बिदेशमा हुँदा के के खाईन्छ होला, विदेशी खाना?... .। आंशिक सत्यता छ जस्तो लाग्छ। कहिले काँहि खाईन्छ विदेशी खाना, साथिभाईहरुसंग। तर यो मन न हो, ताते-ताते गर्न थाले देखि खाएको दाल, भात र तरकारी एक दिन खान नपाउँदा त के के नपुगे जस्तो लाग्ने। त्यसैले विदेशी परिकार जे जति खाए पनि पेट त मेटाउला तर मन भने मेटाउन सक्दैन। त्यही भएर आफ्नै स्वादको खाना बनाउन वाध्य हुन्छौं, जति नै अल्छि लागे पनि।
हामीलाई मात्र त्यस्तो लाग्ने हैन रै छ। Kitchenमा देखिने भिडलाई राम्ररि केलाउने हो भने पनि थाहा हुन्छ। सार्बजनिक Kitchenमा बेलुका सात बजे देखि भिडभाड सुरु हुन थाल्छ। एउटा पुरा होस्टेलको Building लाई एउटामात्र Kitchen भएकोले पनि यो भिडभाड सुरू हुन्छ। बिशेष गरि बेलुकाको ८ बजे निक्कै भिड हुन्छ। त्यसैले समय छैन भने कि त सात बज्नु अघि जानु पर्छ कि त १० बजे पछि। नत्र भिडमा कुर्नु पर्छ।
विदेशि खाना कै कुरा गर्दा अचम्मै लाग्ने। परिकार पनि थरि-थरिका, स्वाद पनि थरी थरिका। संझौं त, तरकारीमा नुन नहाली खान सक्छौं हामी? लगभग असम्भव। बिना नुनको तरकारी के तरकारी हैन त ? तर सवैलाई त्यस्तो लाग्दैन रहेछ। थाईहरुले खाने तरकारी संझिदा जिव्रोले कति गुलियो बा बा भन्न बाध्य गराएको क्षण ताजै छ अझ सम्म। तिनिहरु त नुनको सट्टा चिनि हाल्ने रहेछन। यस्तै रमाईला घटनाहरु छन् फ्रेन्च खानाका पनि। मान्छे बरावर अल्ला लाग्ने वगेट अनि सयौं थरिका चिज ले आजकल त मन नै लोभ्याउन थालेको छ। लठ्ठी जस्ता र लामो यो बगेट एक प्रमुख खाना बनेको छ साईला र कान्छाको लागि।
अझ नजिकवाट नियाल्न मनलाग्यो Kitchen र आसपासको वातावरणलाई। हिटरवाट चल्ने हट प्लेट वाला Kitchenमा कुनै गारो छैन पकाउन। स्विच अन गर्यो, अनि कतिको तातो बनाउने त्यस अनुसारको नंवर आउन्जेल औंला राख्यो त्यो टच स्क्रिनमा। अनि बसायो भाँडा। उहि त हो ततायो, तेल खन्यायो, प्याज र लसुन पड्कायो अनि बेसार राख्यो। त्यसपछि पर्-पर् भुट्यो, पानी लगायो अनि वेला वेलामा चलायो, नुन मसला लगायो, अनि लास्टमा चाख्यो….. J । भात पकाउन त झन सजिलो। Kitchenमा माईक्रो वेभ र हिटर पनि छ। खानेकुरा तताउन निकै सजिलो लाग्छ माईक्रोवेभमा। फनक्क घुमायो कति मिनेट तताउने त्यहि अनुसार, अनि कति पावरमा राख्ने त्यो पनि घुमायो, खानेकुरा भित्रराखेर ड्याप्प डोका लाईदिएपछि घन्टि नबजुन्जेल गफगाफमा बितायो। टिङ् गरेपछी खानेकुरा निकाल्यो अनि सुरुगर्यो खान।
Asian, European र African हरुको विशेष जमघट हुन्छ Kitchenमा। South Asian हरुको खाने कुराहरु लगभग उस्तै। दाल, भात, तरकारी। Indian हरु भने रोटि चपाटी पनि खाने गर्छन प्राय:। तर केही फरक पर्ने रहेछ पकाउने चलनमा। कोही वेसार पहिले नै राख्छन, कोहि पछि। श्रिलंकनहरु तरकारीमा दूध हाल्छन्, अलि नौलो लाग्ने। Indian र श्रिलंकनहरुको तरकारी सार्रै पिरो। एकदिन खाएको त बा बा.. खप्नै नसक्ने गरि पिरो…।
कति रमाईला घटना घट्छन् Kitchenमा। कैयनका भाँडाकुडा साटिएका घटनाहरु नि सुनिन्छ बारम्वार। सुरु सुरुमा त धेरै अप्ठेरो लाग्ने गर्थ्यो भिडमा पकाउन, खान, तर पछि त्यही भिड पनि रमाईलो लाग्न थाल्यो, सायद पुरानो अनुहारका आउने भएर पनि होला। Pakistani, Indian संग मिलेर हिन्दि बोल्दै French केटा-केटीहरुलाई जिस्काउनु कुनै नौलो लाग्दैन अव। वुझ्ने भए तिनिहरुले कति गालि गर्थे होला…..। के थाहा तिनिहरु पनि त्यसै पो गर्दैछन कि हामीलाई पनि ? ति फ्रेन्चहरुको लामो किस (Kitchenमा समेत) कुनै नौलो लाग्दैन अजलक।
एक दिन बेलुकाको कुरा हो, साँईलालाई त्यति भोक लागेको थिएन। उही हो, तरकारी भए पछि गमगम खाने साँईलालाई किन किन भोकैलागेन त्यो बेलुका। श्रिळंकन साथिवाट खै के तरकारी माग्यो, अनि खायो साईलाले बल्ल बल्ल। भोलि विहान पकाउन गईयो, त्यही Kitchenमा। दाळवसाउन लाग्यो साईलो, तर दाल नै छैन। कोठामा खोज्ज्यो तै पनि छैन। अन्तमा अगिल्लो विहान Kitchenमै छोडिएको निस्चत भयो। तरकारी मात्र पकाउन वाध्य भयौं।
भर्खरै किनेको दालको पुरा प्याकेट Kitchenमा छोडिएकोले पनि कुरा गरियो साथीहरुसँग। एउटा साथिले लगेको रहेछ। “खै कस्ले छोडेछ, मैले सवैलाई सोधें, कसैले हैन भन्यो, अनि मैले राखिदिएँ, तिमीहरुको पो रै छ”, उसले दाल दिंदै भन्यो। हराईसकेको दाल पाईयो, राम्रै भो त। वास्तवमा साथिहरु यस्तै छन् Kitchenमा, केहि हराउन्न हरायो भने भोलि पल्ट पाईन्छ। सवैले उस्तै व्यबहार गर्यो भने कति रमाईलो हुने रहेछ यो वातावरण। पछि साईंलो भन्दै थियो, ‘हिजो वेलुका त्यो श्रिलंकनले दिएको दाल त हाम्रो पो रै छ…..”। खित्का छोडि छोडि हाँसियो….“आफ्नै दाल पो खाईएछ”………।
Kitchenमा हुने धेरै रमाईला विचको एक रमाईलो घटना थियो यो। जे होस त्यो साथिलाई धेरै धेरै धन्यबाद। उसले चुपलागेर नि बस्न त सक्थ्यो नि। मजाको लागि मात्र यो घटना सुनाएको हो, उसको निर्दोषताको प्रशंसा नगरि रहन सकिन्न।
Kitchenको १ बित्ता पर गाईको मासु गदगद् गर्दै पाकि रहेको हुन्छ, हाम्रो तरकारी पनि उसरी नै छड्किरहेको हुन्छ १ बित्ता वर ‘तँ भन्दा म के कम’ भनेर। हलाल भन्दा अरु मासु नखाने अनि पोर्क भने पछि तर्सने मुस्लिमहरुलाई पनि १ वित्ता पर पाक्दै गरेको पोर्क त्यस्तै लाग्छ होला। त्यसैले भन्न सकिन्छ, अनेकता बिचको एकता छ Kitchenमा। धेरै फ्रेन्च वोल्न नजाने पनि बोन्जु, म्याक्सि, बोन्नापेति, वोन्स्वागे, ओवोव्वा, कम साभा आदि आदि बोलिन्छ राम्ररि नै। एक्लैले एकै पटकमा Nepali, Indian, Shrilankan र तरकारी भुटेको, भुटिदिएको यो Kitchen, Kitchen Kitchen नभई एक अन्तराष्ट्रिय सम्मेलन केन्द्र जस्तो लाग्छ। तर फरक यति छ कि यहाँ झन्डा हुन्नन् मिलाईएका कुर्सि हुन्नन्, टाई लगाएका मान्छे हुन्नन् तै पनि आज भोलि किन किन यो Kitchen निकै प्यारो लाग्छ। एक दिन Kitchen जान छुटाईयो भने पनि ठूलो अन्तराष्ट्रिय कार्यक्रम छुट्योकि झैं लाग्छ। अहिले मेरो अन्तराष्ट्रिय कार्यक्रमको टायम भयो, धेरै लेख्न सक्दिन, बाइ, :D.
हाहा ~~ राम्रो लाग्यो (कथा भन्ने कि के भन्ने)
अनि एक दिन पकाएर N दिन् खाने चलन् छ कि छैन नि ;)?
मैले त बिदेशी खाना नेपाली पारामा पकाउन सिकेको थिये । पास्ता एन्ड् स्पागेट्टि इन् साउथ् एसिअन् स्टायल् ;)
अनि उनिहरुले पनि हामिलाई जिस्काउदा हुन् आफ्नो भाषामा भन्ने पनि याद् आयो एक घटना, यहि लेखिदिन्छु है ;) -
बिध्यार्थि हरुले नै बनाएको फिलिम् देखाउदै थिये । इन्टर्न्यास्नल् अफिस् ले सबै बिदेशी बिध्यार्थि को लागी एक एक जना फ्रेन्च् साथी बनाएको थियो। अनि त्यो साथी ले मलाई अङ्ग्रेजि मा भन्दिदै थियिन् । सबै ठिकै थियो, बिग्यापन पनि त्रान्सलेट् गर्दै थियिन् तर बिच्चैमा यौटा यस्तो बिग्यापन आयो ~~~~ मैले त बुझि हाले.... तर उनी चाही अर्को फ्रेन्च् साथी सङ्ग कुरा गर्न थालिन् अब यो कसरी त्रान्सलेट् गर्नु मैले हा हा भन्दै ;)
हाहा, हामीलाई पनि दिएको छ एक एक जना साथी (फ्रेन्च) तर त्यस्तो अवस्था भने आएको छैन :) रमाईलो रै छ अनुभव :))