About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Applying Murphy's Law

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, February 14, 2009

दिन त्यहि १३ फेव्रुवरी २००९ को शुक्रवारको हो। सदा झैं समयमा नै अफिस जान निस्केको के मात्र थिएँ, चकित परें। रात भरि हिउँ पो परेको रहेछ। हिउँले वाटो सेताम्मे पारेको थियो। तै पनि म विस्तार विस्तार अफिस लागें सदा झै।

पहिलो पालि हिउँ पर्दा कस्तो रमाईलो लागेको थियो। क्या सुन्दर वातावरण झैं लाग्थ्यो। हिउँलाई लात्तले हिर्काउँदै अघिवढ्दा निकै रमाईलो लागेको थियो। पेरिस सहरको विरलै आउँने हिउँमा रम्न पाउँनु पनि एक अवसर हो भन्छन्। त्यै भएर पनि म रमाईलो मानिरहेको थिएँ उ वेला। मलाई याद छ, गत साल जम्मा १ रात हिउँ परेको थियो, त्यै पनि धेरै पातलो। धेरै अनुभव गर्न पाईएको थिएन। तर यो वर्षको हिउँ पराईमा यो हिउँ पराई तेस्रो थियो। त्यसैले म मा त्यती कौतुहलता अनि उत्सुकता थिएन वरु किन वेकार परेछ भन्ने भावना आईरहेको थियो।

मेरो यात्रा Evry, Juvisy, Massy Palaesieu, हुँदै Orsay सम्म विना अवरोध पुग्यो। तर त्यहाँ वस थिएन। हिउँ पर्दाको सिधा असर वसमा नै पर्छ। वस नलिईकन हिडेर जाँदा त्यहै १५ मिनेट को समय हो। तर हिड्दा मैले एक पहाड काट्नु पर्छ, भयानक उकालो। दोस्रो पालिको हिउँ परेको समयमा एक साथी (Wile;Tunisian) सँग जाँदा, वाटोमा उ चिप्लिएको कुरा मैले भुल्न सकिन। उकालो पनि यस्तो उकालो छ , अझ हिउँ परे पछि को कुरै नगरौ। त्यसैले मैले वस कुर्ने विचार गरें।

मेरो अफिस अगाडि रोकिने वस आउने छाटकाँट गरेन। मैले अलि नजिक हुँदै जाने वस लिने निर्णय गरें। सवै वस नचलेको हुनाले यात्रीहरुको भिड थियो। ड्राईभरले अघाडिको मात्र ढोका खोल्नु पर्ने हो, तर आज पछाडि को ढोका खोलेर उस्ले भिडलाई घटाउन चाह्यो। उसलाइ आज पैसा कमाउनु छैन बरु छ त हिउपेरेर अलपत्रिएका यात्रिहरुको उध्दार। म पनि चढें पछाडिको ढोकावाट। उहि वस नंवर भएपनि (262.02) फरको वाटो गरि जान्थ्यो यो वस। तर केही नजिक हुन्थ्यो अफिस वाट (जम्मा ५ मिनेट मात्र हिड्नु पर्थ्यो)।

वस अगि वढ्धै थियो। मैले सोचे जस्तो गरि यो वस रोकिएन। आज त्यो ५ मिनेट नजिकको स्टेसनमा रोकिएन। वढिरह्यो अगाडि अगाडि। मैले ड्राईभरलाई सोध्ने मौका छैन किनकि बसमा पाईला राख्न सम्म पाएको छु। मरोस कतै त रोक्लानी मैले चुपचाप रहनु वेस ठाने। आखिरिमा यो एक ठाउँमा त रोकियो तर ठाउँको अत्तो पत्तो छैन। म के अनुमान लाउन सक्छु भने यो वस मेरो अफिसको १० मिनेटको हारा हारिमा हुनु पर्छ। त्यही सोचेर म उत्रिएँ एक अपिरचित ठाउँमा।

म दोधारमा परें, बरु फेरि विपरित दिशामा जाने वस लिएर फेरी पुरानै वस स्टेसनमा जाने कि सोध्दै अगाडि वढ्ने। मलाई यो अफिसमा यही समयमा पुग्नु पर्छ भन्ने कुनै वाध्यता छैन। त्यसैले मैले दोस्रो उपाए लिएँ। वस वाट उत्रिना साथ कोहि मान्छेलाई सोधें, उसले यतावाट जाउँ, अलिक टाढा नै छ भनेर भन्यो। आज मैले मेरो फ्रेन्चको परीक्षा जस्तो लागि रहेको थियो जसलाई प्रयोग गरेर मैले मेरो अफिस खोज्नु थियो। वास्तवमा अफिस पत्ता लगाउनु ठुलो कुरा हैन यदि Map थियो भने। तर म जहिल्यै उहि वाटो हिड्ने हुनाले त्यो वोकेको थिईन। त्यसैले यो मेरो लागि एक परीक्षा नै थियो।

वस स्टेसनमा पो केहि मान्छेहरु थिए र सोधें तर दोवाटो निर पुग्दा त कोही पनि नभेटिने। कमै मात्र मान्छेहरु हिड्छन वाटोमा अझ हिउँ परेको वेला को निस्किओस वाहिर ? यसैले गर्दा मेरो परीक्षा जटिल वन्दै गईरहेको थियो। दोवाटोमा मान्छेहरुलाई कुर्नु र सोध्नु नै एक मात्र विकल्प थियो। फेरी सवै भेटिएका मान्छेहरुले मैले जाने ठाउँ नचिन्ने। परीक्षा थप जटिल वन्यो।

मेरो फ्रेन्चले त काम गर्यो तर पनि हिउँले गर्दा गार्हो वनायो। मेरा अफिस नजिकका Landmark हरु पनि आज त्यस्ता थिएनन्। जताततै हिउँ नै हिउँ, जे पनि सेतो। त्यसैले Landmark हरु आज काम गरिरहेका थिएनन्। वाटोको चोकमा राखेका Information हरुलाई पनि हिउँले ढपक्क ढाकेको थियो, सवै छोपिएको थियो।

एक दोवाटोमा ५ मिनेट सम्म पनि कोहि नदेख्दा मैले आफै एक वाटो रोज्ने निर्णय लिएँ। तर पछि मैले कोहि भेटेर सोध्दा त्यो गलत वाटो परेछ। रोकिई सकेको हिउँमा म पेन्डुलम जस्तो बनेर हिड्दा अलिकति ग्लानी त भयो तर मज्जा पनि आईरहेको थियो। हिउँपरेको वातावरणले म मा चिसो जगाईदिएको थिएन। म तातो ज्याकेट, गम्छा, टोपी, पञ्जामा सजिएको थिएँ। वरु हल्का गर्मी पो अनुभव गरेको थिएँ। समस्या चाँहि खुटाको थियो। जुत्ता भित्र हिउँ पसे जस्तो महसुस गरिरहेको थिएँ।

मेरा पाईला अगाडि वढ्दै थिए। ति वाटोमा भेटिने मान्छेका हातहरु मेरा लागि कम्पास थिए। जे होस म मेरो लक्षमा विस्तारै भए पनि अगाडि वढिरहेको थिएँ, कुनै ढरको भावना थिएन। वरु वरिपरिका द्रिष्यले मन रमाईरहेको थियो। म जंगलको विचवाट एक्लो यात्री अगाडि वढिरहेको थिएँ। शिशिरका ति रुखहरुमा वास्तविक पातहरु थिएनन् तर हिउँले गर्दा हरेक रुखमा सेता नयाँ पात पलाएका झैं देखिन्थे। क्या सुन्दर द्रिष्य वा! मैले यि द्रिष्यलाई आँखामा मात्र राख्न सकें किनकी साथमा आज क्यामेरा थिएन। यस्तो हुन्छ भन्ने थियो भने त म लिएर आउँथे नि...।

म रम्दै अगाडि वढिरहेको थिएँ। कसैले नहिडेको हिउँमा हिड्दाको मज्जा वेल्लै भयो। मेरा पाईलाहरुले डोवहरु वनाईउँदै हिडे। म सदा भन्दा ३० मिनेट ढिला अफिस पुगे। १५ मिनेट हिडेर पुग्ने ठाउँमा वस लिएर ३० मिनेट हिड्नु पर्दा पनि किंचित लाज लागेको थिएन किनकि मैले ति मनोरम द्रिष्यलाई आँखामा कैद गर्न पाएको थिएँ, अनि लटरपटरको फ्रेन्चलाई प्रयोग गरेर म मेरो लक्षमा पुग्न सफल भएको थिएँ।

अफिसमा गएर सदा झै विविसि हेरें, आज त १३ ( नराम्रो नंवर मान्ने रहेछन् पस्चिमा मुलुकमा) तारिखको दिन अझ शुक्रवार परे पछि त झनै नराम्रो हुन्छ रे। आज मेरो लागि यहि भएको हो त? तर म यसलाई नराम्रो भन्दा पनि राम्रो भन्न रुचाउँछु। विविसि सुनेको के थिएँ Murphy Law को घोषणा भएको आज ६० औं वर्ष हो भन्ने थाहा पाएँ। Murphy Law ले भन्छ: "Anything that can go wrong, will go wrong." अर्थात कुनै कुरा नराम्रो हुने संभावना छ भने त्यो हुन्छ नै। आजको मेरो अनुभवलाई मैले Murphy Law मा यसरि मिलाएँ: हिउँ परेपछि वस नआउने संभावना छ भने त्यो आउँदैन। वस नआए पछिका घटनाहरुमा मज्जा आए पनि आज मेरोलागि Murphy Law लागु भएको नै थियो; मेरो वस आएको थिएन। आज Murphy जिउँदै थियो भने म भन्ने थिएँ तिम्रो Law सहि रहेछ :) !!!!!!!!!

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors