खण्ड २ बाट क्रमश:
“निमोठेर लगे त बरु मरिन्थ्यो केही दिनमै; चुसेर हिड्दा त महिनौं सम्म चिलाईरहन्छ” …………
----------------------------------------------------------------------------
भमरो आयो……
दुवै जनाले आग्रह गरे। मैले मान्नै पर्यो। तर सारै गारो काम। आसन ग्रहण गरें।
नंवर कसरि दिने भन्ने वारे छलफल गरे लगत्तै चिठ्ठा थुत्न लगाएँ। लौ, आजको छलफलको समय सुरु हुन्छ, भमरावाट, मैले सुरुवातको ढोका खोलिदिएँ।
भमरा: खुब फुर्ति लाउँछे, यो गोदावरी। केहि गर्ने सक्ने हैन। कुरा गर्न पनि हामी आउनु पर्छ, उसको वोट मुनि। एक पाहिला हिड्ने हैन।
गोदावरी: प्रक्रितिले यस्तै वनाईदिएको छ, अनि के गर्नु त। संसारभर फैलिईसकेका छौ हामीहरु। खुट्टा नै चाहिन्छ र हिड्नलाई। दुई पाईला हिडेर के गर्नु। यस्तरी हिड्नु पर्छ कि संसारले चिनुन। तिमीहरु जस्तो देखावटि हिडाई के हिंडाई!
भमरा: के भन्न खोजेको, हरेक फूलवारीमा हाम्रो पनि उपस्थिति छ।
गोदावरी: हामीलाई चुस्न पाएपछि नपुगि भयो त?
भमरा: तिमीले पनि त चुसेकी छौ नि, यो धर्तिलाई। उ उहाँले मल-जल नहालिदिएको भए सुकेनास लागेर सुकेको बन्मारा जस्तो हुन्थ्यौ। फुर्ति छाँट्ने वा।
गोदावरी: सक्छौ भने तिमी पनि चुस न त, जमिनको रस। कतिको गार्हो छ अनि थाहा पाउँछौ। त्यो गुलाफ, त्यो थुँगेहरुसंग कति संघर्ष गर्नुपर्छ। हुलका हुल आएर हाम्रो सुगन्धमा रमाउदै रस चुस्न पाएर मात्तिएका छु्द्र जनावरहरु।
भमरा :मार्न त मार्दैनौ नि तिमीहरुलाई। निमोठेर त जाँदैनौ नि। यो जन्ममा मीठो मीठो खुवाएर स्वर्गमा जाने तिमीहरुको तानावाना हामीलाई पनि थाहा छ के। स्वार्थ लुकेको छ, तिमीहरुको वास्नामा, रसमा। स्वार्थिका सन्तानहरु, फलाक्न मात्र जान्दछन्।
गोदावरी: निमोठेर लगे त बरु मरिन्थ्यो चाँडै; चुसेर हिड्दा त महिनौं सम्म चिलाईरहन्छ, सजाय जस्तो। त्यसैले तिमीहरु पापी हौ। फेरि कस्ले देखेको छ हँ, पछिल्लो जन्मको कुरा। कतिन जान्ने सुन्ने भएको जस्तो। जसको रगत-रगतमा हाम्रो रस वग्छ, आज उ नै हाम्रो खिलापमा वकालत गर्छ।
भमरा: भोकलाग्यो भने खान पाउनु संपुर्ण जिवजन्तुको अधिकार हो। त्यो उडेर जाने रसलाई खाएर हाम्रो ज्यान वच्छ भने किन नखाने। यो संसार एक जाति मात्रैको हो र। होला तिमीहरुलाई हामीले प्रत्त्यक्ष खान्की दिएनौ होला। तर कसैले त तिमीहरुलाई पनि दिईरहेको छ नि। वोल्न सक्ने भएको भए कति रुन्थ्यो होला जमिन । कति पिडित भएको होला विचरा उ। म वुझ्छु त्यसको पिडा। सारांसमा भन्नुपर्दा तिमीहरुलाई कसैले खुवाउछ, हामीलाई तिमीहरुले। व्याएको भैसिलाई १ दिन नदूदाको जस्तै पिडा हुन्छ तिमीहरुलाई, हामीहरुले रस चुसिनौ भने। अझ यसरी भनौन, खेर जाने ति पदार्थको कति उपयोग गरेका छौं। त्यसैले हामीहरुलाई धन्यवाद दिनुपर्छ तिमीहरुले, गाली हैन।
गोदावरी: हा। यहाँ थारो भैँसिहरुको समेत थुन चुसिएको छ, एक पछि अर्को गर्दै। खुरुखुरु चुसेर गए पनि सहन सकिन्थ्यो होला। हुलका हुल आएर लडाई खेल्ने मैदान बनाईएको छ, लडाईं खेल्ने तारो बनाईएको छ। अर्कोको फूलवारीमा फूलफूल्न कम भयो भनेर तिमीहरुको संतान तिमीहरुलाई नै प्रहार गर्छन् अनि हामीलाई चुसेर जान्छन। रणभुमीमा फूल्नु परिरहेछ। थाहा छैन भोलि कुन खैरे आउने हो काले वा भुन्टे भमरो तर यो निश्चत हो कि हामीलाई चुस्न कोई न कोई पक्कै आउनेछन्। किनभने कुनै यस्तो दिन छैन जहाँ हामीहरु खुसीले बसेका छौं। असहाय यो ज्यान के नै गर्न सक्छ, हेर्न सिवाय। भगवानले धेरै कुरा दिए हामीलाई तर दरिलो काँडा दिएनन्। भगवानसंग बर माग्नु परे म काँडा माग्थें जसलाई आफ्नो मनले चिताए जस्तरी फैलाउन सकियोस। भगवानलाई खुसी पार्न समेत हामीलाई प्रयोग गरिन्छ, तर किन भगवानले हाम्रो पिडा देख्दैनन्। लाग्छ, उनको आँखा हाम्रो सुन्दरतामा मात्र रम्छ। जताततै दुषित वातावरण, कुद्रिष्टि। यस्तो संसारमा फूल्नु काल निम्त्याउनु हो। आज हामी गोदावरीहरु आँफै काललाई जन्माईरहेछौ। जति राम्रो फूल्छौ उति चाँढो मारिन्छ....
***
खण्ड ४ केहि दिनमा
0 comments