आमा आमा “म कोरिया जान पाउने भएँ”, विवेकले कोरियामा पढ्नको लागि पूर्ण छात्रव्रित्ति पाएलगत्तै फोन गर्दै भन्यो। धनकुटाको एक गरिव किसानको छोरो विवेक एक मेहनति केटो थियो। विना पैसा यसरी पढ्न पाउनु सार्है गर्वको कुरा थियो। सवै साथिहरुले वधाई दिइसकेका थिए, सार्है राम्रो भयो भनेर।
किनभने निशु:ल्क अध्यायनको मौका पाउनु वेजोडको विषय थियो, अझ विवेकलाई!
फोन सकेपछि विवेक निक्कै चिन्तित देखियो। उसको हँसिलो अनुहारमा एक्कासि परिवर्तन आउनु सार्है रहस्यमय थियो। हिजो मात्र आमालाई छिमेकीको फोनमा वोलाएको अनि कुरा गरेको र सवै ठिकै छ भनेर सुनाउदै थियो। के भन्नुभयो तिम्रो आमाले र तिमी यति चिन्तित भएको ? गजुरेल ले सोधिहाल्यो।
केहि वेर त केही उत्तर दिएन। तर गजुरेलले पटक पटक कर गरेको हुनाले उसले सुनायो। “क्यानडा, अमेरिका जान, के को कोरिया” भन्नु भयो यार। “तल्लाघरे काल्दाईको छोरा अमेरिका गएको २ बर्समै घरवनाएको, अनि हर्केकी छोरी क्यानडा गएर उतै वस्न अनुमति पाएको उदाहरण नै काफी थियो ममिलाई”…विवेकले भन्दै गयो।
यस्तो मौका छ विवेकलाई तर पनि खुसी हुनै पाउदैन। उसको आमाले भन्नु वेठिक? अहँ हैन। विवेक वेठिक? त्यो पनि हैन। आखिर के वेठिक त? कहाँको पूर्ण छात्रव्रिति कहाँको 'असम्भव सरहको अमेरिका, क्यानडा..' ? वेला-वेला संझन्छु “क्यानडा, अमेरिका जान के को कोरिया…”। एक अनुत्तरित प्रश्न…..
0 comments