दुई शव्द: "फूलवारी व्लगमा फूलवारिका चर्चा गरिने छ। भमरा र एक फूलको वार्तालाप केहि धाराको हुनेछ" ले.
खण्ड एक (१)
“कस्तो सोचेको है, पखेटाले उड्नु पर्दाको पिडा के बुझेको छौ र, तिमी फाईदाहरु मात्र हेर्छौ कि के हो?”के आँडेकुरा गर्छ,…………………………
--------------------------------------------------------------------------------------------------------
“हे भमरा के हो आज त खुव राम्रो पहिरनमा छौ नि, के हो विहे त हैन?”
“कहाँ हुनु, आज त फूलसंग मिटिंग त्यै भएर”
यो वाक्यवाटै थाहा पाएँ कि, निक्कै आत्माविस्वासी रहेछ, कति मजाको रहेछ वोलीपनि।
“तिमी पनि जाने भए हिंड”
“तिमीहरुको मिटिंगमा म किन नि?”
“के भयो त, यो सेक्रेट हैन क्यारे, बरु हिंड, त्यही पल्लो फूलवारी त हो, फेरि तिम्रो फूलवारी” जाउँ हिड।
लौ भमराले बोलाएको किन नजाने? नवोलाएको जग्गेमा त गएका थिए रे महादेव, मलाई त वोलाएको छ। जाने बिचार गरें। आफ्नै फूलवारिमा यस्तो कार्यक्रम, विना अनुमति? झनक्क रिस उठ्यो। तर नौलो अनुभव, म तैयार भएँ। लागें उसको पछि पछी।
“तिम्रो फूलवारि बने देखि हाम्रा परिवारले निकै सुख पाएका छन, नत्र कति दूख: गर्नु पर्थ्यो रे। त्यो पल्लो फूलवारिमा जान्थे रे पुर्खाहरु। खुव कुटाकुट हुन्थ्यो रे। पछि फूलबारीको रेखांकन गरेका रहेछन्। हामीहरुलाई तिनीहरुको ईलाकामा छिर्न पनि अनुमति लिनु पर्ने, कडा नियम। हामी पनि के कम, त्यो भन्दानि कडा नियम राखिदिएका छौं, यो हाम्रो फूलवारीमा आउन। त्यसैले यो ईलाकामा तिनिहरु आउन पाउन्नन् त्यति सजिलै।
के छ नयाँ फुलवारी वनाउने योजना छैन?”।
कस्तो अचम्म। मेरो फूलवारिमा यिनिहरुको रेखांकन? कसरि विस्वास गरौं। हाँसो नि उठ्यो।
“किन हाँसेको?”
“तिम्रो कुरा सुनेर।”
“पत्याउदैनौ? ल आउ म देखाउँछु”।
उसको पछी पछि लाग्दै गईयो पल्लो फूलवारीमा।
“कति ढिला हिडेको?”
“के गर्नु त तिम्रो पखेंटा छ, मेरो उहि गति”
“लौ, तिम्रो एक पाईला भेट्टाउन मैले कति पखेंटा हल्लाउनु पर्छ, थाहा छ?”।
“तिम्रो जस्तो उड्न पाए म त कति हल्लाउथें पखेंटा”
“कस्तो सोचेको है, पखेटाले उड्नु पर्दाको पिडा के बुझेको छौ र, तिमी फाईदाहरु मात्र हेर्छौ कि के हो?”
के आँडेकुरा गर्छ, मैले त वुझ्नै सकिन।
“गल्यौ भने मेरो कपालमा बस”
बोली नझर्दै उ वस्यो मेरो जिउमा।
पुगियो फूलवारिमा। नजिकै के पुगेको थियौ, एक हुल भमरा आए, उस्को वरिपरि घुम्न थाले। सोचें उसका साथिहरुसंग भलाकुसारी गरिरहेको छ, अनि अलिक साइड लागें। धेरै वेर भयो, आउदै आएन। फेरी फर्कें। न्यास्रो अनुहारलाउदै भन्यो:
“हेर्नु न यिनिहरुले पास नै दिएनन्, तपाईलाई केही गर्दैनन् किनकि यो फूलवारी तपाईंले गर्दा संभव भएको हो”
लामो हाँसो उठ्यो।
“किन हाँसेको?”
“कसरि विस्वास गरौं तिमीहरुको यस्तो कुराको”
“के भनेको त्यस्तो? नत्र तिम्रो फूलवारीमा फूल फुल्दैनथे। विचार गरेका छौ गत बर्ष र यो बर्ष? यो बर्ष तिम्रो फूल कति राम्ररी फुलेका छन्”
“हो त राम्रो मलजल पाएका छन यो बर्ष, त्यै भएर, रमाईलो लाग्छ धेरै फूल फूल्दा”।
“तिमीले गतसाल पनि यस्तै गरेका थियौ होला तर गतबर्षको फूलवारी यतिको राम्रो थिएन। हेर हामीसंग भएको डाटा”
“उसको डाटा हेरें, छक्क परें। फुल फुल्नुमा भमराको असर? विस्वासै नलाग्ने, तर पत्याउनु पर्ने।”
“विचार गरेका छौ यो फूलवारीका भमरा अलिक खैरा छन् हामी भन्दा”
के भन्छ के भन्छ पागल जस्तो। “सवै भमरा उहि त हुन नि। फूल खान्छन् जान्छन”। यसो नियालें उसलाई, अनि यो फूलवारिका भमरालाई। उसको कुरा साँचो रहेछ। यादै नगरेको पहिले, कस्तो अचम्म। अनि भने,
“तिमिहरुको जात्रा नि….। मेरो फूलवारिमा तिमिहरुको रजाई?”
“के भन्नु, यस्तै छ, हाम्रो चलन, तिमीलाई थाहा थियो होला भनेको त हामी भन्दा नि लाटा रै छौ”। लाग्यो वादविवादमा राम्ररी तैयार गरेको छ।
फर्कौ अव, भोलि बोलाएका छन्, आज केरकार गर्छन् रे, मैले तिनिहरुको ईलाकामा केही विगार गरेको छु, कि छैन सवकुरा बिचार गरेर भोलि भन्छन् रे। त्यसैले आज संभव छैन मिटिंग, फर्क्यौं अव। भुनुनु गर्दे फेरि बस्यो मेरो जिउमा। म फर्किएँ पहिलेको फूलवारि तर्फ, उसको शव्दमा ‘उसको ईलाका’ मा। उसको ईलाकामा पुर्याई दिएपछी भुँ भुँ गरेर ठुलो आवाज निकाल्यो उसले
“के भयो?”
“हैन तिमिलाई फेरीभेटौंला भनेको”
“कस्तो भाषा हो यस्तो”
“हामीहरु यस्तै गर्छौं भोलि भेटौंला है”
मैले हात हल्लाएँ,
“किन हात हल्लाएको, मलाई वोक्दा दुख्यो कि क्या हो?”
“हैन हामी पनि पछि भेटौंला भन्दा हात हल्लाउँछौं नि”
“जोडले हाँस्यो? कहिलेकाहिं त तिमीपनि मलाई झुक्याउछौ।“
झनक्क रिस उठ्यो। कति फुर्तिदिएको हो छुच्चो भमराले।
छुट्टियौ हामीहरु, भोलि भेट्ने गरि।
***
hmm... ani aafno jayejetha ko bibaran chahi magenan tyo bhamara sanga khaire bhamara harule ;)? applicaiton complete vayena vanlan hai khanda 2 ma .... :)