About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

सहिद बिर्खबहादुर

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, July 11, 2009

नेपाली ईतिहासको यो कालखण्डमा सहिद शव्दको अर्थ फरक पर्न लागेको देखिन्छ। सडक दुर्घटनामा परेर जिवन गुमाउनेहरु, कुटपिटका घटनामा ज्यान गुमाउनेहरुलाई सडक नै रोकेर सहिद घोषणा गर्न दवाव दिने प्रवित्ति वढेको देखिन्छ। त्यसै भएर होला शहीद घोषणाको माग गर्नेहरु प्रहरी खोरमा जस्ता समाचारहरु आउन थालेका छन्। वास्तवमा सहिद भन्ने कुरा त घटना सुन्दै आफसेआफ महसुस हुनु पर्ने हो। जो देसको लागि हाँसिहाँसि ज्यानदिन्छ उ पो सहिदको हकदार हुन्छ त। सहिद घोषणा गर भनेर भन्नुपर्ने स्थिती त नआउनु पर्ने हो । यस्तो स्थिति किन आयो भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ। सुविधा पाईने भएकोले साधारण घटनामा ज्यान जाने मानिसहरुलाई पनि सहिद घोषणा गर्न दवाव दिने प्रवित्तिको वढेको देखिन्छ।यस्तो प्रवित्तिले हाम्रा तमाम सहिद प्रति खिल्ली उडाउने डर वढेर गएको महसुस यो ज्यानलाई लागेको छ।

यस्ता कैयन घटना पस्चात एक लेख लेख्न मन लाग्यो जसमा मैले राजनितिक तरलतालाई कसरि अपराधिहरुले दुरुपयोग गर्न सक्छन् भन्ने पाठ दिनु थियो। यसै बमोजिम 'सहिद बिर्खबहादुर' भन्ने लेखको जन्म भएको हो। यस कथामा दैनिक ज्याला गरेर गुजारा गर्ने विर्खवहादुरलाई अपराधीहरुले राजनितिक दलको वन्दको दिन सहिद कसरी वनाएका छन् भनेर देखाइएको छ। के राजनितिक प्रसयमा सहिद वनाईने चलन राम्रो हो त? यो प्रश्न पाठक माझ तेर्साउने मेरो धेय थियो। यसै वमोजिम यो लेख धेरै अघाडि माईसंसारमा पठाएको थिएँ जुन आज प्रकासित भएछ। मैले दिन चाहेको उद्देश्य सवै पाठकहरु समक्ष पुग्न नसकेको महसुस यो लेखमा आएका प्रतिक्रियावाट वुझ्न सक्छु। आगामी लेखमा प्रस्तुतीलाई थप खार्न प्रयास गर्ने छु ।

माइसंसारमा हेर्ने भए यहाँ क्लिक गर्नुहोस।

-----------------------------------------------

नोवल निरौला / फ्रान्स

शुक्रबारको दिन आकाश बिहानैदेखि धुम्मिएको थियो। यो धुम्माई प्राकृतिक धुम्माई नभई टायरको धुवाँले भएको हुनाले शहरमा अमन चैन भएको भान कसैलाई पनि थिएन। बिहानैदेखि धुवाँ र ठाउँठाउँमा गुन्जिएका नाराले सहरको वातावरण खल्बलिएको थियो।

जिन्दावाद र मूर्दावादको नारा सुनिन्थ्यो, कतै नभए पनि टिभी र रेडियोहरुमा । छ्यापछ्याप्ति खुलेका टिभी रेडियोहरुका लागि यस्ता दिन त दशैं जस्तै हुन्छन्, सय जनाको समूहले नारा लगाउन नपाउँदै सम्पूर्ण सहरलाई त्यसको समाचार सुनाएर हजारौँ जनाको उपस्थिति भएको समाचार सुनाउँदै जनतालाई “साँचो सूचना” को अधिकार दिलाउन तत्पर देखिने गर्छन् समाचार माध्यमहरु। जनता र सरकार त्यही “साँचो सूचना” लाई आधार मानेर आन्दोलन व्यापक चर्केको लख काट्दै थिए।

जता-जता धुँवा निस्कन्थ्यो प्रहरीहरु तत्कालै सक्रिय भै हाल्थे, आधाघन्टा नबित्दै ती स्थलहरुमा पुगेर। यसरी छरिएको प्रहरी बलले सहरमा उनीहरुको उपस्थिति बाक्लो पारेको थियो र सरकार भनिरहेको थियो प्रहरीहरुलाई संयमित भएर काम गर्ने निर्देशन दिइएको छ - यस्तो लाग्छ अरु बेला संयमित नभई काम गरे पनि हुन्छ भन्ने निर्देशन दिइएको हुन्थ्यो। नत्र यो कुरा फलाक्नुको कारण बुझ्न सकिन्नथ्यो।

दिन ढल्कदै साँझ पर्न लाग्दा आन्दोलनकारीहरुको उपस्थिति मुख्य चोकतिर बढ्दै गयो। सरकारले निषेधित क्षेत्र घोषणा गरेका कारण प्रहरीबलहरु परिस्थितिलाई नियन्त्रणमा लिन निकै तम्तयार भएर बसेका देखिन्थे। झमक्क रात पर्न लागेको के थियो एक्कासी प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा बर्साउन थालिहाले। सडकका बारहरु सदाको बन्दमा झै भाँचिन थाले। प्रदर्शनकारीले प्रहरीबललाई केही पछि हट्न बाध्य तुल्याए। यसबाट प्रदर्शनकारी झन् हौसिए र प्रहरीमाथि अझ प्रहार गर्न लागे। पटक-पटकको बन्दको अनुभव बटुलेका प्रहरीहरु पनि के कम, उत्तेजित प्रदर्शनकारीलाई अश्रुग्याँसले प्रहार गर्न थाले, हवाई फायर गर्न थाले । यसपछि त्यहाँ भागाभागको स्थिति बन्यो। कसैका चपल कसैका जुत्ता यत्रतत्र छरिएका देखिन्थे।

भोलि बिहानै १ दिने बन्दको समिक्षा गर्न र जनताको व्यापक समर्थन एवं सहभागिता भएको कुरा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको थियो। अबदेखि बन्द, आन्दोलन र हडताल नगर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेकोले गरेको यो पार्टीले यो ‘१ दिने छोटो बन्द’ आयोजना गरेर प्रतिवद्धतामा केही भएपनि अडिग रहेको भान जनतालाई दिइएको बताइने अपेक्षा गरिरहँदा हिजो रातिको प्रहरी दमनमा आफ्नो १ जना सक्रिय, निस्ठावान कार्यकर्ताको ज्यान गएको घटनाको विरोधस्वरुप उक्त व्यक्तिलाई सहिद घोषणा नगरुन्जेलसम्म आन्दोलन जारी राख्ने उनीहरुको कुराले फेरि पनि सहरवासीलाई दुःखी तुल्यायो। आज पनि सहरले उस्तै सास्ति भोग्नु पर्ने भयो। के थाहा, भोलि पनि यस्तै हुने हो कि, सबै जना माखो मार्दै र सिन्को भाँच्दै घरैमा बस्न बाध्य भए।

बन्द खुलाउन अनुभवी सरकारले समस्या समाधानको लागि दिउँसो नै एक समिति गठन गरी आन्दोलनकारीहरुलाई वार्तामा बोलायो। करिब २ घन्टाको वार्तापछि अबदेखि प्रहरी दमन नगर्ने प्रतिवद्धता जनायो साथै मृतक बिर्खबहादुरलाई सहिद घोषणा गरी आश्रित परिवारलाई १० लाख दिने घोषणा गर्‍यो । यसका साथै आन्दोलनकारीले तत्काल लागू हुने गरी बन्द फिर्ता लिने सम्झौता भएको पनि घोषणा गरियो।

बन्द खुलेको घोषणा पस्चात खुसी सहरवासीहरु बजारतिर किनमेल गर्न लागे। शनिबारको आधा दिन नै भएपनि पसल, व्यापार, रेस्टुरेन्ट आदि खोल्न थाले। यसैबीच ७ - ८ जनाको समूह एक रेस्टुरेन्टमा छिर्‍यो। उनीहरु सानो स्वरमा गफ गर्दै थिए:

“यार, तैंले पार्टी दिनुपर्छ आज”

“किन पार्टी दिनु नि ?”

“पार्टी त दिनै पर्छ नि । धन्य भोलिपल्ट बन्द थियो र बिहीबार राति तेरो कारले किचिएको त्यो ‘कुत्ता’लाई सहिद बनाएर सम्मानित गर्न पाइयो। नत्र ज्यानमारा भएर कति वर्ष जेलमा बस्नुपर्थ्यो। अनि तैंले पार्टी नदिए कस्ले दिन्छ त ?”

“त्यो त हो यार। अलिक ओभर पिइएछ त्यो रात। पार्टी त दिन्छु जसरी पनि। तिमीहरुलाई थ्याँक्स है, धन्न बचियो यो ‘केस’बाट।”

“वाइ द वे, त्यो कुत्ता भाग्यमानी रै छ। कहिल्यै पनि सोचेका थिएनन् होला भरियाका सन्तानले दश लाख हातमा आउँछ भनेर। ऊ आफै पनि सहिदको नामले कहलिने भो । भाग्यमा लेखेरै आएको रै’छ” - चुरोटको ठूटो सल्काउँदै कसैले भन्दै थियो।

“केटा हो, आज पनि ओभर दिने कि ?”

“हुन्न यार, अब त चेतिनु पर्छ। फेरि भोलि बन्द छैन यार, नत्र त…”

“हा हा हा….”

यसरी बिर्खबहादुर सहिद भएपश्चात् इतिहासले उसको पानामा एक नयाँ सहिद थप्यो, पार्टीले बाँकी दिन आधा झन्डा झुकायो र (केही) जनताले रेस्टुरेन्टमा खुसियाली मनाए। उता दैनिक काम गरेर जिविका गर्ने ‘सहिद बिर्खबहादुर’को परिवार ‘जलिरहेको-मनको-राप’मा निरन्तर बगिरहेको ‘आँसुरुपी-पानी’को सहायताले पाक्दै गरेको ‘सम्झनाको-च्याँख्ला’ छड्किएको आवाज मुखहरुबाट निकाल्दै थियो: ‘क्वाँ-क्वाँ’ र ‘सुँक्क-सुँक्क’ को तरङ्गमा।


*** समाप्त ***

एउटा मानिस खोजिरहेछु

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, July 5, 2009

माइसंसारमा हेर्ने भए यहाँ क्लिक गर्नुहोस ।
-------------------------------------------------------------
****
"नानी तिम्रो छोराले फोन गर्यो?"- हर्केकी आमाले कवितासँग पानी लिन जाने क्रममा सोधिन्।

"अस्ति शुक्रवारको दिन गरेको थियो" - कविताले छोटो जवाफ दिईन।

"गएको शुक्रवार हर्केले फोन नै गरेन त्यै भएर सोधेको नि। के छ रे खवर?"

"सन्चै छ रे । एकदम गर्मी वढेको छ रे । ४०-५० डिग्रि छ आमा भन्दै थियो काले"

"कसरी काम गर्दा हुन् है कविता। हामी त त्यस्तो गर्मी त खप्न सकिन्न होला है? हर्केको खवर पनि सोध्यौ कि? "

"हेर्नुन म अलिक हतारमा छु भनेर गयो काले। सोध्नै पाईन। एकै शहर भएपनि काम गर्ने ठाउँ फरक होला फेरी" ।

"काममा व्यस्त भए पनि होला। अर्को शुक्रवार कहिले आउछ भनेर कुर्दैछु। वोल्न मन लागिरहेको छ हर्केसँग। असारको १५ पनि गयो। जति जति चाढपर्व आउछन् उति उति छोराछोरीको याद आउने रहेछ कविता"

कविताले कुनै प्रतिक्रिया जनाईनन्।

"हर्केकी आमा, मैँले अँगेनामा चिया वसालेकी थिएँ, निकाल्न भुसुक्क विर्सेछु। पानी लिएर आउँदासम्म त भाँडो पनि पग्लिएला। म घर फर्केर आउँछु, तिमी पानी लिन जाँदै गर्नु, नपर्खिनु है" - कविताले भनिन्।

"ल ल पछि कुरा गरौला"

यसरी कविता हर्केकी आमासँग एक वाहना वनाएर छुट्टिईन्। उनलाई एकदम असहज वातावरणवाट मुक्त भएको भान भयो। एक दिन त सुनाउनु नै पर्छ हर्केको प्राण पखेरु उडेको खवर, तर कसरी ? कविता चिन्तित हुँदै थिईन्। कविताको मनमा उनको छोराले फोनमा वताएको कुरा फेरी दोहोरियो: "आमा असारको १५ हामी नेपालीको जमघट थियो। हर्के पनि आएको थियो। रमाईलो नै भयो। गीत पनि गायो उसले, निकै भावुक गीत गायो त्यो दिन, क्रिष्णभक्त राईले गाएको गीत:

नमुछे आमा दहिमा टिका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर

मखमली फूल्दा, मार्सि धान झुल्दा, वहिनी आउनेछिन्
दैलाको तस्विर छातिमा टाँसि, आँशू वगाउने छिन्
नझारे आमा आँशुका ढिका मूलवाटो हेरेर
जाँदैन दु:ख आँशुका धारा वर्वरी झारेर

झोलुंगावाट उठेर छोरी, खै वावा भन्ने छिन्
विउँझेर मेरी मुर्छिदै फेरी, दाँतै पो वाउने छिन्
नफोरे प्रिया नारीका चुरा झर्याम्म पारेर
जाँदैन दु:ख आँशुका धारा वर्वरी झारेर
(स्रोत: [१])



सवैजनाका आँखा रसाएका थिए उसले गाएको यो गित सुनेर। उसलाई खाडिको ५० डिग्रिको निसासिने गर्मीमा पसिना चुहाएर वस्ने ईच्छा पटक्कै थिएन। कहिले विदेश आउँदाको र वैनिको विहे गर्दा लिएको रिन तिर्न सक्छु भनेर महिना गनिरहन्थ्यो। सायद उसलाई भाउजू र छोरीको यादले सताईरहेको थियो आमा।

असारको १६ को दिन उसको पानीजहाजको ड्युटि थियो। दुर्भाग्यवस उसको जहाज डुव्यो। १२ नेपालीसँगै उसले पनि धर्ति छोडेछ आमा। कस्तो संजोग, उसले अगिल्लो दिन गाएको गीत त उसैको आफ्नै कथा रहेछ आमा”- कालेले डाँको छोड्दै यथार्थ वतायो।

काले र उसकी आमा फोनमा निकैवेर रोए। कविता भन्दै थिईन् : “काले तँ तुरुन्त आईज वावु। कमसेकम आफ्नै देशमा भैयो भने अन्तिम ढुकढुकी छाम्न त पाईन्छ । विदेशको गर्मिमा हड्डि खियाउँदै कमाएको धनले म हाँस्न सक्दिन काले.........”।

यो फोनको कुराकानी संझेर कविताका आँखावाट आँशुका धारा वगिरहेका थिए। उनले कालेलाई तुरुन्त फर्किन भनेको कुरा संझिन। उनले अस्तव्यस्त देश संझिन। राजनितिक दलको नाराजुलुसमा कुटपिट भै मर्दा शहिद घोषणा गर्ने हप्तौ वन्द गर्ने र यो घटनामा चुपचाप वस्ने दलहरु र नेताहरु संझिन। लाखौं नेपालीलाई देशमा काम गर्न अवसर नदिई विदेशिन वाध्य पार्ने निकम्मा नेता र दललाई धिक्कार्नु धिक्कारिन् ।

कमसेकम आफ्नै देशमा सडक, भवन, पूल, नहर आदि वनाउँदा मरेका भएपनि हर्केकी आमा जस्ताले चित्त वुझाउने वाटो हुन सक्थ्यो किनकी नेपाली आमाको मुहार हसाउँन लागिपर्दा भएको एक क्षति त हुन्थ्यो । विदेशी भूमीमा स्वदेशी रगत र पसिना पोखाउन वाध्य पार्ने यी छुद्र जनावरहरुलाई नलगि निर्दोष मानिसलाई लगेकोमा कालसँग आक्रोसित छु म। अनि शिशिर योगीसँगै गाइरहेको छु विस्वनाथ वराल 'प्रेम' ले लेखेको यो गीत:


"छाडेर काम सारा एक काम रोजिरहेछु,
यो देशमा म एउँटा मानिस खोजि रहेछु"
...............
...............

(स्रोत: [२])


म यस्तो मान्छे खोजिरहेछु, जसले निस्वार्थ देशको लागि काम गरोस, हर्के र काले जस्ताको पसिना देशमै प्रयोग गर्न सकोस। "म त्यही महान मानवको मार्ग खोपिरहेछु, म त्यही मानव खोजिरहेछु। यो देशमा म एउटा मानिस खोजिरहेछु…..'' ।

***
नोट:
क) संयुक्त अरव इमिरेट्को दुबईबाट दोहा जाने क्रममा पानीजहाज दुर्घटनामा ज्यान गुमाउने म्रितात्माहरुको चिर शान्तिको कामना। साथै शोकाकुल परिवारहजनहरुलाई धैर्य धारण गर्ने शक्ति मिलोस, यही कामना !

ख) दुर्घटनाको प्रसंग पारेर लेखिएको यो लेख एक नितान्त काल्पनिक कथा हो, कसैसंग मेलखाएमा संयोग मात्र हुनेछ।

वधाई: सुवास देवकोटा र विनोद चौधरीलाई

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, July 2, 2009

भर्खरै वैवाहिक जिवनमा प्रवेश गरेका हाम्रा घनिष्ठ मित्र श्री विनोद चौधरी उर्फ 'थुरीभाइ' लाई धेरै धेरै वधाई एवं शुभकामना। पुल्चोक क्याम्पस सिभिल (२०५८ समूह) र AIT Environment (2008) वाट शिक्षा हासिल गरेका 'थुरीभाइ' भलिवलका भेटरान खेलाडि पनि हुन।


तस्विर: विनोद चौधरीको जोडि


यसै गरी भर्खरै वैवाहिक जिवनमा प्रवेश गर्ने हाम्रा अर्का घनिष्ट मित्र श्री सुवास देवकोटा उर्फ 'चस्मा' लाई पनि हार्दिक वधाई एवं शूभकामना । पुल्चोक क्याम्पस कम्प्युटर (२०५८ समूह) मा अध्यायन गरेका 'चस्मा' एक मेधावी व्यक्तित्व मानिन्छन्।

तस्विर: सुवास देवकोटाको जोडि

जर्मनीमा म

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, June 26, 2009

यि शव्दहरु लेखिरहँदा म वर्लिनको एक होस्टलमा छु। यो यस्तो ऐतिहासिक भूमी जहाँ हिटलरले लाखौं जुजहरुको हत्या गरेको ठाँउ हो। दोस्रो विस्वयुद्दको कुरुक्षेत्र नै रै छ यो सहर। धेरै छन् यहाँका अनुभवहरु । आज राति म पेरिसको लागि फ्लाईट लिँदैछु र त्यहाँ पुगे पछि सारा अनुभवहरु लेख्ने नै छु। 

म वर्लिनमा रहेको रात माईकल ज्याक्सन मरेको खवर यहाँ टेलिभिजनले देखाईरहेको छ। त्यसैले मेरो वर्लिन भ्रमण कुन वेला भएको थियो भनेर संझिन पनि सजिलो हुने भएको छ।

लौ वर्लिनवाट विदा

हार्दिक वधाई | Congratulation | Félicitations

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, May 21, 2009

ठिक १ वर्ष अघि अर्थात २२ मे २००८, वत्तिहरु चम्कीरहेका थिए AIT मा :


तस्विर १: २२ मे २००८ को एक झलक 

दाईदिदीहरुसँग रमाइरहेका थिए भाइवहिनीहरु:


तस्विर २: भाइवहिनीहरुसँग रमाएका दाइदिदीहरु

आज समयले नेटो काटेको छ, २००९ को मे महिना को २१ पनि कटि सकेको छ। तस्विर १ मा देखाएको चक्र घुमेर सत्ता परिवर्तन गरिसकेको छ। हो सत्ता, किनकी सत्तामा मान्छे फेरिन्छन् तर  कुर्सि उहि  पद उहि। हिजो दाइदिदीहरु वसेका थिए ति कुर्सिहरुमा, आज हिजोका भाइवहिनीहरु। उस्तै कुर्सिहरु, उस्तै वातावरण तर फरक समय। 

"दिन न हो, आखिर आईजान्छ ढिलो चाँढो" [१] । आज प्यारा भाइवहिनीहरुको Graduation को समय आएको छ । [१] मा भनिए जस्तै  टाई, वुटमा सजिएर गाउन लगाउँदै छाति फुलाउदै हिड्ने दिन आएको छतिनीहरुको। थाईल्याण्डको प्रचन्ड गर्मिको पर्वाह नगरी शिर देखि पुछार ढाक्ने कालो गाउन लगाएर AIT को छहारीमा सैनिकको टुकडि जस्तै देखिने गरि हिड्ने समय आएको छ उनीहरुको । अझ आफन्तहरुको उपस्थितिले सुनमा सुगन्ध थप्न थालिसकेको हुनुपर्दछ। 

"त्यसै आउँदैनन् यि क्षणहरु: कैयन प्रहार खाईनुपर्छ प्रोफेसरहरुका, कैयौं रात नसुति विताईनु पर्छ, कैयौ दिनहरु भोकै विताईनु पर्छ, कैयन ग्लासको चिया, कफि सेलाईनु पर्छ, घरवाट 'कता हराएको आजभोलि' जस्ता वचन सुनिनु पर्छ, प्रिन्टरहरुसंग जुध्नु पर्छ, कुर्सिमै निदाउन सक्नु पर्छ, कोठालाई विरानो बनाई ल्यावलाई आफ्नो कोठा बनाउन सक्नुपर्छ, कम्यूटरको किवोर्डमा हातको छाप लागिनु पर्छ, दिन कुन र रात कुन विर्षिनु पर्छ, वर्ड र ल्याटेक्स संग जुध्न सक्नु पर्छ, 'कति ढिला गरेको खान जानलाई' भन्ने साथिहरुका प्रहारहरु सहन सक्नुपर्छ………………………." [१] ।

यस्तो दु:ख सकाएर आएको यो खुसियालीको उपलक्ष्यमा मेरो धेरै धेरै वधाइ साथै  सफल अनि उज्वल भविस्यको अग्रिम शुभकामना !!

References:

[१] Plulbari Blog. Retrieved on 21 May 2009 from http://phulbari.blogspot.com/2008/06/graduation-day.html 

पेरिसमा भलिवल

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 17, 2009

१७ मे २००९

धेरै समय पस्चात भलिवल खेल्ने मौका मिल्यो। AIT मा २००७ मा खेलेको भलिवल पछिको खेल  थियो यो। १६ मे को दिन Complexe Sportif Jean Guimier, Rue Chabrol - Courneuve मा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, फ्रान्स (Association des Nepalais et des Personnes d'Origine Nepalaise Residant en France) ले सो प्रतियोगिता आयोजना गरेको थियो।

१ बजे वाट सुरु हुने भएकोले त्यही समयमा पुग्ने गरि हिडेको थिएँ। Stade de France हुँदै RER B La courneue-Auber Villiers मा रोकिए पस्चात २४९ को वस लिएर Station Jean Mermoz-Henri Barbusse मा पुगियो। त्यसपछि निर्मल अर्याल दाइको सहयोगमा हलमा पुगियो।

समयसँगै निकै जना को जमघट भयो। भलिवल खेल्ने टिमको वनाईएको घोषणा पनि भयो।म पनि एउटा टिममा परेछु :)। को कस्तो खेल्छ, केहि थाहा नहुँदै वनेको हाम्रो टिम गजवकै थियो :)।जम्मा ६ टिम वनेका थिए। यसरी हेर्दा ३६ जना त खेलाडि मात्र थिए त्यहाँ। सवैजनाको गन्ति गर्ने हो भने  करिव ८० - ९० जनाको सहभागिता थियो। धेरै समय पछि नेपालीहरु बिच घुलमिल गर्न पाउँदा रमाईलो भै रहेको थियो।

  1. नेपाली एकता समाज टिम
  2. नेपाली फ्रेन्च आर्मी टिम
  3. साउदि अरव आर्मी टिम
  4. Courneuve टिम
  5. हाम्रो वेनामे टिम
  6. अर्को एक टिम

पहिलो खेल हाम्रो टिम र साउदि अरव आर्मी टिम को पर्यो। पहिलो खेल उनिहरुले जिते (15 -17 ),दोस्रो खेल हामीले (१५ - ५ ) र अन्तिम खेल उनीहरुले (१५ - १७ )। खेल नेपाली चलन अनुसार (जुन टिटि काउन्ट जस्तो न भई, १५ मा हुने गर्छ) मा खेलिएको थियो। जे होस हारे पनि निकै गार्हो गरी जितेका थिए जित्ने ले। तेस्रो गेममा हाम्रो ११ हुँदा उनिहरुको ४ थियो, तर हाम्रो दुर्भाग्य, उनिहरुले हराए । नक आउट खेल भएकोले हारसंगै हामी वाहिरीयौ।

दोस्रो गेम नेपाली फ्रेन्च आर्मी (नेपाली जो फ्रेन्च आर्मी हुन) र नेपाली एकता समाज को टिम रहेको थियो। यि दुई टिम विचको खेल अत्यन्त रोचको थियो। यस्तो लाग्थ्यो यो खेल फाईनल खेल हो। मलाई के लाग्छ भने यो दुई मध्ये जस्ले जित्छ उसले उपाधि हात पार्छ। जे होस हेर्नेको लागि पनि यो खेल एकदम रोचक थियो । आर्मीका खेलाडि हरु हेर्दै ज्यान परेका र छरिता थिए भने नेपाली एकता समाजको टिम धेरै पहिले देखी तयारी गरिरहेको तथा राम्रो थियो। गुरूंगहरुको टिम हो यो, कोही भनिरहेका थिए ।

तेस्रो खेल Courneuve टिम र वाँकिरहेको अर्को टिमको थियो । यो खेल रोचक थिएन।  Courneuve टिम, हाम्रो हाराहारीको होला, ले अर्को नाममात्रको टिमलाई १-१५ र ४ -१५ को सोझो खेलमा हराएको थियो।

१७ तारिखमा हुने खेलवाट माथिका तीन विजयि टिम मध्ये एकले उपाधि हात पार्ने छ। खेल हो जे पनि हुन सक्छ, तर नेपाली एकता टिम उपाधिको दावेदार ठानेको छु।

यसरी पेरिसमा पहिलो पाली भलिवल खेलियो। खेलमा हारजित हुन्छ नै, यो एक हारजितको लागि भन्दा पनि नेपालीहरको जमघट एवं एकताको लागी आयोजित खेल थियो।  खेलका केही तस्विरहरु तल छन्:

तस्विर: Courneuve की कोही ठूली मान्छे उद्घाटन गर्दै, साथमा निर्मलदाइ

तस्विर: NRNA

तस्विर: होमनाथ अर्याल र NRNA का अध्यक्ष

तस्विर:  खेलको नियमको जानकारी गराउँदै

तस्विर: नियमलाई ध्यानपुर्वक सुन्दै :)

तस्विर:  हाम्रो Ad Hoc Team

तस्विर:  हामीलाई हराउने साउदी अरव आर्मिका दाईहरु (कोर्टवाहिर)

तस्विर:  नेपाली एकता समाजका खेलाडिहरु (उपाधीका दावेदार, दायाँ)

तस्विर:  नेपाली फ्रेन्च आर्मीको टिम राम्रो खेल वावजुद नेपाली एकता टिमसँग पराजित

तस्विर:  Courneuve को टिम जसलाई हामीले Trial Game मा हराएका थियौं (सर्माजीको टिम)

तस्विर: Courneuve को टिम सँग भिड्दै अर्को टिम

तस्विर: के भयो हँ?

तस्विर: खेलाडि तथा दर्शक

तस्विर: दर्शक महिलाहरु

गीत: पागल वनाईदेउ

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, May 15, 2009

१५ मे २००९ | © नोवल

पागल वनाईदेउ
--------------------
पागल वनाई देऊ
सत्यतामा वाँच्न सक्छु,
देखेका सारा कुरा
निर्धक्क खोल्न सक्छु॥

म रुन सक्छु त्यतिखेर,
जव वल्छन् मान्छे झैं दाउरा
म कराउन सक्छु त्यतिखेर,
जव वन्छन् लासका खटिया
संभव छ जीउन यसरी,
जव वन्नेछु म पागल
तव मात्र हुन्छ मेरो यो
जलेको मन शीतल॥

भुक्दछन् कुकुरहरु यहाँ
न्यानो खाटमा वसी,
मुठार्छन् जुँगा म्याउँहरु
छत आँगनीमा रमी, 
तर पाउँदैन मान्छे यहाँ,
पेटी रातको शिरानी
पागल वनाईदेउ
मानवता वुझ्न सक्छु,
भरिएको गुजी जालो
मनवाट फाल्न सक्छु॥

म चाहन्न वस्न कसैपनि,
वनी अन्धो आँखा देख्तै,
म चाहन्न वाँच्न कसैगरि,
वनी वैरो कान सुन्दै
पागल वनाई देऊ
सत्यतामा वाँच्न सक्छु,
देखेका सारा कुरा
निर्धक्क वक्न सक्छु 
सुनेका सारा कुरा,
निर्धक्क खोल्न सक्छु
पागल वनाईदेउ,
मानवता वुझ्न सक्छु
पागल वनाईदेउ॥

***

यात्रा: भेनिसको संझना

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, May 1, 2009

भन्छन् "जिन्दगी एक यात्रा" हो। फेरी "जिन्दगी भित्र पनि यात्राहरु" हुन्छन्। त्यसैले "यात्रा भित्र धेरै यात्राहरु"  हुन्छन् तर सवै यात्राहरुको संझना भने हुँदैन। आज कुरा गर्नलागेको यात्रा एक त्यस्तो यात्रा जुन सायदै भुलिएला जिन्दगी भर।

कुरा गत वर्षको हो । हामी ईटाली भ्रमणमा निस्केका थियौं। हुनपनि हामीले ईटालीको सिर देखी पुछार सम्मका चर्चित सहरहरुलाई समेटेका थियौं।  Milan, Rome, Pisa, र Venice  घुमेका थियौ।  

व्यक्तिगत रुपमा  भन्नु पर्दा Rome र Venice जति Milan र Pisa  राम्रो लागेन। हेर्ने नजर आ-आफ्ना हुन नि कसो?। संझिन पनि सजिलो छ Venice घुमेको दिन। अझ त्यो २००७ को अन्तिम रात त विर्षन लायकको छैन। नयाँवर्षको सुरुवात त झन के विर्षनु, ... , संझनाको पोको समयसँगै फूक्दै जानेछ :) । आज भने  भेनिसको संझना स्वरुप यो नोट लेख्दैछु। 

भेनिसको वारेमा, Wikipedia वा अरु कुनै ठाउँमा लामा लामा लेखहरु नै हुन्छन्। सारांसमा भन्नु पर्दा भेनिस एउटा Archipelago हो जुन 18 islands मिलेर बनेको छ (रे)। यो Canal को लागि पनि प्रख्यात छ। त्यहाँ  झन्डै 150 canals छन् (रे) । 

यातायातको कुरा गर्नु पर्दा  Waterbus र Gondola कुरा नगरी रहन सकिन्न। हामीले Gondola भने चढेनौ महँगो थियो क्यारे। पेरिसमा रहँदा Metro (Sub-way) को Map  हेरिन्थ्यो भने त्यहाँ Waterbus को - एक छुट्टै अनुभव थियो हामीहरुलाई। Thailand को जस्तो Sandy Beach भने थिएनन् त्यहाँ वरु समुद्र र क्यानलवाट सिंधै उठेका घरहरु। त्यसैले पनि Venice र थाईल्यान्डका Islands हरुमा प्रिथकता थियो।

Islands का रंगिन घरहरु हेर्दै र पोज पोजमा फोटो खिच्दै दिनभर जलयात्रामा हामी रमायौ। यो ठाउँमा त "यो हिन्दि फ्लिमको सुटिंग भएको, हामी पनि खिच्चौन ....." - साथीहरु भन्दै थिए। साँच्चै नै भेनिस एक रमणिय ठाउँ  रहेछ भन्ने कुरा अनुभववाट थाहा पाईयो।   केही झलकहरु यहाँ राखेको छु।

तस्विर: Grand Canal सायद



तस्विर: पख है, म ईटालीको झन्डा समाउछु

तस्विर: ३ देशमा रहेका ४ जनाको हाम्रो दलवल

तस्विर: Prajwalan र Abha

तस्विर: Islands का रंगिन घरहरु अघाडि तस्विर खिचाउँदै भरत सर

तस्विर: Prajwalan र म

तस्विर: Abha & Bharat

तस्विर: तस्विर आँफै वोल्छ

तस्विर: धेरै पोज मध्येको एक पोज :)

तस्विर: Canal माथिको एक पुल

तस्विर: क्यानल र समुद्रवाट सिधै ठडिएका घरहर

तस्विर: क्यानल र समुद्रवाट सिधै ठडिएका घरहर

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors