भाषा भन्ने कुरा पनि विचित्रकै कुरा हो। आफ्नो कुरा अरुलाई सुनाउन, अरुको कुरा सुन्न यही भाषाको प्रयोग हुन्छ। अझ मात्रीभाषाको महत्वको त कुरै नगरौ।संवेदनाहरु पोख्नको लागि मात्रीभाषा भन्दा अरु कुनै भाषा सहज हुन्छ जस्तो लाग्दैन। दोस्रोभाषा भनेको दोस्रै हुन्छ, जति नै जाने पनि सवैकुरा व्यक्त गर्न सकिन्न।
भाषा पनि परिवर्तनशील हुने रहेछ। प्रिथ्विनारायण शाहको पालामा वोलिने नेपाली र आजको नेपालीमा धेरै भिन्नता आईसकेका छन्। आजको नेपाली भाषा भोलिको नेपाली भाषा भन्दा निकै प्रिथक हुनेछ। अहिले नै पनि गाउँघरमा वोलिने नेपाली भाषा र शहरमा वोलिने नेपाली भाषा विचमा अन्तर देखा पर्न थालेको छ। यस्तो लाग्छ सहरको नेपाली गाउँमा बुझिदैन र गाउँको नेपाली सहरमा वुझिदैन। म केहि समयमा उदाहरण दिएर प्रष्ट पार्ने छु। अझ विस्वमा नेपालीहरु फैलिन थालेपछी नेपालीभाषामा थप परिवर्तन आउन थालेको छ - अरु भाषाको प्रभाव पर्न थालेको छ।

