भाषा भन्ने कुरा पनि विचित्रकै कुरा हो। आफ्नो कुरा अरुलाई सुनाउन, अरुको कुरा सुन्न यही भाषाको प्रयोग हुन्छ। अझ मात्रीभाषाको महत्वको त कुरै नगरौ।संवेदनाहरु पोख्नको लागि मात्रीभाषा भन्दा अरु कुनै भाषा सहज हुन्छ जस्तो लाग्दैन। दोस्रोभाषा भनेको दोस्रै हुन्छ, जति नै जाने पनि सवैकुरा व्यक्त गर्न सकिन्न।
भाषा पनि परिवर्तनशील हुने रहेछ। प्रिथ्विनारायण शाहको पालामा वोलिने नेपाली र आजको नेपालीमा धेरै भिन्नता आईसकेका छन्। आजको नेपाली भाषा भोलिको नेपाली भाषा भन्दा निकै प्रिथक हुनेछ। अहिले नै पनि गाउँघरमा वोलिने नेपाली भाषा र शहरमा वोलिने नेपाली भाषा विचमा अन्तर देखा पर्न थालेको छ। यस्तो लाग्छ सहरको नेपाली गाउँमा बुझिदैन र गाउँको नेपाली सहरमा वुझिदैन। म केहि समयमा उदाहरण दिएर प्रष्ट पार्ने छु। अझ विस्वमा नेपालीहरु फैलिन थालेपछी नेपालीभाषामा थप परिवर्तन आउन थालेको छ - अरु भाषाको प्रभाव पर्न थालेको छ।
मलाई सहज लाग्ने भाषामा: :
"आमा आजको ''ईक्जाम'' राम्रो हुन सकेन,कस्ता गार्हा ''कोइसनहरु'', ''सल्भ'' गर्न नै सकिन। सरले ''पास''सम्म गराउलान् भन्ने ''होप'' त छ तर मलाई विस्वास नै छैन कि ''आई विल पास'' के। त्यसैले आज ''आई एम सो स्याड'', आमा"।
मेरा वाक्यहरुमा अंग्रेजी मिसिनु अनौठो हैन। अंग्रेजीभाषाका शव्दहरु नराखी वोल्ने हो भने मलाई असहज लाग्छ।मेरा पुस्ताका साथिभाइहरुको तुलनामा त म कमै मिसाउँछु। तै पनि मेरी आमालाई कुरा वुझ्न गार्हो नै पर्छ।
मेरी आमालाई सहज लाग्ने भाषामा:
"आमा आजको परीक्षा राम्रो हुन सकेन, कस्ता गार्हा प्रश्नहरु आएका थिए, समाधान गर्न नै सकिन। गुरुले उतिर्णसम्म गराउँनु हुनेछ भन्ने आशा त छ तर मलाई विस्वास नै छैन कि म पास हुन्छु। त्यसैले आज म अलिक दु:खि छु, आमा"
अझ फ्रेन्च भाषा मिसाउँदा त के हुने होला ?
"आमा आजको ''ईक्जाम'' झुर भो, क्या 'डिफिसिल केस्चियोँ' आयो ''सल्भ'' नै गर्न सकिन। 'प्रोफेसियख'ले ''पास''सम्म त गराउला भन्ने ''होप'' छ तर 'ज न से पा' कि ''आई विल पास'' के। त्यसैले 'ओजोद्वि' ''आई एम सो स्याड'' 'मा मेख'..."।
यसरी नेपाली भाषामा विस्तारै अरु भाषाहरुका शव्दहरु प्रयोग गर्ने वानीले यो भाषाको शुद्दता र भविस्वमा ठूलो असर पर्ने देखिन्छ। मेरा छोराछोरीले मवाट नेपाली सिक्दा अर्कै नेपाली सिक्नेछन्। खै यो ठिक हो या वेठीक, मलाई भने दु:खलागेर आउँछ हाम्रो भाषा अशुद्द हुँदै गएकोमा। विचरा नेपाली भाषा...तिमी पनि पेलिईएकी छ्यौ, आफ्नो पहिचान गुमाउन थालेकी छ्यौ ...
- समाप्त -
सर्व शिक्षा मातृभाषामा नहुनु सुक्ष्म गतिमा दास हुनु हो |
मातृभाषाको सम्मान राह्त्रको सम्मान |
माताको दुध शिशुलाई शिक्षा मातृभाषामा प्रभाव पर्छ सृष्टिलाई प्रकाशको गतिमा |