खण्ड १ बाट क्रमश:
खण्ड १ बाट क्रमश:
भन्नै लाज लाग्यो…तर भन्नै पर्यो क्यारे- ‘पाँच मिनेट’…………
-------------------------------------------------------------------------------
भोलि पल्ट कुरि रहें, तोकिएको ठाउँमा, तोकिएको समयमा। खै त्यो फुच्चे भमरा आउँदै आएन। भमराको कुरा पत्याउने म उल्लु। हाँसो उठ्यो मनमनै। तर सोचें, यस्तो त भएजस्तो लाग्दैन। वचनको पक्का जस्तोलाग्थ्यो, उसको कुरा सुन्दा त। कुनै भमरी भेटेर मस्किन थाल्यो कि वाटोमा-सोच्दै थिएँ।
नभन्दै आईपुग्यो, भमरीको साथमा।
“सरि ल मैले अलि ठिला गरें”
ठिकै छ नि कहिले काहिं यस्तै हुन्छ।
“हैन, म त समय मै निस्केको, मेरी बुढिले पनि जान्छु भनि। यो त्यति चाँढो हिड्न सक्दिन त्यहि भएर अलिक ढिला भयो”।
के हो, तिम्रो दुलही दुई जिउकि छ कि के हो? मैले जिस्काउदै भनें।
“हो नि, कस्तो चलाख तिमी त। नानु यो मेरो साथि, नमस्कार गर”- उसले उसकी दुलहिलाई भनेको सुनें।
पुरा एक फन्को लगाई, उस्लेपनि लगायो। यिनिहरुको नमस्कार गर्ने चलन पनि कस्तो नौलो। मैले नि आफ्नै पाराको नमस्कार फर्काएँ।
“ल जाउँ, आज पनि बोक्छौ कि?”- जिस्काउँदै सोध्यो।
भै हाल्छ नि, जोडिलाई नै बोकौला नि।
बोलि झर्न नपाउँदै दुबैजना चढे, मेरो जिउमा। सरासर गईयो त्यो फुलवारिमा। हिजोको जस्तै एक हुल खैरा भमरा आए, उ झर्यो, के के देखायो। अनि फेरि फर्कियो, बस्यो मेरो जिउमा। मनमनै सोचें “म भरिया, जोई र पोई वोक्ने?”। यता उति हेरें कोही थिएन। फेरि भमरा बोकेको कस्ले देख्छ र? म पनि।
जाँदै थियौं, उसले यहि हो भन्यो। दुवै जना उत्रे। यहिं हो, यो फूलसंग हो वादविवाद। राम्ररि नियालें “गोदावरि को फुल रै छ”। मैंले सुम्सुम्याउन के लागेको थिएँ, भमराले रोक्यो।
“त्यहाँ बस्नुस अनि सुन्नुस हाम्रो वादबिवाद”- टाई मिलाउँदै भन्यो।
उसकी वुढिलाई एक साईडमा राख्यो, मलाई अर्को साईडमा। कस्तो संकालु रै छ यो पनि। मैले त्यसकी वुढिलाई के नै गर्थें र।
बिचैमा बोल्यो: “हेर 'गोदावरि' तिम्रो र मेरो वातचित सुन्न दर्शक आएका छन्”
“को हुन यिनिहरु?”
“उ त्यो साईडकी मेरी वुढि, अर्को साईडको यो सम्पुर्ण फूलवारिको मालिक”।
यति मात्र के भनेको थियो, सारै मिठो वास्ना आयो।
“कति मज्जाले स्वागत गरे कि तिमिले”-भमराले भन्यो।
मैले वुझिहाले स्वागत गर्ने चलन। कस्तो थरि थरिको।
“लौ त अरु धेरै के कुरा गरौ, थालौ हाम्रो कुराकानी गोदावरि। खुव फुर्ति दिन्थ्यौ नि मलाई। आज त निर्णायक छन् निर्णायक”
के रे? तिम्ले एकतर्फि निर्णायक ल्याएर हुन्छ। आफ्नी वुढि निर्णायक? हा हा, कस्तो चलन। म मान्दिन।
ल्याउन त तिम्रो तर्फवाट पनि। हिड्न सक्ने हैन, फुर्ति छाट्छौ। लौ भैगो, मेरी वुढि छोडौं, त्यो अर्को साईडमा भएको फुलवारिको मालिकलाई मान्छौ त?
“बरु त्यो हुन्छ”-गोदाबरीले सहमति जनाई।
एक्कासी सुने - ‘एक्सक्युज मि ’
यता उति हेरें कोहि छैन, उही फूल, भमरा अनि भमरि मात्र। कस्ले बोलेछ अंग्रेजि? भमरो खुट्टा उठाई रहेको रहेछ। अंग्रेजि पनि जान्ने? ओ। मैले गेस गरें, अनि भनें “ओ के” । भमरो हुँईया गर्दै गयो उडेर गयो।
फूलले भनि- “कता गयो त्यो?”
भमरि पनि यता उति हेर्न थाली अनि भनि-“मेरा ज्यान कता गए?”
भन्नै लाज लाग्यो…तर भन्नै पर्यो क्यारे- ‘पाँच मिनेट’
बुझेनन् जस्तो लाग्यो फेरीभने: ‘पाईखाना’।
फेरि बुझेनन् जस्तो लाग्यो अनि भनें ‘चर्पि यानेकी ट्वाईलेट’
दुबैजना लजाए, अनि बुझें बल्ल बुझेछन्”। बरु यिनिहरुले चर्पी शब्द बुझे कि, ट्वाईलेट? मलाइ सोध्न मन लाग्यो, तर फेरि के सोध्नु मरोस भनेर छोडें। आज नौलो कुरा थाहा पाईयो। हामीहरु कान्छी औंलो उठाउँछौं, यिनीहरु एक खुट्टा। मनमनै हासिरहें, सवै लजाईरहेका देखिन्थे। हामी प्रतिक्षा गरेर वस्यौं भमराको।
***
0 comments