About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

कुरा दशैं-2006 को

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, October 3, 2007

October 2, 2006 को कुरा हो यो। AIT मा आएपछिको पहिलो दशैं। मेरो जिवनको पहिलो दशै, जसमा म मेरो आमा-बुबा दिदी-दाईहरुसंग संगै थिईन। धेरै साथीहरुको कथा पनि यस्तै थियो। विदेसवाट पनि दशैं भनेर आउँछन् घरमा, हामी भने बिदेशिएका थियौ। रहर मात्र हैन वाध्यताले पनि हामी बिदेसिएका थियौं, उच्च शिक्षाको लागि।

Welcome Show लगत्तै AIT को पढाईको चाप महसुस गरियो। धमाधम चलेको पढाई, Assignments हरुको ताँतिको कारणले, चाड-पर्व को ख्याल नै थिएन। यस्तो लाग्थ्यो, AIT बास्तवमै Assignment Institute of Technology (म त A project Institute of Technology भन्न रुचाउँछु) हो।

नेपाली समाज, NRN Thailand अनि नेपाली दुतावासको संयुक्त कार्यक्रमले दशैं आएको झझल्को दियो। Thailand मा नेपालीसमाज नै ठुलो संगठन थियो। यसकारणले दशैंको कार्यक्रम AIT मा मनाउने गरिएको थियो। मेरो मादलमा अग्नि नेपाल दाईले “घुमाईमा घुमाई घुमबन्ने दाजु, लौ लौ लौ हजुर…” र “बिछोडको बेला, नसकी खप्न दसैको वेलामा…” बोलको गित पनि गाउनु भएको थियो। भाईवहिनीहरुको नाच पनि बेजोडको थियो। Tog-of-War,फुटबलको निकै खेलको पनि मज्जा लिईयो। अरु दिन फुर्सद नहुने हुनाले दशैंको ठिक अघील्लो Week-End मा आयोजना गरिएको थियो, सो कार्यक्रम।

कसरी लगाईयो त टिका?
अलिकति वसाईको कुरा गरौ। भरत, बिष्णु र म Village 30 B र शैलेस, सुनज र प्रतिक Village 29 B मा बस्थ्यौं, त्यो बेला। 29 B मा हामी 8 जना ( 6 + निपेन्द्र + प्रबल) संगै खाना खान्थ्यौ, खुनले खाना पकाउथिन्।

दशमीको दिन सम्म पनि टिका लगाउने छाँटकाट थिएन। विहान करिव १० बजेको हुँदो हो, शैलेस, सुनजसंग टिका लगाउने कुरा भयो। अनि रंग, दही र टिका को जोरजाम गरियो। प्लेटमा टिका केही क्षणमै तयार भयो।

टिका लगाउन सुरु भयो। टिका लगाउने कार्यक्रमको धेरैजनालाई थाहा भईसकेछ। पछि सवैजस्तो जुनियर्सहरु जम्मा भईसकेको भान हुन्थ्यो। भरतसर हामी मध्ये सिनियर भएकोले हामीहरुले उहाँवाट टिका लगायौं सुरुमा, पछि त जुन जेठो आयो उसको हातबाट टिका लगाउने काम भयो। उर्मीला दिदी आएपछि दिदीको हातको टिका लगाईयो। विना तयारी, विना सुचना एक्कासी सवैजसो जुनियर्सको जमघट हुँदा उल्लासमय भएको थियो, Village 29 B मा। यसवाट पनि प्रस्टहुन्छ दशैं कस्तो चाड हो भनेर--टिका लगाउन सवै स्वस्फुर्त जम्मा हुन्छन् र आशिर्वाद थाप्छन्। पछि रोवोटदाई, प्रकाशदाई आइपछि झन् रमाईलो थपियो। प्रकाशदाई सवैभन्दा जेष्ठ भएकोले सवैले उहाँको हातवाट पनि टिका थापियो।

टिका लगाउँदा श्लोक त भन्नु पर्यो नै, पुर्खाले चलाएको चलन। सवैले प्रयास गरे। मलाई पनि सुरुमा त गार्हो भएको थियो, तर २/3 पटकको प्रयासपछि राम्ररी नै आए जस्तो लाग्यो। उर्मिला दिदीले अरुलाई टिका लगाईदिंदा मैंले श्लोक पढेको थिए यसरी:

आयु द्रोणसुते, श्रीयं दशरथे, शत्रुक्षयंराघवे
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।
सौर्यं शान्तनवे, बलं हलधरे सत्यं च कुन्तिसुते
विज्ञानं विदुरे भवतु भवतां,कीर्तिश्च नारायणे ।।
अनि :
“जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी” भन्ने श्लोक पनि थाहा थियो, तर पुरा आएन। मलाई थाहा थियो यो प्राय: गरेर महिलालाई टिका लगाईदिंदा भन्ने गरिन्छ। त्यसैले पुरुषहरुलाई लगाउँदा भन्ने गरिने भएपनि मैले महिलालाई टिका लगाउँदा पनि त्यही दोहोर्याईरहें “आयु द्रोणसुते…” किनभने महिलालाई लगाउँदा पनि त्यो श्लोक भनेको मैंले विगतबाट सिकेको थिएँ। तलका फोटा हेर्दा अहिले पनि त्यो क्षणको ताजै भएको जस्तो लाग्छ।

फोटो: जेठो दाई (प्रकाश)वाट टिका थाप्दै उर्मीला दिदी

फोटो: भाग्यमानी भएस् "उर्मिला दिदीको हातवाट टिका थाप्दै"

फोटो: टिका पछी भात खादै

फोटो: क्लास सुरु हुन आट्यो दाई, छिटो छिटो खाउँ

फोटो: "दशैं आयो" अनि "गयो" तर यो संझना "आउछ मात्र"

आभाले रुहाईन्
दशैंको टिका लगाउने काम चल्दै थियो उर्मिला दिदीको हातबाट। एकपछि अर्को टिका थाप्दै थिए। उता प्रकाश दाई चाहिं घरमा फोन गर्न लाग्नु भएको थियो। भाउजू अनि छोरी संग टिकाको कुरा हुदै थियो। जहाँसम्म याद छ मोवाईल Handsfree mode मा राखिइको थियो किनकी सवैले प्रस्टसंग सुन्न सक्थे वार्तालाप। यत्तिकैमा आभाको पाली आयो। टिकाथापुन्जेल त ठिकै थियो, तर सकिना साथ भक्कानिन थालिन् आभा वैध। काठमाडौंमा घर भएकोले पनि उनलाई घर छोड्नु परेको थिएन होला सायद। यत्रो ठुलो दशैंमा कहिल्यै घर छोड्नु परेकोले पनि, हुनसक्छ। प्रकासदाईको छोरीसंगको वार्तालापले पनि उनलाई घरको याद वढाइको हुन सक्छ। सवैका आँखा रसाईसकेका थिए उनलाई देखेर। एकाएक सुन्सान भएको थियो,मुलघर। मलाई चाँहि त्यति सार्हो भएको थिएन किनभने मैले घर छोडेको एक दशक बितिसकेको थियो। परिवारको कोही पनि सदस्य नहुँदा भने निकै खल्लो लागेको थियो।


टिका लगाईसके पछि के भयो?
रोवोटदाइ संजयदाइहरु आउदै हुनुहुन्थ्यो। हामीहरु (केही) टिका लगाउना साथ हतार-हतार गरेर खाना खान वसेका थियौं, किनभने Presentation दिनु थियो (माथिको फोटोमा पनि देखिन्छ नि)। दशैंमा १ महिना बिदा हुन्थ्यो नि नेपालमा , तर यहाँ १ घन्टा पनि विदा पाईएन। १ बजे Siva र मैले KMIR को presentation दिनु थियो Prof. Peter Haddawy लाई। दशैंको दिन, टिका लगाएपछि मामाघर गईन्थ्यो (पैसा पनि पाईने, मिठो-मिठो खान पाइने ओ हो) तर यहाँ टिका लगाउन साथ Presentation...दिक्क लाग्ने।

First मा Presentation दिन गइयो। सुरु मैले गर्नु थियो। सवै ट्वाल्ल परेर हेरिरहेका थिए मेरो निधारमा, किनभने थाइहरुलाई टिका लगाउने चलन एकदम नौलो रहेछ । मैले यसरी सुरु गरेको थिएँ Presentation: “Today is the greatest day in our culture, called Vijaya Dashami. So, “Happy Vijayadashmi”… We put Tika in our forehead like I have right now….”। …"Today, I’m going to present the Bays Net that we have designed which predicts the possible reason(s) responsible for making the computer fail to boot properly"…. । Presentation पछि कतिले यसरी सोध्दै थिए Rice with red color ? ..


जाँदा-जाँदै

'दसैं आयो, खाउँला-पिउँला, कहाँ पाउँला? चोरी ल्याउँला । धत् पापी, छुट्टै बसौंला !' भनेर साना-साना नानीहरुले औला भाँचेर वस्ने गरेको झ-झल्को मेरो आँखा अघाडि घुमिरहेको छ। मिठो खान र राम्रो लाउन दशैं कुरिरहेका हुन्छन् कैयौं नेपालीहरु, यो वास्तविकता हो। आसा गर्हौं कि नेपालीले यो दशैंमा कम्तिमा पनि शान्तिपुर्ण तरिकाले मिठो-मिठो खान पाउन्।

मलाई थाहा छ, यो पाली म लगायत धेरैले टिका थाप्नु हुन्न किनकी हामीहरु मध्ये कतिले हजुरामा, हजुरवुवा, आमा, बुवा अनि आफन्त गुमाएका छौं। तर शुभकामना साट्दा भने फरक नपर्ला। त्यसैले जहाँ भएपनि, जसरी वसेको भएपनि, संपुर्ण आफन्त, ईस्ट-मित्र अनि नेपालीलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना।

| edit post

3 comments

  1. Anonymous Says:
  2. brought back memories of last year's dashain..was great! lets see what happens this year..enjoy your dashain in Paris..wow!!!

     
  3. Ajaya Says:
  4. Nice to read your memories

     
  5. Anonymous Says:
  6. purana din haru ko yad aayo yar nobal... dherai dherai dhanya bad yar

     

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors