चलचित्र प्रिथ्वीको यो गित मलाई निकै मन पर्ने गितमा पर्छ। शव्द र संगित दुवै राम्रो छ।
शब्द - दिनेस अधिकारी
स्वर - बिनोद राठोड
संगीत - शक्तिबल्लभ
चलचित्र - पृथिवी
शव्दहरु:
{ (खुसी छु म आज तिमी भन्दा धेरै)
(तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै)२ }२
(हिजोसम्म लाग्थ्यो कतातिर जाउँ
कोसँग म हिडौं कोसँग रमाउँ) २
(तिमीलाई भेट्दा हरायो विरानी) २
तिमी हौ कि सायद मेरो पुग्ने ठाउँ
(खुसी छु म आज तिमी भन्दा धेरै)
(तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै) २
(जति छन् सिमाना सबलाई मेटुँ
म आँखा उघार्दा तिमीलाई देखुँ) २
(तिमी अर्चना हौ मेरो जिन्दगीको) २
म चाहन्छु प्रीति तिमी मै समेटुँ
(खुसी छु म आज तिमी भन्दा धेरै)
(तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै) २
- समाप्त -
0 comments