February 28 भनेको February को अन्तिम दिन हो।२०१० को यो दिन, होलीको दिन परेको रहेछ। होली मनाउने ठाउँमा अनुहारहरु रंगिएका Facebook वाट देखिन्थे। यता केही नमनाउने हाम्रो ठाउँमा पनि अनुहारहरु रंगिन थिए। तर होलीको जस्तो धेरै किसीमका रङ् थिएनन् वरु सवैका अनुहारमा एकै रंग, 'मलिन रंग'।कान्छोको विदाईको दिन भएकोले INT, Evry, France को MAISEL (होस्टेल)मा रहेका परिवारका सदस्यहरु (Ravi, Sirsha, Sraddha) लगायत Fon, Joy, Ramya, Sengly, Siva, Shan आदिका अनुहारहरुमा मलिनता छाएको थियो। होलीमा २-३ दिन अगि देखि नै रङ्गिन सुरु भए जस्तो कान्छोको विदाइको पार्टि, शुक्रवार Feb 26 देखि हाम्रा अनुहारहरुमा मलिनताको रंग छाएको प्रश्टै देखिन्थ्यो।
उ पढाईमा मात्र हैन, लगभग सवैकुरामा तगडा। धेरै कुराहरु सिकिएको छ, सिक्न छ उसवाट। संसारमा सायदै कमै मान्छे भेटिएलान् उ जस्ता।त्यसैले मैले नत्तुलाई तिमी लक्कि रहिछौ भनेर जिस्काउँदो पारामा भनेको छु :)। सवै साथिहरुलाई एकै साङ्लोमा वाध्न सक्ने खुवि उसमा छ र यो सानोतिनो खुवी हैन पक्कै नै। सवै जस्तोको नजीकको साथी बन्न सक्नु उसको विशेषता हो।
धेरै नजिकिन सक्नु पनि राम्रो होईन कि जस्तो लाग्छ कहिले काँहि। जस्तो उसमाथि उसको विहेको कुराको टेन्सन धेरै थियो। नेपाल पुगेको १० दिनमा उसको बिहे हुनु छ। कति काम होला, यो वुझ्नेलाई नै थाहा हुन्छ। सवैको नजिकको हितैषी मित्र भएकोले सवैका व्यथा सुन्दिनुपर्ने, सम्हाल्दिनु पर्ने भएकोले उसमाथि टेन्सन माथि टेन्सन थपिएका थिए। हुन पनि यताका उतार चढावलाई मिलाउनुपर्ने चुनौति उसका सामु थिए। तर यिनै टेन्सनहरुले उसलाई "एक परिपक्व लोग्ने" वनाउन सघाएको छ। त्यही भएर France आउनु अगि उ वच्चा जस्तोभए पनि जाने वेलामा एक असल लोग्ने वरावरको परिपक्वता लिएर गएको छ उ।यसका लागि भएपनि हामीलाई धन्यवाद दिनुपर्छ उसले :D।
जाने दिन धेरै पहिले थाहा थियो। अपेक्षित कुरा हुँदाहुँदै पनि मनले चित्त वुझाउन्न रहेछ कहिलेकाँहि।उसमाथी मेरो नजिकको भाइ, साथी छुटिने वेला आउँदा मनमा अनेक कुरा खेलीरहेका थिए। आखिर दिन न हो, आयो नै, छुटिएर गयो नै। हिड्ने दिन विहानको हुरिको आवाजले मनमा चिसो पसाएको थियो।के के कुरा गर्थ्यो उ, मेरो प्लेन उडाउने भो दाई आदि आदि। हुन पनि त्यो हुरी निकै अनपेक्षित थियो। वन्द कोठा भित्र समेत वाहिर हुरीको आवाजले तर्साउँथ्यो। वाटोमा ह्याण्डपिसलाई हावाले गुडाएको संझनाले पनि अनुमान लगाउन सकिन्छ कस्तो थियो हुन्डरी भनेर। पछि थाहा पाईयो कि यो हुन्डरीले फ्रान्समा ४० जनाको ज्यान लिएछ ।अझ RER B ट्रेनमा समस्या - Gare du Nord वाट Charles de Gaulle Airport सम्म जाने ट्रेन थिएन। वस लिनुपर्ने के के। जे होस, Sirsha, Sraddha, Ramya, Ravi सहित हाम्रो ६ जनाको टोली समयमै Airport पुग्यो र उसलाई विदाई गर्यो।
थाहा छैन कहिले भेट हुने हो, कहाँ भेट हुने हो, कस्तो रुपमा भेट हुने हो...। उसलाई वाई गर्नु केही समय अघिदेखि मनमा चलचित्र फास्ट फर्वाड गरेर हेरे जस्तो Pulchowk, AIT, र Telecom SudParis को वसाईको ७ वर्षलामो दोस्ती आँखा अघि चलिरह्यो। दु:खमासमेत साथ दिने घनिष्ठ साथीलाई "वाई" गर्नुपर्दा आउने तरङ्गलाई रोक्न नसकेको जानकारी आँखाका पर्दाले मस्तष्कलाई गराउँदै थिए ...।यहाँवाट AIT, Thailand हुँदै नतसालाई लिएर नेपालमा गएर विहेगरेपछि PhD गर्न जाँदैछ उ। उनीहरुलाई सफल दाम्पत्य जीवन र उज्ज्वल भविस्यको कामना।
विदाइका झलकहरु:
तस्विर: कान्छो र श्रद्दा उपहार पाउँदा दंग !
तस्विर: INT Maisel लाई विदाई गर्दे
तस्विर: Charles de Gaulle Airport मा भोक मेट्दै
- समाप्त -