कुनैताका विश्वेस्वरप्रसाद कोईरालाको आत्माव्रित्तान्त सुनेको थिएँ। वालककालमा उनीले वनारसमा अध्यायन गरेका थिए रे। उनी पढाईमा र वहसमा निकै राम्रा थिए रे। वनारसमा अध्यायन गर्दा एक महानुभावले प्रश्न गरेछन् - "तिमीलाई अँग्रेजी वोल्न आउँछ (डु यु स्पिक ईंलिस) " ? जवाफमा विपिले "मलाई अरु अङ्ग्रेजी आउँदैन वनारसको अङ्ग्रेजी मात्र आउँछ" भनेका थिए रे। महानुभावले हाँस्दै भनेका थिए रे - "अँग्रेजी जहाँको भएपनि एउटै त हो"। विपिले यो सन्दर्भ आफ्नो आत्माव्रित्तान्तमा राखेर रमाईलो वनाउन खोजेका देखिन्छन् । सवैवालक जस्तै आफूपनि सानासाना कुराहरुपनि ख्याल नगरेर निस्वार्थ रुपमा जवाफ दिएको थिएँ भनेर देखाउन खोजेका होलान्। उनले अँग्रेजी भाषा अन्तराष्ट्रिय भाषा भएकोले वनारसी होस या वेलायती एउटै हो भन्ने महानुभावको कुरालाई स्विकारेको देखिन्छ।
अमेरिकी वातावरणमा घुलमिल हुन यहाँ आउने कोहिपनि नवजनलाई केही समयसम्म सघर्ष गर्नु नै पर्दछ। सङ्घर्षको क्रममा नौला, रोचक घटना घट्ने गर्दछन् । यो यस्तै रोचक कथा हो। हाम्रो आफ्नै कथा हो :) । एक पटक एउटा अफिसमा फोन गर्दाको कुरा हो। एक महिलाले फोन उठाईन। हामीले उक्त अफिसलाई आफ्नो समस्या प्रस्तुत गर्यौं। उनले केहि वेर पस्चात - " Do you speak English ? In which language are you comfortable with ? I can ask for translator...." (तिमीहरु अँग्रेजी वोल्न सक्छौ ? तिमीहरु कुन भाषामा दख्खल छौ ? म अनुवादक वोलाउँछु) भनेर सुनाउँदा हामीले फोन राखेर मरिमरी हाँसेका थियौ।
हाम्रो अँग्रेजी उसले नवुझेकोमा नरमाईलोपनि लागिरहेको थियो। हाम्रो दक्षिण-एसियाको लवज विशेष खालको छ। सायद उ हामीले वोल्ने अँग्रेजी लवजसँग परिचित थिईन। त्यो वेला विपिले सानामा दिएको उत्तर नै सहि थियो जस्तो लागेको थियो। वनारसमा वोल्ने अँग्रेजी दक्षिण-एसियालीले वोल्ने अँग्रेजीको प्रतिनिधि उदाहरण नै हो। वालककालमा उनले वनारसी अँग्रेजी मात्र आउँछ भनेर उनले जे भनेका थिए वास्तवमा उनले सही भनेका थिए तर उनले त्यो यथार्थलाई राम्ररी नकेलाई अँग्रेजी अन्तराष्ट्रिय भाषा भएकोले सवैतिर एकै हो भन्ने कुरालाई स्विकारेको देखिन्छ।
हालसालैको कुरा हो। साथीको मोवाईमा भुलवस एकमान्छेले फोन गरेछ। के के भन्दो रहेछ उनले वुझ्न सकेनछन् र मलाई फोन हस्तान्तरण गरे । मैले वुझ्ने प्रयास गरें। वुझेका केही शव्दले उसको कुरा अनुमानमात्र लगाउन सकें। तर गाँठीकुरा मैले पनि वुझ्न सकिन र फोन साथीलाई फिर्ता दिएँ। साथीले उसलाई प्रतिप्रश्न गरे। उनको प्रश्न यस्तो थियो : "डु यु स्पिक ईंलिस ?" :D :D हा हा हा। हत्तपत्त उसले फोन राख्यो। साटो फेरेकोमा हामीलाई भने एक किसिमको खुसी भनौ या आत्मासन्तुस्टि मिलीरहेको थियो :)))))))
November महिनाको अन्तिम विहिवार Thanksgiving day पर्ने रहेछ। त्यसको भोलिपल्टको शुक्रवारलाई 'Black Friday' भन्दा रहेछन्। व्यापार व्यवसाय गर्नेहरुले यी अवसरहरुमा किनमेल गर्दा निकै ठूलो छुट दिने रहेछन्।
अमेरिकन र क्यानेडियनले मुख्यगरि मनाउने रहेछन Thanksgiving । तर Thanksgiving को दिन भने फरक फरक हुने रहेछ। विशेषगरि Thanks (धन्यवाद) दिने गरिदो रहेछ यो दिन। साथीभाइ, परिवारसँग वसेर Turkey (कुखुराको एक जात) खाने चलन रहेछ।
Thanksgiving को ऐतिहासिक महत्व पनि रहेछ। सन १६२० को जाडोको मौसममा धार्मिक यात्रीहरु (Pilgrim) अमेरिकाको Massachussets मा आउँदा सार्है खराव मौसमले गर्दा उनिहरु विरामी परेछन्। केहिको त ज्यान पनि गएछ। रैथाने अमेरिकन (Native Americans) हरुले तिनिहरुलाई कसरी माछा मार्ने , कसरी खेतीपाती गर्ने र वाँच्ने भनेर सिकाएछन्। पछि यसैको वदलामा यात्रीहरुले अमेरिकनहरुलाई वोलाएर खानपिन गराई थ्याङ्स दिने गर्ने चलन वसाएछन। त्यसै चलनको परिस्क्रितरुप रुप नै आजको Thanksgiving day रहेछ।
यो विशेष दिनको अवसरमा सहयोग गर्नुहुने सवैलाई मेरो तर्फवाट Happy Thanksgiving। विहिवार, शुक्रवार पनि विदा परेकोले लगातार ४ दिन कलेज जानु पर्दैन। त्यसैले Thanks to Thanksgiving :)
यस्तो पनि हुँदो रै छ जिन्दगीमा कैले कैले
Apartment वाट Computer Science Department जाने वाटोमा हरेक दिन मखमली फूलेको देख्दा कतै तिहार आउँदै त छैन भन्ने आभास हुन्थ्यो। नभन्दै नेपाली क्यालेन्डर पल्टाएर हेर्दा तिहार आउनै लागेको रहेछ। त्यसपछि हरेकपाली मैंले ति फूलहरु देख्दा मेरा दिदीहरुको संझना आउँथ्यो। दिदीहरु साथै भैदिएको भए University मा फूलेका यी मखमली फूलहरुको उपयोग गरिन्थ्यो होला। म कलेज जाँदा यस्तै-यस्तै सोचिरहन्थें।
म तिहारको वेलामा यो ठाउँमा फोटो खिच्छु भनेर मनमनै सोचिरहन्थें । मेरो भित्री चाहना यस्तो थियो- फोटोमा म हुनेछु, पछाडी यो ढकमक्क फूलेको मखमली हुनेछ अनि फोटोको टाईटल लेख्ने छु- "भाइटिकाको मौसम छ, कलेज भित्रै यि मखमली फूलेका छन्, तरपनि कुनै रौनकता छैन..."।
समय वित्दै गयो। "भाईटिका पर्सि छ। आज जसरी पनि मैंले फोटो खिच्नुपर्छ"- उही वाटो हुँदै प्रोफेसरसँगको मिटिंङ्गमा जाँदा म सोच्दै थिएँ। म हतारमा थिएँ। मेरो फोटोलिदिनलाई नजिकै मेरा साथीहरु पनि थिएनन्। मिटिङ्ग पछि साथिसँग आएर म खिच्छु भनेर म मिटिङ्गमा हिडें।
करिव ४ घन्टा पछि म मेरो साथिलिएर फोटो खिच्न पुगें। तर............ अफसोच फूलहरु थिएनन्। साथी भन्दै थियो- "फूलहरु यही फूलेका थिए र? अर्को तिर होला। भवनहरु उस्तै छन्, तिमी झुक्कियौ होला "। हामीले नजीकैको क्षेत्र केलायौं तर अहँ फूल छैनन्। म भन्छु यहिँ थिए फूल। तर अहिले फूल भएको कुनै संकेत छैन त्यहाँ। त्यसैले साथीले भन्न लाग्यो, "तिमी सपना देख्दै हिड्दो रैछौ कि क्या हो"। तव मैले मेरो IPhone वाट विहान आउँदा खिचेको फोटो देखाएँ। जुन यस्तो थियो:
४ घण्टाको फरकमा यति ठूलो परिवर्तन ? राम्रा फूलहरु "आजै" किन निमोठ्न परेको हो तिनीहरुलाई ? फेरी भाइटिका मनाउने देश भए एउटा कुरा, निसानी नै केही नराखी किन उखेल्न सकेका हुन ? - म मनमनै प्रश्न माथि प्रश्न तेर्साउँदै थिए। मेरो साथी चकित परेर मलाई हेर्दै थियो भने म अपुरो चाहनाको अमिलो स्वाद मन नपरिकन चाख्न वाध्य थिएँ....।