किन यो लेख?
सिनियर्सहरुसँगका दिनहरु अबिस्मरणिय नै भए। नेपाली समाजले पनि धेरै सघाएको छ senior सँग घुलमिल हुन। आप्ना Field of Study का सिनियर्सहरुको सहयोग हामी सवैले अनुभव गरेका छौ। जुनियर्स नआँउदा र सिनियर्स गएपछिको AIT सार्है खल्लो थियो। त्यहिवेलामा नै याद आएको थियो, यो लेख लेख्नलाई। INT को अनुभबले आगोमा धिउ थप्न मध्दत गर्यो र यो लेखले जीबन पायो।
Seniors को यादमा
"Don't believe your seniors" September 5, 2007 मा भएको TC-ICT welcome program मा Prof. Ahmed भन्दैहुनुहुन्थ्यो। जुनियर्सलाई नौलो लाग्यो होला, तर हामीलाई नौलो थिएन किनभने हामीले अघिल्लो बर्ष नै सुनिसकेका थियौं।
प्रोफेसरले भनेको कुरा पनि ठिकै होला, तर मेरो यसमा केही असहमति छ। Seniors को भुमिका कतिको हुँदो रै छ भन्नेकुरा यहाँ (INT, France) मा आउँदा थाहा पाईयो। कहाँ खाने, कहाँ किन्ने देखि कैयन कुराहरु थाहा पाउन धेरै गाह्रो भयो। कतिपयकुराहरु हामीले seniors संग (अर्चना दिदी र शतिसदाई) धेरै कुरा सोधिसकेका थियौ। तर कतिकुरा यस्ता हुँदा रैछन् जुन नपुगिकन थाहा नै नहुने.....। यतिसम्मकी फोनकसरी गर्ने भन्ने थाहा पाउन १ हप्ता लाग्यो हामीलाई। AIT पुगेको दिन ओहो..., केहीको चिन्ता थिएन। यहाँ पुगेको दिन के खाने, कहाँ खाने भनेर सुनाउने मान्छै पनि थिएन। AIT पुगेको भोलीपल्ट नै Future park घुमाउन लगेको दिन अनि यहाँ पुगेको दिन, कत्ति फरक कत्ति । यो उदाहरण नै काफी होला seniors को आवस्यकतालाई।
प्रोफेसरको पनि आफ्नै चिन्ता हुन सक्छन्। जस्तै कि एउटा senior ले राम्रो Grade पाएन भने त्यो सरको Course नलिनु भन्ने गर्छन् senior ले भन्ने उदाहरण प्रोफेसरको हुन सक्छ। यसरी हेर्दा जुनियर्सले आफैं विचार गर्नुपनि पर्छ। राम्रो सुझाव दिने सिनियर हुन साह्रै गारो छ। यस्तो लाग्छ हाम्रा seniors ले यो शिक्षा पाईसकेका थिए।
“आफुभन्दा अग्रजको कुरा सुन्नु, भनेको मान्नु” भन्ने चलन त हाम्रो समाजमा छ नि। वास्तबमा सिनियरले यो कुरालाई लिएर हासो ठट्टि गर्छन्। जस्तो कि एक जना Seniors (नाम खुलाउनै नपर्ला) ले रक्सिको ग्लास दिएर “पिय, ठुला-बडाले भनेको मान्नु पर्छ” भनेको मलाइ याद छ। उसो त आफुले के गर्ने के नगर्ने भन्ने कुरा आफुमा भर पर्छ नि। यहि कारणले पनि प्रोफेसर अहमदले सो कुरा ऊठाउनु भएको होला।
एउटा गम्भिर प्रस्न छ यहाँ । Seniors कस्लाई भन्ने। Bachelor मा Class-mate यहाँ सिनियर, म मान्दिन भन्ने पनि एकातिर, छ। एक रोचक प्रसँग सुनाऊछु यहाँ। नेपाली समाजको President हो यो रोबोट भन्ने, यहि सुनियो हामी AIT पुगेको दिन एक अग्रजको मुखबाट। त्यसैले हामीहरु Robert लाई दाई भन्न थाल्यौं। हेर्दापनि ज्यान परेको, दाई भन्न सुहाउने (म त अझपनि भन्छु)। करीव २ महिना पछी मेरो एक Class-mate यसो भन्दै थिए: साले त्यो रोबोटलाई, दाई भन्थें। पछि चिनजान गर्दै गएको त मेरो साथीको भाई पर्ने पो रै छ, हा हा हा…। हुन पनि हो नि, अब प्रकाशगुप्ता (class-mate) ले रोबोटलाई सिनियर भएकैले दाई भन्ने त? कहाँछोरीको बाऊ भइसकेका प्रकाश दाई कताको अबिवाहित रोबोट! हुन त अविवाहित पनि छोराछोरी भइसकेकाको दाई हुन सक्छ, तर यहाँचाँही यस्तो हैन।
अर्को रोचक प्रसंग पनि सुनाउन मन लाग्यो। मैले दिदी भनेर बोलाउने सिनियरलाई मेरो Bachelor को साथीले प्रेम प्रस्ताव राख्यो। भलै सुरु भएन, छुट्टै कुरा। केहीकुरा सिक्न सकिन्छ यी उदाहरणबाट। सिनियर भन्ने वित्तिकै दाई-दिदी भनिहान्नु हुन्ननी!!
त्यसैले यहाँ सिनियर्सको परिभाषा दिनु जरुरी हुन्छ। यो लेखमा सिनियर्स त्यसलाई मानिएको छ, जो हामी भन्दा कम्तिमा एक सेमेस्टरले अघाडि छन्। यस अर्थमा रोबोट प्रकाशदाईको समेत सिनियर हुन्। त्यसैले सिनियर्सले कम्तिमा एक T-shirt बढी फटाईसकेका हुन्छन्। भन्नुको मतलव, वातावरण (शैक्षीक,रोमान्स,रोजगारी आदि-आदि) लाई वुझीसकेका हुन्छन् सिनियर्सले । हो, यस्ता कुराहरु सजिलैसंग सोध्न सकिन्छ। विशेष गरि सुरु सुरुका दिनमा यी कुराहरुको निक्कै महत्व हुन्छ।
सिनियर-संगको भिडन्त
AIT पुगेको केहिदिनमै सिनियर र जुनियर्स विच ठुलो भिडन्त भयो। को को थिए त भिडन्तमा संलग्नहरु भन्ने जान्नको लागि त केहि क्षण कुर्नैपर्ने हुन्छ। बरु भिडन्तमा हात हालाहालको थिएन, बरु खुट्टा हालाहालको। त्यै पनि नियममा वाँदिएर। हो नि फुटवल म्याच भएको थियो, हामी सिनियर र जुनियर्स बिच। हामी निलो जर्सिमा सजिएका थियौं उनीहरु रातो जर्सीमा।
Vishnu Pandey समेत खेलाडि भएको टिमलाई त कसो नहराऊँला लाग्यो हामीलाई। तर थाईल्याण्डको मल लागिसकेको थियो सिनियर्सलाई, अनि Home Ground को अनुभव पनि थियो। तै पनि ३ गोल मात्र हान्न सकेका थिए, किनकि हामीले डटेर खेलेका थियौं।
जहाँसम्म मलाई याद छ, जम्मा ३ पटक भिडन्त भयो फुटबल मैदानमा हामी र हाम्रा सिनियर्स बिच। दोस्रो पटकको असफलता पस्चात हामीले हाम्रो रणनितिमा परिवर्तन गर्यौ। अन्तत: तेस्रो पटकको प्रयासमा हामीले सिनियर्सलाई नराम्ररी पराजित गर्न सकेका थियौं। जुनियर्ससँगको हराई पक्कै नरमाईलो हुन्छ होला। बरु सिनियर्सले हराउँदा त्यतिसारो नरमाइलो हुन्न। खै कस्तो लागेको थियो हाम्रा सिनियर्सलाई, त्यो त उहाँहरुलाईनै सोध्नु पर्ला।
धेरैछन् seniors संगका कुरा, लेखेर सकिन्न। senior हरुलाई संझिनु पर्दा Graduation Day को याद पहिलो नंवरमा आउँछ। Graduation Day को दिन , ओ हो। म कहिले Graduate हुँला जस्तो लाग्ने। सव हसिँला। कतिको त बुबा-आमा , Girl /Boy Friend, Husband, Brothers, Sisters पनि सँगै। सार्है लोभलाग्दो द्रिस्य थियो त्यो। AIT को Graduation को ड्रेस कालो, गोरो, खैरे, अग्लो, होचो, पुड्के सवलाई सुहाउने रै छ। त्यसैले यहाँ सकेसम्म हाम्रा सिनियर्सहरुलाई त्यहि ड्रेसमा राख्ने प्रयास गरिएको छ।
तस्बिर: हाम्रा senior हरु। अन्तिमका ३ जना दिदीहरु चाहिँ हाम्रा seniors का पनि seniors। त्यसैले हाम्रा पनि seniors :) . धेरै समय खर्चिनु पर्यो यो फोटोहरु मिलाउन। अन्तत: मैले गरि छाडें।
May 24, 2007 को दिन Graduation day थियो, हाम्रा सिनियर्सको। त्यहीवेला खिचेको यो तस्बिर सारै मनमोहक छ। "सयथरी बिचार एउटै ड्रेस"! बधाई Graduates हरुलाई।
Graduation को ड्रेसको छुट्टै मज्जानि। खुसियालीको दिन थप तस्बिर खिचाउँदै हाम्रा सिनियर्सहरु। AIT को कुना कुनामा समेत गएर फोटो खिचे। AIT का अन्तिम क्षणहरुलाई फोटोमा उतार्ने तम्मिएका हाम्रा सिनियर्स। जे भएपनि, जस्तो भएपनि, सवै AIT Students (Masters) को एउटै चाहना, Graduation!!!
Graduation मा आमा-बुवाहरु, दाजु-भाईहरु, श्रीमान्-श्रीमती लाई बोलाउने चलन रहेछ। बिदेस घुम्न पनि पाईने, छोरा छोरीको ग्राजुएसन पनि हेर्न पाईने भएकोले उनिहरुलाई पनि मज्जा। आफ्नो बुवा-आमा, दाजु-भाई, श्रीमान् आदि बोलाउँदाको छुट्टैमज्जा बोलाउनेलाई पनि।
समग्रमा, सिनियर्सले धेरै कुरामा सघाएका थिए, आसा छ सघाउने पनि छन्।कति सिनियर्स सँग त घन्टौं कुरा गरिन्थ्यो, च्याटमा समेत। अहिले सव कथाजस्ता भएका छन्। केही सिनियर्ससँग त अझ पनि कुरा हुन्छन् तर धेरै जनालाई “मिस” गरेको अनुभव छ। मलाई लाग्छ यस्ता यादहरु उहाँहरुलाई पनि आइरहेको होला। जुन ठाउँमा रहे पनि सिनियर्सले जुनियर्सलाई बिर्सने छैनन् भन्ने कुरा हामीलाई लागेको छ। अन्तमा: संपुर्ण सिनियर्सलाई अनि विशेष:गरी मेरा घनिस्ठ दिदीहरु र दाईहरुको सुखद तथा उज्ज्वल भविस्यको कामना!!!
Note: If I have missed some seniors in picture, pls remind me. I know, I don't have a picture of Krishna dai from ICT. Hope I'll get it soon.
seniors tinai hun jasle "uff garmile marnu huncha standard dorms ma, 2-4 din dekhi snk bar ko khanale wakka auncha, suru suruma cafeteria janai sakinna, kei napadi mid term auncha thahai napai, yaha ta sutne bhanya bihanipakh matra ho, 8 bajeko class ta dherjaso chutcha, ect ect" ma dhara prabaha speech diranchan bhalai august 12 ma fp nalageka hun, pantip plaza ko sato zeer batai computer kinayeka hun, MNRS ko sato ABCDFGH kai pachi kina nalagayeka hun, afna agadika lifema afule padayeka nai kina nahun yi sab bhanirakhne ait ka lagi senior nai hun ni haina ta?
ani durga didi ko surname gautam ho dahal lekhechau kyare jhukkiyera hola
main kurai chutecha,
jo bar bar " thesis ko tension cha" bhanirakhya hunchan, khana khanda hos ya momo party, phi phi ko trip ma hos ya pattaya stay,koh-somet ko mid sem trip ma hos ya afaile milayera gako safariworld ma, no matter whether u are invited for dinner or for colour festival timi janma jaat shrota hou ti seniorharuko hai ta