संसारमा कैयौं देशहरु छन् । हरेक देशका आ-आफ्ना सुख दु:खका समाचारहरु दैनिक जसो हुने गर्दछन् । फेरि सवै देशको समाचारमा ध्यान जाँदैन। तर कुनै देशका साथीहरु वनिसकेका छन् भने उनीहरुको देशको समाचार आउँदा पढ्ने रहर जाग्दोरहेछ । यसो गर्दा उनीहरुसँग कुरा गर्ने एक राम्रो माध्यम वन्छ। फ्रान्समा पढ्दाका Advisor र काम गर्दाका साथी Tunisia देशका भएकोले त्यहाँको कुनै समाचार आएमा मेरो ध्यान जाने गर्दछ। र यो पाली त्यहाँको दर्दनाक समाचार देशभित्र मात्र हैन वाहिर पनि प्रमुख समाचार वनेर आएको छ। यो दर्दनाक समाचारवाट अरु देशहरुले पनि चेतिनु पर्ने वेला आएको छ।
अनलाईन खवरहरुका अनुसार Mohammed Bouazizi Tunisia का सडकमा फलफूल / तरकारी वेचेर आफ्नो र आफ्ना परीवारको जिउपाल्ने एक युवा थिए। पढाईको डिग्री हुँदाहुँदै पनि वेरोजगारीले गर्दा उनी यो व्यवसायमा वाध्य भएर लागेका थिए। सडकमा यस्तो व्यवसाय गर्न पाईदैन भनेर प्रसासनले उनको तरकारी छरपस्ट पारियो। तरकारी/ फलफूल जोख्ने तुलो खोसियो। अझ महिला अफिसरवाट अरुका अगाडि उनलाई गालामा पिटियो, गाली गलौज गरियो। उनले कि जागिर दे कि त आफ्नो काम गरेर वाँच्न दे भनेर हारगुहार गरे तर प्रसासनले कुनै वास्ता गरेन। अन्तत: केहि सिप नलागी उनले आत्महत्याको प्रयास गरे। डाक्टरहरुको अथक प्रयास असफल भएपछि ४ जनवरी २०११ मा उनको म्रित्यु भयो ।
I’m travelling, mother. Forgive me. Reproach and blame is not going to be helpful. I’m lost and it’s out of my hands. Forgive me if I didn’t do as you told me and disobeyed you. Blame the era in which we live, Don’t blame me. I am now going and I will not be coming back. Notice I haven’t cried and no tears have fallen from my eyes. There is no more room for reproach or blame in the age of treachery in the People’s land. I’m not feeling normal and not in my right state. I’m travelling and I ask who leads the travel to forget.—Mohamed Bouazizi स्रोत Wikipedia.
0 comments