About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Prague भ्रमणमा म

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, June 26, 2010

यी शब्दहरु लेखिरहदा म प्रागको IBIS होटेलको कोठा नम्वर १२६ मा छु. २६ जुन २०१० को दिन देखि ३ दिन प्राग भ्रमणको योजना धेरै अगाडी बनाइएको थियो. INRIA (French research institute) मा काम गर्ने मान्छेहरुसंगै घुम्ने भएकोले आनन्द नै छ.

हाम्रो Group मा १२ जना छन्. म बाहेक सबै फ्रेन्चहरु छन्. पहिलो दिन घुमिसकेका छौ. मलाई लाग्थ्यो फ्रान्स छोडेपछी फ्रेन्चको काम नै सकियो तर तेस्तो अनुभब भै रहेको छैन. पहिलो दिन Guide उपलब्ध थियो. तर फ्रेन्च मात्रै बोल्ने रहेछ. तेसैले फ्रान्स बाहिर पनि फ्रेन्च सिकिन्दै छ. अबको बाकी २ दिन Guide विनै घुम्नु छ.

पहिलो दिनको अनुभववटा भन्नु पर्दा मलाई Prague एकदम पुरानो सहर लागेको छ. युरोपका ६ प्रमुख घुमिने सहरहरु Paris , London , Berlin , Rome , Medrid र Prague मध्ये अब Madrid मात्र घुम्न बाँकि रह्यो.

पेरिसमा ३ घण्टा plane delay भयो. विहानै उठ्नु परेकोले निद्रा पनि पुगेको छैन. धेरै लेख्नलाई पनि गार्हो भैरहेको छ किनकी साथीको कम्पुटरमा नेपाली लेख्ने सुबिधा छैन. गूगलको सहयोग ले लेख्दै छु. साथमा USA र Ghana को World cup पनि हेर्दै छु. १११ minuate समय सकिदासम्म घना २-१ ले अगाडी छ. Prague वाट विदा...

- समाप्त -

सेतेते ...

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, June 19, 2010

विगतका केही बर्षहरुमा मैंले सिकेको एक कुरा हो भाषाको महत्व। नयाँ भाषा सिक्नु एक ठूलो काम रहेछ। तर भाषा सिक्ने काम सजिलो पक्कै छैन। जति सानो उमेरमा भाषा सिक्यो उति राम्रो हुने रहेछ। त्यसैले भविष्यमा मेरा छोराछोरीलाई सानैदेखि नयाँ भाषा पक्कै पनि सिकाउने हो :)))

सुन्छौ भने म भन्छु रातको कथा छ एउटा

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, June 13, 2010

हरेक मान्छेका आफ्ना-आफ्ना कथा हुन्छन। तर सवैका कथाले मेरो मन छुँदैन। कसैकसैको जीवन कहानी सुन्दा भने निकै भावुक वन्छु म। सायद दु:ख देखेभोगेको भएर होला म वुझ्न सक्छु ती कथा-व्यथाहरुलाई। आज त्यस्तै एक कथा हेर्न पुगें । 

खोजी प्रतिभाको भन्ने कार्यक्रममा उत्क्रिष्ठ ४० मा छानिन पुगेका गायक सुमन सरगमको कथा प्रस्तुत गरिएको छ यो भिडियोमा।  कार्यक्रम प्रस्तोता दिनेश डिसीले एउटा कविता मार्फत सुरु गर्छन् सुमनको कथा। उनैले लेखेको हो वा अरु कसैले थाहा छैन तर मलाई यो कविता पनि निकै मार्मीक लाग्यो :
***
सुन्छौ भने भन्छु म, रातको कथा छ एउटा
सुन्दै आँखा रसाउने, घातको कथा छ एउटा

म अल्नो-अल्नो मनको, यस्तो सितनसँग वाँचे
हस्त रेखा मेटिएको, हातको कथा छ एउटा
चुमेर म्व्वाई मिठा, फक्रन्छ भन्थे दिलमा
कुल्चेर जाने निर्मम, लातको कथा छ एउटा
सुन्छौ भने भन्छु म, रातको कथा छ एउटा
सुन्दै आँखा रसाउने घातको कथा छ एउटा
***


उकालो चढ्ने यात्रीहरुले कति उकालो काट्न वाँकि छ भनेर माथि डाँडा तिर हेर्नुहुन्न रे। वरु कति उकालो सकाएँ भनेर तलतिर हेर्नुपर्छ रे। अनि मैंले यत्रो उकालो काटीसकेंछु भन्नुपर्छ रे। यसको एउटै मात्र उदेश्य भनेको हरेस खानवाट जोगाउनु र आत्मविस्वास वढाउनु नै हो। त्यस्तै गरी आज मलाई भन्न मन लागेको छ - दु:खलाई खप्न र दु:खमा नहड्वडाउन आफू भन्दा झन दु:ख परेकाहरुलाई संझिनुपर्छ। सुमनको यो कथा त्यस्तै संझिनलायक एक कथाहरुमा पक्कै पनि पर्छ। उनलाई उत्तरोत्तर सफलताको हार्दिक शुभकामना !

- समाप्त -

नेपाल भन्दा सार्कोजी वाठा !

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, June 8, 2010

French and American presidents' couplesअमेरिकन र युरोपियन भन्ने वित्तिकै खैरे अनि अग्ला भन्ने कुरा दिमाखमा आउँथ्यो। समय अनुसार सुचनाको पहुँच वढ्दै जाँदा कुराहरु वुझिंदै, भोगिँदै, र देखिदै गईयो। आखिर मान्छे न हुन् अग्लो होचो काले गोरे सवै किसिमका मान्छे जहाँ पनि हुन्छन भन्ने कुरा थाहा पाइयो ।

केहि समय अघि हाम्रा वर्तमान प्रधानमन्त्री माधव नेपालको टोली अमेरिकामा गएको थियो । त्यो वेला खिचेको फोटो देख्दा हाम्रा प्रधानमन्त्री जोडिको उचाई निकै कम रहेछ जस्तो लागेको थियो। फ्रान्सका राष्ट्रपति निकोलास सार्कोजी पनि होचा नै रहेछन् ओवामाको अगाडि। उनको उचाई ५ फिट ५ ईन्च रहेछ। हाम्रा प्रधानमन्त्री मन्त्रीनी भन्दा अग्ला नै देखिन्छन् तर फ्रान्सका राष्ट्रपति भने उनकी श्रीमती कार्ला व्रुनी भन्दा होचा रहेछन्। कार्ला व्रुनी भुतपुर्व मोडेल हुन् र सार्कोजी राष्ट्रपति भएपछि उनीहरुको विवाह भएको हो।उनको उचाई ५ फिट १० ईन्च रहेछ।

विस्वकप फुटवल र 'ले व्लु'

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, June 6, 2010

जुन ११, २०१० देखि दक्षिण अफ्रिकामा १९औं विश्वकप फुटबल सुरु हुँदै छ। ३२ राष्ट्रले भागलिने यो प्रतियोगितामा फ्रान्स पनि परेको छ। आफू फ्रान्समै भएकोले निकै रमाईलो लाग्दैछ। फ्रान्सको टिमलाई 'ले व्लु' (Les Bleus) भन्छन् यहाँ। निलो जर्सि लगाउने भएकोले यसो भनिएको हुनुपर्दछ।

विस्वकपको रौनक छाउन थालेको छ यहाँ पनि। कोकाकोलाको वोतलमा खेलाडिका फोटाहरु देखिन्छन्। मेरो फ्लाटमा वस्ने भानसाँङ्क भन्ने फ्रेन्चले रेफ्रिजिरेटरमा 'ले व्लु' का खेलाडिको फोटो टाँसेको छ। त्यसको फोटो राख्दैछु म।
DSC08571
आफ्नो देश विस्वकपमा पुग्दा जो कोहिलाई पनि खुसि लाग्छ नै। उसमाथि विगतको विजेता र उपविजेता फ्रान्स यसमा खेल्न जान पाउँदा यिनीहरुलाई रमाईलो लाग्नु अस्वाभाविक होईन।

तर म 'ले व्लु' को प्रदर्शनवाट कति पनि खुसी छैन। विश्वकपमा स्थान बनाउन फ्रान्सलाई निकै गाह्रो भएको कुरा कहाँ विर्सिन सक्नु। छनोट चरणको अत्यन्त महत्वपूर्ण खेल आयरल्याण्ड विरुद्द थियो। यो खेलमा फ्रान्सले जित्नु नै पर्ने थियो। उक्त खेलमा थिएरी हेनरीको ह्यान्डबल मार्फत गरिएको गोलले गर्दा फ्रान्सले जीतेको थियो। यसलाई 'ल ह्यान्ड अफ गड' (Le Hand of God) पनि भन्छन् र यो मेरो आँखा अगाडि झल्झल्ती छ। फ्रेन्चले हातले गोल गरेको हुनाले Le (ल) थपेर 'ल ह्यान्ड अफ गड' भनिएको हो। किनभने फ्रेन्चमा कुनै पनि वस्तुको लिङ्ग (पुलिङ्ग र स्त्रीलिङ्ग) हुन्छ, त्यो निर्जीव वस्तु नै किन नहोस। यस अघि पनि हातले गोल गरेको घटना नभएको होईन। अर्जेन्टिनाका भेटरान खेलाडि म्यारोडोनाले विस्वकपमा हातले गोल गरेर उनको टिमलाई जिताएका थिए। यसलाई 'हान्ड अफ गड' (Hand of God) पनि भनिन्छ।  त्यसपछि हातले गोल गरिएको यो नै अर्को खेल थियो।

थेसिस! थेसिस!! थेसिस!!!

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, June 4, 2010

प्रसंग किनमेलको हो। भन्छन् नि  पैसा छ भने वावुआमा वाहेक जे पनि किन्न पाईन्छ रे। तलको चित्रले पनि यो भनाईलाई पुस्टि गर्दछ। पहिले तस्विर नै हेरौ, अनि गरौंला कुरा ।

थेसिस
तस्विर: थेसिस बिक्रीमा (स्रोत: फेसवुक )
हा हा हा हा हा।फेसवुकमा यो तस्विर देखापर्दा मलाई निकै हाँस उठ्यो र यहाँ व्गमा राख्ने विचार गरें। ८ महिना घुँडा धसेर मरीमरी थेसिस गरेको संझिन पुग्छु म। उफ ति दु:खका दिन संझिल्याउँदा त किन्न पाए हुन्थ्यो जस्तो नि लाग्छ एक हिसावले हा हा हा । तर दु:खवस यो विज्ञापनमा ईंजिनियरिङ्ग रैन रहेछ नत्र त किन्थें पनि होला हा हा हा।

सातौं नेपाली महोत्सव - २०१०

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, June 1, 2010

 नेपाली सांस्कृतिक गृह फ्रान्स२०१० को मे २९ र ३० तारिखमा नेपाली सांस्कृतिक गृह फ्रान्सले प्यारिसमा आयोजना गरेको सातौं नेपाली महोत्सव हेर्ने मौका पाईयो। फ्रान्समा वस्ने नेपालीले कार्यक्रम गर्न र विदेशीहरुलाई नेपालवारे अध्यायन गर्न नेपालकै वातावरण दिलाउने गरी आफ्नै घर वनाउने उदेश्यले सन २००२ मा सुरु भएको रहेछ यो कार्यक्रम। वास्तवमै निकै नै रमाईलो भयो। मैंले सोचे भन्दा धेरै नै राम्रो कार्यक्रम हुने रहेछ। यो देखेपछि गतसाल यो कार्यक्रम छुटेकोमा पछुतो पनि लाग्यो। यदि यस्तो नेपाल महोत्सव हुने जान्दो हुँ त मेरा विदेशी साथीहरुलाई पनि वोलाउने थिएँ। वास्तवमा मैंले २ दिन फ्रान्समा छु जस्तो महसुस नै गरिन। मलाई नेपालकै कुनै मेला भैरहेको ठाउँमा छु झै भैरहेको थियो। कुरा पनि नेपालीमा गर्न पाईने, सजावट पनि उस्तै, राती पनि नेपालीहरुमाझ नै विताईयो। नेपाली सरसामानहरु पसलपसलमा वेच्न राखेका। आहा, कस्तो रमाईलो थियो। अझ नेपाली खाना पनि किन्न पाईने रहेछ। म:म: र सेल खायौं। नेपाली खाना खान पाउँदा मन निकै हर्षित थियो। खासमा दोस्रो दिनको म:म: भने पहिलो दिनको तुलनामा कमै मिठो रहेको ठहर सिद्दु र मैंले गर्यौ, लसुन नै वढी :)

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors