About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

गजल: यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, May 27, 2010

डा. क्रिष्णहरी वरालको अर्को चर्चित गजल:


यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ -३
(साँच्चै नबुझ्ने हौ कि ) -२
नबुझ्ने जस्तै बन्छ्यौ

तिम्रै सुरक्षा गर्न गाह्रो छ यहाँ मलाई -३
तिमी धर्ती छोडी माथि आकाशका तारा गन्छ्यौ
(साँच्चै नबुझ्ने हौ कि ) -२
नबुझ्ने जस्तै बन्छ्यौ
यहाँ देशको छ चिन्ता ।

भोलिका सन्ततिको आधार खोज्दै छु म -३
आधार नै हराए तिमी कहाँ रहन्छ्यौ
(साँच्चै नबुझ्ने हौ कि ) -२
नबुझ्ने जस्तै बन्छ्यौ

यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ
(साँच्चै नबुझ्ने हौ कि ) -२
नबुझ्ने जस्तै बन्छ्यौ
यहाँ देशको छ चिन्ता


- समाप्त -

बुद्ध र अशान्ति

Posted by Nobal Niraula ( नोवल निरौला )

आज २५५४ औं बुद्ध जयन्तीको दिन हो। नेपालमा जन्मेका बुद्ध महान मानव भएकै कारणले भगवानको रुपमा मानिन्छन्। शान्तिका दूत गौतम बुद्धको चर्चा देश छोडेपछि मात्र महसुस भयो। थाईल्याण्डमा रहँदा देखियो उनको प्रभाव, अनि वुझियो उनको महत्व। चीन, थाईल्यान्ड, कम्वोडिया, म्यानमार, श्रीलंका जस्ता देशमा बुद्धको प्रभाव निकै रहेछ भन्ने कुरा त्यहाँवाट आएका साथीहरुवाट वुझ्न पाईयो। यी तथ्यहरुले कितावमा पढेको उनको कथा जस्तो वयान यथार्थपरक नै रहेछ भन्ने पुस्टि गरे।

आज बुद्ध जन्मेको मेरो देशमा अशान्ति मच्चिएको छ। कस्तो विडम्वना ! अर्को विडम्वना त बुद्धकै कारणले पनि भएको छ। उनी जन्मेको ठाउँ भारतमा पर्छ भनेर प्रचारवाजी गरिएको छ। कुरा भर्खरैको हो। मेरो एक जना ईन्डियन साथीसँग बुद्धको कुरा हुन थाल्यो। उ वेला बुद्धजन्मेको ठाउँ भारत भएकोले बुद्ध भारतमा जन्मेको भन्नु ठिक हो भन्ने कुरा गर्यो। मेरो तर्क चाहिँ अहिले जुन देशमा पर्छ त्यो अनुसार भनिनु पर्छ भन्ने थियो। उसले ढिपि गरिरह्यो उसको कुरामा। मैले उसको तर्कलाई उ तिरै तेर्साएँ: यदि तँ तेसो भन्छस भने तँ ईन्डियन हैनस वरु फ्रेन्च होस किनकि तेरो अहिलेको ठाउँ उ वेला फान्स नै थियो :) कुरा अलिक गरमागरम स्थितिसम्म पुगेको थियो। 

जे भएपनि बुद्धको देशमा र बुद्धको नाममा अशान्ति मच्चिएको छ। सवैले उनको विचार र उपदेशलाई पालन गर्न सके सवैले शान्ति पाउँथे नि ...

- समाप्त -

गीत- चिठ्ठी आएन

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 16, 2010

चलचित्र ट्रक ड्राईभर को चिठ्ठी आएन भन्ने गीत 14 May को Voice of Teen भन्ने कार्यक्रममा हेर्न पाउँदा त्यो फिल्म हेरेको संझना आयो ...। Voice of Teen नेपाल टेलिभिजनवाट प्रसारण हुने मलाई मन पर्ने एक कार्यक्रम हो।


***
**
*
{ चिठ्ठी आएन, चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन } २
मेरो जीन्दगीको मलाई, चिठ्ठी आएन
 चिठ्ठी आएन,  चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन
मेरो जीन्दगीको मलाई, चिठ्ठी आएन
चिठ्ठी आएन, चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन 

{ घर छोड्दा चिठ्ठी लेख्ने वाचा वन्धन थियो
खवर केही नपाउँदामा यो मन रुने भयो  } २
साथीभाइको चिठ्ठी आउछ, मेरो आएन
 चिठ्ठी आएन, चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन

जरुरी थियो, मनको कुरा, मनमै रह्यो
प्रिय तिमीलाई संझदा खेरी आँशु नै छुट्यो मेरो 
आँशु नै छुट्यो
हुलाकी वाटो हेर्न मैंले छोडिन
चिठ्ठी आएन, चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन

{ हिजो राती सपनीमा उनीलाई देखें
सपनीकै आधारम एउटा चिठ्ठी लेखें } २
संचो विसंचो कस्तो छ है, थाहै भएन
 चिठ्ठी आएन,  चिठ्ठी आएन 
मेरो मायालुको मलाई चिठ्ठी आएन
मेरो जीन्दगीको मलाई, चिठ्ठी आएन
 चिठ्ठी आएन,  चिठ्ठी आएन
मेरो मायालुको मलाई चिठ्ठी आएन
*
**
***
- समाप्त -

यस्तो त कसैलाई पनि नपरोस ...

Posted by Nobal Niraula ( नोवल निरौला )

मेरो AIT, Thailand र Telecom SudParis, France को classmate Mr. Linn ले उसलाई जन्म दिने आमा गुमाएको ३ दिन पछि जन्म दिने वुवा गुमाएको छ। यो पनि उसको जन्म दिन परेको हप्तामा !  म कल्पनासम्म पनि गर्न सक्दिन। चिर आत्माहरुले शान्ति पाउन, भगवानले उसलाई सहन सक्ने शक्ति प्रदान गरुन...।  दैव पनि कस्तो निस्ठुरि ?... :(( :(( यस्तो वज्र प्रहार शत्रुलाई पनि नपरोस...

- समाप्त -

गीत: कतै नपाई तिमीलाई मन भित्र छोईदिएँ

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, May 14, 2010

विमला राइले गाएको यो "कतै नपाई तिमीलाई मन भित्र छोईदिएँ" भन्ने आधुनिक गीत मलाई मन पर्ने गीतहरुमा पर्छ।


कतै नपाई तिमीलाई मन भित्र छोईदिएँ -२
दुवै आँखा चिम्मगरी, मन भरि रोई दिएँ -२
कतै नपाई तिमीलाई मन भित्र छोईदिएँ

मिठो रंग अनुहारको दंग परी तिमी आँउथ्यौ --२
वर्ष भरि झरी हुरी, न्यानो न्यानो मुस्कान ल्याउँथौ
....


- समाप्त -

प्यारिस - मलाई मनपर्ने सहर

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, May 12, 2010

कसैले पेरिस भन्छन्, कसैले प्यारिस। फ्रेन्चमा 'पाहि'(नेपालीमा ठ्याक्कै उच्चारण मिल्ने गरि लेख्न सकिन किनकि त्यो उच्चारण नेपालीमा छैन ) भन्ने भएकोले मलाई प्यारिस भन्न मन लाग्छ। यसलाई कसैले City of Light भन्छन् त कसैले City of Love। शव्दै केलाउने हो भने नेपालीमा पनि प्यारिस = (प्यारी‌+सङ्ग) भनेर भन्दा अर्थ मिल्ला :D । हैन प्यारिस = प्या + रीस भनेर भन्नेहरुपनि होलान् :D । जे भनेपनि मैंले घुमेका १० वढी देशका शहरहरुमध्ये सवभन्दा मन परेको सहर प्यारिस नै हो। कर्मथलो भएरपनि हुन सक्छ।

म डा. तारानाथ शर्माको 'प्यारिसकी पोक्ची' भन्ने कथा संझिन्छु अनि रम्छु।यो कथा अलि तेस्तै छ, होस पुर्याएर पढ्नु नि ? (यहाँ उपलव्ध छ) लेख्न पनि कति मिलाएर लेख्न सकेको होला वा वा। डा. शर्माले प्यारिसकी पोक्चीलाई मैले भेट्नु  ४४ बर्ष अघि भेटेका रहेछन् (१ जुलाई १९६३ मा)। उनले निकै राम्रो किसिमले वयान गरेका छन् पोक्चीलाई भेट्न जाँदा र भेट्दाको क्षण। सानो अंश : "पोक्चीलाई बिहे गर्नु असम्भव र अक्कासे भएझैं यस नाउँ नभएकी सुन्दरीलाई पाउनू पनि उत्तिकै असम्भव लागेर आयो। हात हेरें मोरीका कलकलाउँदा थिएँ। खुट्टा हेरें, लाम्चा थिए। गाला रातिंदै थिए, आँखा पानी थिए काला धूपीका रूखहरुद्वारा घेरिएर। कम्मर कसिंदो मर्किंदो थियो, बटारिंदो थियो। यस्ती आइमाई पाए म जीवन धन्या मान्ने थिएँ। तर झल्याँस्स सम्झें – मेरा मुलुकमा पनि त युवतीहरु यसभन्दा कम छैनन्। आ मर् है तारा, जाँसुकै मर्। जुरुक्क उठें र सरासर पोक्चीतिर गएँ। पहेंलो सारी अझै थिई र मतिर उत्सुक उत्सुक हेर्दै मुस्काई। म त्यसलाई हेर्न आएको थिइनँ।...."

मैंले प्यारिसकी पोक्चीलाई भेट्दा पनि शर्माजीले भने झै राम्री देखें। पोक्चीले डाईटिङ्ग र एक्सरर्साइज गर्छे कि के हो, आज पनि उ उत्तिकै च्वाँक देखिन्छे। शर्माजीले पोक्चीले मलाई हेर्दै रुँदै गरी भन्थे, मलाई पनि उसले त्यसै गरी र माया लगाई।उसको आँखामा जादु छ। सायद ठिटाहरुलाई उसले त्यसैगरी नजर लाउँछे अनि मन पगाल्छे। शर्माजी र म दुवै गएको भए पोक्चीले कस्लाई हेर्थि होला कुन्नी ? पक्कै पनि अहिलेको लक्का हिरो मलाई नै हेर्थी होली। शर्माजीले पोक्चीलाई एकपाली त भेटेहोलान, म त पोक्चीलाई वेलावेलामा भेट्न गईरहेको हुन्छु।त्यसैले शर्माजीलाई भन्दा पोक्चीले मलाई नै माया गर्छे भन्ने कुरामा कुनै सङ्का छैन। 

प्यारिसमा पोक्ची भएर मात्र हैन मलाई अरुकुराले पनि मन खिच्छ। मौसम पनि राम्रै छ। धेरै कुराछन् प्यारिसवारे लेख्नु पर्ने। म विस्तारै अपडेट गर्नेछु।अहिलेलाई भने केहि तस्विरहरु (स्रोत: फोटोमा क्लिक गरे थाहा हुन्छ)

तस्विर: Eiffel Tower 

तस्विर: Arc de Tromphe

तस्विर: पोक्ची (Monalisa) को घर (Musee du Louvre)

- समाप्त -

नसुध्रिएका माझघरे

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, May 6, 2010

- May 6, 2010. FR -

८-१० महिना अगाडि लेखेको "अभागि माझघरे" भन्ने कथाको याद आईरहेको छ यतिवेला। देशको परिस्थितिलाई कथाको रुपमा प्रस्तुत गरेको थिएँ। पाठकहरुले पनि निकै रुचाएको कथा थियो त्यो। यो वेलाको मेरो देशको परिस्थितिले मलाई उहि कथा संझाईदिएको छ। मजदुर दिवस (मे १ तारिख ) को दिनवाट देशमा अनिस्चितकालिन हड्ताल सुरु भएको छ भन्ने खवरहरु पढ्न, सुन्न, र देख्न पाईन्छ।तीन प्रमूख दलहरुका (एनेकपा माओवादि, नेपाली कांग्रेस र नेकपा एमालेका ) नेताहरु पटकपटक छलफल गरेर सहमतिमा पुग्ने प्रयासमा छन् रे। हरेक दिन यस्तै मात्रै सुनिन्छ तर सहमति भएको कुरा सुनिन्न। मेरो कथामा पनि त्यस्तै किसिमको वातावरणको कल्पना छ जहाँ माझघरेका संतानहरु घोर्लेखसिको भागवन्डाको कुरा मिलाउन सहमत हुन्नन्, चरणचरणका वार्ता गर्छन् र अन्तमा कसैले पनि खसि नपाउने गरि गुमाउन पुग्छन्। मेरा देशका दलहरु यो वेला भागवन्डामा कुरा मिलाउन सकिरहेका छैनन्।सहमति हुन त कसैले केहि छोड्नुपर्ने पो हुन्छ त। यसैगरी टसमस गरेर वसिरहे माझघरेको खसि जस्तो पाएको उपलव्धि पनि फुत्किन वेर लाग्ने छैन । कति गर्दापनि नसुध्रिएका यी माझघरेका संतानहरु देख्दा दिक्क लागेर आउँछ ...।

- समाप्त -

सफलताको फर्मुला

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, May 1, 2010

कुन मान्छेलाई सफल र कुनलाई असफल भन्ने कुरा विवादको विषय हुन सक्छ।  केहीले सफल त्यसलाई भन्छन् जो निकै धनी र समाजमा परिचित छ। मेरो विचारमा सफल मान्छे त्यसलाई भनिन्छ जसले ईच्छाएको कुरा पाउँन सक्छ। जस्तो कुनै मान्छेले कम्पनीको मालिक हुने चाहना राख्छ र वन्न सक्छ भने उसलाई सफल मान्छे भन्न सकिन्छ। मान्छेले ईच्छाएको कुरा पाउँदै गएमा उसलाई समाजले चिन्दछ पनि। 

मान्छेहरु सफल कसरी वन्छन होला ? योजना वनाएर त्यस अनुरुप काम गर्न नसके सफलता पाउने कुरा गार्है  छ। यतिले मात्रै सफल हुन सकिन्छ भन्ठान्नु उचित हुन्न। योजना वनाउने र यस अनुसार काम गर्ने मान्छेहरुले सफलता पाउन तलको फर्मुला संझिनु पर्दछ जस्तो लाग्छ।

¬ dupe ∧ innocence ∧ patience ⇒ success

यो Propositional Logic मा लेखिएको फर्मुला हो। Artificial Intelligence वा Discrete Mathematics को अध्यायन गरेकोहरुले यो फर्मुला वुझ्न सकेको हुनुपर्दछ। यसलाई वुझ्ने भाषामा भन्दा:  सफलता पाउन ढाँट्नु हुन्न, निर्दोष रहनुपर्छ र धैर्य गर्न सक्नुपर्दछ। छलकपट र ढाँटले सफलता त पाईएता तर त्यो सफलता धेरै दिन टिक्दैन। अनि धर्यता सफलताको लागि अत्यन्त जरुरी छ।

मैले सायदै ढाँटेको हुँला जीवनमा। कसैलाई त्यस्तो लागेको भए केही छैन समयले वताउने नै छ किनकी धैर्यताको शक्तिमा मलाई विस्वास छ। यो फर्मुलाले धेरै जस्तो सफल व्यक्तिहरुको प्रतिनिधित्व गर्छ भन्ने मलाई लाग्छ। त्यसैले म यसलाई पालना गर्दछु, सफलता पाउने कुरामा ढुक्क छु। तपाईंपनि सफल मान्छे वन्न चाहनुहुन्छ भने यो फर्मुला पालन गर्नुस् है :)) 

- समाप्त -

Blog Archive

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors