About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

विते गिरिजावावु

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, March 21, 2010

धेरै समयपछि March १९ को रात पेरिसमा दाईहरुकोमा वस्न गएको थिएँ। त्यहाँ गरेको छलफल निकै संयोगपूर्ण रह्यो। हामीले रातको १ वजेसम्म गिरिजावावुको वारेमा निकै कुरा गर्यौं। उनको छोरी मोह, पार्टीभित्रको निरंकुशता देखि शान्ति प्रक्रियामा दिएको योगदानसम्म विषयहरुमा निकै टिकाटिप्पणी भए गरिए। अनि भोलि विहान ९ वजे तिर उठेर समाचार हेर्दा त गिरिजावावुले संसार छोडेको १ घन्टा भैसकेको खवर पो देखिन्छ वा। कस्तो संयोग परेको पर्न पनि हिजो राति नै उनको कुरा हुनु अनि भोलिपल्ट यस्तो खवर पढिनु।
तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला र युद्दरत नेकपा माओवादिका अध्यक्ष प्रचन्ड शान्ति संझौता साटासाट गर्दै। नोभेम्वर २१, २००६
तस्विर: तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला र युद्दरत नेकपा माओवादिका अध्यक्ष प्रचन्ड शान्ति संझौता साटासाट गर्दै। नोभेम्वर २१, २००६

यी शव्दहरु लेखिरहँदा उनको सवयात्रा भै रहेको कुरा FM ले सुनाईरहेको छ। भूतपुर्व प्रधानमन्त्री गिरिजावावुको निधन संविधान वनेपछी मात्र भैदिएको भए  राम्रो हुने थियो जस्तो लागिरहेको छ। यो वेला देशले नगुमाउनुपर्ने राम्रो अभिभावक गुमाएको छ। जे भएपनि उनको आत्मालाई शान्ति मिलोस, गिरिजावावुलाई हार्दिक श्रद्दान्जली !

गिरिजा प्रसाद कोईरालाको शवयात्रा
तस्विर: गिरिजा प्रसाद कोईरालाको शवयात्रा (स्रोत: कान्तिपुर डटकम)

- समाप्त -

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors