तर टेन भन्नाले टेनमा घरवाट हिड्ने हो र फाईभ भन्नाले फाईभमा घर पुग्ने हो भनेर साथीहरुले कुरा गर्दा हामीहरु हाँसिरहेका थियौ। अर्को तर्फ 'सरकारी काम कहिले जाला घाम' भन्ने उखान अहिले पनि सहि रहिरहेको देख्दा कताकता नरमाईलो लागिरहेको थियो ...। स्रोत, मानव र साधनको उपयोग गर्न सके विकास हुन सक्छ भन्ने कुरा मान्छेहरुले वुझेपनि किन वुझपचाएर वस्छन्, सोध्न मन लागेको छ। भगवान पशुपतिनाथले सवैलाई यो कुरा मनन गर्न सिकाउन :))
तेस्रोपालीको प्रधानमन्त्री छान्ने संविधानसभाको प्रयास आजपनि असफल भएको छ। वहुमत नपुगुन्जेल चुनाव गर्नुपर्ने नियम र नेकपा एमाले र तराईका दलहरुको तटस्थ वस्ने निर्णयले गर्दा नेपाली कांग्रेसका उमेद्वार रामचन्द्र पौडेल र एमाओवादिका पुस्पकमल दाहालले वहुमत पुर्याउन सकेनन्। विचरा हामी नेपालीको भाग्ये, कस्ता नराम्रा नेता छानेछौं: एउटा प्रधानमन्त्रीको टुङ्गो त लगाउन सक्दैनन् कसरी संविधान वनाउछन् र ? :( । दिउँसो काठमाडौमा "वानेस्वर जाउँ वानेस्वर जाउँ, संविधानसभा घेरौं" भनेर माईकिंङ्ग गरेको सुनिन्थ्यो। मलाई पनि गएर खवरदारी गरौं जस्तो लाग्छ एकमनले त...।
खुसीको कुरा दुईबर्ष पछी भेट भएको छ मेरो एक साथीसँग। AIT मा सँगै पढेका हामीहरुले ति मिठा सम्झनाहरु साटासाट गर्यौं। एउटा कुरा परिवर्तन भएको महसुस गरें। त्यो के भने उसको खान्की निकै घटेछ :) । निकै रमाइलो लाग्दै छ उसँगको भेटघाट। मलाई कुकुर देखि डर लाग्छ तर उसको घरको कुकुर देखि भने कतिपनि डर लागेन। कस्तो ज्ञानी रहेछ शैलेशको वुवाको वडि गार्ड :)))
