About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

आवस्यकता कुसल चालकको

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, February 24, 2010

'राता'- मेरो एक घनिष्ठमित्रसँग च्याट गर्दै छु। उ नेपालमा छ। ईन्जिनियर हो, राम्रै ठाउँमा काम गर्छ। तै पनि गार्हो छ वस्न भन्छ उ। म नेपाल नगएको नि २ बर्ष हुन लाग्यो। यो अवधिमा सरसामान, खाध्यान्य लगायत सवैकुराको भाउ वढेर सर्वसाधारणको ढाड सेक्न थालेको छ भन्ने समाचार पढेको छु। राता भन्दै जान्छ:

(05:06:43 PM) Rata: kathmandu ma aba gau bata hami jasari ayera padna ta muskil cha yar....
(05:06:59 PM) Rata: arulai kasto hola....
(05:07:17 PM) Me: :(
(05:07:20 PM) Rata: very expensive.....

मलाई सार्है दु:ख लाग्छ। राम्रो जागिर गर्नेहरुलाई त वाँच्न गार्हो भएको वेला अरुलाई कस्तो भएको होला ? म च्याट गर्न छोडेर कल्पिन थाल्छु। कतिका सपनाहरु महँगीले गर्दा गुमेका होलान्। सपना मात्रै के भन्नु, ज्यान नै गुमे होलान् खान नपाएर ... :( ठूलो परिवार भएका छिमेकीहरु हलक्क वढेका वढै छन्। सानो जान भएपनि हाम्रो देशले दिशा गुमाएको देख्दा मन नै खल्लो भएर आउँछ। खै के हुने हो, म त सार्है नराम्रो भविष्य देख्दैछु। नेपालको खवर पढ्न छोडेको छु, निरासाको खवरले पन्ना भरिएको हुन्छ...। मरोस् सोचेर केही उपलव्धि छैन...जे हुन्छ हुन्छ...। कुनै दिन यो लेखमा फर्किएर उ वेला यस्तो समेत समय आएको थियो हाम्रो देशमा भनेर पढ्न पाईन्छ भनेर नै यो लेख लेखेको हुँ। दिशा गुमाएको जहाजलाई सम्हाल्ने कोही कुसल चालक (चालकदल) आईदिए कति खुशी हुईन्थ्यो होला गाँठे ...


- समाप्त -

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors