I love writing and reading articles, traveling places, making friends etc...
Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.
Posted by
Nobal Niraula ( नोवल निरौला )Monday, July 28, 2008
पढ्न अल्छि लाग्यो? सुन्नुस उसो भए
५ दिन देखि देशमा आगो वलिरहेको छ। सामाजिक सद्बाव विगार्न मुर्कुटाहरु लागिरहेका छन्। आगो दन्किदै जाँदा, मेरो रगत तात्दै जान्छ। त्यसैले त आजभोलि राष्ट्रको माया अझ प्रगाड भएर गहिरहेको छ मेरो मुटुमा, मेरो मस्तिस्कमा। यस्तो अवस्थामा म केहि नलेखी रहनै सकिन। फलस्वरुप अति नै व्यस्त जिवनमा नखाई- नखाई मनका भावनाहरु पो पोख्न मनलाग्यो मलाई त।
Posted by
Nobal Niraula ( नोवल निरौला )Tuesday, July 15, 2008
July 15, 2008
पढ्न अल्छि लाग्यो? सुन्नुस उसो भए
टिरिंग टिरिंग फोन बज्छ, हत्त पत्त उठ्दछु। हेल्लो, हेल्लो? केही बुझिन्दैन। लाग्छ कसैले ब्लफ कल दिए जस्तो। लौ, फेन्चमा पो वोल्छ त। म पनि कस्तो भुलक्कड, सुत्नु अघि फोनमा घन्टि लगाएको पो त है; म तंग्रिन्दै जाँदा, बुझ्दै जान्छु।
फोनको घन्टिवाट सुरु हुन्छ मेरो बिहानी। यो फोनको काम अरु के नै छ र? हदै भए बिसमा एक फोन आउला, नत्र यो फूटेको कौडि जति पनि प्रयोगमा छैन बोल्नको लागि। तर ठूलो सहारा दिएको छ यो कौडिले, किनकी भनेको बेलामा घन्टि दिन्छ, मेरो आदेशलाई मानेर। भलै म फ्रेन्च राम्रो नवुझौंला, तर घन्टि न हो, भाषा किन वुझ्नु पर्यो र।
न त भाले वास्छन् यहाँ र उठ्नु, न त बासेकै भएपनि उठ्ने हुँ म। एक मनले सोच्छु, यहाँ भाले बासेकै भएपनि फ्रेन्चमा वास्थे होलान, कुकुर भुक्ने नै भए पनि फेन्चमा भुक्थे होलान्। त्यसैले तिनीहरु भएपनि नभएपनि कुनै गुनासो छैन। तर हैन, कुकुर भुकेकै भएपनि वा भनौं भाले डाकेकै भएपनि पहिलो वाक्य चै वुझ्थें होला J; उहि त हो वोंजु भन्थ्यो होला , साल्यु भन्थ्यो होला, बौलाएको भाले परे राति १२ बजे वासे वोन्युई भन्थ्यो होला …., केहि सहारा त पाईन्यो।
विहान ढल्कदै जाँदा ट्रेन पक्डन दौडिन्छु म। ८:२० मा छुट्ने ट्रेनलाई हेला गरेर, पहिल्यै तयार भएपनि ८:१० नबजी हिड्दै हिड्दिन; मरोस, आज वाटोमा अलिक लामा पाईला गरौला भनेर। किन-किन यो ज्यान यति बिहानै हिड्नै मान्दैन।
वाटोमा जाने आउनेको लस्कर। मेरो लामा-लामा पाईला अरु वाटो हिड्नेको तुलनामा एकदम छोटो सावित हुन्छन्। यहाँका मान्छेहरु कति फटाफट हिडेका हुन्। नेपालमा हुँदो हुँ त कस्तो घोडा जस्तो दौडेको भन्थे होलान् । ऊफ कस्तो ठाउँ यो, जहाँ मेरो लामालामा पाईला नि निकै छोटा झै लाग्ने।
ट्रेन स्टेसनको डिस्प्ले वोर्डलाई नियाल्छु म, ८:१८। अझै दुई मिनेट बाँकि ट्रेन आउनलाई। म कल्पिन्छु, म पुल्चोक क्याम्पसको गेटमा २६ नं को गाडिलाई कुरिरहेको वेला १० मिनेट, २० मिनेट अनि आधा घन्टा सम्म वस नआएको संझन्छु अनि तुलना गर्छु र पाउँछु, आकाश पातलको फरक। पैसा तिरेर पनि सुविधा पाउन कुरिनु पर्ने पुल्चौकको वस कुर्ने ठाउँ, उपभोक्ताको हक संझिन्छु म। कतै सेकेन्ड फरको नपरी आउने ट्रेन, ढिलो आएमा सुचना दिने व्यवस्था, कल्पनामै हराउछु म। कम्प्युटर ह्यांग भएर माउसलाई मतलव नगरे जस्तो, दिमाख ह्यांग भएर टोहोलाई रहन्छु म। ह्यांग भएको कम्प्युटरले बेला बेलामा माउसको टुप्पो सारे जस्तो मेरो दिमाखले छोडिदे तुलना गर्न भन्छ मलाई। म आदेश शिरोधार्य गर्छु, अनि उक्लिन्छु आईसकेको ट्रेनमा।
काठमाडौको कोचाकोच वसमा खुट्टा राख्न नपाउने क्षण, धुवाँको मुस्लो मुखै निर परेर रुमालै नभएपनि हातले छेकेको क्षण, प्वाँ प्वाँ पारेर कान वटारिने हर्नको आवाज, मेरो दिमाखको प्रोसेसरले दिमाखको मेमोरीमा लोड गर्छ, अनि भेरिएबल 'ए' मा राख्छ (दिमाखको दाहिने पाटोमा)। अनि खुट्टा ते्र्साएर वस्न पाईने २ तल्ले विजुली वाट चल्ने यो ट्रेन, विना आवाज र आरामदायी यात्राको अनुभव दिलाउने यो वाहान, धेरैजस्तोको हातमा किताव भएको यो क्षणलाई दिमाखको मेमोरीमा भेरिएवल 'वि' ( देव्रे पाटोमा) दिएर राख्छ दिमाखको प्रोसेसरले। अनि सुरु गर्छ कम्प्यारिजनको फंक्सन( तुलना)। किन हो किन, उत्तर दिन्छ NaN (Not a Number). मतलव, तुलना गर्दा फरक यति धेरै आयो कि जसलाई दिमाखको मेमोरिमा राख्न सकिएन अर्थात फरक अनन्त (Infinity)। मेरो दिमाख फेरि ह्वांग, हुन्छ।
उसै त ह्यांग भएर तातिएको दिमाख, ट्रेन भित्रको तातोले अझै तातिन्छ र सुस्ताउँछ, अनि सपना देख्छ केही क्षणलाई। दिमाख किन हो झर्ने ठाँउँ अघि नै फेरी काम गर्न थाल्छ। थपक्क ट्रेनवाट झर भन्छ Gare du Nord (उत्तरको स्टप) मा। म खुरुखुरु मान्छु, निस्कन्छु बाहिर अनि लाग्छु अफिस तिर।
वेलुका उही रुट, उही दिमाख, उही ट्रेन तर भोकाएको भुँडि, कामवाट थकित दिमाख। जति थकित भएपनि अक्सर यो दिमाख तुलना गर्ने काम गरिरहन्छ, ह्यांग हुने नै भए पनि। अनि प्रश्न गरिरहन्छ मलाई किन यस्तो फरक, कस्को कमजोरी, कस्को लापरवाही। म आजित हुन्छु, म अवाक्य हुन्छु, म बिचलीत हुन्छु; मेरो दिमाखको प्रोसेसर मलाई सोधि रहन्छ, तर म नाजवाफ बनिरहन्छु, नाजवाफ बनिरहन्छु।
Posted by
Nobal Niraula ( नोवल निरौला )Sunday, July 13, 2008
11 July, 2008
पढ्न अल्छि लाग्यो? सुन्नुस उसो भए
आजको दिन संसारले एक नौलो जोडि पाएको छ। अझ साँघुरिएर भन्नु पर्दापुल्चोकमा बि. ई. पढ्दाका मेरा २ जना साथिको जोडि बनेको खवर सुनिको छु। अझै साँघरिनु पर्दा मेरो रोल्नं (521)भन्दा अघाडिको निश्चल (520) ले मेरो रोल्नं भन्दा पछाडिको पुजा (523) लाई झ्याई पारेको कुरा सुनिएको छ।
यो एकदम रमाईलो जोडि हो जस्तो लाग्छ। रोल्नं नजिकै परेकोले होला यो जोडीसंग मेरो राम्रै घुलमिल थियो, छ पनि। तर यिनिहरुले खुलेर कहिल्यै पनि बताएनन् आफ्नो प्रेम कहानी। आशंका त लाग्दै थियो। दुई मध्ये एकले म बिहे गर्न जाँदैछु सम्मको हिन्ट भने दिईसकेका थिए। सायद लजाएर होला योसंग भनेर चाहिँ भनिसकेको थिएन। किन लजाएको होला है? अबको च्याटमा यो कुरा भने सोध्ने नै छु।
विहेको पार्टीमा जानु अघि एक जना साथीले च्याटमा भन्दै थियो: "म कसरी भाउजू भनौ, अफ्ठेरो लाग्दैछ"। मैले भनेको थिएँ, उसो भए ज्वाँई भन न त! हुन पनि हो, भाउजु भन्न अलि अप्ठेरो होला नि है सुरु सुरुमा तर पछी वानी पर्ला, पर्नु पनि पर्यो नि (haha)।
बि. ई. को होस्टल बस्दा हामी खुव कुरा गर्थ्यौं। को संग कस्को नाम जोडेर जोडि बन्ला भनेर। तर यो अहिले बनेको जोडि भने कुनै हालतमा नि बन्छ जस्तो लाग्थेन त्यो बेला। हामी अझ ठट्टा गर्थ्यौं एकै क्लासको जोडि बन्यो भने त भेट्न जाँदा पनि सजिलो है, दुवैजनालाई एकै पाली भेटिने भनेर। आखिरीमा त्यहि भयो (haha), रमाईलो लागिरहेको छ। आफ्नै क्लासवाट जोडि नबन्ला जस्तो भएको थियो तर यो नविन जोडिले त्यो अभावलाई पूरा गरिदिए। अव अर्को जोडि त बन्ने सम्भावना कमै देखिन्छ छ। तर के थाहा यस्तै गरि एकदिन फेरी अर्को जोडि निस्किने पो हो कि?
Posted by
Nobal Niraula ( नोवल निरौला )Thursday, July 10, 2008
विशेष कारणले गर्दा ब्लगमा पोष्ट गर्न ढिला भयो यो पाली। यो अघिको पोष्टिंग २२ जुनमा , आज ९ जुलाई। लगभग १५-२० दिन जस्तो कुनै पनि लेख, रचना, संकलन नपाउँदा खिन्न हुने विशेष गरी अमेरिकामा रहेका साथीहरु एवं थाईल्याण्डमा रहेका मित्रहरुलाई पस्किदै छु। आशा छ राम्रो नै लाग्ने छ।
गत महिनाको पहिलो व्लग जस्तै यो महिना पनि दिदीको कवितावाट पोष्ट गर्न शुरु गरेको छु। 'भ्रुणको आवाज' नामको पहिलो कविता धेरै साथिहरुले मनपराउनु भएको थियो, संततिको ताप नामको कविता पनि कम चाहिँ छैन नि।
यो कविताले शहरमा पढ्ने, पढाईमा मतलव नदिने वालवालिकालाई झटारो हानेको छ। एकातिर घन्टौं हिडेर विध्यालय पुग्नुपर्ने गाउँघरको अवस्था छ, अर्को तिर घरैवाट वस चढेर पुगिने शहरको सुविधा पनि छ। तर किन किन धेरैजस्तो शहरका नानीहरुले आफ्नो वानी पढाईमा भन्दा अन्य कुरामा लगाएर वावु आमाको लगानीलाई खेर फालि उनिहरुको सपनालाई चकनाचुर पार्ने खोजेका होलान भनेर कवियित्री चिन्तित देखिन्छिन् यो कवितामा। त्यसैले त उनि भन्छिन:
कहिं पाउनु छैन कलम किताव स्कुल धरि
कहिं पाए पनि मतलव छैन हरि हरि!!
जहाँ कुनै कुराको अभाव छैन जस्तो कि खान, लाउन, स्कुल, कपि, कलम, किताव, नोट, गाईड, तै पनि किन किन पढ्नै मान्दैनन् वा शहरका नानीहरु! कतै यो कविता सुने सप्रिन्थे कि ? ;)
Posted by
Nobal Niraula ( नोवल निरौला )Wednesday, July 9, 2008
दंते कथा के हो थाहा छ? एक नेपालीले दंते कथा र गाउँखाने कथा किन नजान्नु नी है। बरु सुन्न मात्र मन पर्छ धेरैलाई। लौ त आज म एउटा दंते कथा सुनाउँछु, भन्दापनि लेख्छु, राम्रोसंग पढ्नु नि।
एकादेशमा एक सिकर्मी वस्दथ्यो। उ एकदम मिलनसार, ईमान्दार थियो। त्यसैले होला गाउँको महाजनले उसलाई निकै मान्थे। महाजन चाँहि जिल्ला भरि घर बनाउँथे। अर्थात उनी ठेक्केदार थिए। त्यो सिकर्मीले यति राम्रा घर बनाउँथ्यो भनिसाध्य छैन। तर उ भने झुपडिमा बस्थ्यो, धेरै कमाउन सकेको थिएन। वस्नको नाममा टहरो मात्र थियो उसको। कलाभएर पनि आफ्नो घर वनाउने हिम्मत उसमा थिएन।
एकदिन सिकर्मी साठी वर्ष पुगेछ, अनि सोचेछ: मैले यत्रो काम गरें यो ठेक्दारसंग, अव काम गर्दिन, वुढो भएँ। त्यसपछी सरासर महाजनकोमा पुगेछ अनि भनेछ: "महाजनसाप, म अव काम गर्दिन, वुढो भएँ। ढाड दुख्छ, अव मेरा दिन गएछन् मालिक"। महाजन छक्क परेछन् अनि भनेछन्: ठिकै छ, तिमी त्यसो भन्छौ भने जाउ, तर मेरोलागी अन्तिम घर वनाएर। अव एक घर वनाउन सघाउ, अनि जाउ।
सिकर्मीले ठिकैछ नि त भनेछ। घरको काम नि सुरु भएछ। महाजनले उसलाई विस्वास गर्ने भएकोले घर कस्तो वनाउँदै छ भनेर निरिक्षण नि गरेनछन्। सिकर्मीले सोचेछ, यो मैले बनाउने अन्तिम घर त हो नि , फेरि मैले वनाउनु क्यारे पर्दैन भनेर अल्छि गरेछ, काठहरुपनि सखुवाको नराखी, उत्तिस, सल्ला आदि राखेछ, अनि वुट्टाहरु पनि जे पायो त्यही राखिदिएछ। उसले राम्रो घर वनाउन कुनै मेहनत गरेनछ यो पाली।
घर वनाई सकेपछि, उ महाजनलाई भेट्न गएछ। महाजनलाई त्यो घरको चावि दिएछ। घर वनाईदिएकोमा महाजनले धन्यवाद दिएछन्। उनिहरुले संगै चिया खाएछन् अनि त्यो सिकर्मी विदावारी भएर उसको घर हिड्न लागेछ अनि भनेछ: "महाजन, अव म जान लागें"।
महाजनले फेरि पनि धन्यवाद भनेछन्। अनि एक कदम अघि वढेर भनेछन्: हेर सिकर्मी वावु, तिमीले मेरो लागि यति गुन लगाएका छौ, मैले तिर्न सक्दिन। तै पनि यो तिमीले मेरो लागि वनाएको यो अन्तिम घर, आज म तिमीलाई दिदैछु र तिम्रो गुन तिर्दैछु। यति भनेर अघि उसले नै दिएको चावि उसैको हातमा थमाएछन् र विदावारी भएछन्।
सिकर्मी तीन छक्क परेछ, यस्तो कल्पना गर्नै नसकिने कुरा भएकोमा। उसले जिवनमा कैयन सुन्दर घरहरु वनायो, तर अन्तिममा हेलचेक्राई गरेर नराम्रो घर वनायो। यदि उसले यो उसको घर हो भन्ने कुरा वनाउने वेलैमा थाहापाएको भए सखुवाको काठ राख्थ्यो, वुट्टा पनि दामी दामी राख्थ्यो, दरवार जस्तो वनाउँथ्यो। तर……।
हामी यस प्रिथ्विमा सिकर्मी जस्तो भएर आएका छौ, हामीले उसको जस्तरी आफ्नो कर्तव्य पूरा गरेनौ भने उसरी नै फस्नेछौ। यो कथा यही सकिन्छ। लेख्ने भन्नेलाई सुनको माला, पढ्नेलाई फूलको माला, यो कथा अव कता जाला? :D :))))