About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, December 31, 2010

भक्तराज आचार्य (Bhakta Raj Acharya ) ले गाएको "सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म" (Sabai behosi nasha piyera, bina piyerai behos chhu ma ) भन्ने गीत मलाई मन पर्ने गीतहरु मै पर्छ। कुनै पनि  गितका शव्दहरु अनौठा हुन्नन् तर यी शव्दहरुलाई खेलाउन सक्नेले मात्र यस्ता गीतहरु लेख्न सक्छन्। यहि कलालाई त सिर्जना भनेको होला।



***
( सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म
अरु निर्दोषी माया भुलेर, ( विना भुलेरै दोषी छु म ) २ ) २

( सपना फुटेर आँशु वनेछ, त्यो आँशु फेरी व्यथा वनेछ )
आँशुका थोपा मोती वनेर, ( उदास मनको कथा भनेछ ) २ 
सवै वेहोसी नसा पिएर

( सुनसान वगरमा आँधी चलेछ, फैलेर आँधी चाहना वनेछ )  २
नअँटेर माया अन्जुली भरेर, ( ढलपल आँखा सागर खुलेछ ) २

( सवै वेहोसी नशा पिएर, विना पिएरै वेहस छु म
अरु निर्दोषी माया भुलेर, ( विना भुलेरै दोषी छु म ) २ ) २
***

- समाप्त -

निस्चल र पूजासँगको रमाईलो घुमघाम

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, December 29, 2010

यो हप्ता निस्चल र पूजासँगको घुमघामले निकै आनन्द दिलायो। मनमिल्ने साथीहरुलाई धेरै समय पछि भेट्दा निकै रमाईलो लाग्ने रहेछ। सेमेस्टर सकिएर नयँवर्षको छुट्टीमा उनीहरु मलाई भेट्न Memphis सहरमा आएका थिए। उनीहरुसँग यो सहर घुम्न पाउँदा रमाईलो लागिरहेको थियो।

पूल्चोकमा ४ वर्षसँगै पढेका हामीहरुको यो भेट धेरै हिसावले विशेष थियो। पहिलो त यिनीहरुसँग बि.ई. पास गरेपछिको यो नै पहिलो भेट थियो भनेपनि हुन्छ। वि.ई. पास गरेपछि जागिरे जीवनमा लागिने हुँदा साथीहरुसँग भेटघाट गर्ने अवसर नै कम हुन्छ। उसमाथी म AIT हिडेंपछि भेटघाट र जमघटका अवसर आउँदा पनि भेट हुन सक्ने अवस्था थिएन। पछि पूजा त्यसपछि निस्चल अमेरिका हिडेपछि नेपाल जाँदा भेटघाट गर्न पनि सम्भव थिएन।

दोस्रो यिनीहरुलाई पतिपत्नीको सम्वन्धमा गाँसिसकेपछि पहिलो पाली भेट्दै थिएँ। पढ्ने वेला यो सम्वन्धको कुनै छाँटकाँट नदेख्दा गरिने कुराकानी वेग्लै हुन्थ्यो। उ वेला यिनीहरुले एक आपसमा गर्ने व्यवहार र हाल पति पत्नी हुँदाको व्यवहार त फरक हुने नै भयो। निकै फरक ! यिनै दुई भिन्नताहरुको विचमा रहेर अतितका कुरा सम्झिदै  जिस्किदै हाँसो ठट्टा गर्न पाउँदा निकै रमाईलो लागिरहेको थियो।

तेस्रो, अमेरिकामा मेरा पूल्चोकका साथीहरुसँगको पहिलो भेट नै यिनीहरुसँगवाट सुरु भयो। मेरो फ्रान्स वसाई टुङ्ग्याएर अमेरिका आउनुको कारणहरुलाई यो भेटघाटले समर्थन जनाउँदै थियो। मान्छेलाई उसको समुदाय चाहिन्छ। फ्रान्समा यो वेला अमेरिकाको जस्तो नेपाली समुदाय छैन र पछि हुने सम्भावना पनि कम छ किनकी नेपालीहरुलाई भाषाको कारणले त्यहाँ जान र गएपछि टिक्न गार्हो छ। तर अमेरिकामा त्यो समस्या छैन। चाहियो भने यसैगरी साथीहरुसँग भेटघाट गर्न गार्हो छैन। त्यसैले पनि यो भेटघाट रमाईलो थियो।

यी तीन प्रमुख कारणले गर्दा यो भेट रमणीय रह्यो। समय नै यस्तो चिज हो जो हाम्रो अधिनमा छैन। समयको दौरानमा को कता पुग्छ को कता केही थाहा हुन्न। आज समयले हामीहरुलाई नजिकै पुर्याईदिएको छ त्यसैले त यस्ता रमाईला भेटघाट गर्न पाईएको छ।  यस्ता घुमघाम र भेटघाटले मनलाई चँङ्गा र आनन्दित पनि पारेको छ।

- समाप्त -

उड्दै छौ कि वस्यौ कतै डालीडालीमा

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, December 18, 2010


०००
केटा: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरी, मेरो मनको फूलवारीमा
केटी: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरा, मेरो मनको फूलवारीमा

केटा: खोज्दै छौ कि कहाँ होला यो मिलनको गाउँ
(धर्ती हो कि आकाश होला जुनी मिल्ने ठाउँ ) २
केटी: सक्दै छौ कि सुख-दु:ख साथमा के होला
(विर्सौ कि त प्रिति फूल्ने एउटै छ यो चोला) २
केटा: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरी, मेरो मनको फूलवारीमा
केटी: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरा, मेरो मनको फूलवारीमा

केटा: जति हेर्यो दुनियाँ यो नौलो नौलो झनझन्
(यही घडिमा हरउँछ त्यसै त्यसै तनमन) २
केटी: सकिदैन छुटाउन वरपिपल छायाँ
(अन्जानैमा वस्दो रै छ नसोचेको माया) २
केटा: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरी, मेरो मनको फूलवारीमा
केटी: (उड्दै छौ कि वस्यौ कतै डालीडालीमा) २
हे सुनचरा, मेरो मनको फूलवारीमा
०००
- समाप्त -

नितिकथा - मुसाकी छोरी मुसैलाई

Posted by Nobal Niraula ( नोवल निरौला )

साभार - सेयरवजार

०००
एउटा मुसा निकै बुद्धिमानी रहेछ । उसले आफ्नी छोरी निकै राम्री भएको घमण्डले मुसासँग बिहे नगराई सबैभन्दा शक्तिशालीसँग बिहे गराउने निश्चय गरेछ । उसले संसारका जिवात्माहरुमा को ठुलो भन्ने खोज्दै जाँदा जनावरहरुभन्दा नि माथी सुर्यलाई ठुलो मानेर उसलाई आफ्नो छोरीसँग बिवाह गर्ने प्रस्ताव लगेछ । सूर्यले भनेछ- 'म ठुलो त हुँ तर के गर्नु मलाई पनि पहाडले छेकिदिन्छ' ।

त्यसपछि मुसाले पहाडकहाँ छोरीको बिहे प्रस्ताव लिएर गएछ। पहाडले मुसालाई भनेछ- 'हुन त म सुर्यभन्दा ठुलो हुँ तर के गर्नु मलाई पनि मुसाले छेडिदिन्छ' । पहाडको यस्तो कुराले मुसोलाई सवैभन्दा ठूलो त मुसा नै रहेछ भन्ने थाहा भएछ। अन्तमा मुसाले आफ्नी छोरीलाई मुसैसँग विहे गरिदिने विचार गरेछ।
०००

कथा त सकियो। पढ्नेलाई फूलको माला सुन्नेलाई सुनको माला । यो कथा ईन्टरनेटभरी जाला अनि लोकहरुलाई हामी आफुभित्र भएको शक्ति र क्षमतालाई चिन्न सिकाउला :)

- समाप्त -

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors