About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

वधाई वासुलाई

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, March 19, 2010

भर्खरै वैवाहिक जीवन सुरु गरेका पुल्चोकका मेरा सहपाठी वासुलाई धेरै-धेरै वधाई अनि सफल र सुखमय वैवाहिक जीवनको धेरैधेरै शुभ-कामना ! वासुको बिहेमा पनि छुटियो नि ...

basu_marriage
तस्विर: वासुको जोडि
- समाप्त -

ईलामे शहर चियावारी राम्रो

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, March 15, 2010

कताकतावाट यो गित सुन्न पुगें। मेरो १२-१५ बर्ष अघिको वसोवासको याद दिलायो। गाउँमा हुँदा रेडियो नेपाल मात्रै थियो सुन्नलाई। अनि त्यहीवाट यो गित प्राय वज्ने गर्थ्यो। अझकल एफएमहरु टन्न भएपनि यो गित वजेको पाईंदैन। पूर्वेली भाकामा रहेको यो गित र गाउने कलाकारहरुद्वय संगितकार वुलुमुकारुङ्ग र कुन्तिमोक्तान हुनुहुन्छ। भिडियो पनि निकै पहिले वनाएको झै देखिन्छ।


***
केटी: ईलामे शहर, चियावारी राम्रो, त्यै पर्यो घर हाम्रो
केटा: कस्कि हौ छोरी, पात्तली मोरी {लैजाने आँट हाम्रो}२
केटी: ईलामे शहर, चियावारी राम्रो, त्यै पर्यो घर हाम्रो
केटा: कस्कि हौ छोरी पात्तली मोरी {लैजाने आँट हाम्रो}२

केटी: {हिमालैचुली, त्यो पल्लापट्टी, घर छायो परालले}२
हाँसखेल गर्न, सक्दैनौ हामी {माईतीको डरले}२
केटी: ईलामे शहर, चियावारी राम्रो, त्यै पर्यो घर हाम्रो
केटा: कस्कि हौ छोरी, पात्तली मोरी {लैजाने आँट हाम्रो}२

केटा: {धुर्विसेमुनी, त्यो साउने खोला, गाईभैंसी चर्ने वन}२
तारेभिर भए, रसाउने थियो {निष्ठुरी तिम्रो मन}२
केटी: ईलामे शहर, चियावारी राम्रो, त्यै पर्यो घर हाम्रो
केटा: कस्कि हौ छोरी, पात्तली मोरी {लैजाने आँट हाम्रो}२

केटी: हो हो त्यै पर्यो घर हाम्रो
केटा: हो हो लैजाने आँट हाम्रो
***

- समाप्त -

Graduation र बिहे

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, March 11, 2010

आज March 11, 2010। २ महत्वपूर्ण कुरा हुँदैछन् :

१) कान्छोको विहे: काठमाण्डौमा यो वेला धुमधामसँग भैरहेको छ कान्छाको विहे। कान्छो वेहुलो वन्दा कस्तो देखिरहेको होला। त्यहाँ भैदेको भए जिस्काउनु हुन्थ्यो। हुन त यहाँ हुँदा नै टन्न जिस्काइसकेका छौं :) । कान्छो र नतसालाई धेरै धेरै वधाई अनि सफल वैवाहिक जीवनको शुभकामना।

Marriage ceremony of Kanchho and Natasha
तस्विर: कान्छोको जोडि

२) M. Sc. को Graduation:  Telcom SudParis, Evry, France वाट Masters सकाएको २ बर्ष अघि हो (AIT को M. E. सँगै) तर M. Sc. पछि Internship गरेकोले यो वर्ष मात्र हुँदै छ M. Sc. को Graduation। AIT वाट यहाँ आउने र यो M. Sc. को Graduation मा भागलिन पाउने केहि भाग्यमानीहरुमा म पर्छु किन भने Masters सकाएको १ बर्ष पछि हुन्छ यहाँको Graduation जुन वेलासम्म AIT का विद्यार्थीहरु हिडिसकेका हुन्छन् यहाँवाट। यहाँ जागिर गर्दाको एक फाईदा यो पनि भयो। AIT को जस्तो Graduation त यहाँ हुँदैन भन्ने सुनेको, जे होस Diploma भने Formally पाईन्छ आज। Siva Sothy र म जाने तरखरमा छौ। ठाउँ : Arènes de l’Agora d’Evry,Place de l’Agora 91000 Evry

तस्विर: Graduation को एक झलक

आज कान्छोको पनि Graduation हो यहाँ, तर उसको विहेको Certificate लिने दिन पनि ;) । दुवै एकै दिन पर्यो, कस्तो संजोग !

- समाप्त -

हिड्यो कान्छो

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, March 1, 2010


February 28 भनेको February को अन्तिम दिन हो।२०१० को यो दिन, होलीको दिन परेको रहेछ। होली मनाउने ठाउँमा अनुहारहरु रंगिएका Facebook वाट देखिन्थे। यता केही नमनाउने हाम्रो ठाउँमा पनि अनुहारहरु रंगिन थिए। तर होलीको जस्तो धेरै किसीमका रङ् थिएनन् वरु सवैका अनुहारमा एकै रंग, 'मलिन रंग'।कान्छोको विदाईको दिन भएकोले  INT, Evry, France को MAISEL (होस्टेल)मा रहेका परिवारका सदस्यहरु (Ravi, Sirsha, Sraddha) लगायत Fon, Joy, Ramya, Sengly, Siva, Shan आदिका अनुहारहरुमा मलिनता छाएको थियो। होलीमा २-३ दिन अगि देखि नै रङ्गिन  सुरु भए जस्तो कान्छोको विदाइको पार्टि, शुक्रवार Feb 26 देखि हाम्रा अनुहारहरुमा मलिनताको रंग छाएको प्रश्टै देखिन्थ्यो।  

उ पढाईमा मात्र हैन, लगभग सवैकुरामा तगडा। धेरै कुराहरु सिकिएको छ, सिक्न छ उसवाट। संसारमा सायदै कमै मान्छे भेटिएलान् उ जस्ता।त्यसैले मैले नत्तुलाई तिमी लक्कि रहिछौ भनेर जिस्काउँदो पारामा भनेको छु :)। सवै साथिहरुलाई एकै साङ्लोमा वाध्न सक्ने खुवि उसमा छ र यो सानोतिनो खुवी हैन पक्कै नै। सवै जस्तोको नजीकको साथी बन्न सक्नु उसको विशेषता हो।

धेरै नजिकिन सक्नु पनि राम्रो होईन कि जस्तो लाग्छ कहिले काँहि। जस्तो उसमाथि उसको विहेको कुराको टेन्सन धेरै थियो। नेपाल पुगेको १० दिनमा उसको बिहे हुनु छ। कति काम होला, यो वुझ्नेलाई नै थाहा हुन्छ। सवैको नजिकको हितैषी मित्र भएकोले सवैका व्यथा सुन्दिनुपर्ने, सम्हाल्दिनु पर्ने भएकोले उसमाथि टेन्सन माथि टेन्सन थपिएका थिए। हुन पनि यताका उतार चढावलाई मिलाउनुपर्ने चुनौति उसका सामु थिए। तर यिनै टेन्सनहरुले उसलाई  "एक परिपक्व लोग्ने" वनाउन सघाएको छ। त्यही भएर France आउनु अगि उ वच्चा जस्तोभए पनि जाने वेलामा एक असल लोग्ने वरावरको परिपक्वता लिएर गएको छ उ।यसका लागि भएपनि हामीलाई धन्यवाद दिनुपर्छ उसले :D।

जाने दिन धेरै पहिले थाहा थियो। अपेक्षित कुरा हुँदाहुँदै पनि मनले चित्त वुझाउन्न रहेछ कहिलेकाँहि।उसमाथी मेरो नजिकको भाइ, साथी छुटिने वेला आउँदा मनमा अनेक कुरा खेलीरहेका थिए। आखिर दिन न हो, आयो नै, छुटिएर गयो नै। हिड्ने दिन विहानको हुरिको आवाजले मनमा चिसो पसाएको थियो।के के कुरा गर्थ्यो उ, मेरो प्लेन उडाउने भो दाई आदि आदि। हुन पनि त्यो हुरी निकै अनपेक्षित थियो। वन्द कोठा भित्र समेत वाहिर हुरीको आवाजले तर्साउँथ्यो। वाटोमा ह्याण्डपिसलाई हावाले गुडाएको संझनाले पनि अनुमान लगाउन सकिन्छ कस्तो थियो हुन्डरी भनेर। पछि थाहा पाईयो कि यो हुन्डरीले फ्रान्समा ४० जनाको ज्यान लिएछ ।अझ RER B ट्रेनमा समस्या - Gare du Nord वाट Charles de Gaulle Airport सम्म जाने ट्रेन थिएन। वस लिनुपर्ने के के। जे होस, Sirsha, Sraddha, Ramya, Ravi सहित हाम्रो ६ जनाको टोली समयमै Airport पुग्यो र उसलाई विदाई गर्यो।

थाहा छैन कहिले भेट हुने हो, कहाँ भेट हुने हो, कस्तो रुपमा भेट हुने हो...। उसलाई वाई गर्नु केही समय अघिदेखि मनमा चलचित्र फास्ट फर्वाड गरेर हेरे जस्तो Pulchowk, AIT, र Telecom SudParis को वसाईको ७ वर्षलामो दोस्ती आँखा अघि चलिरह्यो। दु:खमासमेत साथ दिने घनिष्ठ साथीलाई "वाई" गर्नुपर्दा आउने तरङ्गलाई रोक्न नसकेको जानकारी आँखाका पर्दाले मस्तष्कलाई गराउँदै थिए ...।यहाँवाट AIT, Thailand हुँदै नतसालाई लिएर नेपालमा गएर विहेगरेपछि PhD गर्न जाँदैछ उ। उनीहरुलाई सफल दाम्पत्य जीवन र उज्ज्वल भविस्यको कामना।

विदाइका झलकहरु:

तस्विर: कान्छो र श्रद्दा उपहार पाउँदा दंग !


तस्विर: INT Maisel लाई विदाई गर्दे 


तस्विर: Charles de Gaulle Airport मा भोक मेट्दै
- समाप्त -

आवस्यकता कुसल चालकको

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, February 24, 2010

'राता'- मेरो एक घनिष्ठमित्रसँग च्याट गर्दै छु। उ नेपालमा छ। ईन्जिनियर हो, राम्रै ठाउँमा काम गर्छ। तै पनि गार्हो छ वस्न भन्छ उ। म नेपाल नगएको नि २ बर्ष हुन लाग्यो। यो अवधिमा सरसामान, खाध्यान्य लगायत सवैकुराको भाउ वढेर सर्वसाधारणको ढाड सेक्न थालेको छ भन्ने समाचार पढेको छु। राता भन्दै जान्छ:

(05:06:43 PM) Rata: kathmandu ma aba gau bata hami jasari ayera padna ta muskil cha yar....
(05:06:59 PM) Rata: arulai kasto hola....
(05:07:17 PM) Me: :(
(05:07:20 PM) Rata: very expensive.....

मलाई सार्है दु:ख लाग्छ। राम्रो जागिर गर्नेहरुलाई त वाँच्न गार्हो भएको वेला अरुलाई कस्तो भएको होला ? म च्याट गर्न छोडेर कल्पिन थाल्छु। कतिका सपनाहरु महँगीले गर्दा गुमेका होलान्। सपना मात्रै के भन्नु, ज्यान नै गुमे होलान् खान नपाएर ... :( ठूलो परिवार भएका छिमेकीहरु हलक्क वढेका वढै छन्। सानो जान भएपनि हाम्रो देशले दिशा गुमाएको देख्दा मन नै खल्लो भएर आउँछ। खै के हुने हो, म त सार्है नराम्रो भविष्य देख्दैछु। नेपालको खवर पढ्न छोडेको छु, निरासाको खवरले पन्ना भरिएको हुन्छ...। मरोस् सोचेर केही उपलव्धि छैन...जे हुन्छ हुन्छ...। कुनै दिन यो लेखमा फर्किएर उ वेला यस्तो समेत समय आएको थियो हाम्रो देशमा भनेर पढ्न पाईन्छ भनेर नै यो लेख लेखेको हुँ। दिशा गुमाएको जहाजलाई सम्हाल्ने कोही कुसल चालक (चालकदल) आईदिए कति खुशी हुईन्थ्यो होला गाँठे ...


- समाप्त -

वधाई रमेसजीलाई

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, February 20, 2010

रमेसजीको विहे भएको नि २ महिना भयो, तर फोटो भने भर्खरै पाउँदै छु। विदेशमा हुँदा साथीभाईको विहे चाँहि छुट्दो रहेछ। कस्तो रहर थियो रमेसजीको विहेमा जन्तजाने, तर परिस्थिति,...। पुल्चोक क्याम्पसमा बि. ई. पढ्दा, होस्टेलमासँगै वस्दा गरेका रमाईला कुराकानीको याद आयो :) । टाढैवाट भएपनि  फेरि एकपल्ट धेरै धेरै वधाई रमेसजीलाई। सफल वैवाहिक जीवनको हार्दिक शुभ-कामना !

Ramesh jee & His dulahi
तस्विर: रमेसजीको जोडि

- समाप्त -

पहिचान गुमाउँदै छ नेपाली भाषा

Posted by Nobal Niraula ( नोवल निरौला )

भाषा भन्ने कुरा पनि विचित्रकै कुरा हो। आफ्नो कुरा अरुलाई सुनाउन, अरुको कुरा सुन्न यही भाषाको प्रयोग हुन्छ। अझ मात्रीभाषाको महत्वको त कुरै नगरौ।संवेदनाहरु पोख्नको लागि मात्रीभाषा भन्दा अरु कुनै भाषा सहज हुन्छ जस्तो लाग्दैन। दोस्रोभाषा भनेको दोस्रै हुन्छ, जति नै जाने पनि सवैकुरा व्यक्त गर्न सकिन्न।

भाषा पनि परिवर्तनशील हुने रहेछ। प्रिथ्विनारायण शाहको पालामा वोलिने नेपाली र आजको नेपालीमा धेरै भिन्नता आईसकेका छन्। आजको नेपाली भाषा भोलिको नेपाली भाषा भन्दा निकै प्रिथक हुनेछ। अहिले नै पनि गाउँघरमा वोलिने नेपाली भाषा र शहरमा वोलिने नेपाली भाषा विचमा अन्तर देखा पर्न थालेको छ। यस्तो लाग्छ सहरको नेपाली गाउँमा बुझिदैन र गाउँको नेपाली सहरमा वुझिदैन। म केहि समयमा उदाहरण दिएर प्रष्ट पार्ने छु। अझ विस्वमा नेपालीहरु फैलिन थालेपछी नेपालीभाषामा थप परिवर्तन आउन थालेको छ - अरु भाषाको प्रभाव पर्न थालेको छ।

अन्तरवार्ता

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, February 9, 2010

कुनै समयमा लिएको यो भिडियो मेरो मोवाईवाट हटाउनु भन्दा यसो व्लगमै राखे राम्रो हुने लागेर यहाँ राख्दैछु । यहाँ राखेपछि त जुनी भरीसम्म नै हुने भो नि। मोवाईल त हराउन पनि सक्छ। भिडियो राम्रो नभएपनि के भो र, सम्झना न हो। सार्है नै रमाईला दिनहरु थिए वाई।



- समाप्त -

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors