About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

कथा: अभागी माझघरे

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, December 19, 2009

लेखन मेरो रुचिको विषय हो। मलाई विशेष गरी कथा लेख्न मन पर्छ। लेखेका केही कथाहरु कहिलेकाँहि माईसंसार डटकम मार्फत पाठक सामु पुर्याउने गर्छु। खासमा मा‌ईसंसारमा लेख प्रकासित गर्दा राम्रा र नराम्रा सवै किसिमका प्रतिक्रियाहरु पाईन्छन् जसले लेखनलाई सुधार्न मद्धत गर्दछ। त्यसैले मैले लेखेका हरेक नयाँ लेखहरूमा मेरो प्रस्तुती राम्रो हुँदै गरेको महसुस गर्छु म।
धेरै समयको अन्तराल पछि अभागी माझघरे भन्ने कथा पठाएको थिएँ। खासमा यो कथा मैले ६ महिना अगि लेखेको थिएँ। तर मैले केही समय लेखलाई माझ्ने काम गरें। लेख लेख्नु ठूलो कुरा हैन तर राम्रो लेख लेख्नु भनेको ठुलो कुरा हो। यसकारण मैंले कथालेखे पछि साथिहरुलाई पढ्न लगाएँ र उनीहरुको सुझाव लिएँ। मुक्ताले राम्रो सुझाव दिएकी थिइन्। यस्ता सुझावहरुले गर्दा मैले लेखमा त्रुटिहरु अरु पाठक सामु नपुगि हटाएँ। फलस्वरुप मेरो यो कथामा प्राविधिक त्रुटि पहिलेका लेखहरुको तुलनामा कम छन्।

असंतोषम् परम् सुखम्

Posted by Nobal Niraula ( नोवल निरौला )

नेपाली टेलिभिजनमा आउने धेरै कार्यक्रमहरुमध्ये तितो सत्य, जिरे खुर्सानी र मेरी वास्सै प्राय: छुटाउँदिन म।क्यानडा नेपाल डट कममा गएर हेर्ने वानी परिसकेको छ। कहिलेकाँही हेर्ने कार्यक्रम चाँही खोज: युवा नेत्रित्वको भन्ने हो । सुरुमा कस्तो कस्तो लागे पनि हेर्दै जाँदा रमाईलो लाग्न थालेको छ।

कुरा त्यही 'खोज: युवा नेत्रित्वको' भन्ने कार्यक्रम हेर्दाको हो। युवराज घिमिरे, निर्णायक मण्डली मध्येका एक, ले अरु कसैको भनाई दोहोर्याउँदै थिए: "संतोषम् परम् सुखम्" हैन "असंतोषम् परम् सुखम्" हो रे। किनरे भने जव मान्छे संतुष्ट हुन्छ उसले नयाँकुरा, तरिका आदिको खोजि गर्दैन रे। अर्को किसिमले भन्दा असन्तोषी मान्छेले संतोष पाउन काम गर्ने, सोच्ने गर्छ रे। त्यही भएर समाजले नयाँ नयाँ कुरा पाउँछ रे। त्यसकारण असंतोषम् परम् सुखम् चाँही ठिक हो रे।
मलाई पनि मन पर्यो यो कुरा। त्यसकुराले आवस्यकता नै आविस्कारको जननी हो भन्ने कुरालाई ईगित गर्छ। त्यसैले म पनि भन्छु: असंतोषम् परम् सुखम् !

विचार: भागबन्डा

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, December 18, 2009

यतिबेला देशमा संघियताको कुरा चर्किएको छ। देशलाई आफ्ना आफ्ना हिसाबले भाग लाउदैछन् दलहरु । दुई छोराहरुमा त भागबन्डाको कुरा मिल्दैन, २५ हुँदा के मिल्नु ! १० वर्ष समय दिएपनि कुरा मिल्दैन। नेपालमा धेरै प्रदेश हैन बरु समाबेसी र अधिकार विकेन्द्रिकरणको जरुरत हो भन्ने मेरो ठम्याई हो। अझ जातको आधारमा विभाजन गरियो भने त अभिसाप नै हुनेछ ।

कुरा: आमा भनेको आमा नै हुन्छ

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, December 13, 2009

Spyros को PhD डिफेन्सको दिन थियो, 9 December, 2009 मा। मेरो उमेरको मान्छेले PhD सकाएको, कति छिटो पढ्न सकेको हो। हुन त पढाई मात्रै गर्ने हो र जागिर नगर्ने हो भने, यो उमेरमा सकाउनु नौलो पनि हैन। उ ग्रिक। उसको र मेरो अफिस एउटै। मान्छे मज्जाको, अग्लो।

INRIA-MicroSoft Research Building मा भएको उसको डिफेन्सपछि हामी अफिसमा फर्कियौं। ओहो, फर्किंदा त उसको वुवा, ममी र गलफ्रेन्डले सजाएर, पार्टि पो आयोजना गरेको रहेछ। तिनीहरु सार्है भलाद्मी। वाउ अग्लो Charles Darwin जस्तो अनुहार परेको, सायद दार्हीले तेस्तो देखायो। Physics को प्रोफेसर रहेछ, Athens को। उसको ममिसँग पनि कुरा गरें। अंग्रेजि वोल्ने रैछिन् राम्रैसँग। क्या ज्ञानी मान्छे, कस्तो भलाद्मी, आफ्नै आमासँग कुरा गरेजस्तो लाग्ने। मैले आफ्नै हातले वनाएर ल्याएको छु ग्रिसवाट यो चकलेट- उनी भन्दै थिईन। छोराले PhD सकाएको खुसि उनमा पनि देखिन्थ्यो।

गनथन: एक खल्लो दिन

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, December 11, 2009

December 9 मा मेरो office-mate को PhD Defense को दिन थियो। त्यसैले मनमा एक किसिमको खुसि छाएको थियो। तर office आउनसाथ बिहानै नराम्रो खबर सुन्नुपर्यो। उहाँको बुबाले संसार छोड्नु भएको खबरले मलाई स्तब्ध तुल्यायो। दिनभरि जसो मेरो दिमाखमा त्यही कुरा खेली रह्यो। घरको सबैजना बाहिर रहेको यो अवस्थामा उहाँको बुबाले संसार छोड्दा, बुबा भनेर बोलाइदिने कोइ थियो, न त बुढा भनेर नै। सम्झिन्दै आँङ्ग सिरिङ्ग भएर आउँछ।


जन्मेपछी मर्नु त पर्छ नै। त्यसैले मरणलाई साधारण रुपमा लिइनुपर्ने हो। तर जव आफ्नै मित्र र आफैमा त्यो परिस्थिति आइपुग्छ, अझ अकालमा मृत्यु हुन्छ, स्थिति दर्दनाक भइदिन्छ। जे भए पनि रोएर कराएर नहुने, दैबको लिला न पर्यो। यस दर्दनाक परिस्थितिमा अर्चना दिदी र उहाँको परिवारलाई धर्यधारण गर्ने शक्ति मिलोस, अनि मृतात्माले शान्ति पाओस, यहि मेरो कामना !
---------------------------------

गीत: मैना ए मैना | माईती घर तिम्रो हैन

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, December 6, 2009

क) मैना ए मैना
सानोकोवेला गाउँमा रेडियो सुन्दा धेरै पटक वजेको यो गित नेपाली चलचित्रको गित हो। यो गीतलाई उदित नारायन झाले गाउनु भएको हो। मलाई अझै पनि निकै मन पर्छ। सुन्नुस तपाईलाई पनि मन पर्ला।
ख) माईती घर तिम्रो हैन पराईघर जाउ

दिवाकरलाल जोसी ज्युले गाउनु भएको यो गित निकै चर्चित हो। वावुले छोरीलाई वरको घर जाउ अनि वेलावेलामा माईत घर आउ भन्ने कुरा गर्दछन्। हुन पनि वर्षौं विताएको माईतघर छोड्दा छोरी चेलीलाई नरमाईलो लाग्छ, त्यै भएर वावुले संझाउनु पर्छ नै :) । लौ सुन्नुस है गित।

विचार: सम्मान

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, December 5, 2009

चौरमा चुरोटको धुवाँ उडाउँदै छ, कोहि। टाढा परेर हो वा चस्माको पावर घटेर, नजिकै नपुगी ठम्याउन गार्है पर्ने। उसले टाढा हुँदै हात उठायो, मैले नि उठाएँ। नजिकिंदै जाँदा अनुहार प्रस्टिदै गयो। ए, उ पो रहेछ। कपाल फुल्दै गरेको वुढो, एक महान व्यक्तित्व।

"हाम्रो अफिसमा तिमी पहिलो नेपाली"-वर्ष दिन अघि उसले भनेको उसको कुरा हो यो। समयक्रममा वुझियो कि उ निकै सफल व्यक्तित्व रहेछ। उ रानी माहुरी जस्तो, प्राय: मान्छेहरुले घेरिने। मन्त्रीहरु वा प्रधानमन्त्री जस्तो। वरु प्रधानमन्त्री र मन्त्रीको पदावधी सकिएपछी झुन्ड घट्ला तर यो अनुसन्धानकर्ता, प्रोफेसरको कुनै घट्ने संभावना छैन।

"वोजुँ" -मैले टाढैवाट वोलें।
"वोँजुँ । के छ तिम्रो खवर" - नजिकिँदै जाँदा उसले सोध्यो।
"ठिकै छ, तपाईको के छ, 'सर' ?"
"ठिकै छ। प्लिज मलाइ 'सर' नभन। मेरो नाम लिएर वोलाउ।"
"तर मलाई भन्न आउँछ, मेरो समाजमा यस्तै चलन छ।"
"हो म बुझ्छु, तर तिमी तिम्रो समाजमा छैनौ अहिले।"
"ओ के"-म केहिवेर नाजवाफ रहन्छु।

वस, कुरा साधारण नै हो, तर वुझ्ने हो भने गहिरो। हाम्रो समाजमा ठूलावढा र गुरुलाई देवता समान मान्नुपर्छ भन्ने चलन छ। हुनपनि जसले ज्ञानगुणका कुरा सिकाउँछ, उसलाई सम्मान दिनु पर्ने नै हो। आफू गुरुहुँदा विध्यार्थीवर्गवाट सम्मान पाउनुपर्छ भन्ने म र मेरा साथीहरु विचमा भएका छलफल एकातर्फ झल्झली याद आउँछ। यदि कोही विध्यार्थीले गुरुको नाम लिएर संवोधन गर्ने हो भने हाम्रो समाजमा अपमानित भएको महसुस गरिन्छ। गुरु, सर जस्ता आदरार्थी शव्द प्रयोग नगर्नु हेला गर्नु सरह हुन्छ। जस्तै "भरत सर मैले यो कुरा वुझीन" भन्नुको सट्टा "भरत मैले यो कुरा वुझिन" भन्दा हामीलाई एकदम अफ्ठेरो महसुस पक्कै हुन्छ। तर यो समाज निकै फरक समाज। त्यस्ता शव्दहरुको प्रयोगलाई सहज ठान्दैन ।

गुरु वर्ग र विध्यार्थी विचको खाडल हाम्रो समाजमा निकै धेरै छ यताको तुलनामा। गुरुले भनको मानेन भने वा कुरा काट्यो भने हाम्रो समाजले राम्रो मान्दैन। प्रोफेसरले भनेको कुरालाई काट्न नखोज्ने चलन छ हाम्रो समाजमा। तर यो समाज त्यस्तो छैन। विध्यार्थी र प्रोफेसर विचमा साथी जस्तो सम्वन्ध देखिन्छ। प्रोफेसरसँग कुरा गर्दा आफ्नो साथिसँग कुरा गरे जस्तो महसुस हुन्छ। यसले गर्दा मनमा लागेका सवैकुरा भन्ने सहज वातावरणको निर्माण हुन्छ। नत्र प्रोफेसर रिसाउने हो कि भन्ने भावना मनमै रहन्छ जस्ले गर्दा छलफल पछिपन विध्यार्थिमा संतुष्ठी हुन्न किनकी उसका मनका कुरा मनमै रहन्छन्। के थाहा ति मनमै रहेका कुरा राम्रा पनि त हुन सक्छन् नि। अर्को तर्फ प्रोफेसरले हाफ-पाईन्टमा आएर पढाउने यो ठाउँको चलन हाम्रो समाजले पचाउँदैन। प्रोफेसर भन्ने वित्तिकै टाई लगाएको, गम्भिर, किताव वोकेर हिड्ने :) आदि गुणले भरिभराउ भएको मान्छेको कल्पना मेरो मस्तिष्कवाट हट्दै गएको छ।

भन्न खोजेको कुरा गुरुलाई सम्मान गर्न छोडौं, हाफ-पाईन्ट लाएर पढाउन जाउँ भन्ने कदापी हैन :)। हाम्रो समाजको सम्मान दिने चलन निकै राम्रो हो, अरुले जे भने पनि। तर सम्मानले गर्दा बन्ने गुरु र चेला विचको खाडलले आपसी छलफललाई असर गरिनुहुन्न। गुरुले भनेको सवै ठिक भनेर चुपलाग्ने हाम्रो समाजको चलन चाँही पक्कै नै हटाउनु पर्छ।गुरुवर्गले पनि यो कुरा बुझ्नु पर्छ कि कुनै विध्यार्थिले तेरो कुरा ठिक लाग्दैन भन्दा कान रातो पार्नु पक्कै हुन्न वरु छलफल गर्ने राम्रो अवसरको रुपमा लिनुपर्छ। अनि, पदमा पुग्ने वित्तिकै, राम्रो ड्रेस लाउने वित्तिकै सम्मान पाउनुपर्छ, दिईनुपर्छ भन्ने मानसिकता हटाई र ज्ञान र देनको आधारमा दिने वानी वसाल्न जान्नुपर्छ। त्यसकारण "कोही व्यक्ति मन्त्रिपदमा पुग्ने वित्तिकै उसलाई सम्माननिय, माननिय भन्न छोडौं भन्ने नेपाल एफ एमको विज्ञापन एकदम सहि छ" किनभने हामीले देखिसकेका छौ कि मन्त्रिहरु कति तल्लोस्तरको क्रियाकलाप गर्न सक्छन भन्नेकुरा । त्यसैले सम्मान पद र पोसाकले गर्दा हैन, वरु ज्ञान र देनको आधारमा दिने वानी वसालौ।

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors