About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

डेलावेरबाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, July 6, 2013

अहिले म अमेरीकाको दोस्रो सानो राज्य, डेलावेर (Delaware, DE) वाट यो व्लग लेख्दै छु। डेलावेर अमेरिकाको पूर्वमा पर्दछ। खासगरी म यो राज्यको Wilmington भन्ने सहरमा वसेरको छु यतिखेर जुन यस राज्यको उत्तर दिशामा पर्दछ।

यो ठाउँको नाम अंग्रेजी उपन्यासकार De La Warr को नामवाट आएको रहेछ। डेलावेर राज्य Delmarva पेनिन्सुला (Peninsula) को एक भाग हो। पेनिन्सुला भनेको ३ तिर समुन्द्र र एकातिर जमीन भएको भू-भाग हो।  अमेरिकाको संविधानलाई स्विकार्ने पहिलो राज्य भएकोले  यो राज्यलाई अमेरिकाको "पहिलो राज्य" पनि भनिने रहेछ।

न्यूयोर्क, वासिङ्टन डिसी, फिलाडेल्फिया जस्ता सहरहरु पुग्न यहाँवाट धेरै टाढा नपर्ने रहेछ। कुनैपनि सामान किन्दा ट्याक्स नलाग्ने राज्य भएकोले यो धेरै सामान किन्नेहरुको लागि आकर्षक राज्य हुनसक्छ।

- समाप्त -

Plane वाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, May 25, 2013

Florida को Pete Beach मा FLAIRS-26 conference सकायेर फर्कने क्रममा Delta airlines भित्रवाट यो व्लग लेख्दै छु ।  Thanks to iPhone :)


- समाप्त -

Washington DC भ्रमण

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, July 31, 2012

म भ्रमण गर्दा सकेसम्म भ्रमण गरेको ठाउँवाट नै व्लग लेख्न रुचाउँछु। यतिवेलाको व्यस्त जिवनमा व्लगमा लेख्ने फुर्सद नभए पनि यस्तो वेला भने म छोटो नै भएपनि व्लग लेख्ने गर्दछु। यसै सिलसिलामा यो लेख लेख्दै छु।

म चढेको वस Washington DC वाट New York को लागी दैडिरहेको छ। वसमा करीव २५ जना होलान। ४० जना जतिको क्षमता होला यो वसको।  वसमा धेरै सुविधाहरु छन् जस्तो कि यो वसमा नै कम्युटर चार्ज गर्ने मात्र हैन ईन्टरनेट पनि उपलव्ध छ। म मेरो देशमा घुम्दा वसमा विताएको समय र यहाँ अहिले महसुस गरिरहेको समय मा तुलना गर्दछु। निकै ठूलो फरक छ। कोचिकोची सिट नपाउने अवस्था। मुडालाई सिट वनाएर  हिड्नु पर्ने मेरो देशको दैनिक वसको यात्रालाई यहाँको वसको यात्राले निकै नै पछार्छ। म मेरो देशमा यस्तो जमाना कहिले आउला भनेर कलपन्छु तर भविस्यको कुनै वर्षमा पनि यस्तो होला भनेर कल्पना गर्न नसक्ने गरि थाक्छु।

Washington DC अमेरिकाको राजधानी हो । सानो देखी नाम सुन्दै आएको यो शहरमा जाने मौका यो पाली मात्र मिल्यो। भिडभाड युक्त New York भन्दा प्रिथक सहर रहेछ DC। हुन त अमेरीकाको शहरहरु घरै घर जस्तो लाग्छ तर यहाँ न्युयोर्क जस्ता अग्ला घरहरु रहेनछन्। विस्वलाई थर्काउने अमेरिका भन्ने देशको राष्टप्रती वस्ने घरलाई वाराक ओवामा राष्ट्रपति हुँदाकोताका टिभिमा हेरेको थिएँ। आफ्नै आँखाले यसलाई हेर्न पाउँदा अर्कै रमाईलो हुने रहेछ। उसमाथी आफ्ना आफन्तहरु पनि हुँदा झनै रमाईलो।

यात्रा निकै रमणीय र स्मरणीय रह्यो। New York वाट Washington DC जाँदाको अनुभव मेरो अहिले सम्मको भ्रमणमा निकै अविस्मरणीय रहने पक्कै छ। अनेकौ चुनौतीहरु आईपरे पनि जसोतसो पार लगाईयो। आफन्तजनको सहयोग अनि  भेटघाटले यी सवै  चुनौतीवाट पाएका दु:ख सवै मेटिए। तै पनि यात्रा भने कहिल्यै विर्सिनसक्नुको रह्यो।


- समाप्त -

Niagara Falls वाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, July 22, 2012

न्युयोर्क राज्यमा रहेको Niagra  Falls  संसारकै सबैभन्दा ठुलो water falls हरुमा गनिन्छ । USA र क्यानाडालाई छुटाउने Niagra नदी ५० मीटर माथि बाट झरेको दृश्य निकैनै राम्रो देखिने रहेछ। विशेष मान्छेहरूसंग घुमघाममा रहेकोले यात्रा पनि रमणिय नै हुदै छ।

- समाप्त -

नया दिल्लीवाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, March 18, 2012

विभिन्न ठाउँमा पुगेको बेला त्यहींवटा ब्लग लेख्ने सिलसिलामा आज म भारतको राजधानी नयाँ दिल्लीवाट यो लेख लेख्दै छु.  CICLing2012 conference मा २ पेपरको presentation को लागि आएको हुँ. Best Paper अवार्डतर्फ First हुन पाएको  हुनाले यो जीवनकै विशेस Conference हो. संसार भरका Natural  Language Processing मा काम गर्ने मान्छेहरुसंग चिनापरिचय अविस्मरणीय रह्यो.

Agra , New Delhi र Jaypur को भ्रमण पनि अविस्मरणीय नै रह्यो. मेरो पहिलो भारत भ्रमण सम्झिनको लागि एउटा महत्वपुर्ण घटना घट्यो. त्यो के भने भारतको चर्चित क्रिकेट खेलाडी Sachin Tendulkar ले 100th century
राखेको दिन पर्यो मेरो ८ दिन को भ्रमणमा. भारत भ्रमणका बाँकि रमाइला सम्झना पछी राख्ने छु.

- समाप्त -

दोहा, कतारबाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, February 27, 2012

म यो बेला दोहा कतारको Al Liwan Suites होटेलबाट यो ब्लग लेख्दै छु. नया ठाउँमा पुगेको बेला त्यहीवटा ब्लग लेख्ने मेरो रहर छ ता कि भविस्यमा कति ठाउमा घुमीयेछ र के को सिलसिलामा पुगिएको रहेछ भन्ने थाहा हुन्छ.

Houston Airport बाट १५ घण्टा जतिको उडान पछी दोहा, कतार आइपुगियो. मेरो अहिले सम्मको सबसे लामो Non -stop flight हो यो. नेपालको लागि प्रस्थान गर्नु अगी कतारमा १४ घण्टाको transit परेकोले यो होटेलमा बस्न आएको छु. रात को समय परेकोले यहाँ कस्तो छ भनेर लेख्न सकिन. तापक्रम २० डिग्री सेन्टिग्रेड रहेछ.

होटेलमा आउनलाई Transit visa लिने बेला त्यहाँ को officer ले बोलेको केहि कुरा बुझिएन. २ /३ पाली भन्न लगाउदा पनि बुझ्न गारो भयो. त्यसको जबाफमा उसले मलाई "No English ?" भनेर भन्दा झनक्क रिस उठ्यो. आफु राम्रो English बोल्नु छैन अर्कालाई तेसो भन्ने कस्तो मान्छे रहेछ भनेर मनमनै सोचें. एकैछिन पछी एउटा नेपाली भाइपनि आए. उनीपनि मेरै होटेलमा जानलागेका रहेछन. Texas बाट आएका रहेछन. उनले पनि त्यहाँको officer rude रहेछ भनेर सुनाए. नेपालीहरु भएर येस्तो गरेको भन्ने उनको भनाइ थियो. होटेलको मान्छेले हामीलाई होटेलसम्म लाने लैजाने मिलाएका थिए.

- समाप्त -

Fort Worth TX वाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, December 26, 2011

यात्रा गर्ने क्रममा नयाँ ठाउँ पुग्दा म व्लग लेख्ने गर्दछू। त्यही सिलसिलामा यो व्लग मा Fort Worth, TX वाट लेख्दै छु। हुन त मैले अमेरिकाको जमिन यही Texas DFW मा पहिलो पल्ट टेकेको थिएँ तर त्यसलाई म पुगेको ठाउँ भन्न मिल्थेन किनकी यो त मेरो वाटोमा परेको एउटा एयरपोर्ट मात्र थियो।

क्रिसमस २०११ र नयाँ वर्ष २०१२ को विदा नेपालीहरुको दशैं जस्तो हुने गर्दछ अमेरिकामा। वाटोहरुमा चहलपहल कम हुने, आफन्तहरुलाई भेट्न घरघर जाने चलन रहेछ। हामी केही साथीहरु पनि त्यसैको लागि यता आएका हौ।  झन्डै २ दशक पछि कसैलाई भेटिन्छ भने कस्तो रमाईलो महसुस हुन्छ होला। म त्यही रमाइलो महसुस गर्दैछु यतिवेला। धेरै नेपालीहरु रहेछन् यता। कहिले काहिँ त लाग्छ  म अमेरिकामा नभई कतै नेपालमै छू।

- समाप्त -

कथा: अरुको कुरा मात्र पत्याउँदा

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, September 13, 2011

कुनै गाउँमा बाबु छोरा बस्थे। तिनले एउटा गधा पालेका थिए। एक दिन बाबु छोरा अलिक टाढाको गाउँमा लाग्ने मेलामा जाने भएछन्। छोरो कलिलो उमेरको र बाबु अलिक पाको। गधालाई एक्लै घरमा छोड्न नमिल्ने भएकाले संगै लिएर हिँडेछन्।

बाबुछोरा गधालाई आलोपालो डोर्‍याउँदै हिडीरहेका थिए। केही बेरपछि एक जना बटुवाले भनेछ : के हो गधा डोर्‍याएर आफुहरू पैदलै पो हिंडेका छन् त। कस्ता मूर्ख? बाबुलाई लाग्यो, कुरा सही नै हो। छोरो थाक्यो पनि होला। छोरालाई गधामा चढाएर बाबु पैदल हिँड्न थाले। बाटो लागे। केही बेरपछि अर्को बटुवाले भनेछ : हेर कस्तो जमाना! लाजै नभएको रहेछ यो छोरो त! बुढो बाबुलाई हिंडाएर तन्देरी छोरो गधामा चडेको छ। छोरोलाई पनि लाग्यो ­ गाउँलेले ठिकै भन्यो। बाबु छोराले सल्लाह गरे बरु दुवै जना गधामा चढे कसैले केही भन्न्न पाउने छैनन्। तर, भन्नेले त भनिहाले ­ हेर कस्ता अधर्मी बाबुछोरा! मरन्च्याँसे गधामा बाबुछोरै चढेर हिंडेका। बाबुछोरा दुवैलाई लाग्यो कुरा सही नै हो। बरु हामी नै यस गधालाई बोकेर हिडौँ। बाबुछोराले सकिनसकी गधा बोकेको देखेपछि बटुवाहरू मरीमरी हाँस्न थाले ।

आफू विचार नगर्ने अरूका कुरामा बहकिने बाबुछोराले अन्त्यमा निधो गरे यो गधालाई नै भिरबाट फालिदिएपछि कसैले केही भन्न पाउने छैन। आत्मविश्वासको कमजोरीले क्षति गर्छ भन्ने कुरा यो कथाले वोलेको छ।

स्रोत:  आशाको दियो कि जुनकिरी ?

- समाप्त -

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors