- May 6, 2010. FR -
८-१० महिना अगाडि लेखेको "अभागि माझघरे" भन्ने कथाको याद आईरहेको छ यतिवेला। देशको परिस्थितिलाई कथाको रुपमा प्रस्तुत गरेको थिएँ। पाठकहरुले पनि निकै रुचाएको कथा थियो त्यो। यो वेलाको मेरो देशको परिस्थितिले मलाई उहि कथा संझाईदिएको छ। मजदुर दिवस (मे १ तारिख ) को दिनवाट देशमा अनिस्चितकालिन हड्ताल सुरु भएको छ भन्ने खवरहरु पढ्न, सुन्न, र देख्न पाईन्छ।तीन प्रमूख दलहरुका (एनेकपा माओवादि, नेपाली कांग्रेस र नेकपा एमालेका ) नेताहरु पटकपटक छलफल गरेर सहमतिमा पुग्ने प्रयासमा छन् रे। हरेक दिन यस्तै मात्रै सुनिन्छ तर सहमति भएको कुरा सुनिन्न। मेरो कथामा पनि त्यस्तै किसिमको वातावरणको कल्पना छ जहाँ माझघरेका संतानहरु घोर्लेखसिको भागवन्डाको कुरा मिलाउन सहमत हुन्नन्, चरणचरणका वार्ता गर्छन् र अन्तमा कसैले पनि खसि नपाउने गरि गुमाउन पुग्छन्। मेरा देशका दलहरु यो वेला भागवन्डामा कुरा मिलाउन सकिरहेका छैनन्।सहमति हुन त कसैले केहि छोड्नुपर्ने पो हुन्छ त। यसैगरी टसमस गरेर वसिरहे माझघरेको खसि जस्तो पाएको उपलव्धि पनि फुत्किन वेर लाग्ने छैन । कति गर्दापनि नसुध्रिएका यी माझघरेका संतानहरु देख्दा दिक्क लागेर आउँछ ...।
- समाप्त -
exactly. ajha dukhad bidambana ta tesle garda desh ra janta sabai pidit chhan...
tei ta ...