मैंले सुन्दै आएको कुरा थियो यो। नेपालीहरु हिसाव अर्थात Math मा कमजोर हुन्छौं। यो समयमा अरुले भनेको कुरा सही हो भन्ने लाग्दै छ। यहाँ नेपालीहरु भन्नाले नेपालमा मात्रै Math सिकेको नेपालीहरु भन्न खोजिएको हो। Math मा राम्रा भएका नेपालीहरु पनि छन् तर तिनीहरुको संख्या एकदम कम छ।
Math मा राम्रो भए ईन्जिनियरिङ्ग , फिजिक्सतिर जाने लहर छ नेपालमा। त्यसलाई आधार मानेर भन्नुपर्दा ईन्जिनियरिङ्गका विध्यार्थीहरु नेपालमा Math मा जान्नेहरुमै पर्दछन्। तर धेरै ईन्जिनियर साथीहरु जो वाहिर Math को विषय पढ्छन् उनिहरुले हाम्रो Math राम्रो नभएको कुरा सुनाउँथे। मैंले नेपाल वाहिर Math को विषय अहिलेसम्म लिएको थिईन। तर अहिले पढ्दै छु अनि उनीहरुको भनेको कुरा हो रहेछ जस्तो महसुस गर्दैछु।
Math मा राम्रो भए ईन्जिनियरिङ्ग , फिजिक्सतिर जाने लहर छ नेपालमा। त्यसलाई आधार मानेर भन्नुपर्दा ईन्जिनियरिङ्गका विध्यार्थीहरु नेपालमा Math मा जान्नेहरुमै पर्दछन्। तर धेरै ईन्जिनियर साथीहरु जो वाहिर Math को विषय पढ्छन् उनिहरुले हाम्रो Math राम्रो नभएको कुरा सुनाउँथे। मैंले नेपाल वाहिर Math को विषय अहिलेसम्म लिएको थिईन। तर अहिले पढ्दै छु अनि उनीहरुको भनेको कुरा हो रहेछ जस्तो महसुस गर्दैछु।
मैंले भेटेका विध्यार्थीहरुमा चाईनिज विध्यार्थीहरुको Math एकदम राम्रो पाएको छु। एक जना चाईनिज साथीले मलाई भन्थ्यो GRE Test मा कम्तिमा ७९० / ८०० ल्याएन भने उ चाईनिज हैन भन्ने वुझ्नु भन्ने कुरा एकदम चर्चित छ रे चीनमा। मेरो अनुभवमा हो जस्तो पनि लाग्दैछ।
नेपालीहरु दिमाख नभएका भने हैनन्। नेपालीहरुले Math मा राम्रो गर्न उनीहरुले राम्रो गुरु र वातावरण पाउनु पर्दछ । ईन्जिनियरिङ्गमा Math पढाउने गुरुहरुले हिसाव गर्न त सिकाए तर प्रयोग गर्न सिकाएनन्। सायद उनीहरुलाई समयको अभाव हो या ज्ञानको कमी त्यो त म भन्न सक्दिन तर त्यो नजान्ने हुनाले विध्यार्थीलाई मर्का पर्ने गरेको कुरा चाहिं सहि नै हो। मलाई ईन्जिनियरिङ्ग पढ्दा Math पढाउने एक सरको याद आयो। उनले आकाश तिर हेर्दै Calculus को एउटा हिसाव यसरी वुझाएका थिए: "हाम्रो विध्यार्थीले यसो माथि हेर्यो त के देख्यो ? हो ईन्फिनिटी (∞) देख्यो" । उनले माथी आकाश हेरेर यो निकै ठूलो कुरा हो भन्ने वुझाउनु थियो किनकी ∞ (सवसे ठूलो अङ्क वा अनन्त) जनाउथ्यो। उनको यो हिसाव सम्झाउने प्रयास थियो तर वुझाउने थिएन। उनी सम्झाउने कुरामा त सफल रहे किनकी आजसम्म उनले भनेको कुरा मैंले भुलेको छैन तर उनले वुझाउन नै सकेनन्...। यस्तै कारणहरुले गर्दा हाम्रो Math पढाई कमजोर छ भन्ने मेरो ठहर छ।
- समाप्त -
I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।