About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Graduation र बिहे

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, March 11, 2010

आज March 11, 2010। २ महत्वपूर्ण कुरा हुँदैछन् :

१) कान्छोको विहे: काठमाण्डौमा यो वेला धुमधामसँग भैरहेको छ कान्छाको विहे। कान्छो वेहुलो वन्दा कस्तो देखिरहेको होला। त्यहाँ भैदेको भए जिस्काउनु हुन्थ्यो। हुन त यहाँ हुँदा नै टन्न जिस्काइसकेका छौं :) । कान्छो र नतसालाई धेरै धेरै वधाई अनि सफल वैवाहिक जीवनको शुभकामना।

Marriage ceremony of Kanchho and Natasha
तस्विर: कान्छोको जोडि

२) M. Sc. को Graduation:  Telcom SudParis, Evry, France वाट Masters सकाएको २ बर्ष अघि हो (AIT को M. E. सँगै) तर M. Sc. पछि Internship गरेकोले यो वर्ष मात्र हुँदै छ M. Sc. को Graduation। AIT वाट यहाँ आउने र यो M. Sc. को Graduation मा भागलिन पाउने केहि भाग्यमानीहरुमा म पर्छु किन भने Masters सकाएको १ बर्ष पछि हुन्छ यहाँको Graduation जुन वेलासम्म AIT का विद्यार्थीहरु हिडिसकेका हुन्छन् यहाँवाट। यहाँ जागिर गर्दाको एक फाईदा यो पनि भयो। AIT को जस्तो Graduation त यहाँ हुँदैन भन्ने सुनेको, जे होस Diploma भने Formally पाईन्छ आज। Siva Sothy र म जाने तरखरमा छौ। ठाउँ : Arènes de l’Agora d’Evry,Place de l’Agora 91000 Evry

तस्विर: Graduation को एक झलक

आज कान्छोको पनि Graduation हो यहाँ, तर उसको विहेको Certificate लिने दिन पनि ;) । दुवै एकै दिन पर्यो, कस्तो संजोग !

- समाप्त -

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors