About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

फर्क-अव-फर्क

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, July 28, 2008

पढ्न अल्छि लाग्यो? सुन्नुस उसो भए




५ दिन देखि देशमा आगो वलिरहेको छ। सामाजिक सद्बाव विगार्न मुर्कुटाहरु लागिरहेका छन्। आगो दन्किदै जाँदा, मेरो रगत तात्दै जान्छ। त्यसैले त आजभोलि राष्ट्रको माया अझ प्रगाड भएर गहिरहेको छ मेरो मुटुमा, मेरो मस्तिस्कमा। यस्तो अवस्थामा म केहि नलेखी रहनै सकिन। फलस्वरुप अति नै व्यस्त जिवनमा नखाई- नखाई मनका भावनाहरु पो पोख्न मनलाग्यो मलाई त।


घाँस काट्ने घाँसीहरु हो,

फर्क भारी नपुगेकै भएपनि

हरियो घाँस देखाएर,

गाई लान आँटिसके।


माग्न निस्केका मगन्तेहरु हो

फर्क जति मागेको भएपनि,

छोरोको एकसरो दौरा तानी,

तुना चूँडाउन लागिसके।


सिक्न निस्किएका विध्यार्थिहरु हो

फर्क जति सिकेको भएपनि,

उल्टो उल्टो सिकाएर,

वैरिहरु मौलाईरहे।


कमाउन विदेशिएका गरीवहरु हो,

फर्क जति कमाएकै भएपनि,

जुवा खेलाउँदै, च्याँखे थाप्दै,

भकारी रित्याउन लागिसके।


फर्क आमाका संतानहरु हो,

मार्न ढाडिएका उडुसहरुलाई,

पड्काउन फुलेका जुम्राहरुलाई,

भुट्न रंगफेर्ने चूर्नाहरुलाई,

छदाउन चुस्ने जुकाहरुलाई,

लखेट्न गाई चोर्नेहरुलाई,

निमोठ्न दौरा च्यात्नेहरुलाई,

पिल्स्याउन उल्टो सिकाउनेहरुलाई,

टुप्पि-उखेल्न जुवाडेहरुलाई।


सच्चा देशभक्त ठान्छौ भने,

आमालाई वचाउन मन छ भने,

फर्क नै पर्छ सवैले,

नेपाली भई वाँच्नु छ भनें।

नेपाली भई मर्नु छ भनें॥

***


5 comments

  1. Anonymous Says:
  2. Nepali haru ko choice nai yestai chha k garne? They all are elected by us nepali.Haami le tulu tulu hernu sibaye aru k nai garna sakinchha.
    Aba court le one week pachhi decision diyepachhi kura milchh hola. let we hope!!!!!

     
  3. फर्किनु मात्र ठुलो कुरा होइन सायद फर्केर गर्नु पर्ने काम ठुलो होला र त्यो पनि अन्तिम पंतिमा लेखिएको रहेछ राम्रो छ। आफु बलियो नभई केहि गर्न सकिन्न, आफु एक नभई कसैलाई जित्न सकिन्न,

     
  4. unmig Says:
  5. what a connected word like of a dill dill fun to read and to see..."

     
  6. Kraantikaari kabita!!!!!!!

     
  7. Anonymous Says:
  8. hi there kapuyan how tumbo wang...
    BATA dildil atras muna manas kami
    dito...

     

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors