तस्विर: (यो माथीको तस्विरलाई क्लिक गर्यो भने ठूलो तस्विर देखिन्छ). यो गुगलले पनि के दिएको छ के। म घरतलको सोलूखोला तरेर पारी गएको छैन, तर पनि म आकाशवाट नियाल्न सकिरहेको छु मेरो घरवरपरको डाँडा खोलाहरु। मेरो घर, सल्यान, सोलुखुम्वुमा भएपनि खोटांङ् र ओखलढूंगाको सिमाना नजीक पर्दछ। यो फोटोको टुप्पोको पहेलो रेखा चाँहि सगरमाथाको सिमाना हो। पहिले पहिले ‘सम्म फोटो’ मात्र हेन्न पाउँथें गुगलमा। तर आज मेरा घर आसपासका डाडाँहरुलाई ओल्टाई पल्टाई गरेर उचाल्न सक्छु, ढल्काउन सक्छु। धन्यवाद गुगल तिमीलाई। लाग्छ म हवाईजहाजमा घुमिरहेको छु। के थाहा, पछि म मेरो घर लाई नै देख्न पाउने हुँ कि। “मेरो घरको ढोकालाई पनि खोलेर आमा म आएँ भनेर” भन्न पाउने हुँ कि यो कम्युटरवाटै।
“बाबु उ त्यो पारीको गाउँ पंचन हो, अनि त्यो पल्लो डाँडो जुवु, अनि जुवु भन्दा दायाँ को डाँडो ऐसेलुखर्क हो, यो दायाँ तिरको डाँडो चै नेचा गाउँ हो,…”
“ए ए त्यो दुधकोसी पंचन डाँडोको पल्लो पट्टी छ। निक्कै ठूलो छ त्यो। कोशीहरु सोलुखोला जस्ता नदिहरु मिलेर बनेको हुन्छन। त्यसैले निक्कै ठूला हुन्छन। ७ वटा यस्ता नदी मिलेर सप्तकोशी बन्छन्” ।
त्यो नेचा डाँडोको टुप्पोवाट देखिन्छ। त्यसको पल्लो पट्टि छ। रुम्जटार ओखलढुंगामा पर्छ। नेचा चै सोलु र ओखलढूंगाको सिमानामा पर्छ। तिम्रो मामाघरवाट नजिक पर्छ।
हो, त्यो खोटांगमा पर्छ। यो दुधकोसीले सोलु र खोटांगलाई छुट्याएको छ। यो दुधकोशीपारीको सवै खोटांग हो। त्यसैले त्यो ऐसेलुखर्क खोटांगमा पर्छ।
ए ए। त्यो त उत्तर दिशामा नि। उ त्यो नेले भो क्यारे। नेलेको देव्रे दिशामा। यो सोलूखोलोलाई पछ्याउँदै जाने हो भने तिमी सल्लेरी पुग्छौ। त्यसैले यो उत्तर दिशामा पर्छ।
Nice! It was fun to read this post.