Nepal Telecom को भद्रकाली office बाट यो ब्लग लेख्दै छु। साथीहरु यहाँ काम गर्ने भएकोले भेटघाट गर्ने कार्यक्रम अन्तरगत म यहाँ आएको हुँ। धेरै त के भनौं र नेपालले प्रगति गरेको कुरा भनेकै संचारमा मात्रै हो जस्तो महसुस भएको छ किनकि सवजनाको हातमा Mobile Phone देख्न पाइने रहेछ आजभोलि । कसैको फोन आएको छ तर कुरा गर्न मन लागेन भने 'मैंले वोलेको केहि वुझिन, पछि कुरा गरौं है' भनेर उम्किन पनि पाइने रहेछ :)। यसको मतलब फोनको गुणस्तर भने अझ पनि सुध्रिसकेको छैन। मेरा साथीहरुलाई यहि भनेर जिस्काउने तरखरमा छु :))
म अहिले वानेस्वर स्थित संसद एवं संविधानसभाको भवनसँगैको एक अफिसमा वसेर व्लग लेख्दै छु। माधव नेपालले राजीनामा दिएपछि प्रधानमन्त्री को वन्ने भन्ने टुङ्गो अझसम्मपनि लागेको छैन। २ दिन अघि भएको प्रधानमन्त्रीको चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एनेकपा माओवादीका पुष्पकमल दाहाल प्रचन्ड दुवैले वहुमत पुर्याउन सकेनन् किनकी नेकपा एमाले र तराईका दलहरुले चुनावमा भाग नै लिएनन्। आज फेरी दोस्रो पाली प्रधानमन्त्री चुन्न निर्वाचन हुँदैछ यहाँ वानेस्वर स्थित संसद भवनमा। अहिले दिउँसोको ठिक १२:४४ बजेको छ। भोटिङ्गको समय दिउसोको १ बजे रहेको छ। समाचार स्रोतहरुले जनाएअनुसार आजपनि प्रधानमन्त्रीको निर्णय हुन सक्ने स्थिती छैन।
२ बर्ष अगाडि म नेपाल आउँदा गणतन्त्र घोषणा भएको थियो। राजतन्त्रवाट गणतन्त्रमा गएको दिन मेरो आँखा अगाडि झल्झल्ति छ। यो परिवर्तन राम्रो नराम्रो जे भएपनि ठूलो परिवर्तन थियो। यो पालि नेपाल आएको वेला पनि संयोग कस्तो परेको, फेरी राजनितिक परिवर्तन हुँदैछ। यसरी हेर्दा मेरा आगमनले राजनितिक परिवर्तन ल्याउँछन् :P। मेरो हरेक आगमनमा राजनितिक उथलपुथल हुने हो भने म छिटोछिटो आउँदा देशमा राजनितिक परिवर्तन भएको भयै हुन्छ र देशको स्थिति थप नराम्रो हुन्छ। त्यसैले मेरो आगमन र राजनितिक परिवर्तन संयोग मात्र भैदिवोस जस्तो लाग्छ। यसैमा देशको कल्याण छ :))
वानेस्वर स्थित संसद भवन नजिकैवाट विदा ...
आज २१ जुलाई २०१० को दिन पुल्चोक क्याम्पस आएको छु। धेरै पछि आएको हुनाले होला अनौठो लाग्दैछ। गेट नजिकैका रुखहरु काटिईएको रहेछ। त्यसैले खुल्ला देखिन्छ क्याम्पस। दाइहरु नआउन्जेल क्याम्पसको स्ववियु फोटोकप अगाडि वसेर हेरिरहँदा आफूले चिनेका मान्छेहरु एकदम कम देखें। कस्तो अनौठो लाग्यो।
अहिले म CIT को माथिको सर्भररुमवाट व्लग लेख्दै छु। Pulchowk Campus पढ्दा Internet चलाउनको लागि account वनाउने ठाउँ हो CIT (Center for Internet Technology) । पुल्चोक क्याम्पसको गेट वाट नै देखिन्छ यो भवन। साधारणतया Campus भरीको Internet र Computer नेटवर्क हेर्ने गर्दछ यो विभागले। उति वेला यो कोठामा पस्न पनि डर लाग्थ्यो। तर आज आउँदा कति पनि डर लागेको छैन :P। सायद दाइहरु हुनुभएकोले होला। अहिले कोठामा युवराज सिवाकोटी दाइ र वावुराम दवाडि दाइ कम्युटर सेक्युरिटिको के के मिलाउँदै हुनुहुन्छ। दिपेस दाइ क्लास लिँदै। म भने व्लग लेख्दै छु :) । कति मज्जा :)))
हुन त सवै क्याम्पस र युनिभर्सिटिहरुका आफ्नै महत्व हुन्छन् तर पुल्चोक क्याम्पस जति माया मलाई अरु कलेजको लाग्दैन। यो ठाउँमा नै मैले धेरै कुरा पाएँ, धेरै ठाउँवाट आएका साथीभाई भेट्टाएँ। ४ वर्सको होस्टल वसाई निकै रमाईलो थियो। होस्टल भने जान पाएको छैन । हेरौ मिल्यो भने आज जाने हो। अहिले भर्खर विजुली गयो तर CIT मा भएकोहुनाले कुनै टेन्सन छैन :) । CIT वाट विदा...।
२ वर्ष अघि प्रज्ञा दिदीका लेख रचनाहरु पढ्दा लाग्थ्यो दिदी पनि एक कुसल लेखिका वरावर हुनुहुन्छ। आज दिदीसँगको वार्तालापमा आफ्ना रचनाहरु मधुपर्कमा प्रकाशित भएको सुनाउनुहुँदा निकै खुसी लागेर आयो। दिदीको "आमा" भन्ने कथा यहाँ उपलव्ध छ।द्वन्द्वकालको परिवेसमा लेखिएको यो कथा मलाई रमाईलो लाग्छ। दिदीको मधुपर्कमा प्रकाशित पहिलो कथा "भालु र भलाद्मी" भन्ने कथा भने पढ्न पाएको छैन । दिदीलाई अझ प्रगतिको लागि शुभ-कामना ।
काठमाडौ झर्नु अगाडि काठमाडौको जुन किसिमको चित्र मेरो मनमा थियो उस्तै छ काठमाडौ। जताततै भिडम्भिड, धुवाँ, धुलो, महँगी पानीको अभाव, फोन र ईन्टरनेटको असुविधा, गईराख्ने विजुली ...। तर सोचाई र भोगाईको भिन्नता महसुस गर्दैछु। सोच्नु एक कुरा हो भोग्नु अर्कै कुरा हो। यहाँको भोगाई देख्दा दु:ख लागेर आउँछ। हाम्रो राजधानी यस्तो छ भने अरु ठाउँको कुरा गर्नु जरुरी नहोला। त्यसैले विदेशिनु नेपालीहरुको ईच्छा नभएर वाध्यता हो भन्ने कुरा ठम्याउन थालेको छु।
आगमन पस्चातको मेरो व्यस्तता वढेको छ।धेरै थरिका कामहरुको चापले मेरो मन स्थिर छैन। अस्तव्यस्त काठमाडौमा आफ्नो योजना वमोजिमका कामहरु गर्न मुस्किल हुँदैछ। समयको महत्व र यसको उपयोग गर्न अस्तव्यस्त काठमाडौले दिंदैन रहेछ। आखिर सुखको अनुभव गर्न दु:ख देखे भोगेको हुनु पर्दछ। त्यसैले म खुसी नै छु किनकी अलिकति सुख पाउँदा पनि यो दु:ख सम्झेर म निकै खुसी हुनेछु। यो लेख्नलाई पनि विजुली कति वेला जान्छ भनेर हेर्नु परिरहेको छ। जे होस अस्तव्यस्थ काठमाडौमा मेरा परिवार, साथीभाइ र आफन्तहरुसँगको भेटले केही भएपनि मलम लगाईदिएको छ।
Paris बाट घर जाने सिलसिलामा मा Bahrain Airport मा बसेर Free Internet चलाउदै छु. हिन्दीमा announcement भएको सुन्दा कतै म इंडिया मा छु जस्तो लाग्दै छ. मेरो सिट पछाडी नेपालीहरु बोलेको आवाज आइरहेको छ र अब घर नजिकै आइराखेको अनुभब भैरहेको छ. Laptop को battery Charge गर्न socket मिलेन त्यसैले विदा ...
२०६७ सालको SLC परीक्षाको नतिजा सार्वजनिक भएको छ। फलामे ढोका मानिने यो परिक्षामा झण्डै ६४ प्रतिशत विध्यार्थी उतिर्ण भएका छन्। यो त्यति उत्साहजनक नतिजा भने होईन किनकी सयजनामा ३६ जना फेल हुनु जस्तो नतिजा पक्कै पनि राम्रो होईन।
यो नतिजा प्रकाशनले आफ्नो SLC को नतिजा प्रकाशन भएको दिनको संझना गराएको छ। गाविसमा रहेको एक मात्र फोन मार्फत काठमाडौमा रहेका दिदीदाईहरुले भाईको प्रथम श्रेणीमा उतिर्ण भएको खवर पठाएको दिन। आहा म त खुशीले मख्ख परेको थिएँ। गाउँ भरी मेरो चर्चा चलेको थियो। सम्पूर्ण क्षेत्रलाई मैले नै प्रतिनिधित्व गरेको महसुस भएको थियो किनकी २ गाविसका ३ वटा स्कूलका करिव १५० जना मध्ये ३ जना मात्र उतिर्ण भएका थियौं । अर्थात १४७ जना फेल भएका थिए। ३ जनामा म प्रथम श्रेणीमा, मेरा कक्षाका अरु २ जना साथीहरु क्रमश: द्वितिय श्रेणी र त्रितिय श्रेणीमा उतिर्ण भएका थियौं । २ वटा विध्यालयका कोही पनि पास भएका थिएनन्।
सरकारी स्कूलको हालत मैंले माथि उल्लेखगरेको मेरो पालीको नतिजावाट पनि नियाल्न सकिन्छ। हुन त समयले नेटो काटिसकेको छ। अहिले स्तर राम्रो भएको पनि हुन सक्छ। तर अझपनि मलाई निजी विध्यालयहरुको दाँजोमा सरकारी स्कुलको हालत निकै तल छ भन्न कतिपनि गार्हो हुँदैन। यी विचको खाडल यति धेरै छ कि म के भनौ। यो खाडलले गर्दा नयाँ नयाँ कहानीहरु जन्मेका छन। एक उदाहरण प्रश्तुत गर्छु यहाँ। काठमाडौको अनामनगरमा डेरा गरेर वस्दाको कुरा हो। एकजना घिमिरे दाई हुनुहुन्थ्यो। उहाँका १ छोरा, १ छोरी र श्रीमती थिए। आफू धेरै नपढे पनि छोराछोरीलाई राम्रो पढाउने उहाँको चाहना थियो त्यै पनि वोर्डिङमा। वोर्डिङ्गमा पढाउनु कति महँगो छ भनि रहनु नपर्ला। भाउजू अनपढ अनि छोराछोरी हेर्दैमा व्यस्त। दाइ सानोतिनो जागिर गर्नु हुन्थ्यो। महँगो काठमाडौमा डेरा तिर्न नसकेर घरवेटीले कोठा छोड्ने अल्टिमेटम दिएका थिए दाइलाई। छोराछोरीलाई वोर्डिङ्गको सट्टा सरकारी स्कुलमा पठाएर गुजारा चलाउन सक्नु हुँन्थ्यो दाइले। तर उहाँले छोराछोरीलाई वोर्डिङ्गमा पढाउन छोड्नु भएको थिएन। डेरा त सरे भयो नि तर छोराछोरीको भविष्य सरकारी वा निजी विध्यालयमा पढाएकोमा भर पर्ने हुनाले घरवेटीको गाली सहेर पनि छोराछोरीलाई वोर्डिङ्गमा पढाउनु पर्छ - उहाँको कुरा यस्तै थियो। अल्टिमेटम पछि उहाँ डेरा छोडेर अर्को ठाउँमा सर्नुभएको थियो। थाहा छैन उहाँले कति पल्ट घरवेटी परिवर्तन गर्नुभयो तर मलाई लाग्छ उहाँले छोराछोरीको लागि वोर्डिङ्ग सट्टा सरकारी स्कुलमा परिवर्तन गर्नुभएन। वावु हुनु त यस्तो ! मेरो सलाम उहाँजस्ता वुवाआमालाई जसले छोराछोरीको भविस्य राम्रो पार्न कैयन गालीहरु हाँसिहाँसि पचाएका छन।
गाउँमा वा गरीव परिवारमा जन्मिदैमा राम्रो शिक्षा र अवसरहरुवाट वन्चित हुनुपर्ने हाम्रो देशको वाध्यता देख्दा सार्है दु:ख लागेर आउँछ । यदि जन्मिएको ठाउँ र पारिवारिक स्थितिले शिक्षामा असर नगर्ने हो भने दिमाख भएका मान्छेहरु अगाडि आउँन सक्दथे अनि समाज अगाडि वढ्दथ्यो। सरकारी विध्यालयवाट आउनेहरुले, गरीव परिवारमा जन्मिनेहरुले र दुर्गमवाट आउनेहरुले देशका उत्क्रिष्ट विध्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नुपर्दाको कतिको गार्हो हुन्छ भन्ने कुरा मैंले राम्रोसँग भोगेको छु। मेरो दिमाखमा यस्तै यस्तै कुरा घुमेका छन् आज। अनि भन्न मन लागेको छ - "शिक्षाको असमानता हटाउ" !